काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नुनको बिक्री–वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दीनेँ भन्ने समाचारलाई पूर्णतः निराधार भएको बताएका छन।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा सोमबार आयोजित उपभोक्ता सुरक्षा सम्बन्धी पत्रकार अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्ता समाचारहरु अफवाह फैलाउन प्रेरित भएको दाबी गरे।
"आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र मन्त्रालयको बजेट सिलिङमा पनि साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत नुन आपूर्ति कार्यलाई निरन्तरता दीएको छ" मन्त्री भण्डारीले स्पष्ट पारे। "यदि त्यस्तो निर्णय भएको भए मन्त्रालयलाई थाहा हुने थियो, तर त्यो सत्य होइन।"
उद्योग मन्त्रालय र साल्ट ट्रेडिङ कर्पोरेशनबीच अत्यावश्यक वस्तुहरूको आपूर्ति तथा ढुवानीलाई प्रभावकारी बनाउने र सेवा विविधिकरण गर्ने विषयमा नियमित छलफल हुँदै आएको जानकारी उनले दिए ।
वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले टेबल साल्टको नाममा हुने अवैध कारोबारलाई कडाइका साथ कारबाही गरिएको जानकारी दिए। "बजारमा नुनको आपूर्ति व्यवस्थित छ," उनले भने, "साल्ट ट्रेडिङको भूमिका सन्तोषजनक रहेको छ।"
उनले केही देशमा ८० प्रतिशतसम्म अनधिकृत व्यापार हुने गरेको उदाहरण दिँदै नेपालमा त्यस्तो अवस्था आउन नदिन सरकारले अग्रसरता लिनुपर्ने बताए ।
पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले साल्ट ट्रेडिङ कर्पोरेशनले सदैव पारदर्शी र अनुशासित तरिकाले काम गर्दै आएको र सरकारको भरपर्दो अंगको रूपमा स्थापित भएको बताए।
"चिनी, रासायनिक मल, एलपी ज्ञ्ाँस जस्ता अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा साल्ट ट्रेडिङले प्रभावकारी भूमिका खेलेको छ" उनले भने।
नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक चण्डिका भट्टले विकट क्षेत्रसम्म नुनको आपूर्ति पुर्याउनु साल्ट ट्रेडिङको उल्लेखनीय सफलता भएको बताए।
व्यापार प्रबर्द्धन तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा पनि उपभोक्ता हितमा काम गर्न चेतना जगाउनुपर्नेमा जोड दिँदै साल्ट ट्रेडिङ र केन्द्रबीचको समन्वयले निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने बताए।
स्वास्थ्य सेवा विभागका वरिष्ठ अधिकारी दीपक झाले ँप्याकेट खोल्दा वा पकाउँदा आयोडिनको मात्रा घट्छँ भन्ने तथ्यको आधारमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नुनमा आयोडिन मिसाइएको जानकारी दिए। "नुन निर्धक्क भएर खान सकिन्छ" उनले भने।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विगतमा हिमाली नुन कम्पनीमार्फत नुन बिक्री गर्दा बजारमा अभाव र जनस्वास्थ्यमा असर देखिएको स्मरण गराउँदै त्यस्तो गल्ती दोहोरिन नदिन सरकार सचेत रहनुपर्ने बताए।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले सदैव सुपथ, सहज र सर्वसुलभ रूपमा अत्यावश्यक वस्तुहरूको आपूर्ति गर्दै आएको बताइन।
उनले उपभोक्ताको हितलाई केन्द्रमा राखेर भविष्यमा पनि सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन।
कर्पोरेशनका नायब प्रमुख कार्यकारी अधिकृत कुमारराज भण्डारीले आयोडिनयुक्त नुनको बिक्री वितरण, जनस्वास्थ्यमा यसको योगदान र कर्पोरेशनको कार्यक्षेत्रबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उनले सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै सरकारको निर्देशन र जनहितलाई आधार मानेर कर्पोरेशनले कार्य गर्दै आएकोँ बताए।
कार्यक्रममा नाफिजकी अध्यक्ष मेनुका कार्कीले स्वागत मन्तव्य दिएकी थीन भने उपाध्यक्ष प्रमिला खतिवडाले धन्यवाद ज्ञापन गर्दै उपभोक्ता सुरक्षा संवेदनशील विषय भएको र यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरिन।