गीतकार खतिवडाको हिन्दी गीतिसङ्ग्रह ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित

PNA


|
|


काठमाडौँ : गीतकार डा. हेमन्त खतिवडाको हिन्दी गीतसंग्रह ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ। गीतकारले यसमा रोमान्टिक विषय समेटेका छन्। २ सय पृष्ठको यो संग्रहमा २ सयवटा हिन्दी गीत रहेका छन्। गीतहरू प्रेम गीतको प्रचलित रूपभन्दा फरक किसिमले लेखिएका छन्। गीतकार खतिवडा भन्छन्‚ ‘प्रेम सतही विषय होइन। यसको आफ्नै दर्शन छ, प्रेम गीतलाई म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु।’

ओम प्रकाशन दिल्लीद्वारा प्रकाशित गीतसंग्रहका गीत कलात्मक र बिम्बात्मक छन्। सरल शब्दमा गम्भीर भाव प्रकट भएको छ। प्रस्तुत गीतहरूमा प्रेमका विविध स्वरूपलाई विभिन्न आयामबाट व्याख्या गरिएको छ। २०५३ सालमा नातिकाजीको स्वर संगीतमा ‘मनमा काँडा बिझेपछि’ बोलको गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रमा उदाएका खतिवडाका दर्जनौँ गीत चर्चित छन्। उनी नेपालको सबभन्दा कम उमेरमा गीत लेख्ने गीतकार पनि हुन् ! यस कृति लाई निकै महत्वका साथ हेरिएको छ !