काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो छाता संगठन नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षमा उर्मिला श्रेष्ठ निर्वाचित हुनुभएको छ । नेपाल चेम्बरको ७३औँ साधारण सभाबाट उहाँ दोस्रो कार्यकालका लागि यस सम्मानित पदमा निर्वाचित हुन सफल हुनु भएको हो । उक्त सभाबाट अध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित हुनुभएको छ।
उर्मिला श्रेष्ठको संक्षिप्त परिचय
चेम्बर आन्दोलिनको एक सशक्त नारी हस्ताक्षर हुनुहुन्छ, उर्मिला श्रेष्ठ । सक्षम, कर्मठ, इमान्दार एवम् बौद्धिक नारीको रुपमा चिरपरिचित श्रेष्ठ नेपालमा समकालिन समयमा औंलामा गन्न सकिने सफल महिलाहरुको पंक्तीमा अग्रपंतीमा आउने नाम पनि हो । उद्योग व्यापार तथा व्यवस्थापनको क्षेत्रमा अनवरत रुपमा लागि पर्दै आउने क्रममा विभिन्न चुनौतीको सामना गर्दै तथा आरोह अवरोह पार गर्दै उहाँले तय गर्नुभएको सफलताको गाथा जति लोभलाग्दो छ, त्यस बाहेक पनि उत्तिकै प्रेरणादायी रहेको पाउन सकिन्छ । ।हालसालै मात्र सम्पन्न चेम्बरको ७३ औ साधारण सभाबाट पुन गरिमामय उपाध्यक्षको पदमा निर्वाचित हुन सफल श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शको ७० औं साधारण सभा अर्थात चेम्बर स्थापनाको ७० बर्षको ईतिहासमै पहिलो पटक महिला मध्येमा प्रथम पटक उपाध्यक्ष जस्तो उच्च मुकाममा पुग्न सफल हुँदै ईतिहास रच्न समेत सफल हुनु भएको थियो।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यकारी प्रमुख अर्थात सिईओ समेत रहनुभएकी श्रेष्ठ आँफैमा एक सफल नारी पनि हुनुहुन्छ । साल्ट ट्रेडिङलाई कुशल व्यवस्थापकिय नेतृत्व प्रदान गर्दै आउनुभएकी उहाँले पछिल्लो समय महिला चेम्बरलाई पनि उस्तै सबल नेतृत्व प्रदान गर्नुभएको पाईन्छ ।
बदलिदो विश्व परिवेश माझ नेपालमा पनि महिला सशक्तिकरणको सवाल टडकारो रुपमा उठदै आईरहेको सन्दर्भमा श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरले मुलुक भित्र महिला उद्यमशिलता विकासका लागि ठोस कार्यक्रम पस्कदै महत्वपूर्ण योगदान पुर्याएको छ । त्यसो त, श्रेष्ठको नेतृत्वमा महिला चेम्बरले गर्दै आएका कार्यहरुको सर्वत्र चर्चा समेत हुँदै आएका छन् ।
नेपालको उद्योग, वाणिज्य क्षेत्रको प्रतिष्ठित व्यक्तित्व उर्मिला श्रेष्ठले निजी क्षेत्रलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।महिला चेम्बरको अध्यक्षको जिम्मेवारीमा रहेर श्रेष्ठले लैङ्गिक समानताको प्रवर्द्धन र व्यवसायिक क्षेत्रमा महिला उद्यमशीलता अभिवृद्धि गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुभएको छ । महिला चेम्बरलाई हाक्ने क्रममा उनको दूरदर्शी नेतृत्व र गतिशील दृष्टिकोणले देशमा महिला उद्यमशीलता विकासमा टेवा मिलेको छ भने चेम्बर उपाध्यक्षका हैसियतले भए गरेका कार्य