entertainment
||Power News Asia||

आजको समाचार

वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान

मनोरञ्जन


काठमाडौं -  नेपाली कला, सङ्गीत तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गर्दै ‘नातिकाजी राष्ट्रिय पुरस्कार तथा सम्मान २०८१’ भव्य रूपमा प्रदान गरिएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ले विभिन्न विधाका स्रष्टा, कलाकार तथा पत्रकारलाई पुरस्कार तथा सम्मान अर्पण गर्नुभएको हो ।

यस अवसरमा कला पत्रकार तथा गीतकार गीता अधिकारी र अनन्त वाग्लेलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान गरिएको थियो । पुरस्कारसँगै उहाँहरूलाई नगद राशिसहित सम्मान गरिएको थियो । दुई दशकभन्दा बढी समयदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी हाल हिमालय टाइम्स राष्ट्रिय दैनिक तथा मिलाप राष्ट्रिय मासिक पत्रिकासँग आबद्ध रहँदै आउनुभएको छ ।

समारोहमा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की तथा वीरेन्द्र पाठकलाई प्रदान गरिएको थियो । त्यस्तै, शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी रञ्जित, अष्ट लामा, डा. भीमार्जुन आचार्य तथा निर्वाण सिं गुरुङ पनि विशिष्ट सङ्गीत सम्मानबाट सम्मानित हुनुभयो ।

यसैगरी ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ मनोज खड्का, रोशन गुरुङ, ताराप्रकाश लिम्बु, सरिता शाही, चाँद सिं तथा महेश्वरमान राजभण्डारीलाई प्रदान गरिएको थियो । नवप्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने ‘नातिकाजी नव प्रतिभा पुरस्कार’ विपना तामाङ, सहिमा श्रेष्ठ तथा सुरेश लामाले प्राप्त गर्नुभयो ।

कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार’ प्रमोद उपाध्यायलाई प्रदान गरिएको थियो ।

नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बाँसकोटा ले स्वर्गीय सङ्गीत महर्षि नातिकाजी श्रेष्ठ ले नेपाली सङ्गीतलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई सामाजिक चेतना जगाउने शक्तिशाली साधनका रूपमा स्थापित गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले समाजले प्रत्येक वर्ष कला र सङ्गीत क्षेत्रमा समर्पित स्रष्टाहरूको योगदानको कदर गर्दै सम्मान तथा पुरस्कार वितरण गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रमलाई थप आकर्षक बनाउँदै सम्मानित तथा पुरस्कृत कलाकारहरूले स्वर्गीय नातिकाजीका चर्चित गीतहरू प्रत्यक्ष प्रस्तुत गरेका थिए । राष्ट्रपति भवनमा आयोजित समारोह नेपाली कला, सङ्गीत र पत्रकारिता क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा अत्यन्त भव्य र भावनात्मक बनेको थियो ।

म्युजिक भिडियो कलाकार सङ्घको वार्षिक क्यालेन्डर विमोचन तथा मानार्थ परिचयपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

मनोरञ्जन


काठमाडौं - म्युजिक भिडियो कलाकार सङ्घ को आयोजनामा वार्षिक क्यालेन्डर तथा भित्तेपात्रो विमोचन, विशिष्ट तथा वरिष्ठ कलाकारहरूलाई मानार्थ सदस्यता परिचयपत्र वितरण तथा सङ्घका मनोनित सल्लाहकारहरूलाई नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रम अनामनगरस्थित सिलेटो कटेज मा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ सङ्गीतकर्मी शम्भु राई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्व सङ्घका कार्यवाहक अध्यक्ष सुनील लामिछाने ले गर्नुभएको थियो।

