ने.का. केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री भण्डारीबाट डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको उद्घाटन

Devil Singh Rajput


|
|


काठमाडौं — काठमाडौंको सामाखुसी स्थित सिटी स्क्वायर नजिकै हालै संचालनमा आएको डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको बिहीबार उद्घाटन गरिएको छ । डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संसद सदस्य एवम् पूर्व वन तथा वातावरण मन्त्री शंकर भण्डारीले गर्नुभयो। उद्घाटन समारोहमा प्रमुख अतिथि भण्डारीले नेपाल र जापानबीचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई अझै सुदृढ गर्न यस संस्थाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, 'नेपालका विद्यार्थीहरूलाई उच्च शिक्षा र रोजगारीको अवसरका लागि जापान जस्तो देशमा अध्ययन गर्न सक्षम बनाउनु ठूलो सफलता हो। यो संस्थाले नेपाली युवाहरूलाई नयाँ आयाम प्रदान गर्नेछ'।

उक्त कन्सल्टेन्सी सुमन लौडारी, जापानमा विगत २० वर्षदेखि सक्रिय दिलिप श्रेष्ठ र दिपेन्द्र श्रेष्ठले संचालकमा ल्याउनुभएको हो । संस्थाले विद्यार्थीहरूलाई जापानी भाषा सिकाउने, जापानमा पार्टटाइम कामको अवसर तथा कलेज भर्ना प्रक्रिया लगायत सम्पूर्ण सेवाहरू उपलब्ध गराउने कन्सल्टेन्सीका संचालकहरुले बताउनुभएको छ। संचालकहरूका अनुसार जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूको बढ्दो मागलाई मध्यनजर गर्दै डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीले जापानदेखि नेपालसम्म सम्पूर्ण प्रक्रिया सहज बनाउने उदेश्यसहित संचालनमा ल्याईएको हो । संस्थाले आफनो सेवालाई विद्यार्थीहरुको हितमा हुने गरि कार्य गर्ने प्रतिवद्धता समेत जनाएको छ।

उद्घाटन कार्यक्रममा सामुदायिक अगुवा, शिक्षाविद्, तथा विद्यार्थीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

Related Post