सम्पादनबाट समग्र उद्योगी व्यवसायीको हित तथा देशको अर्थतन्त्रमा समेत ठूलो योगदान पुगेको छ । यसबाहेक, उहाँले सीईओको पदमा रहेर गरेका कामले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यप्रणालीमा उल्लेखनीय प्रभाव पारेको छ । जून सन्दर्भले उहाँमा अन्र्तनिहित रणनीतिक कुशलता र व्यवस्थापकीय कार्यकौशललार्ई मुखरित गर्दछ । अविछिन्न यात्रामा अटल भएर अगि बढ्दै गर्दा उर्मिलाले यस माझमा नीतिगत तथा व्यवहारिक रुपमा निजी क्षेत्रको साँखलाई माथि उठाउने थुप्रै उपलब्धिमुलक कार्यहरु गर्नुभएको छ । यी यावत सन्दर्भहरुले उनको असाधारण क्षमताको पुष्टि गर्दछ भने व्यापारको दुनियाँमा उच्च पदमा पुग्न चाहने महिलाहरूका लागि प्रेरणादायी उदाहरण पनि कायम गरेको छ।
त्यसो त व्यापारिक पृष्ठभुमी बोकेको नेवार कुलमा जन्मिनुभएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष चेम्बर आन्दोलनका लौह व्यक्तित्व स्वर्गिय ईश्वर लाल श्रेष्ठकी सुपुत्री हुनुहुन्छ । पिताजीको पद्चापलाई पछयाउदै नेपालको चेम्बर आन्दोलनलाई अघि बढाउने सवालमा उर्मिलाले ईश्वरलाल जस्तै अब्बलता प्रस्तुत गर्दै आउनुभएको छ।आफ्ना स्वर्गीय बुवा ईश्वरलाल श्रेष्ठको उद्यमशीलताको भावना विरासतमा पाएकी उर्मिला श्रेष्ठ पिताजीले कोरेको मार्गलाई पछ्याउँदै अगि बढन् उत्तिकै प्रतिबद्ध हुनुहुन्छ् । त्यसो त नेपालमा चेम्बर आन्दोलनलाई अगाडि बढाउने जिम्मेवारीमा खरो उत्रदै पिताजी जस्तै उर्मिलाले पनि अब्वलता पस्कदै आउनु भएको पनि छ । उसैगरि प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक वहन साथै व्यापारिक समुदायलाई बल प्रदान गर्ने उहाँको प्रतिबद्धताले उहाँको राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याती दिलाएको छ।
विश्वव्यापी विकास परिवेशसँगै महिला सशक्तिकरणको सवाल टड्कारो रुपमा उठिरहेको वर्तमान सन्दर्भमा उनको ओजपूर्ण व्यक्तित्वले ठूलो महिला पंक्तिलाई व्यापार व्यवसायको क्षेत्रमा आकर्षण गरेको छ । त्यसो त उनको नेतृत्वमा महिला चेम्बरले आफ्नो प्रभावशाली कार्यको लागि व्यापक प्रशंसा बटुल्दै आएको पनि छ ।
स्वच्छ व्यवसायिकपना, बौद्धिक जागरण जस्ता स्वाधिन र समाज प्रेरित कार्यमा समेत उत्तिकै सकृय हुनुहुन्छ, उर्मिला श्रेष्ठ । बौद्धिकता, व्यवसायपना र समाजसेवाको त्रिवेणी मानिने इश्वरलाल(माणिकलाल पुस्ताको ‘लिगेसी’ अर्थात बिडो थाम्दै अब्बल कार्यकौशलता प्रस्तुत गर्दै आउनुभएकी उर्मिला श्रेष्ठ समकालिक समयकी एक प्रभावशाली नारीमा गनिनुहुन्छ । तसर्थ पनि एक सफल महिला नेतृका रूपमा उर्मिला श्रेष्ठको प्रभावलाई नकार्न सकिँदैन। नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षको रूपमा श्रेष्ठ निर्वाचित हुनुले महिलाहरु मात्र नभई समग्र निजी क्षेत्र उत्साहित छ भन्दा अत्युक्ति नहोला ।