नेपाल चलचित्र कलाकार संघको ‘कलाकार र आमसञ्चार’ विषयक गोष्ठि भव्यरुपमा सम्पन्न

Madhab Raj Kharel


|
|


काठमाडौं– नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न भएको छ । ‘कलाकार र आमसञ्चार’ विषयक गोष्ठिमा वक्ताहरुले नेपाली कलाकार तथा आम सञ्चारको सम्बन्धका विषयमा विषेश छलफल गरिएको थियो । उक्त गोष्ठिमा वरिष्ठ फिल्म निर्देशक तथा प्राध्यापक राजेन्द्र सभल, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी तथा पत्रकार कृष्ण भट्टराईले कलाकार तथा आम सञ्चार विषयमा केन्द्रित रहेर आफ्ना विचारहरु व्यक्त गरेका थिए ।

समारोहमा कलाकार र आचार संहिता विषयमा आफ्ना विचार व्यक्त गर्दै निर्देशक राजेन्द्र सलभले नेपाल चलचित्र उद्योग शिर्जनशिल साँस्कृतिक उद्योग हो तर यसलाई सरकारले मनोरञ्जनात्मक उद्योग भन्ने गरेको भन्दै कलाकारिता क्षेत्रमा आवद्ध हरेक कलाकारहरुले चलचित्र कलाकार संघ तथा चलचित्र विकास बोर्डले जारी गरेका आचार संहिताहरु पालना गर्नु पर्ने धारणा व्यक्त गरे । निर्देशक सलभले कलाकारहरुले आचार संहितालाई पालना नगर्दा हुन सक्ने सम्भावित जोखिमका बारेमा समेत प्रस्ट्याएका थिए । साथै निर्देशक सभलले कलाकार संघको विधानमा उल्लेखित उपयोगी बुँदाहरुलाई पनि पढेर सुनाएका थिए ।

त्यस्तै समारोहमा ‘कलाकार तथा आमसञ्चार विषय’ मा आफ्ना विचार व्यक्त गर्दै कलाकर्मीका प्रधान सम्पादक तथा पत्रकार कृष्ण भट्टराईले समाचारको शसक्त माध्यम चलचित्र भएकोले चलचित्र क्षेत्रमा काम गर्ने सम्पुर्ण कलाकर्मीहरुले सभ्य र भव्यरुपमा समाजमा प्रस्तुत हुनुपर्ने बताए । लेखिएका समाचारहरु भन्दा भिडियो मार्फत प्रस्तुत गरिएका विषय बस्तुहरुले समाजमा छिटो प्रभाव पारेको हुन्छ, विषेश गरेर महिला चलचित्रकर्मीहरुले पोषाक तथा बोली व्यवहारहरुमा पनि सभ्यभएर प्रस्तुत हुनु पर्ने बताए । त्यस्तै पछिल्लो समय सामाजिक सञ्जाल पनि एउटा समाचारको महत्वपुर्ण श्रोत मानिरहेको बेला चलचित्रकर्मीहरुले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दा सजग रहनुपर्ने धारण राखे । कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो भए पनि कलाकार र पत्रकार विच दुरी कायम हुन जरुरी रहेको समेत बताए ।

सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले आचरणको विषयमा हामी सबैजना विज्ञभए पनि पालना नगर्ने गरेको बताए । त्यस्तै पछिल्लो समय कुनै विषयमा आफुले नजानेको भए पनि सबै कुरा जानेझै गरि अन्तवार्तहरुमा प्रस्तुत हुने गरेको बताए । कुनै विषयमा जानकार छैन भने मलाई आउदैन अथवा यो विषयमा मलाई जानकारी छैन कृपया अर्को प्रस्न सोध्नुस न भन्न सक्नु पर्ने बताए । नजानेको कुरामा जानेझै गरेर बोल्दा भोलीका दिनहरुमा आई पर्ने समस्याहरुमा आफै शर्मिन्दा हुनुपरेका घटनाहरु तपाई हामी माझ नै छन् भन्दै डिसिले यस विषयमा सजग रहनुपर्ने धारण प्रस्तु गरे ।

समारोहका सभापति तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले उपस्थित कलाकारहरुलाई स्वागत गर्दै ‘हाम्रा कलाकार साथीहरुलाई सञ्चार माध्यममा कसरी प्रस्तुत हुने, कस्तो हाउभाउमा प्रस्तुत हुने र कसरी अनुशासिन बन्ने भन्ने विषयमा छलफल गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको बताएका थिए । साथै उक्त समारोहमा समारोहमा वरिष्ठ अभिनेत्री भुवन चन्द, वसुन्धरा भुसाल तथा चैत्यदेविले कलाकार संघद्वारा प्रकाशित २०८१ सालको क्यालेन्डरको समेत विमोचन गरिएको थियो । समारोहमा नेपाली चलचित्र तथा सञ्चार क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको सहभागिता रहेको थियो । पत्रकार जिवन पराजुली र शान्तिप्रियको संयोजन तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।

धेरै पढिएको