सत्विसा र आएश्नाले जिते ‘नेपाल्स नेक्स्ट किड्स टप मोडेल २०२२'को शिर्ष उपाधी

Devil Singh Rajput


|
|


काठमाडौँ — मंसिर २८, २०७९। ‘नेपाल्स नेक्स्ट किड्स टप मोडेल २०२२' को शीर्ष ताज सत्विसा भण्डारी(सिनियरतर्फ) र आएश्ना महर्जन (जुनियरतर्फ) ले पहिरिएका छन्। एवरेष्ट ईभेन्ट्सद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘नेपाल्स नेक्स्ट किड्स टप मोडेल' को अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै सत्विसा र आएश्नाले क्रमश: सिनियर र जुनियर तर्फको शीर्ष ताज जितेका छन् ।

बिजेताले उपाधीसंगै आयोजकको तर्फबाट साईकल, काठमाडौं भ्याली स्कूलबाट १०००० बराबरको शैक्षिक छात्रवृत्ती, बिभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा मोडलिङको अवसरसहित अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। साथै बिजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गरेर आफ्नो प्रतिभा देखाउने अबसर समेत प्राप्त गरेका छन।

त्यस्तै प्रतियोगिताको फर्स्ट रनर अप प्रतिक नेपाल (जुनियर) र लूनिभा शाही (सिनियर), सेकेन्ड रनर अप रुची लुईटेल (जुनियर) र आर्या मानन्धर (सिनियर), थर्ड रनर अप प्रनिथ पाल थापा, फोर्थ रनर अप सान्भी शर्मा (जुनियर), अर्गनाईजर चोईस सङ्ग्रिष पौडेल (जुनियर) र ईशा डंगोल (सिनियर), ब्राण्ड एम्बासडर एब्रिना श्रेष्ठ (जुनियर) र सुआनी श्रेष्ठ (सिनियर), ब्यूटी विथ ब्रेन बिभा रौनियार (जुनियर) र आहाना महर्जन (सिनियर) घोषित भएका थिए।

आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको उक्त प्रतियोगितालाई अन्तर्राष्ट्रिय फेशन कोरियोग्राफर तथा मिडिया पर्सन रोजिन शाक्यले संचालन गरेका थिए।

प्रतियोगिताको निर्णायकमा नायक तथा कोरियोग्राफर दिक्पाल कार्की, मेकअप आर्टिस्ट शैलजा शाह, टेलिभिजनकर्मी बिना श्रेष्ठ, मोडल/एयरहोस्टेस दिव्या महर्जन, डिजाईनर आरूपजंग क्षेत्री, मिस्टर मोडल अफ द वर्ल्ड नेपाल २०२२ मिलेनियम तण्डुकार शाह र ब्राईट ईभेन्ट मेनेजमेन्टका सिईओ राजन बुढाथोकी रहेका थिए। बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर, प्रतिभा प्रस्फुटन तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले ‘नेपाल्स नेक्स्ट किड्स टप मोडेल २०२२' सम्पन्न गरिएकोआयोजक संस्था एवरेष्ट ईभेन्ट्सका सिईओ कृष्ण श्रेष्ठले जनाए ।