२४ घण्टामा भारतमा दुई हजार नयाँ कोरोना संक्रमित थपिए, ७३ जनाको मृत्यु

PNA


|
|


भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका झण्डै दुई हजार संक्रमित थपिएका छन्।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान ८ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतभर १ हजार ९ सय ९३ नयाँ कोरोना संक्रमित पुष्टि फेला परेका छन्। यस्तै मन्त्रालयले यही अवधिमा संक्रमणबाट ७३ जनाले ज्यान गुमाएको जनाएको छ। संक्रमणका कारण कुल मृत्यु हुने संख्या १ हजार १ सय ४७ पुगेको छ।योसँगै भारतमा संक्रमित संख्या ३५ हजार ४३ पुगेको छ।ती संक्रमितमध्ये २५ हजार ७ वटा संक्रमण सक्रिय संक्रमण हो भने ८ हजार ८ सय ८८ जना निको भएका छन्।कोरोना भाइरसको रोकथाम र यसलाई थप फैलिन नदिन भारतमा लकडाउन अझै जारी नै छ।

Related Post