थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको सङ्ख्या ७५ पुग्यो

PNA


|
|


काठमाडौं,
वैशाख २१ ।

नेपालगञ्‍जमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार मात्रै  ९ जना संक्रमित देखिएको नेपालगञ्‍जमा थप ६ जनामा संक्रमण देखिएको हो ।

एकै दिन बाँकेमा १५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश नम्बर ५ को भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण हुनेहरु १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिला छन् ।

शनिबार महेन्द्रपार्क टोलका एक ६० वर्षिय पुरुषमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा अन्यको परीक्षण गरिएको थियो । आज संक्रमण देखिएका सबै १५ जना एउटै टोलका हुन् ।

एकैदिन नेपालगन्‍जमा कोरोना संक्रमिको सङ्ख्या १५ पुगेको छ भने आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा वीरगन्‍जका एकजना ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

योसहित नेपालमा कोरोना संक्रमितको सङ्ख्या ७५ पुगेको जनाएको छ ।