बलिउड अभिनेता इरफान खानको आमाको भारतको जयपुरमा निधन भएको छ । ९५ वार्षीय उनको प्राकृतिक निधन भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।
इरफान लामो समयदेखि विरामी भएर बिदेशमा उपचाररत छन् । लकडाउनको कारणले आउन नपाएपछि भिडियोकल मार्फत अन्त्येष्ट्री हेरेको बताइएको छ । उनीसँगै पिकुमा काम गरेका फिल्ममेकर सोजित सिरकारले इरफान सँग कुरा गरेको र उनी अत्यन्तै दुखी भएको बताए ।
उनले भने, “इरफान आफु पनि लामो समयदेखि बिरामी छ, आफै जीवन र मरणको दोसाधमा रहेर उपचार गराइरहेको उसलाई झन ठूलो पीडा थपिएको छ । उसको आमाको आत्माको शान्तिको कामना गर्दै उसको स्वास्थ्यलाभको कामना गरौं ।”
इरफान आफु बिरामी भएपछि ट्वीटरमा पटक पटक आफ्नो बेदना पोख्दै आएका छन् । ‘कयौ पटक एक झड्काका कारण म निन्द्राबाट जाग्ने गरेको छु’ उनले अगाडि लेखेका छन् ‘१५ दिन देखि मेरो जिन्दगी सस्पेन्स स्टोरी जस्तो भएको छ । दुर्लभ स्टोरी खोज्दा खोज्दै आफै दुर्लभ विमारीको सिकार भएको छु’, उनले अगाडि उल्लेख गरेका छन् ।

