रोटरी क्लब अफ ज्ञानेश्वरले प्रसुतीगृहका महिलाहरुसंग मनायो प्रसुति वर्ल्ड ब्रेस्ट फिडिङ दिवस

Devil Singh Rajput


|
|


काठमाण्डौ । रोटरी क्लब अफ  ज्ञानेश्वरले प्रसुतीगृहका महिलाहरु संग प्रसुति वर्ल्ड ब्रेस्ट फिडिङ दिवस मनाएको छ । क्लबले  काठमाडौंको थापाथलीस्थित प्रसुतीगृहका महिलाहरुसंग यस दिवस मनाएको हो । दिवसका अवसरमा प्रसुतीगृहका ४० जना महिलाहरुलाई झोला र मातृत्व सुरक्षा सम्वन्धी सामाग्रीहरु पनि वितरण गरिएको छ । 

रोटरी क्लवकी संस्थापक अध्यक्ष रसुमिला श्रेष्ठले मातृत्व सुधार सम्वन्धी सामाग्री सहयोग गर्नुभयो । वर्ल्ड ब्रेस्ट फिडिङ दिवस  प्रसुतीगृहका आमाहरुसंग मनाउन पाउँदा खुसी लागेको  अध्यक्ष  रोटेरियन निलम योञ्जनले बताउनुभयो । 

प्रजनन स्वास्थ्य सम्वन्धी अधिकारबारे सचेतना जगाउँदै वर्ल्ड ब्रेस्ट फिडिङ दिवस मनाईएको रोटरी क्लव ज्ञानेश्वरकी स​चिव​ सृष्टि  त्रिपाठीले जानकारी दिनुभयो ।