आज मिति वैशाख २० गतेको दिन लायन्स कल्ब अफ काठमाण्डौं किृयेटिभ युथ माफॅत २८ नेतर्हिन, अपाडऱ्ग परिवार र १ सुत्केरी महिलाको उद्धार भएको छ। विगत केहि दिन देखि २० नेतर्हिन र अपाडऱ्ग परिवीर नारायणटार, जोरपाटीमा बस्दै आएका परिवीरलाई लकडाउनले निकै असर गरेको हुनाले ती परिवीरलाई दैनिक रोजीरोटी मा समेत असर परेकोले क्लबले ३५ किलो तरकारी र पानी सहयोग गरेको छ। यसका साथै ८ नेतर्हिन परिवीर साततल्ले कपनमा बस्दै आएका परिवीरलाई लकडाउनले निकै असर गरेको हुनाले ती परिवारलाई दैनिक रोजीरोटी मा समेत असर परेकोले क्लबले फेरि १८ किलो तरकारी र पानी सहयोग गरनुका साथै १ सुत्केरी महिला जसले ११ दिन अगाडि एक बालिकालाई जन्म दिएको छिन्। कपन बालुवा खानीमा बस्दै गरेकी सुत्केरी महिलालाई क्लबले १८ किलो चामल, तेल, नुन, मसला र ५ किलो तरकारी सहयोग गरेको छ। ती परिवारहरूले संस्थापक अध्यक्ष गनीका गुरुङ्, अध्यक्ष अनिल बुजाॅ मगर, उपाध्यक्ष श्याम पर्साद रेग्मी र आउने अध्यक्ष सुजना राईलाई मुरूमुरू धन्यवाद दिदै सम्मान व्यक्त गरेका छन्।




