टिनएजरहरु सम्बन्धीत मोडलिङ प्रतियोगिता मिष्टर एण्ड मिस टिन सुपर मोडल २०२५ सम्पन्न भएको छ । प्रतियोगितामा १६ जना मिष्टर टिन सुपर मोडलका दावेदारहरु मध्ये रौनक सिंह ठकुरी र २९ जना मिस टिन सुपर मोडलका दावेदारहरु मध्येबाट एन्जेलिना महर्जन शीर्ष उपाधि विजेता चयन भएका थिए । प्रतियोगितामा अन्जील के.सी. र जेनिशा बस्नेत फस्ट रनर अप, जोनसाङ राई र वर्षा रायमाझी सकेन्ड रनर अप तथा अरित्र रोय र रानीश्री कार्की थर्ड रनर अपका रुपमा छानिएका थिए ।
एभरेष्ट इभेन्ट्सका लागि कृष्ण श्रेष्ठ रोबेन आयोजक रहेको सो प्रतियोगिताको कोरियोग्राफी कोरियोग्राफरद्वय आर्शु महर्जन र सुगन्धा अधिकारीले सम्हालेका थिए भने कार्यक्रमको संचालन फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा आभाष घिमिरे र लुना कार्कीलाई फेश अफ टिन सुपर मोडल चयन गरिएको थियो भने सार्थक श्रेष्ठ र निर्जला अधिकारी ब्राण्ड एम्बेसडरका रुपमा निक्र्यौल गरिएका थिए । यसैगरी प्रतियोगितामा सक्सेस खड्गी र रोजी रिजाल अर्गनाइजर च्वाइस, आशिका खत्री ब्युटी विथ ब्रेन, ईशा शर्मा पब्लिक च्वाइस अवार्ड, र कृतिका प्रधानलाई भ्युअर च्वाइस अवार्ड प्रदान गरिएको थियो । प्रतियोगितामा फरक रुपमा सक्षम सहभागि साधना घिमिरेलाई इन्सपिरेसनल रोल मोडलको अवार्ड प्रदान गरिएको थियो ।