राजेश पौडेलको "म त हजुर हङकङको लाहुरे" सार्वजानिक

PNA


|
|


काठमाण्डौ-  नेपाली मौलिकता र आफ्नोपनलाई  आधुनिकताले थिचिरहेको अबस्थामा राजन कार्कीको शब्द र लय, यम थापा मगरको सङ्गीत संयोजन, र  जीवन दाहाल, राजन कार्की, रमा गौतम र मधू थापाको स्वरमा अत्यन्तै मौलिकताले भरिएको "हङकङको लाहुरे"  बोलक‍ो लोकभाका शैलिको गीत सार्वजनिक भएको छ। 

"म त हजुर हङकङका लाहुरे , त्यसैमाथि अत्तरै घसेको" थेगो रहेको गीतमा नव कलाकार राजेश पौडेललाई लाहुरे पात्रका रूपमा उभ्याइएको छ भने उनलाई अभिनयमा गायिका  गायक गायिकाले नै साथ दिएका छन्। केही दिन अगाडि राजन कार्की युट्युव च्यानलबाट सार्वजनिक भएको गीति भिडियोमा गणेश सापकोटाको छायाङ्कन, अमृत चापागाईँको सम्पादन र रङ्गसंयोजन र सर्जक राजन कार्कीकै निर्देशन रहेको छ। 

गीति भिडियोमा आवद्ध नवनायक राजेश पौडेलका दाइ र भाइ  सेनाको उच्च पदमा सेवारत छन्। दाइ र भाइ मात्र हैन राजेशको गाउँ टक्सार स्याङ्जाका अधिकाँश दामलीहरु कोही भारतीय सेनामा र कोही नेपाली सेनामा भर्ति भएर सेनाको पोशाकमा सजिएको देख्दा राजेशलाई पनि सेनामै भर्ती हुँ कि झ‌ैँ भने नलागेको हैन। सानै देखि चतुर र दूरदर्शि स्वभावका राजेशले सेनामा भन्दा अङ्ग्रेजी विषय पढेर एकेडमिक क्षेत्रमा लाग्छु भन्ने अठोट गरेँ। उच्च शिक्षाको पूर्वार्द्ध दखिनै अध्ययन र अध्यापनलाई सँगसँगै लगेका राजेश आफ्नो ब्याचको उत्कृष्ट मध्येका विद्यार्थीमा पर्दथे। 

स्नातकोत्तर अध्ययन गर्दागर्दै पोखराको एक प्रतिष्ठित सामूदायिक विद्यालयमा प्राचार्य समेत बनेका राजेशले स्नातकोत्तर पश्चात् केही समय पोखराकै केही क्याम्पसहरुमा अध्यापन गरे। पढाईमा अति लगाव राख्ने राजेशलाई एउटा स्नातकोत्तरले मन मानेन र अर्को विषयमा पनि अध्ययन गर्न बेलायत पुगे। बेलायतको अध्ययन पश्चात् सन् २०१३ देखि सपरिवार आप्रवासी भिजामा क्यानडा पुगेका उनी एडमण्टन शहरमा  रहन्छन्।

सानै उमेरमा प्राज्ञिक क्षेत्रमा राम्रो शाख बनाईरहेका राजेशलाई आफ्नो भाइको नेपाल आर्मीमा भइरहेको पदोन्नति र नेपाली सेनाका बिच उनले पाएको सम्मान देख्दा आजका दिनमा पनि कता कता सेनामै लाग्नुपर्नेरहेछ भन्ने लागिरहन्छ। 

त्यहाँ पनि राम्रै पेशा अँगालेको हुनाले राजेशको प्रवासी जीवनशैलि राम्रो छ भने सामाजिक सेवामा पनि त्यति नै सक्रीय छन्। पहिल्यैदेखि नेपालमा गएर एउटा म्यूजिक भिडियोमा अभिनय गर्छु र त्यो पनि सेनाकै भूमिकामा भन्ने सोँच बनाईरहेका राजेशले यस पटक म्यूजिक भिडियोमै भने पनि सेना भएरै छाडे। सायद राजेशको मनासय बुझेर नै होला  राजन कार्कीले यो गीत  उनकै लागि लेखेका हुन्। राजेश भन्छन् मेरो यो गीति भिडियो मभित्र बच्चैदेखि रहेको नेपाली सेनाप्रतिको उच्च सम्मान हो।

- Prakash Subedi