स्वतः ट्राभल्स एण्ड एडभेन्चर र होमस्टे ट्रेकले विकास गरेको मानिस र संस्कृति केन्द्रित पदयात्रा मिलेनियम होमस्टे ट्रेक अन्तर्गत युरोपेली र एसियाली मुलुकका पर्यटकहरु तनहुँ र स्याङ्जाका ग्रामीण बस्तीमा रमाएका छन् । मिलेनियम होमस्टे ट्रेक अन्तर्गत दुलेगौंडा, भुजीकोट, घरेडी, कोल्माकोट, पोखरासम्मको पदयात्राका लागि नेपाल आएका ९ विदेशी पर्यटकहरु पदयात्रासहित होम स्टेको आथित्य सत्कारबाट रमाएका हुन ।
बेलायत र मलेसियाली नागरिकहरु सम्मिलित उक्त टोलीले ५ दिनमा पदयात्रा पुरा गर्ने होम स्टे ट्रेक नेपाल एवं स्वत ट्राभल्स एण्ड एडभेन्चरका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
मानिस र संस्कृति केन्द्रित ट्रेकिङको अवधारणा बोकेको मिलेनियम होमस्टे ट्रेक अन्तर्गत समुद्र सतहबाट ४२० मिटर उचाइ देखी उच्चतम उचाइ १७०९ मिटरसम्मको यात्रा उनीहरुले गरेका छन् ।
पर्यटकहरु कम उचाइमा धेरै दिनको पैदल यात्रा, अर्गानिक र स्थानीय रूपमा उत्पादित व्यञ्जनहरू, विभिन्न गाउँको भ्रमण, स्थानीय संस्कृतिको अवलोकन र स्थानीय मानिसहरूबाट न्यानो आतिथ्यताबाट प्रफुल्लित रहेको श्रेष्ठले बताए ।
आगामी दिनमा यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उदेश्यले विभिन्न पर्यटकिय ट्रेलहरुको निर्माण गर्न स्थानीय र व्यवसायी मिलेर अगाडी बढ्ने श्रेष्ठले बताए

