म्युजिक खबर म्युजिक अवार्डको १३औं संस्करणमा बासकोटालाई दीर्घसाधना सम्मान

PNA


|
|


काठमाडौं - म्युजिक खबर म्युजिक अवार्डको १३औं संस्करणमा वरिष्ठ संगीतकार तथा संगीतरत्न शम्भुजित बासकोटालाई ‘म्युजिक खबर दीर्घसाधना सम्मान–२०८२’ प्रदान गरिने भएको छ। आगामी असार १४ गते आयोजना हुने विशेष समारोहमा उहाँलाई नगद ५१ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित सम्मान अर्पण गरिने आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक सविता पोखरेलका अनुसार यस वर्ष गीतकार उन्नति बोहरा शीलालाई ‘शब्द शीला विशिष्ट सम्मान’, गीतकार विजय शिवाकोटीलाई ‘रजत संगीत सम्मान’, तथा गायक शिव परियार र गायिका कालिका रोकालाई ‘दशकको संगीत सम्मान’ प्रदान गरिनेछ।

यसैगरी गीतकार सुशीला पौडेल र पुरुषोत्तम सानु, पत्रकार कुवेर गिरी र गोपिकृष्ण चापागाईं, गीतकार पुष्पा खनाल, बालकलाकार युनिश घिमिरे, संगीतकर्मी डा. रणजित झा तथा सञ्चारकर्मी उदयराज शर्मालाई पनि विभिन्न विधामा सम्मान गरिने कार्यक्रम रहेको छ।

आयोजकका अनुसार नेपाली गीतसंगीत, साहित्य, पत्रकारिता तथा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूको योगदानको उच्च कदर गर्दै सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको हो। म्युजिक खबर म्युजिक अवार्डले विगतदेखि नै नेपाली कला, संगीत र सञ्चार क्षेत्रका स्रष्टा तथा साधकहरूको सम्मान गर्दै आएको छ।

Related Post