कार्यक्रममा दुर्गा राईमाझी, नारायण राईमाझी, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, रोयल्टी सङ्कलन समाजका उपाध्यक्ष पी एन सापकोटा लगायत विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै सङ्घका सल्लाहकारहरू बाबुराज केसी उज्ज्वल, हरी डाँगी, देवेन्द्र बजगाईँ, शेषकान्त पुरी, घनश्याम आचार्य तथा शिवन पोखरेल लगायत अतिथिहरूको पनि उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा म्युजिक भिडियो क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका विशिष्ट कलाकारहरू राजेश हमाल, भुवन केसी तथा धिरेन शाक्य लाई “विशिष्ट म्युजिक भिडियो कलाकार” को मानार्थ परिचयपत्र प्रदान गरिएको थियो।

त्यसैगरी म्युजिक भिडियो क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका कलाकारहरू संस्थाकी संस्थापक अध्यक्ष अन्जु निरौला, निवर्तमान अध्यक्ष सम्झना बुढाथोकी, सुरबिर पण्डित, बिनोद श्रेष्ठ, सविन श्रेष्ठ, रञ्जन रिजाल, अशोक घिताल तथा लोकप्रिय कलाकार पल शाह लाई “वरिष्ठ म्युजिक भिडियो कलाकार” को मानार्थ परिचयपत्र प्रदान गरिएको सङ्घले जनाएको छ।

कार्यक्रमका संयोजक तथा सङ्घका महासचिव सनम कठायत ले म्युजिक भिडियो क्षेत्रलाई संस्थागत, व्यवस्थित र मर्यादित बनाउँदै कलाकारहरूको पेशागत सम्मान अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले वार्षिक क्यालेन्डरमा समावेश गरिएका योजनाबद्ध कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण कलाकार, स्रष्टा तथा शुभेच्छुकहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाली कलाकारिता क्षेत्रका उल्लेखनीय व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। वक्ताहरूले कार्यक्रमको उद्देश्य अत्यन्तै अर्थपूर्ण रहेको उल्लेख गर्दै यही उद्देश्यअनुसार संस्था अघि बढे कलाकारहरूको हकहित, पेशागत सुरक्षा तथा सम्मानका लागि बलियो संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए। साथै म्युजिक भिडियो कलाकार सङ्घ ले कलाकारद्वय दुर्गा भट्ट र निरुता कुँवर बिष्ट लाई आर्थिक सहयोग समेत प्रदान गरेको जनाएको छ।

‘हिमालयन इन्टरनेशनल अवार्ड’ को छैटौं संस्करणका लागि  आवेदन खुला

मनोरञ्जन


काठमाडौं – भाषा, साहित्य, कला र संस्कृतिका सर्जकलाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को छैटौं संस्करणका लागि आवेदन आह्वान गरिएको छ। ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित अवार्डको नयाँ संस्करण भव्य रूपमा आयोजना हुने तयारी गरिएको आयोजकले जनाएको छ।

आयोजक संस्थाले जारी गरेको विज्ञप्तिअनुसार अवार्डका लागि वैशाख २१ गते सोमबारदेखि आवेदन फारम खुला गरिएको हो। अवार्ड संयोजक गीता अधिकारीका अनुसार राष्ट्रिय भावका गीतसँगै पप, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा तथा रिमिक्स विधालाई समेटेर अवार्ड प्रदान गरिनेछ।

अवार्डका अध्यक्ष गणेश सुवेदीले दिएको जानकारीअनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म ९एक वर्षभित्र० सार्वजनिक भएका गीत–संगीतका स्रष्टा तथा प्राविधिकलाई विभिन्न विधामा सम्मान गरिनेछ। आवेदन दर्ताको अन्तिम म्याद जेठ १५ गतेसम्म तोकिएको छ।

अवार्ड समारोहमा नेपाली गीतसंगीत क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका एक विशिष्ट व्यक्तित्वलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिनेछ। साथै, देश तथा विदेशमा रहेर नेपाली संगीत क्षेत्रमा उल्लेखनीय योगदान दिएका संगीतकर्मी तथा सञ्चारकर्मी पत्रकारलाई समेत विशेष सम्मान गरिने आयोजकले जनाएको छ।

