आफ्नै शब्द, सङ्गित र स्वरमा राजु भट्टराईले ल्याए पिरती नगरी

Devil Singh Rajput


|
|


काठमाण्डौ। राजु भट्टराईले पिरती नगरी लिएर आएका छन् । साउने झरी मायाको डोरी सुरमा सङ्गित भरी हो हो सुरमा सङ्गित भरी सङ्गितले जो कोहिको मन मुृटु छुन्छ । सङ्गित त्यो धुन हो जसको इसारा, अर्थ र भावहरुले हामीलाई आनन्दीत बनाउँछ अनि प्रेरणा पनि दिन्छ । पिरती नगरी नामको गित आफ्नै शब्द, सङ्गित र स्वरमा राजु भट्टराईले हामी माझ भर्खरै पस्केका छन् । गितलाई भट्टराईले आफ्नै शैलीमा प्रस्तुत गरेका हुन् । उनले शब्दमार्फत धेरै कुरा बताउन खोजेको गित सुन्दा भान हुन्छ । राजु भट्टराई कुशल डिजाइनर, प्रशिक्षक, लेखक, समाजसेवी हुन् । आगामी दिन अझै उत्कृष्ट गीत, सङ्गित लिएर आउने उनको भनाई छ । 'मलाई यसको प्रेरणा दिने अभिभावक, परिवार, सम्पूर्ण मित्रहरु हुन् । उहाँहरुलाई सम्मान र धन्यवाद दिन चाहन्छु' उनले उत्साहीत हुँदै भने । 

"मायाले हेर्यो नजर जोडी नफुकिने गरी
चरी झै उडि बादल पारी पिरतीनगरी ।
तिमीलाई साथ दिनेछु सधैँ छायाँ बनेर
तिम्रो मुस्कान जिवनको यो मायालाई छानेर ।" 

उनको गितको हरेक शब्दमा  गहनता र अर्थले भरिएको पाईन्छ ।

धेरै पढिएको