काठमाण्डौ - अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी‘’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
उत्तम श्रेष्ठ (शिशिर) को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ । विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडियोमा मीन रावलको दृश्य सम्पादन रहेको छ ।
विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याट्रनको गीतको भिडियो उत्कृष्ट बनेको छ ।
‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौँ, प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौ’, मोडल आराध्यालक्ष्मीले भनिन्।
आराध्यालक्ष्मीले नेपाली चलचित्रमा पनि अभिनय गरेकी छिन् । कोरियोग्राफरमा पनि कुशल आराध्यालक्ष्मी हालै ‘आमा आज पनि रुन्छिन’मा अनुबन्धित भएकी छिन् । आराध्यालक्ष्मीले निर्देशन र कोरियोग्राफमा वर्ल्ड बुकअफ रेकर्ड आफनु नाम समेत राख्न सफल भएकी छन् । उनले गीतलाई उडिरहेको प्लेनमा तथा र प्यारागलाइडिङ समेत विमोचन गरेर विश्व कीर्तिमान कायम गरेकी छन् ।