यसअघि काठमाडौंसँगै थाइल्याण्ड, सिंगापुर र मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अवार्डको छैटौं संस्करणलाई अझ विशेष र भव्य बनाउने तयारी भइरहेको संयोजक गीता अधिकारीले बताउनुभयो।

पौडेल र लामाको लोकल प्रस्तुती "तिनपानेको झोल"

मनोरञ्जन


काठमाडौं - नेपाली संगीत क्षेत्रमा नयाँ गीत ''तिनपानेको झोल'' सार्वजनिक भएको छ। गायक डिजराज पौडेल र गायिका आशा लामा ज्ञानमालाको सुमधुर स्वरमा सजिएको उक्त गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

गीतका शब्द चक्र बहादुर कार्कीले तयार पारेका हुन् भने संगीत स्वयं गायक डिजराज पौडेलकै रहेको छ। संगीत संयोजन कृष्ण लमामीछानेले गरेका छन्, जसले गीतलाई अझ आधुनिक र कर्णप्रिय बनाएको छ।

भावनात्मक कथावस्तुमा आधारित गीतले प्रेम, विछोड र जीवनका यथार्थ पक्षलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। मधुर धुन र गहिरो शब्द संयोजनले श्रोतालाई गीतसँग भावनात्मक रूपमा जोड्न सफल देखिन्छ।

गीतको म्युजिक भिडियोमा दिपेन्द्र सोनाम र नितु सिंह ठकुरीको अभिनय देख्न सकिन्छ। उनीहरूको जीवन्त प्रस्तुति र भाव–अभिव्यक्तिले भिडियोको कथालाई अझ प्रभावशाली बनाएको छ।

भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफी नितिन वाईवाको रहेको छ। उत्कृष्ट छायांकन, लोकेशन छनोट र सम्पादनले भिडियोलाई स्तरीय बनाएको छ।

सार्वजनिक भएको छोटो समयमै युट्युब तथा सामाजिक सञ्जालमा गीतले उल्लेखनीय प्रतिक्रिया पाइरहेको छ। दर्शकहरूले विशेषगरी गीतको भावनात्मक प्रस्तुति, संगीत संयोजन र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन्।

नेपाली संगीत क्षेत्रमा पछिल्लो समय मर्मस्पर्शी तथा सन्देशमूलक गीतहरूको आकर्षण बढिरहेको सन्दर्भमा ''तिनपानेको झोल'' पनि सोही धारको एक सशक्त प्रस्तुति बनेको देखिन्छ।

चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित

मनोरञ्जन


काठमाडौं -लचित्र पत्रकार संघ नेपालको नेतृत्वमा समिर बलामीले पुनः बाजी मारेका छन्। शनिबार राति सम्पन्न संघको १०औँ महाधिवेशनबाट उनले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा जित दर्ता गर्दै आफ्नो नेतृत्वलाई निरन्तरता दिएका हुन्। बलामीले निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीलाई पराजित गर्दै बलामीले विजय हासिल गरेका हुन्।

नयाँ कार्यसमितिमा उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा र उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध चयन भएका छन्। उपाध्यक्ष (महिला) पदमा दिपज्योति थापा विजयी भएकी छन्, जसले महिला नेतृत्वको सशक्त उपस्थिति झल्काएको छ।

महासचिवमा गोपी कृष्ण चापागाई निर्वाचित हुँदा सचिवमा मदन रिजाल र सचिव (समावेशी) मा महम्मद जालिम निर्विरोध चयन भएका छन्। त्यसैगरी, कोषाध्यक्षमा मनिष अन्जान र सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं विजयी भएका छन्।

सदस्य पदमा ८ जना उम्मेदवार निर्विरोध चयन भएका छन्, जसमा सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाई, रतनबहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने रहेका छन्।

नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म चलचित्र पत्रकारिताको अधिकार संरक्षण, पेशागत सुदृढीकरण र नेपाली फिल्म क्षेत्रको समग्र विकासका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ।

