ललितपुर । ललितपुर स्थित केन्द्रिय सदर चिडियाखाना अगाडी संचालनमा रहेको ल्होत्से थकाली रेष्टुरेष्ट शान्त, मनोरम एवं पारिवारिक वातावरण माझ खानाको स्वाद लिन चाहने पारखीहरुका लागि उत्कृष्ट गन्तव्य । भिन्टेज डि होमद्धारा संचालित यस रेष्टुरेष्ट लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर संचालनमा आएको हो । सदर चिडियाघरको अग्रभागमा अवस्थित ल्होत्से थकालीबाट चिडियाघर भित्रका केहि मनोरम दृश्य समेत हेर्न सकिने सुविधा छ भने यहाँ स्थित एन्टिक सामाग्रीहरुसहितको भित्री बनावट र सजावटे अति नै आकर्षक छ। जसले यहाँ आउने जो कोही पाहुनाहरुलाई सजिलै लोभ्याउने ल्याकत राख्ने गर्दछ । यसका अलवा ओपन किचन ल्होत्से थकालीको अर्को महत्वपूर्ण बिशेषता हो । स्वयं आफनै आखाँले सफा र स्वस्थकर किचन देखेर निर्धक्कले खानाको मज्जा लिने अवसर यहाँ आउने पाहुनालाई उपलब्ध छ । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठका सुपुत्र कलाकार यमन श्रेष्ठको व्यवस्थापनमा संचालित ल्होत्से थकाली कलाकार एवं राष्ट्रि«य आयामका व्यक्तित्वहरुको जमघट हुने थलो पनि हो । जसबाट यहाँ आउने पाहुनाहरुले आत्मियपनको महशुस गर्ने गर्दछन् ।
मल्टिकुजिन ल्होत्से थकाली रेष्टुराँले एकैपटक १०० जनासम्मलाई सेवा दिन सक्ने क्षमता राख्दछ । सेमिनार तथा मिटिङ्ग हल तथा सांगितिक एवं साहित्यिक प्रस्तुतीका लागि स्टेजको व्यवस्था रहेसँगै यहाँ समय समयमा सांस्कृतिक कार्यक्रमहरु समेत हुने गर्दै आएको छ ।
सहरभित्र कोलाहलबाट पर रहेर परिवार एवं साथीभाईसँग स्वस्थ र स्वच्छ हावा, शान्त र रमाइलो प्राकृतिक सौन्दर्य मनमोहक दृश्य, विभिन्न प्रजातिका वनस्पतिसाथै जीवजन्तुहरू अवलोकन गर्दै ल्होत्से थकालीमा डिनर, लन्च तथा ब्रेकफाण्ट एवं जमघट र पार्टि गर्दै आनन्द लिन सकिन्छ । तसर्थ पनि ल्होत्से थकाली उपत्यकाबासी तथा अन्य आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै आएको छ ।
त्यसो त ल्होत्से थकालीले हालै मात्रै नयाँ मेनु सार्वजनिक गरेको छ । बेलायतलाई कर्मभूमि बनाउदै विगत २६ वर्षदेखी खानाको अन्वेषणमा सकृय रहदै ग्लोबल रिसर्च एण्ड डेभलपमेण्ट सेफका रुपमा विश्वभर चर्चा कमाएका बिनोद बरालले तयार पारेका हुन् । मेनु तयार पारेपछि उनले भनेका छन् २६ वर्ष लण्डन बसाई पश्चात हिमालयको स्वाद ल्होत्से थकालीको रोमाञ्चक टोलीमा सामेल हुन पाउनु मेरो लागि सौभाग्य हो। आज, हामी हाम्रो नयाँ ट्रायल मेनु सुरु गर्न पाउँदा हर्षित छौं। हाम्रो भान्सा टोली सिक्ने चरणमा भएकोले हामी हरेक प्रतिक्रियाको स्वागत गर्दछौं। त्यसो त बरालले ल्होत्से थकालीका किचन सुपरिवेक्षक समेत हुन् । ल्होत्से थकालीको किचन विश्व स्तरिय र स्वस्थ्यकर रहेको दाबी उनले गरेका छन् ।ल्होत्से थकालीले पस्कने स्वस्थकर खानाका साथ ग्राहकले स्वाद र सन्तुष्टि दुवै प्राप्त गर्ने बरालले बताए ।
हरेक पाहुनालाई भगवान मान्ने नेपाली आतिथ्यताको साँचो भावनामा ल्होत्से थकालीले सबैलाई पाहुना व्यवहार गर्दै सेवा गर्ने गरेको संचालक यमन श्रेष्ठ बताउँछन् ।पेय पदार्थका पारखी देखी खाना र खाजा साथै जन्मदिन पार्टीहरू, भेलाहरू, अफिस बैठकहरू वा, कुनै पनि उत्सवको लागि ल्होत्से थकाली उपर्युक्त रहेको पनि श्रेष्ठ बताउँछन् ।















