मिति २०७७-०१-१३ गते शनिवार हिजो। वडा प्रहरि कार्यालय मालिगाउँमा प्रहरि मित्रहरु तथा समुदायका मानिसहरुको लागि ६०० थान मास्क र एउटा थर्मल गन प्रदान गरे पश्चात हाम्रो मल्टिपलले नेपाल सरकारलाई उपलब्ध गराउने PPE, Gloves र Mask हरुको प्याकिङ्को कार्य सम्पन्न गरियो।
यसैगरी आज मिति २०७७-०१-१४ गते आईतवार। हिजो प्याकिङ् गरिएका ती सम्पूर्ण सामग्रिहरुलाई लोड गरेर स्वास्थ्य मन्त्रालय लगी माननिय स्वास्थ्य मन्त्रीज्यूलाई हस्तान्तरण गर्ने कार्य पनि सम्पादन भयो। लायन्सहरुको तर्फबाट GAT Area Leader Lion Khagendra Sitaula सरले सामानको विवरण, प्रेस रिलिज सहित हस्तान्तरण कार्य सम्पन्न गर्नुभयो भने नेपालका अधिकतम मिडियाहरु समक्ष स्वास्थ्य मन्त्री माननिय भानुभक्त ढकाल ज्यूले धन्यवाद सहित नेपाली लायन्सले समाजमा पुर्याईरहेका सेवा कार्यहरुको मुक्त कण्ठले प्रशंसा गर्नुभयो।कार्यक्रममा LCIF Area Leader लायन बालकृष्ण बुर्लाकोटि, तीनवटा डिष्ट्रिक्टका गभर्नरज्यूहरु तथा अनेकौं लायन लिडरहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रममा डिष्ट्रिक्ट 325 A1 र A2 द्वारा यस लकडाउन अवधिमा गरिएका सेवा कार्यको लिखित विवरण DGE लायन टंक बहादुर श्रेष्ठ तथा DG लायन शोभा जोशिज्यूले क्रमश: मन्त्री ज्यू तथा पत्रकार मित्रहरुलाई उपलव्ध गराउनु भएको थियो।
नेपाली लायनिजमको यात्रालाई उच्च र उत्कृष्ट वनाउँदै समाजमा एउटा गर्व गर्न लायक मानविय संस्थाको रुपमा स्थापित गराउन दिनरात निरन्तर खटेर हामिलाई नेतृत्व प्रदान गर्नुहुने आदरणिय PID Lion Er. Sanjay Khetan Sir लगायत अन्य लायन लिडरहरु, लायन मित्रहरु र लियो भाईबहिनी हरुलाई आफ्नो आत्माको अन्तस्करणबाट नमन गर्दै हार्दिक कृतज्ञता व्यक्त गर्दछु तथा आगामि दिनहरुमा हाम्रा सहकार्यहरु समाज परिवर्तनका निम्ति अझै बढि ससक्त हुनेछन् भन्ने अठोट गरेकोछु।
धन्यवाद! जय लायनवाद!!
थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो
भिक्षा भारी उज्यालो, अझ वन वनको साग सिस्नु उज्यालो।
फ्याङ्लो गुन्द्री उज्यालो, वर पर घुम्दा जीर्ण कन्था उज्यालो
तृष्णाको तृच्छ जालो मनबीच नभए जो मिल्यो सो उज्यालो।।



