एनआरएनए- जापानको निर्वाचनमा ६२ को आवेदन

Devil Singh Rajput


|
|


योकोहामा । ११ औं  महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रकृयामा छ गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति जापान ( एनआरएनए- जापान) । जसका लागि अध्यक्षसहित अन्य ३२ पदमा कुल ६४ जनाको आवेदन परेको छ ।  जसमा पदाधिकारीतर्फ १ अध्यक्ष पदका लागि ४, ५ उपाध्यक्ष  पदका लागि ८, १ महिला उपाध्यक्षका लागि २, १ महासचिव पदका लागि ३, ३ सचिवका लागि ६, १ महिला सचिवका लागि १, १ कोषाध्यक्षका लागि ४, १ सह कोषाध्यक्षका लागि २ र १ महिला सह कोषाध्यक्षका लागि १ जनाको  उम्मेदवारी  परेको छ ।  अध्यक्षतर्फ नविन निउरे, राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ र संगिता अधिकारीको उम्मेदवारी परेको छ भने महासचिवमा कमल बाँस्तोला, श्याम कुमार श्रेष्ठ (शितल) र टिकाराम खरेल बीच प्रतिस्पर्दा हुँदैछ ।  

त्यस्तै उपाध्यक्ष तर्फ बिष्णु प्रसाद सुवेदी, देवराज उप्रेती, कृष्ण गैरे शर्मा, मुक्तिराम खनाल (बिनोद), रुद्र मल्ल (मनोज), सचिन श्रेष्ठ, सिद्धार्थ  श्रेष्ठ र सुभास लामिछाने चुनावी मैदानमा उत्रिएका छन् भने उपाध्यक्ष  महिला तर्फ एलिजा केसी भण्डारी र लक्ष्मी केसी महर्जनले उम्मेदवारी दिएका छन्  ।  
 
यता सचिव तर्फ अर्जुन थापा, ज्ञानेन्द्र भट्ट, दिलिप कँडेल, दिपेश खत्री (केसी), मनोज श्रेष्ठ र सचिन शर्मा (आचार्य) भिडन्तमा छन् भने महिला सचिव तर्फ चन्द्र कुमारी केसीको एकल उम्मेदवारी परेको छ । कोषाध्यक्ष तर्फ दिपक सुनार, कर्साङ्  तामाङ्, राकेश लामा र राम बहादुर खडकाको उम्मेदवारी पर्दा सह कोषाध्यक्ष तर्फ भने  हरिगोपाल श्रेष्ठ र राम बहादुर थापा भिडदै छन् भने महिला सह कोषाध्यक्षमा अन्जु भण्डारीको मात्र उम्मेदवारी परेको छ ।  

त्यस्तै, अन्य पदमा युवा संयोजक, महिला संयोजक, सदस्य, महिला सदस्य र अन्तरराष्ट्रिय   समन्वय परिषद  सदस्यहरुमा समेत उल्लेख्य संख्यामा आवेदन परेको छ । जसमा युवा संयोजकमा मुक्तिराम केसी र राजु भण्डारी बीच प्रतिस्पर्धा हुँदैछ भने महिला संयोजकमा हेमा पाण्डेको एकल उम्मेदवारी परेको छ । सदस्यतर्फ भने अशोक भट्टराई, विनय गुरुङ, ध्रुब गौतम  दिलिप शर्मा, दिनेश लोहनी, गणेश अधिकारी, ज्योती केसी, शिव प्रसाद खरेल, खिम राज शाही, कृष्ण बहादुर  पाण्डे, कृष्ण  प्रसाद कडेल, नेत्र पाण्डे, रमेश राज जैसी, रामु कंडेल, रोहित कुमार न्यौपाने, उत्तम खनाल र युवराज भण्डारी (राजु)चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै महिला सदस्यतर्फ  ललिता तामाङ र नानीमैया तामाङ् बीच भिडन्त हुँदैछ । अन्तरराष्ट्रिय समन्वय परिषद  सदस्यहरुमा  बाबुराम खरेल, बिजेश थकाली, बिकास श्रेष्ठ, बिष्णु प्रसाद घिमिरे, छत्र बहादुर दाहाल, कृष्ण केसी (थमन खत्री), राम थापा (अनिल)  श्री भक्त गुरुङ( श्री गुरुङ) रहेका छन् ।                                                                                                                                                                                                                                                                                                                                                                     

कोषाध्यक्ष पदका प्रत्यासी  कर्साङ्  तामाङ् निर्वाचन नेतृत्व छनौट प्रकृया मात्र भएकाले हार जितको पछी लाग्ने भन्दा पनि सबैले जित्ने गरि सदस्यहरुलाई संगठित बनाउन र संस्थागत विकासका लागि सबैको साथ आवश्यक रहने धारणा राख्छन् ।