काठमाडौ - नेपाल चलचित्र कलाकार संघ र जीवन बिज्ञान प्रतिस्ठान को संयुक्त आयोजनामा चैत्र ९ गते जीवन बिज्ञान प्रतिस्ठान को सभाकक्षमा कलाकारका लागि खुसी जीबन कार्यक्रम सम्पन्न भएको छ।
कलाकारको शारिरिक मानसिक र भाबनात्मक स्वास्थका लागी सहयोग पुग्ने उदेस्यले आयोजना गरिएको उक्त कार्यक्रममा जीवन बिज्ञान विशेषज्ञ रमेश नेपालले दैनिक जीवनमा आउने सम्बेग उत्तेजना र अस्थिर मनलाई कसरी ब्यबस्थापन र खुसीमा रुपान्तरण गर्ने सो को प्रयोगात्मक अभ्यास पनि गराउनुभयको थियो।उहाँले मानिस खुशी हुन मन ब्यबस्थापन गर्नुपर्छ र मनको ब्यबस्थापन का लागि उर्जाका सातवटा केन्द्र सकृय बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रम मा कलाकार संघका अध्यक्ष मोहन निरौलाले मानव जीबनमा आइपर्ने विभिन्न समस्या निराकरणका लागि मन लाई स्थिर बनाउनुपर्ने र त्येसकालागि चक्रको संतुलन हुनुपर्ने अनुभव कार्यक्रम बाट पायको बताउनुभयो । कार्यक्रम मा सहभागी अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला ले यस्ता कार्यक्रम कलाकारका लागि उपलब्धिमुलक हुने बताउनुभयो ।कलाकार संघका निबर्तमान अध्यक्ष रबिन्द्र खड्का ले कार्यक्रमको संयोजन तथा संघका सह कोषाध्यक्ष पबित्रा आचार्यले सह संयोजन गर्नुभयको थियोे ।कार्यक्रम का लागि समन्वय कलाकार तथा जीबन बिज्ञानकी साधिका निरु खड्का ले गर्नु भएको थियोे।७५जना भन्दा बढी कलाकार सहभागी भएको उक्त प्रयोगात्मक अभ्यासका सहभागीहरुले सुख शान्ति र समृद्धि को जीवनका लागी यस्ता अभ्यासहरुले मार्ग सहज गर्नेमा सहयोग पुर्याउने बताउनुभयो ।
कलाकारका लागि खुशी बिज्ञान कार्यक्रम सम्पन्न
PNA
|
|


