काठमाडौँ —
सासा प्रोडक्सनको ब्यानरमा 'मिस्टर एन्ड मिस राईजिङ टीन नेपाल' को पहिलो संस्करण राजधानीमा सम्पन्न भएको छ। उक्त सौन्दर्य प्रतियोगिताको शीर्ष ताज रोहित तामाङ्ग (मिस्टरतर्फ) र साहरा गिरि (मिसतर्फ) ले जितेका छन। अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै तामाङ्गले 'मिस्टर राईजिङ टीन नेपाल'को शीर्ष ताजसहित बिधागततर्फको 'मस्ट पपुलर' र 'मिस्टर फोटोजेनिक' को अवार्ड आफ्नो हातमा पार्न सफल रहे भने गिरिले'मिस राईजिङ टीन नेपाल'को शिर्ष ताज सहित बिधागततर्फको 'पर्फेक्ट बडी'को अवार्ड आफ्नो हातमा पारिन।
बिजेताले उपाधीसंगै सासा प्रोडक्सनको तर्फबाट अन्य आकर्षक गिफ्ट ह्याम्पर, शैक्षिक छात्रबृत्तीलगायत मोडलिङ सम्वद्द आकर्षक अवसरहरु प्राप्त गरेको आयोजक संस्थाकी सिईओ अमिसा ओलीले जनाईन।
अस्मिता तामाङ्गको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगिताको निर्णायकमा नबराज देउबा, सुशान्त सुबेदी र श्रीयंका थापा रहेको आयोजक संस्थाकी को फाउन्डर सामना खत्रीले जनाईन।
त्यस्तै प्रतियोगितामा जेसी शेर्पा अर्गनाईजर चोईस र सबिना बिष्ट मिस राईजिङ मोडल घोषित भए। शेर्पाले बिधागत तर्फको 'बेस्ट पर्सनालिटी' र बिष्टले मिस ब्यूटीफुल र मिस फोटोजेनिक तर्फको अवार्ड आफ्नो हातमा पार्न सफल भए। 'मिस टीन फ्रेशर' र 'मिस र्याम्पवाक' रिशिका कार्की, मस्ट पपुलर, ब्यूटी वीथ पर्पस र मस्ट डिसिपिलिन रेचल मगर, मिस्टर ट्यालेन्ट ग्याजोल लामा र बिनिशा मगर मिस ट्यालेन्ट घोषित भएको संस्थाका एक्ज्युकेटिभ डिरेक्टर अनुराग भट्टले जनाए।
युवायुवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले पहिलो संस्करणको ‘मिस्टर एन्ड मिस राईजिङ टीन नेपाल’ सम्पन्न गरिएको आयोजक संस्था सासा प्रोडक्सनका म्यानेजिङ डिरेक्टर शनीसिंह राजपुतले जनाए ।

