काठमाडौँ -चलचित्र बिकास बोर्ड अध्यक्षका लागि नेपाल सरकारले आवेदन दिएसंगै चलचित्रकर्मिहरु अगाडि सरेका छन् । अध्यक्ष पदका लागि अगाडि सर्नेमा नायक तथा निर्माता सोहित मानन्धर पनि एक हुन् ।२० बर्ष देखि चलचित्र क्षेत्रमा सक्रिय भएर काम गरिरहेका सोहित हाल आफ्नै लगानिमा बनेको सिनेमा हल संचालन गरेर बसिरहेका छन् । अष्टनारायन, देशकै सबैभब्दा ठूलो पर्दा भएको हल हो ।सोहितले आफू बोर्ड अध्यक्षका लागि तयारी गरिरहेको स्विकारेका छन् । उनी लागि परेर काम गर्ने भएकाले पनि अध्यक्ष पदका लागि योग्य छन् । उनी कान्तिपुर सिटि कलेजका कम्प्युटर इन्जिनियर पनि हुन् ।
रिदम, नाइ नभन्नु र २, भुल भुलैया, जात्रै जात्रा, पोइ पर्यो काले, हिटलर लगायतमा फिल्ममा अभिनय गरिसकेका सोहितले नेपाल भाषाको सिनेमा मु मदुगु जिन्दगी र लाखयभाजुमा पनि अभिनय गरेका छन् । उनले आफ्नै लगानिमा सिनेमा ‘हिटलर’ निर्माण गरेका थिए ।बोल्नमा सिपालु सोहित अध्यक्ष भएको खण्डमा सिनेमा क्षेत्रका लागि निकै राम्रो हुने देखिएको छ । सोहित मानन्धर एक प्रतिभाशाली अभिनेता हुनुका साथै कम्प्युटर इञ्जिनियरमा स्नातक गरेका छन् ।सोहितले सिनेमाहरूमा अभिनय, निर्माण र निर्देशन गर्ने अनुभव पनि हासिल गरेका छन् । सोहितले अष्ट नारायण पिक्चर्स परिवारको हिस्सा भएर नेपाली सिनेमा उद्योगलाई गहिराईमा बुझेका छन् । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सोहीत समान उम्मेदवार हो । युवा जोस र अनुभवको साथ सोहितले विकास बोर्डलाई राम्रोसंग संचालन गर्न सक्ने देखिन्छ ।


