युनि ग्लोव इन्टरप्रेनरशीप सेलको आयोजनामा उद्यमशीलता सम्बन्धी ‘व्यावसायिक योजना’ प्रतियोगिता सम्पन्न

Madhab Raj Kharel

नगद १० हजार सहित पुरस्कृत भए प्रशान्त पाण्डे

|
|


काठमाण्डौ – ग्रोइङ इन्टरप्रेनरशीप इकोसिष्टम एण्ड  ईट्स च्यालेन्ज टु फ्युचर इकोनोमी अफ नेपाल विषयक  व्यवसायिक छलफल सहित उद्यमशीलता सम्बन्धी ‘व्यावसायिक योजना’  प्रतियोगिता सम्पन्न भएको छ । चार दिन सम्म सहभागीहरुलाई विजनेश गर्ने तरिका र योजनाहरुको विषयमा प्रशिक्षण  दिइसकेपछि पाँचौ दिनमा विजनेश प्लान कम्पिटिशन कार्यक्रमको आयोजना गरि उत्कृष्टलाई पुरस्कृत गर्दै कायक्रमको समापन गरिएको छ ।

युनि ग्लोव कलेज अन्गर्तको युनि ग्लोवल इन्टरप्रेनरशीप सेलको आयोजना तथा इन्टरनेशनल लेवर ओर्गनाइजेशन र सेल प्रोजेक्टको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा  प्रतिस्पर्धिहरु विच छलफल गरिएको थियो । छलफल कार्यक्रममा आईएलओको सेल प्रोजेक्सटको नेशनल प्रोजेक्ट कोडिनेटर प्रकाश शर्मा, ग्लोवल इक्वीटी फण्डका संस्थापक तथा प्रबन्ध निर्देशक मनिष थापा, महिला उद्यमी लक्ष्मी शर्मा, सरलमाइण्डको  सिइओ अधिप पौडेयाल लगायतका व्यक्तित्वहरु प्यानल कोडिनेटरको रुपमा रहेका थिए । १ सय १७ जना सहभागी रहेको उक्त कार्यक्रममा सेलको अध्यक्ष आकाश कार्की, पिआर हेड प्रशान्त पाण्डेको समेत सहभागतिा रहेको थियो भने कार्यक्रमको सहजीकरण सपना जोशीले गरेकी थिईन ।

ग्रोइङ इन्टरप्रेनरशीप इकोसिष्टम एण्ड  ईट्स च्यालेन्ज टु फ्युचर इकोनोमी अफ नेपाल विषयक  शिर्षक राखेर आयोजना गरिएको उक्त प्रतियोगीतामा उत्कृष्ट विद्याथीले नगद रु १० हजार प्राप्त गरेका छन् । प्रतियोगीतामा साइकोन शिर्षकमा सबै भन्दा उत्कृष्ट प्रस्तुती दिदै  युनि ग्लोव कलेजका विद्याथी प्रशन्न पाण्डे नगद   सहित प्रथम हुदै पुरस्कृत भएका छन् ।
कार्यक्रममा पछिल्ला दिनमा नेपालको अर्थतन्त्र खस्कँदै जानु र नीति नियमहरू कार्यान्वयन हुन नसक्नुका कारण बारे छलफलमा सूक्ष्म विश्लेषण गरिएको थियो ।  नेपालको अर्थतन्त्र खस्कदै गइरहेको अवस्थामा किन निति नियमहरु कार्यन्वयन हुन सकिरहेको छैनन् र भाबी उद्यमीहरुले नेपालको अर्थतन्त्र चलायमान बनाउनको लागि खेल्न सक्ने भुमिकाको विषहरुमा पनि छलफल भएको थियो ।