ग्लोबल ग्ल्यामर भेन्चरले मिस युनिभर्स नेपाल २०२४ को आयोजना गर्ने

PNA


|
|


काठमाण्डौ - ग्लोबल ग्ल्यामर भेन्चरले मिस युनिभर्स नेपाल २०२४ को लागि आधिकारिक प्रेस सम्मेलन सम्पन्न भएको छ । ग्लोबल ग्ल्यामर भेन्चरले प्रतिष्ठित मिस युनिभर्स  प्रतियोगिताको लागि नेपालको तर्फबाट अर्को प्रतिनिधि तयारी सम्बन्धित जानकारी प्रदान गरेको छ । 

बिहीबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिईओ डा. धनन्जय रेग्मीको उपस्थिती रहेको थियो । यस्तै कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्ज्याण्डर गोन्जालेज र युनिभर्स वुमन २०२३ बिजाता भ्यालेन्टिना सान्चेज ट्रिभेलाको पनि उपस्थिती रहेको थियो । यस्तै मिडिया प्रतिनिधिहरू र अन्य अतिथिहरूको उपस्थितीमा कार्यक्रम सम्पन्न भयो । 

युनिभर्स वुमन २०२३ भ्यालेन्टिना सान्चेज ट्रिभेलाले आफ्नो प्रतियोगितामा जानेका तथा सिकेका कुरा सुनाउनु भयो । प्रतियोगीहरूलाई प्रेरित हुने प्रकारका आफ्नो विश्वव्यापी परिप्रेक्ष्य र अनुभवहरू सेयर गर्नुभयो । यस्तै अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्ज्याण्डर गोन्जालेजले सहभागीहरूलाई बहुमूल्य मार्गदर्शन प्रदान गर्दै आगामी मिस युनिभर्स नेपाल २०२४ प्रतियोगिताको  लागि आफ्नो दृष्टिकोण राख्नु भयो, साथै आगामी मिस युनिभर्स २०२४ मा कोच भ्यालेन्टिना सान्चेज ट्रिभेलाको सहभागिता रहने छ ।  

ग्लोबल ग्ल्यामर भेन्चरको प्रमुख कार्यकारी अधिकृत सबि पुरी, फाउण्डर संगीता पुरी र अध्यक्ष आलोक क्षेत्रीले कार्यक्रममा मिस युनिभर्स नेपाल २०२४बारे प्रष्ट पार्नुभयो । क्षेत्रीले सहभागी जनाउन चाहनेहरुले आगामी अप्रिलबाट फर्म खुल्ला गरिने जानकारी गराउनुभयो । मिस  यूनिभर्स नेपाल २०२४ को दर्ता अप्रिल  देखि गरिने बताईउको छ भने विजयता घोषणा सेप्टेमबरमा गरिने भएकोछ त्यस्तै बिजेताले मिस युनिभर्स २०२४ कोलागी मेक्सिको मा ९० देशहरु सँग नोभेम्वर मा प्रतिष्प्रधा गर्न पाउने छन् । उक्त जानकारी ग्लोबल ग्ल्यामर भेन्चर अफिस्यल पेज फेसबुक र ईनस्ट्रा मा हेर्न सकिने आयोजकले बताएको छ ।