अभिनेत्री सानिया खानले ल्याईन "स्काइ डान्स स्टुडियो" सञ्चालनमा

मनोरञ्जन


काठमाडौं- नेपाली चलचित्र क्षेत्रकी प्रतिभाशाली अभिनेत्री सानीया खानले काठमाडौं महानगरपालिका –नागार्जुन १, रानीबनमा अत्याधुनिक सुविधा सहितको “स्काइ डान्स स्टुडियो” सञ्चालनमा ल्याएकी छन्। बुधबार एक विशेष कार्यक्रमबीच स्टुडियोको औपचारिक शुभारम्भ गरिएको हो।

नेपाली लोक, आधुनिक, पप, जुम्बालगायत विभिन्न शैलीका नृत्य सिकाइने उक्त स्टुडियोमा सबै उमेर समूहका नृत्यप्रेमीका लागि विविध कोर्सहरूको व्यवस्था गरिएको छ। नृत्यप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै गुणस्तरीय प्रशिक्षण प्रदान गर्ने उद्देश्यले स्टुडियो स्थापना गरिएको बताइएको छ।

स्टुडियोको उद्घाटन चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्का र कलाकार उत्तम केसीले संयुक्त रूपमा रिवन काटेर गरेका थिए। कार्यक्रममा नायक सबिन श्रेष्ठ, निर्देशक लक्ष्मण सुवेदी, राज बस्न्यात, रामेश्वर बुर्लाकोटी, पनाह अधिकारी लगायतका चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो।

नेपालकै पहिलो “खान” अभिनेत्रीका रूपमा परिचित सानीया खानले डोली, कुइनेट, दुर्गामाण्डुहिँड्दा हिँड्दै जस्ता चलचित्र तथा थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।

कलाकारिताप्रतिको आफ्नो गहिरो मोह र नृत्यप्रतिको लगावलाई अझै विस्तार गर्दै नयाँ प्रतिभाहरू उत्पादन गर्ने लक्ष्यसहित स्टुडियो सञ्चालनमा ल्याएको उनले बताएकी छन्। नृत्य क्षेत्रमा रुचि राख्नेहरूका लागि “स्काइ डान्स स्टुडियो” अब एक आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ। 

छैठौं संस्करणका लागि राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को आवेदन खुला 

मनोरञ्जन


काठमाडौं - नेपाली संगीत क्षेत्रलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यसहित विगत पाँच वर्षदेखि निरन्तर भव्य रूपमा आयोजना हुँदै आएको राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को छैठौं संस्करण आयोजना हुने भएको छ। आयोजक संस्था सामना म्युजिक क्रियशनले आजदेखि औपचारिक रूपमा आवेदन (फारम) खुला गरिएको जानकारी दिएको छ।

अवार्डको अन्तिम कार्यक्रम कहिले र कहाँ हुने भन्ने विषयमा भने अझै टुंगो लागिनसकेको सामना म्युजिक क्रियशनकी अध्यक्ष सामना शाहले बताएकी छन्। यद्यपि, यसपटकको संस्करण अझ भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी भइरहेको उनको भनाइ छ।

यस छैठौं संस्करणमा जम्मा २२ विधा समेटिएका छन्। सहभागी हुन इच्छुक कलाकारहरूले सामना म्युजिक क्रियशनको अनामनगरस्थित कार्यालय तथा अनामनगरमै रहेको रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज (राजु बोहरा) लगायतका स्थानबाट फारम प्राप्त गर्न सक्नेछन्। साथै, थप जानकारीका लागि फारममा उल्लेखित मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आयोजक समितिले आग्रह गरेको छ।

अवार्डमा सहभागिताका लागि २०८१ साल बैशाखदेखि २०८२ साल फागुन महिनाभित्र सार्वजनिक भएका गीतहरू मात्र योग्य हुनेछन्। प्रत्येक विधामा सहभागिता जनाउन रु. १,००० शुल्क तोकिएको छ भने एल्बमतर्फ रु. ५,००० शुल्क लाग्नेछ।

