|
|
काठमाडौं - फागुन ११ गते बाट निर्देशक मिलन चाम्स निर्देशित सिनेमा ‘गोर्खा वारियर’ नेपाल प्रदर्शन हुँदैछ । नेपाली, अंग्रेजी र हिन्दी गरी तीन भाषामा तयार भएको सिनेमालाई अहिले कोरियन भाषामा स्वरांकन गरिँदैछ । निर्मातामा निर्देशक चाम्स, सुमन राई र सुस्मिता वाइवा छन् भने कार्यकारी निर्माता प्रशान्त थापा र राजेन्द्र घिमिरे हुन् । सुरेश राई सह(निर्माता रहेको सिनेमामा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन रहको छ ।
सन् १९४९ मा भएको ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथालाई उठान गरिएको सिनेमामा विजय लामा ,रितेश चाम्स, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, सुमन गुरुङलगायतको अभिनय रहेको छ ।


