काठमाण्डौ- विगत लामो समयदेखि गीत संगीत क्षेत्रमा क्रियाशिल लोकप्रिय संगीतकार तथा संगीत संयोजक मनोज चौलागाईंले आफ्नै स्वरमा दुई गीत भर्खरै रेकर्डिङ गरेर सकाएका छन् ।
वरिष्ठ गीतकार वी।वी थापाको शब्द रहेको गीत ‘मायामा हैसियत’ र आफ्नै शब्दमा ‘ज्ञानी मान्छे नुगेको हुन्छ, मायामा मान्छे चुकेको हुन्छ’ बोलको दुई गीत एकैचोटि बजारमा ल्याउने तयारीमा रहेको संगीतकार चौलागाईंले बताए ।
दर्शकश्रोताहरु र साथीभाईको मायाले मलाई हौसला दिईरहेको र यही मायालाई सम्मान गर्दै आफूले पनि गीतमा स्वर दिएको मनोजले बताए । आफ्नै संगीत, आफ्नै एरेन्जमा गीत गाउँदा आफूलाई सहज भएको बताउने चौलागाईंलाई साथीभाइको हौसलाले पनि आफूलाई हौसला मिलेको बताउछन् ।
वरिष्ठ गीतकार वी।वी थापा, स्टुडियोका साथीभाई र वाद्यवादनमा साथ दिने म्यूजिसियन र मेरो कामलाई सधैं साथ दिने सबैप्रति आभारी रहेको पनि बताए । अहिले गीतको भिडियोको काम भइरहेकोले गीतको अडियो भिडियो सहित यही महिनाको अन्तिमतिर दर्शकश्रोतामाझ आउने बताए ।