अध्यक्ष शाहका अनुसार, यो अवार्ड प्रारम्भमा पहिलो र दोस्रो संस्करणसम्म “अवार्ड” कै रूपमा सञ्चालन भए पनि तेस्रो संस्करणदेखि “रिवार्ड” को रूपमा रूपान्तरण गरिएको हो। सामना म्युजिक क्रियशनले यस्ता कार्यक्रममार्फत नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय कलाकारहरूलाई प्रोत्साहन गर्नुका साथै योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ।

नेपाली संगीतको प्रवर्द्धन र संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको यो अवार्डले आगामी संस्करणमा पनि नयाँ प्रतिभा उजागर गर्ने विश्वास गरिएको छ।

नयाँ बर्ष विक्रम संम्बत् २०८३ सालको हार्दिक मंगलमय शुभकामना 

मनोरञ्जन


नयाँ बर्ष विक्रम संम्बत् २०८३ सालको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।

 

सगरमाथा म्युजिक अवार्ड २०८२’ भव्य रूपमा सम्पन्न

मनोरञ्जन


काठमाडौं - नेपाली कला र सर्जनाको सम्मान, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सातौँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। अर्थ नेपाल प्रालि को आयोजनामा जमलस्थित राष्ट्रिय नाचघर मा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा वरिष्ठ सितारवादक विजया शर्मा लाई नगद रु. १७,६९६ सहित ‘सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्दै सम्मान गरिएको थियो। उक्त सम्मान परमानन्द झा, रामहरी आचार्य, सन्तोष श्रेष्ठ, पुरुषोत्तम बस्नेत तथा मनोज थापा ले संयुक्त रूपमा प्रदान गरेका थिए।

अवार्डतर्फ ‘किस किस’ गीतबाट राहुल शाह सर्वोत्कृष्ट कोरियोग्राफर घोषित भए।

त्यसैगरी धुर्व लम्साल लाई नगद रु. ८,८४८ सहित ‘सगरमाथा कला पत्रकारिता रजत सम्मान’ प्रदान गरिएको थियो भने शिरोमण दवाडी लाई ‘सगरमाथा रेडियो पत्रकारिता सम्मान’ प्रदान गरियो।

कार्यक्रममा अन्य विभिन्न विधामा समेत सम्मान प्रदान गरिएको थियो। गीतकार खेमनाथ दाहाल र लोकराज अधिकारी लाई ‘सगरमाथा संगीत सम्मान’, रामराजा थापा लाई ‘सगरमाथा समाजसेवा सम्मान’, राजेन्द्र लुईटेल लाई ‘सगरमाथा सम्मान’, अश्विनी झा र राजन बुढाथोकी लाई ‘सगरमाथा कला सम्मान’ तथा राजेन्द्र थापा मगर लाई ‘सगरमाथा सम्मान’ प्रदान गरिएको थियो।

अवार्डको निर्णायक समितिको संयोजकमा कृतिमानी संगीतकार सन्तोष श्रेष्ठ रहेका थिए भने सदस्यहरूमा कुलेन्द्र विश्वकर्मा, मालिका केशरी, सनम कठायत, देवेन्द्र बजगाई, हेमन्त कान्छा रसाइली तथा सामना शाह रहेका थिए।

कार्यक्रमलाई महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, रिलायन्स फाइनान्स, एराउण्ड द हिमालयस् प्रालि, नेपा टप, ग्लोबल ट्राभल्स सर्भिस प्रालि तथा वरेन्ज बल प्रालि ले प्रायोजन गरेका थिए भने भोटिङ पार्टनरका रूपमा खल्ती रहेको थियो।

कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रका चर्चित कलाकार तथा सर्जकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त समारोह मेगा टिभी मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।

