" लुम्बिनी प्रदेशको बुटवलमा प्रतिक चिन्ह ( लोगो) प्रचारप्रसारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न"

Devil Singh Rajput


|
|


बुटवल ।राष्ट्रिय दुग्ध विकास वोर्डद्वारा आयोजित दुध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह ९ लोगो० प्रचारप्रसारका लागि अन्तरक्रिया कार्यक्रम लुम्बिनी प्रदेशको बुटवलमा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा पशु सेवा विभागका उपमहानिर्देशक डा. लेखराज दाहालको विशेष उपस्थिति र नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक दिपेन्द्र अधिकारी, लेखा प्रमुख ओम खरेल, एशोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमला, महासचिव हेमचन्द्र खनाल, उपमहासचिव विजय चौरासीया, सहसचिव शिव भुसाल, बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे र लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपाने, केन्द्रिय सदस्य निराजन कोइराला, डिडिसि बुटवल आयोजनाका कृष्ण अर्याल र योगेन्द्र शाह, केन्द्रिय दुग्ध सहकारीका केन्द्रिय सदस्य हरि काफ्ले, देवदह नगरपालिका पुर्व मेयर एवं नेपाल डेरी एसोसिएसनका सल्लाहकार हिरा केसि एवं लुम्बिनीका अन्य किसानहरु, लुम्बिनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष ज्ञानुु पौडेल, लुम्बिनी प्रदेशका डेरी उद्योगका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरु सबैलाई आयोजकको तर्फबाट स्वागत गर्दै बोर्डका प्रशासनिक प्रमुख बिदुर राईले कार्यक्रमको बारे प्रष्ट पार्नु भयो र सबै डेरी उद्योगमा चल्ने गाडीमा लोगो लगाउन अनुरोध गर्दै उपस्थित सबैलाई स्वागत गर्नु भयो । शुभकामना सहित मन्तव्य राख्ने क्रममा नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनालले सबै डेरी उद्योगले लोगो लगाउन सक्ने वातावरण बनाउन र सबैतिर प्रचारप्रसार गर्न बोर्डलाई अनुरोध गर्नुभयो । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहलले लोगोको महत्त्व बारे प्रकाश पार्दै सबै डेरी उद्योगका गाडीहरूमा अनिवार्य लोगो प्रयोग गर्न अनुरोध गर्दै लोगो प्रयोगमा ल्याउन बोर्डले खेलेको भुमिकालाई एसोसिएसन परिवार विशेष धन्यवाद दिन चहान्छ भन्ने कुरा बताए ।

एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेले बोर्डले अत्यन्तै राम्रो काम गरेको र नेपाल डेरी एसोसिएसनले चाँडै सबै उद्योगमा लोगो लगाउने प्रतिबद्धता ब्यक्त गर्दै आगामी दिनमा पनि बोर्डले यस्तै खालका सकारात्मक कदम चाल्ने कुरामा आशाबादी रहेको बताउनु भयो र सहजीकरण गर्न आग्रह गरे । पशु सेवा विभागका उपमहानिर्देशक लेखराज दाहालले यसरी दुध ढुवानी सवारी साधनमा लोगो प्रयोग गर्ने काम सार्है राम्रो भएको र यसमा अझ सुरक्षा निकायलाई समेत राखि वितरण गर्दा झन् प्रभावकारी हुने कुरा बताउनु बताए ।

डिडिसी बुटवल आयोजनाका प्रमुख अर्यालले फर्मल र इनफर्मल डेरीको बारे बोल्दै अब फर्मल डेरी उद्योगलाई चलाउनै कठिन भएको कुरा बताउँदै अब इनफर्मल डेरीलाई फर्मल सेक्टरमा ल्याउन सरोकारवाला सबै लाग्नुपर्ने बताउनु भयो । केन्द्रिय दुग्ध सहकारीका केन्द्रिय सदस्य हरि काफ्लेले लोगो लगाउँदा ढुवानीमा सहजता हुनुको साथै गुणस्तरमा पनि सुधार हुने कुरामा विश्वास रहेको बताउँदै अब मन्त्रालयले पनि यो कुरामा सरोकारवालाहरुलाई बेला बेला सजग गराउने कुरा बताए ।

अन्त्यमा कार्यक्रमका सभापति एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्र यादबले यो लोगो भनेको राष्ट्रिय दुग्ध विकास बोर्डको मात्र नभएर सबै सरोकारवालाहरुको सफलता हो । अब सबैले यसलाई आफ्नो सम्झेर यसको प्रयोगमा लाग्न आग्रह गर्दै राष्ट्रिय दुग्ध विकास बोर्ड सधैं किसान, उद्योग र समग्र दुग्ध क्षेत्रको विकासमा लाग्ने कुरा बताउँदै नो रिटर्न कार्यक्रम अगाडि बढाउन बोर्ड कटिबद्ध रहेको र त्यसमा सबैले सहयोग गर्न आग्रह गर्नु भयो । बोर्डले राष्ट्रिय दुग्ध निति पास गरिसकेको र अब चाँडै कार्यविधि बनाई सरोकारवालाहरुलाई समेटेर अगाडि बढ्ने कुरा बताउनु भयो ।

Related Post