काठमाण्डौं । न्युजलाईन्स मिडियाको ९ औ बार्षिकोत्सव समारोहमाझ पर्यटन व्यवसायी हरेराम (रोहित ) कार्की सम्मानित भएका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम उपराष्ट्रपति झाले सम्मानपत्र प्रदान गरेका हुन् ।
युवा पर्यटन व्यवसायी कार्की होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष हुन् । सामाजिक कार्यमा समेत सक्रिय रही विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएका कार्की निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् । जो पर्यटन व्यवसायको क्षेत्रमा प्रखर वक्ता, समाजसेवी साथै खेलकुद अभियन्ताका रुपमा पनि चिरपरिचित छन्। लामो समय पर्यटन, खेलकुद प्रवद्धर्न, विकास, सामाजिक सेवा र आर्थिक समृद्धिको क्षेत्रमा काम गरेका सरल स्वभावका रोहित कार्की विभिन्न संघसंस्थामा आवद्ध छन् । त्यसो त कार्कीले सरकारी तथा अन्य निकायका लागि पर्यटन तथा अन्य क्षेत्रसँग संबन्धित रहि मेघा ईभेण्टहरुको सफलतापूर्वक आयोजना गर्दै आएका छन् ।
त्यस्तै, न्युजलाईन्स मिडियाको ९ औ बार्षिकोत्सव समारोहमाझ उनीसँगै पर्यटन व्यवसायीहरू नानुकाजी अर्याल, खुसी गुरुङ, कृष्ण बस्याल र नृत्य निर्देशक प्रमिला रिजाल, समाजसेवामा योगदान दिने लाईन्स राजेशदास हिमालय, प्रेम पुरी, र कुमारी बाठा मगर पनि सम्मानित भएका छन् ।