अवार्डका विजेताहरु

१.सर्वोत्कृष्ट चलचित्र गायन
बेनिसा पौडेल – बिहे भाको छैन (छक्का पञ्जा ५)
२. सर्वोत्कृष्ट चलचित्र गीतकार
ऋषिराज आचार्य – कर्णाली काटौला (द्रौपदी)
३.सर्वोत्कृष्ट चलचित्र संगीतकार
आशिष अविरल – रैया चाँदीको (पूर्ण बहादुरको सारंगी)
४.सर्वोत्कृष्ट पप÷ आधुनिक गायक
सिडी विजय अधिकारी– सोल्टीनी
५.सर्वोत्कृष्ट पप÷ आधुनिक गायक (पब्लिक च्वाइस)
रुद्र शेखर शर्मा – के छ ओई सान्नानी
६.सर्वोत्कृष्ट पप÷ आधुनिक गायिका
निता आचार्य – ताँते गर्दै
७. सर्वोत्कृष्ट पप÷ आधुनिक गीतकार
डा.रमिल अधिकारी– आउ एउटा बाँचा गरौं
८, सर्वोत्कृष्ट पप÷ आधुनिक गीतकार (जुरी)
रोहन पौडेल(जनक) – जेल पनि सहुँला
९. सर्वोत्कृष्ट पप÷ आधुनिक संगीतकार
जीवन शर्मा – निर्वाध मन
१०. सर्वोत्कृष्ट बाद्यवादन
सुरेन लामा
११. सर्वोत्कृष्ट पप÷ आधुनिक मोडल महिला
सुजिना गोले – कति माया गर्छु तिमीलाई
१२. सर्वोत्कृष्ट पप÷ आधुनिक मोडल महिला (जुरी)
प्रतिक्षा काफ्ले – औधी मन पराए
१३. सर्वोत्कृष्ट पप÷ आधुनिक मोडल पुरुष
बादल घिमिरे – हारी सके
१४. सर्वोत्कृष्ट पप÷ आधुनिक मोडल पुरुष (जुरी)
प्रज्वलराज भट्ट – औधी मन पराए
१५. सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक
निरम कुमार शाही – उखुमै बनायो
१६. सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका
कला गुरुङ – घरबारे माया
१७. सर्वोत्कृष्ट लोक तथा दोहोरी शब्द
रोशन रेग्मी– ए बा हो मलाई
१८. सर्वोत्कृष्ट लोक तथा दोहोरी लय
रोशन सिंह – अरे आम्मै मरे
१९. सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल महिला
अस्मिता जुरेली – बुझेन मायाले प्यार गरेको
२०. सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल पुरुष
कैलाश कठायत – ईत्ती माया
२१. सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल पुरुष (जुरी)
सहिन प्रजापति – मलाई त्यहि बानी मन पर्छ
२२. सर्वोत्कृष्ट कोरियोग्राफी (लोक दोहोरी)
सन्दीप भुजेल – काँचो रानी बेल
२३. सर्वोत्कृष्ट कोरियोग्राफी (पप÷आधुनिक)
राहुल शाह – किस किस
२४. सर्वोत्कृष्ट सर्बोत्कृष्ट नव गायन
मदन बम –तिमी मेरो हौं
२५. सर्वोत्कृष्ट नव मोडल (लोकपप)
सहिस्मा खड्का –जेनतेन चलिराछ
२६. सर्वोत्कृष्ट नव मोडल (आधुनिक)
अनिसा अधिकारी– लेखान्त कल्पना नै नगरेको
२७. सर्वोत्कृष्ट पप÷आधुनिक नव मोडल (जुरी)
गीता पन्थी – मिठा मिठा मनका कुरा
२८. सर्वोत्कृष्ट लोक तथा दोहोरी नव मोडल
आशिका घिमिरे – चिसो चिसोमा
२९. सर्वोत्कृष्ट बाल प्रतिभा गायन (महिला)
परिधि खतिवडा – घरकी फुलबारी
३०. सर्वोत्कृष्ट बाल प्रतिभा गायन (पुरुष)
आर्यन पाण्डे– मेरो अनुरोधमा
३१. सर्वोत्कृष्ट बाल प्रतिभा अभिनय
प्रिन्स बम – लागु औषध विरुद्ध महा अभियान
३२. सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार
महेश महरा –तिम्रै माया लाग्छ
३३. सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
कल्पेश विश्वकर्मा – साथ दिने मान्छे यस्तो होस
३४. सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक
प्रविण थापा– अरे आम्मै मरे
१६औँ संस्करणको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ भव्यताका साथ सम्पन्न

