साधना म्युजिक रिवार्डको चौथो संस्करणका मनोनयनलाई प्रमाणपत्र प्रदान

PNA


|
|


काठमाडौं-चौथो संस्करणको ‘साधना म्युजिक रिवार्ड’का उत्कृष्टलाई मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहबीच उत्कृष्ट मनोनयनमा पर्न सफलभएका सर्जकलाई मनोनयन प्रमाणपत्र प्रदान गरिएको हो । सामना म्युजिक क्रियशन प्रा.लि.को यो अवार्ड (रिवार्ड) प्रदान गर्दै आएको छ ।

म्युजिक क्रियशनकी अध्यक्ष सामना शाह सभापतित्वमा भएको समारोहमा वरिष्ठ गायक संगीतकार निर्देशक नारायण रायमाझी प्रमुख अतिथि रहनुभएको थियो भने वरिष्ठ गायिका देविका वन्दना, वरिष्ठ साहित्यकार लेखक दामोदर पुडासैनी किशोर, वरिष्ठ रंग पत्रकार शान्तिप्रिय,  विशिष्ठ अतिथिका रूपमा हुनुहुन्थ्यो ।

कार्यक्रममा चित्रकार संगीतकार ज्योति प्रकाश, रंग पत्रकार गीतकार सुमन बैरागी, निर्देशक माधव खरेल, रंग पत्रकार तथा गितकार गिता अधिकारी लगायत व्यक्तित्व अतिथिका रूपमा रहनुभएको थियो । अतिथिहरूले उत्कृष्ट मनोनयनमा पर्न सफल सर्जकलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

साधना म्युजिक रिवार्ड पहिलो र दोस्रो संस्करण अवार्डको रूपमा रहेको थियो भने तेस्रोदेखि रिवार्ड भएको हो । कार्यक्रममा स्वागत गर्दै अवार्डका सचिव गोकर्ण लामिछानेले रिवार्डबारेमा स्पष्ट पार्नुभएको थियो ।

चौथो संस्करणको रिवार्डमा लोकदोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका मोडलमा पुरुष र महिला त्यस्तै अन्य विधा भिडियो निर्देशक, छायांकार, दृश्य सम्पादक, एरेन्जर गरी १९ विधा छन् भने कार्यक्रममा सम्मान तथा दीर्घ साधना सम्मान रहनेसमेत जनाइएको छ ।