नेशनल डिजाईनर रनवे २०२३ को उपाधी बिप्लव राज नाग नहरलाई

Devil Singh Rajput


|
|


काठमाडौं । फेसन डिजाईनहरुको प्रतिस्पर्धात्मक प्रतियोगिता नेशनल डिजाईनर रनवे २०२३ को  उपाधी  बिप्लव राज नाग नहरले जितेका छन् । शुक्रबार जमल स्थित राष्ट्रिय नाच घरमा आयोजित प्रतियोगितामा फेशन डिजाईनरहरुले तयार पारेको पहिरनमा मोडलहरु र्याम्पमा उत्रिएर गरेको प्रस्तुतीका आधारमा उनलाई  विजेता घोषणा गरिएको हो । नाग नहरले  शिर्ष उपाधी हात पार्दा सावित्री देवी राईले फस्र्ट रनर अप र सरला डंगोलले सेकेण्ड रनर अप र बर्षा पन्तले मस्ट पपुलरको
खिताप जित्न सफल रहे ।  

उपाधी विजेताहरुलाई निर्णायक मण्डलका सदस्यहरु निशा श्रेष्ठ, रश्मी तण्डुकार। रजनी तुलाधर, शुशिला वन्त, दिपक घिमिरे  र आयोजक कम्पनी मोडल सङस नेपालका सिईओ डेभिल सिंह राजपुतले पुरस्कृत गरेका थिए । 

रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन उक्त प्रतियोगितामा स्वस्ति दंगालले कार्यक्रम निर्देशक र परमानन्द चौधरी एवम् सोमराज बाँस्तोलाले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए।