राष्ट्रपतिबाट डा. थापालाई 'हेमबहादुर मल्ल सम्मान २०७९' प्रदान

Devil Singh Rajput


|
|


काठमाडौं । पूर्व प्रशासक एवं कुटनीतिज्ञ डा. भेषबहादुर थापालाई २ लाख राशीको  हेमबहादुर मल्ल सम्मान २०७९  बाट विभुषित हुनुभएको छ । जन प्रशासन संघ ९पान० र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा संयुक्त रुपमा बुधबार आयोजित ‘हेम बहादुर मल्ल सम्मान २०७६’ समर्पण कार्यक्रम माझ उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मान प्रदान गर्नुभएको हो ।  पूर्व मन्त्री एवं सचिव शंकर प्रसाद  कोईरालाको संयोजकत्वमा गठित मुल्यांकन समितिको सिफारिसका आधारमा थापा सम्मानित हुनुभएको हो ।

डा थापालाई सम्मान प्रदान गर्नुहुँदै राष्ट्रपति पौडेलले डा भेषबहादुर थापा एक कर्मठ प्रशासक रहनुभएको उल्लेखसहित हेमबहादुर मल्ल सम्मानबाट पुरस्कृत हुनुभएकामा बधाई दिनुभयो । साथै उहाँले थापा जस्ता दिग्गज प्रशासकहरुकै देनबाट राष्टलाई समुन्नतीको बाटोमा अघि बढ बल पुग्ने बताउनुभयो ।  

त्यसैगरि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रशासनको क्षेत्रका दिग्गज व्यक्तित्वलाई प्रदान गरिदै आईएको हेमबहादुर मल्ल सम्मान प्रतिष्ठित सम्मान भएको उल्लेख गर्नुहुँदै यसले प्रशासन क्षेत्रलाई मनोबल प्रदान गर्ने जनाउनुभयो । 

कार्यक्रममा पानका अध्यक्ष मधुरमण आचार्यले डा. थापाले जनप्रशासनको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत उहाँलाई उक्त सम्मानबाट विभुषित गरिएको जनाकारी दिनुभयो । 

 उक्त सम्मान मुल्यांकन समितिका संयोजक पूर्व मन्त्री एवं सचिव शंकर प्रसाद   कोईरालाले  विभिन्न क्षेत्रबाट आएका सिफारिस मध्येबाट नामहरु छनौट गर्दै विभिन्न चरणहरु पार गरि अन्तत थापालाई सो सम्मानबाट विभुषित गर्ने निर्णय लिईएको उल्लेख गर्नुभयो ।

सो  अवसरमा पानका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटाले राज्यको उच्च ओहोदामा रही प्रशासन एवम् कुटनीतिको क्षेत्रमा राष्ट्रको छवी उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेको र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान उच्च राखेको जस्ता उल्लेखनिय कार्य गरे बापत हेम बहादुर मल्ल सम्मान, २०७९ का लागि डा भेषबहादुर थापालाई सर्वाधिक योग्य ठहर गरिएको स्पष्ट पार्नुभयो । साथै उहाँले हेमबहादुर मल्लको व्यक्तित्व बारे प्रकाश समेत पार्नुभएको थियो ।                 

कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले कर्पोरेशनले आम नागरिकको उपभोग्य अधिकारलाई सुनिश्चितता प्रदान गर्न सदैव सकृय रहि आएको बताउनुभयो । 

सम्मानित व्यक्तित्व डा थापाले सम्मान प्राप्त गर्न पाउँदा खुसी लागेको बताउनु हुँदै आयोजक प्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा उच्च प्रशासकहरुको बाक्लो उपस्थिती रहेको थियो ।    

यस अघि हेमबहादुर मल्ल सम्मानबाट केदार भक्त माथेमा, चादनी जोशी, भगवान कोईराला, विमल कोइराला, महाविर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, डा। दमननाथ ढुङ्गाना, डा।सुरेश राज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदार रेग्मी, देवेन्द्र राज कँडेल, कुलमान घिसिङ, सुन्दुक रूइत र डा। गौरी शंकरलाल दास,  सुर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हूच्छे प्रधान र  भानु आचार्य विभुषित भैंसक्नुभएको छ।  यो बिसौ  सम्मान समर्पण हो ।