सभ्यता गिरी अभिनित हिन्दी गीत ‘पसन्द आया’ सार्वजनिक (भिडियोसहित)

PNA


|
|


काठमाडौं, असार ८ । सभ्यता गिरी नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउँदै अघि बढिरहेकी छन् । नेपाली कलाकारिता क्षेत्रमा पनि उनले आफ्नो कलाकारिता प्रदर्शन गरिरहेकी छन भने भारतमा पनि उनको राम्रै चर्चा छ ।उनी अभिनित पछिल्लो हिन्दी गीत ‘पसन्द आया’को भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भिडियोमा भुषण पटेलसँग उनी अभिनयमा देखिएकी छन् । ए आर प्रोडक्सनको निर्माणमा बनेको उक्त भिडयोलाई अजित गाडेले कोरियोग्रफ गरेका छन् । प्रतिभा शर्माको आवाज तथा विपिन दासकोको शब्द सङ्गीत रहेको उक्त गीतलाई आनन्द राउतले निर्देशन गरेका छन् । गीतको भिडियो जी म्युजिक कम्पनी मार्फत सार्वजनिक गरिएको छ ।