युनिप नेपालद्वारा नववर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Devil Singh Rajput


|
|


काठमाडौं, चैत्र २९ – युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल (युनिप नेपाल) ले नववर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

शुक्रबार, स्वयम्भूमा आयोजित  उक्त कार्यक्रम युनिप नेपालका अध्यक्ष भिक्षु डा. राजु लामा (कोन्दन)को सभापतित्वमा सम्पन्न भएको हो।

सो अवसरमा अध्यक्ष डा. लामाले नववर्षले नयाँ उमङ्ग र प्रेरणा प्रदान गर्दै शान्ति, सद्भाव र सामाजिक सेवाका कार्यहरूमा अझ बढी उर्जावान भएर लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।

कार्यक्रममा युनिप नेपालका वरिष्ठ उपाध्यक्ष रविराज शाही लगायतका वक्ताहरूले समेत नववर्षको शुभकामना व्यक्त गर्दै संस्थाको आगामी सामाजिक र मानवीय कार्ययोजनाप्रति सकारात्मक अभिव्यक्ति प्रस्तुत गरेका ग​र्नुभ​एको थियो । 

युनिप नेपालले नियमित रूपमा शान्ति, मानवता र सामाजिक सद्भावका विविध कार्यक्रमहरू गर्दै आएको छ।

धेरै पढिएको