नेत्र न्यौपाने, दुबई। नेपाली फेसन उद्योगले ऐतिहासिक पाइला चालेको छ। यूएईको दुबईमा आउँदो १२ जनवरी २०२५ मा पहिलो पटक नेपाली डिजाइनर तृष्णा गुरुङ द्वारा डिजाइन गरिएका पहिरनमा चर्चित मोडलहरूले र्याम्पमा जलवा देखाउने भएका छन।
१५ वर्षको मेहनतको उपलब्धि
डिजाइनर गुरुङले १५ वर्षको कडा मेहनतपछि दुबईको चर्ल्तोन डुबै च्रेएक होटलमा भव्य फेसन शो आयोजना गर्न लागेकी हुन। कार्यक्रममा नेपाली ब्यान्ड क्लासिकको लाइभ म्युजिकको साथमा गुरुङका उत्कृष्ट डिजाइनमा सजिएका मोडलहरूले र्याम्पमा प्रस्तुति दिनेछन।
नेपाली फेसन उद्योगको अन्तर्राष्ट्रिय यात्रा
यो इभेन्ट नेपाली फेसन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने कोशेढुंगा हुने विश्वास आयोजकहरूको छ। फेसन शोका लागि ंफचे ओफ ट्ग ब्रान्डंका एम्बेसेडर मृ। गुरुङ रहनुभएको छ भने महिला एम्बेसेडरको छनोट प्रक्रिया जारी छ। कार्यक्रममा चिफ एड भाइजरको रूपमा हेमराज मैनाली संलग्न हुनुहुन्छ।
नेपाली समुदायको पहिचानलाई फराकिलो बनाउने प्रयास
मध्यपूर्वको केन्द्र दुबईमा नेपाली समुदायले आयोजना गर्न लागेको यो भव्य इभेन्टले नेपाल र नेपालीको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास गरिएको छ। व्यवसायी तथा समाजसेवी सुबास न्यौपानेका अनुसार, यस्ता कार्यक्रमहरूले नेपाली कला, संस्कृति, र प्रतिभालाई विश्वसामु चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्छन।
नेपाली समुदायको आर्थिक गतिविधि
करिब ७ लाख नेपाली कार्यरत यूएईमा पछिल्लो समय होटल, रेस्टुरेन्ट, ब्यूटी पार्लर, र कन्सल्टेन्सी जस्ता व्यवसायहरूमा नेपालीहरू सक्रिय छन। श्रम गन्तव्यका रूपमा मात्र नभई, व्यवसायिक क्षेत्रमा समेत नेपाली समुदायको पहिचान मजबुत हुँदै गएको छ।
डिजाइनर तृष्णा गुरुङको फेसन शोले नेपाली फेसन उद्योगको सम्भावना र सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने आशा गरिएको छ। यो कार्यक्रम नेपाली कला र फेसनप्रति अन्तर्राष्ट्रिय समुदायको दृष्टिकोण परिवर्तन गर्ने ऐतिहासिक अवसर बन्नेछ।