मनोरञ्जन


काठमाडौँ - राजधानी काठमाडौँमा १६औँ संस्करणको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ भव्यताका साथ सम्पन्न भएको छ। विन्ध्यवासिनी फाउण्डेसन द्वारा जमलस्थित राष्ट्रिय नाचघर मा आयोजित कार्यक्रममा १२ विधामा अवार्ड तथा ५ विशिष्ट सम्मान प्रदान गर्दै नेपाली संगीत क्षेत्रका सर्जक र कलाकारहरूको योगदानको उच्च कदर गरिएको हो।

अवार्डतर्फ ‘परेली’ गीतबाट शिव परियार सर्वोत्कृष्ट गायक घोषित भए भने ‘के हेरेको टुलुटुलु’बाट समिक्षा अधिकारी सर्वोत्कृष्ट गायिका बनिन्। ‘मिर्मिरेमा बासेको भाले’बाट शिव हमाल उत्कृष्ट संगीतकार र ‘परदेशी हुनै मन छैन’बाट भुपेन्द्र बुढाथोकी उत्कृष्ट गीतकार घोषित भए।

लोकदोहोरी विधामा ‘झलिको’बाट अर्जुन सापकोटा उत्कृष्ट गायक तथा ‘भ्याप्पै आए बाहुन दाई’बाट ज्योति मगर उत्कृष्ट गायिका बने। म्युजिक भिडियोतर्फ ‘कता हिँड्रयो साइलो’बाट प्रभात पल ठकुरी र गीता ढुंगाना उत्कृष्ट मोडल जोडी घोषित भए भने ‘मायालाई पानको पात’बाट विक्रम चौहान उत्कृष्ट निर्देशक चुनिए।

त्यसैगरी ‘ए आमा जाम भन्यो मलाई’बाट बुद्ध थापा उत्कृष्ट छायाँकार, ‘वैशले जुरुक्क पार्‍यो’बाट दीपक विष्ट उत्कृष्ट म्युजिक भिडियो संगीतकार तथा ‘पैसा जोगाउन’बाट रीतु बोहरा नवप्रतिभा अवार्डबाट सम्मानित भए। सबै विधाका विजेतालाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा विशिष्ट सम्मानहरू पनि प्रदान गरिए। वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा लाई १ लाख रुपैयाँसहित विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२ प्रदान गरियो। गीतकार विजय शिवाकोटी लाई ५० हजार रुपैयाँसहित संगीत साधना सम्मान, गायिका रचना रिमाल लाई २५ हजार रुपैयाँसहित प्रेमध्वज संगीत रत्न सम्मान, लोकगायक पशुपति शर्मा लाई झलकमान लोक संगीत सम्मान तथा पत्रकार पवन आचार्य लाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो।

कार्यक्रम राष्ट्रिय गानबाट सुरु भई गुरुआमाको समूहद्वारा प्रस्तुत नृत्यले अझ रंगीन बनेको थियो। समिक्षा अधिकारी, रचना रिमाल र पशुपति शर्मा को सांगीतिक प्रस्तुति दर्शकका लागि विशेष आकर्षण बन्यो।

लाइफटाइम अचिभमेन्ट अवार्ड विजेता शम्भुजीत बासकोटा को सम्मानमा सुमनकुमार श्रेष्ठ ले उनका चर्चित गीतहरू प्रस्तुत गरेका थिए भने आयोजक संस्थाका सञ्चालक सुवास रेग्मी ले पनि गायनमा साथ दिएका थिए। त्यस्तै विजय शिवाकोटी को सम्मानमा अजर जंगम ले उनका सिर्जनाहरू प्रस्तुत गर्दै माहोललाई थप उत्साहित बनाएका थिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै लीना शर्मा रेग्मी ले नेपाली सांगीतिक सर्जकहरूको सम्मान, संरक्षण र प्रोत्साहनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको बताइन्।