गोरखा ताकुकोट सेवा समाज काठमाडौँले आफ्नो गाउँठाउँमा मनाउने गरिएको परम्परागत संस्कृतिलाई संरक्षण गर्न निकाल्यो गाईजात्रा 

Devil Singh Rajput


|
|


काठमाण्डौं । गोरखा ताकुकोट सेवा समाज काठमाडौंले विहिबार काठमाण्डौँ बनस्थलीबाट गाईजात्रा निकालेको छ । वनस्थलीबाट सुरू भएको गाईजात्रा  खरिबोट तुफान चोक हुँदै राधाकृष्ण मन्दिर, नर्सरी चोक, ढुङ्गेधारा चोक हुँदै  बनस्थली चोक अक्सफोर्ड  ड्राभिङ सेन्टरमा पुगी समापन भएको थियो । जात्रामा पाँच सय देखी माथीको संख्यामा ताकु एवं गोरखा पुख्र्यौली थलो रहेकाको सहभागीता रहेको थियो । 

गोरखा बारपाक सुलिकोट गाउँपालिकाबाट र वडा न ६ ताकुकोटबाट काठमाडौँ आई विभिन्न पेसा व्यवसाय गरि बस्ने सबै जातजातीहरू मिलेर विगत ६ वर्ष देखि नियमित बर्षहरूमा संयुत्त रूपमा गाईजात्रा मनाउने गर्दै आएका छन् । गोरखा ताकुकोट सेवा समाज काठमाडौँले आफ्नो गाउँठाउँमा मनाउने गरिएको परम्परागत संस्कृतिलाई संरक्षण गर्न गाईजात्रा निकाल्ने गरेको छ।

बर्ष भरिमा मृत्यु वरण गरेका आफन्तहरुको सम्झनामा महिला बिते मान्छेलाई नै सिगारेर गाई निकाल्ने र  पुरूष बिते मान्छेलाई सिगारेर आफ्नै परिवार भित्रकालाई सिगारेर गोरू निकालिन्छ। आफन्त मृत्यु भएकाहरूले मृत्यु हुनेहरूको सम्झनामा फलफूल खुवाउने गर्दछन् भने जात्रामा ठुलो बाजा,  झुर्मा पनि बजाईन्छ ।

यसैगरि यस बर्षपनि गोरखा ताकुकोट सेवासमाज काठमाडौंले गाईजात्रा निकालेको छ। गोरखा ताकुकोट सेवा समाज काठमाडौँद्धारा आयोजित यस वर्षको गाईजात्रा हजारौंले अवलोकन गरेको राजनीतिक एवं सामाजिक अभियन्ता धिरज उपरकोटीले बताउनुभयो । 

यो जात्रामा मान्छेलाई सिगारेर काठको घोडा जस्तै बनाइन्छ र पितलको फुली लगाईन गोलो पाइपमा कपाडाले मोडिन्छ र  चार देखि माथि जति  पनि नाच्च सकिन्छ ।  घोडा र ,सिमालि लिएर नाचिने चिलदार हुन्छ  । घोडा भन्दा अगाडी दश देखी माथी जति पनि हुन्छन । 

अर्को  विभिन्न भेषभषसामा सबैलाई हसाउने गतिविधि हुन्छ। अर्को गाईको नानीहरू हुन्छन । जसको टाउकोमा  लेखिएको हुन्छ र अन्य महिलाको कपडा लगाएर दश देखी धेरै रहन्छन् । गाईको नानीलाई भुसुना पनि भनिन्छ। 

गाईको नानीहरूलाई पानी खुवाउने एकजना  महिलाको भेषमा सजिन्छन र सबैलाई पानी खुवाएझै गरी नाच्छ।

अर्को रोचक भनेको घोडा जुधाउने हुन्छ । दुई वा तिन दुबै तिर बराबर बसेर बीचमा एक एक जनाले गाईड गरेर बाजाको तालमा जुदाउने र उफ्रने हुन्छ । घोडा जुदाई कुन पक्षले जित्छ भनेर हेर्न रोचक हुन्छ  । 

अर्को टाकटुके दुई दुई वटा तिन फिट छतिको लट्ठी लिएर दुवैतिर बराबर लठ्ठी लिएको महिला वा पुरुष लाइनमा  बसेर मादलको तालमा लट्ठी जुधाउने र साटिएर फर्किएर खेल्ने गरिन्छ । जसलाई टाकटुके भनिन्छ।
थ्यग कभलत