कोरोनाभाइरसः ‘साउदी अरब अत्यधिक पीडादायी निर्णय लिँदैछ’

PNA


|
|


साउदी अरबका अर्थमन्त्री मोहम्मद अल–जदानले कोरोनाभाइरसको संक्रमणले अर्थव्यवस्थामाथि जुन चोट पुगेको छ त्यससँग जुध्नका लागि कडा र पीडादायी निर्णय लिइने जानकारी दिए ।

शनिबार अल अरेबिया टिभीलाई दिएको अन्तरवार्तामा अल–अदानले साउदी अरबले बजेट खर्चमा भारी कटौती गर्ने जानकारी दिएको छ । उनले कोरोनाभाइरसको असर यसै वर्षको दोस्रो त्रैमासिकमा अर्थव्यवस्थामा स्पष्ट रुपमा देखिने बताएका छन् । अल–जदानले सबै कुरा अनुशासित ढङ्गले अघि बढाउन साउदी अरबले अब आर्थिक पाटो थप कडा बढाउने जानकारी दिए ।

साउदीका अर्थमन्त्रीले मुलुकभित्र मेगा प्रोजेक्टको खर्चमा भारी कटौली गर्ने पनि जानकारी दिए । संसारको सबैभन्दा ठूलो तेल निर्यातक देश साउदी अरब ऐतिहासिक रुपमा तेलको कमीसँग जुधिरहेको छ ।

साउदी अरबको केन्द्रीय बैंकमा विदेशी मुद्रा भण्डार मार्च महिनामा पछिल्लो २० वर्षमा सबैभन्दा तीब्र रुपमा खस्किएको छ । सन् २०११ पछि सबैभन्दा तल्लो स्तरमा आइपुगेको छ ।

 तेलको मूल्य खस्किएपछि पहिलो त्रैमासिकमा ९ अर्ब डलरको बजेट घाटा भएको छ । जदानले पछिल्लो महिना नै साउदी अरबले विदेशी मुद्रा भण्डारलाई सन्तुलित बनाउन यस वर्ष २६ अर्ब डलरको ऋण लिन सकिने बताएका थिए ।

 

Al Arabiya English@AlArabiya_Eng

Watch: #SaudiArabia is facing the crisis from a position of strength, but the kingdom is willing to take “painful steps” to mitigate the impact of the #coronavirus pandemic, Finance Minister Mohammed Al-Jadaan tells Al Arabiya. https://english.alarabiya.net/en/business/economy/2020/05/02/Coronavirus-Painful-steps-ahead-to-fight-economic-downturn-Saudi-finance-minister.html …

Embedded video

47

12:58 AM - May 3, 2020

Twitter Ads info and privacy

37 people are talking about this

संकटमा किन छ साउदी ?

साउदी अरबको मोटिरी अथोरिटीले मंगलबार साउदी अरबको विदेशी सम्पत्तिमा ४६४ अर्ब डलरको गिरावट आएको जानकारी दिएको थियो । यो पछिल्लो १९ वर्षमा सबैभन्दा तल्लो स्तरमा छ । साउदीका अनुसार यस्तो कोरोनाभाइरसको महामारीका कारण भएको हो ।

अर्थमन्त्रीले भविष्यमा लिइने कदम र निर्णयलाई हालसम्म भएको क्षतीको भरपाई गर्ने हिसाबले अघि बढाउने बताएका छन् । तेल र ‘नन–ओइल’ राजस्वमा गिरावट आगामी त्रैमासिकमा देखिने अर्थमन्त्रीले बताएका छन् ।

जदानले भने, ‘यसै वर्षको सुरुवातमा तेलको मूल्य ६० डलर प्रति ब्यारल थियो र आज २० डलर प्रति ब्यारल छ । यो ५० प्रतिशतभन्दा पनि बढी गिरावट हो ।’

साउदी अरबले पनि संक्रमण रोक्नका लागि धेरैजसो शहरमा लकडाउन र कर्फ्यू लागू गरेको छ । अन्तरराष्ट्रिय हवाई सेवा पूर्ण रुपमा बन्द छ । यसै कारण पनि साउदीको नन ओइल राजस्व पूर्ण रुपमा प्रभावित भएको हो । मानिसहरु घरभित्रै बन्द छन् र सबै कारोबार बन्द छ ।’

Related Post