जीवन शाहीको निर्देशन रहेको चलचित्र ‘स्त्री’ मंसिर ११ बाट प्रदर्शनमा आउने

PNA


|
|


काठमाडौं - चलचित्र "स्त्री" को निर्माण कार्य सम्पन्न भएसँगै यसको प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माता पक्षले गत बुधबार चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो।

समीर राई को निर्माण तथा जीवन शाही को निर्देशनमा तयार भएको चलचित्रको पोस्टर टौवा क्रियशनले निर्माण गरेको हो। सार्वजनिक पोस्टरमा अधिकांश कलाकारलाई फरक र आकर्षक अवतारमा प्रस्तुत गरिएको छ।

चलचित्रमा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत तथा दिनेश डीसी को मुख्य भूमिका रहेको छ। पोस्टरमा कलाकारहरूको फरक–फरक भाव र मनोविज्ञान झल्किने अभिव्यक्ति प्रस्तुत गरिएको छ।

पोस्टरको पृष्ठभूमिमा प्रयोग गरिएको रातो रंग र कलाकारहरूको रहस्यमय प्रस्तुतिले चलचित्रको कथा रहस्य, सस्पेन्स र कौतुहलतर्फ केन्द्रित रहेको संकेत गर्छ। चलचित्रको वितरण एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन्।

चलचित्रमा रामशरण उप्रेती को छायांकन, बाबुल गिरी को संगीत, देव महर्जन र शंकर महर्जन को एक्सन निर्देशन, बन्दे प्रसाद को सम्पादन तथा एलिस कार्की को पाश्र्वध्वनि रहेको छ।