काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका–११ नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्नको निम्ति २०८१ असोज ५ गते शनिबार बिहान ७ बजे विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजना गरिएको भेला समिति आयोजक रामराजा ओझाले बताउनुभएको छ।
२००४ सालमा स्थापना भएको विद्यालयमा हालसम्म पनि "पूर्व विद्यार्थी समाज" गठन गर्नको निमित्त कोही अगाडि नसर्नु दुखद रहेको र कुनै पनि विद्यालयमा पूर्व विद्यार्थी समाज एउटा अपरिहार्य अङ्गको रुपमा रहने हुँदा सम्पूर्ण पूर्व विद्यार्थीहरू एकजुट भई यो संस्थालाई विधिवत दर्ता गरी ट्रेनको लिगको रूपमा स्थापित गर्न लागिपरेको वहाँ बताउनु हुन्छ साथै पूर्व विद्यार्थी समाज राजनीतिमुक्त हुनुपर्छ भन्ने उहाँको स्पष्ट दृष्टिकोण रहेको छ। देश तथा विदेशमा रहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई समाजमा सहभागि हुन एसएलसी ब्याच २०५७ का ओझाले आब्हान समेत गर्नु भएको छ।

