एभरेष्ट इभेन्ट्सको प्रस्तुति तथा एस क्युब डान्स स्टुडियो र ग्रेस इभेन्ट्सको आयोजनामा सम्पन्न भएको ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२६ दोलखा’ को भव्य फाइनल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। एसईई उत्तीर्ण गरेका युवायुवतीहरूको प्रतिभा, व्यक्तित्व, आत्मविश्वास र सिर्जनशीलतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले दोलखाका युवा पुस्तालाई नयाँ सम्भावनाको ढोका खोलिदिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा रोशन रसाइली ले मिस्टर एसईई सुपर मोडल २०२६ दोलखा को उपाधि जित्न सफल भए भने दिपिसा लामा तामाङ ले मिस एसईई सुपर मोडल २०२६ दोलखा को ताज आफ्नो नाममा पारिन्। त्यसैगरी अजय महत र मुस्कान श्रेष्ठ ले फेस अफ एसईई सुपर मोडल २०२६ को उपाधि हासिल गरे। युवराज थापा र कुसुम थपलिया पहिलो रनरअप घोषित भए भने श्याम सुनुवार र जेनिशा तामाङ दोस्रो रनरअप बन्न सफल भए। आञ्जिला बस्नेत लाई ब्रान्ड एम्बासडर, सुरक्षा श्रेष्ठ लाई अर्गनाइजर च्वाइस अवार्ड तथा खुसी न्यौपाने लाई ब्युटी विथ ब्रेन को उपाधि प्रदान गरिएको थियो।
आयोजकका अनुसार प्रतियोगिताका दुवै विजेताले जनही रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसर समेत पाउनेछन्। प्रतियोगितामा सहभागी सबै प्रतिस्पर्धीले विज्ञान, व्यवस्थापन, मानविकी तथा ए-लेभल अध्ययनका लागि २० वटा विभिन्न कलेजमा छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउनेछन्। त्यस्तै दुवै विजेतालाई एभरेष्ट फिल्म एकेडेमीमा रु. १ लाख बराबरको छात्रवृत्ति प्रदान गरिनेछ। सहभागीहरूलाई विज्ञापन, पत्रपत्रिका, म्यागजिन, म्युजिक भिडियो, सर्ट मुभी, प्रोडक्ट फोटोसुट लगायत मनोरञ्जन क्षेत्रका विभिन्न परियोजनामा काम गर्ने अवसर समेत उपलब्ध गराइने आयोजकले जनाएको छ।
कार्यक्रम एभरेष्ट इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठ (रो बेन) को नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रमको संयोजन सुस्मिता पाख्रिन र सुरज थापा ले गरेका थिए भने सुनिता पाख्रिन तामाङ र सुस्मा पाख्रिन तामाङ आयोजक टोलीमा रहेका थिए। प्रतियोगिताको कोरियोग्राफी अर्शु महर्जन ले गरेका थिए भने कार्यक्रमको सञ्चालन ज्योति थापा ले गरेकी थिइन्। कार्यक्रमको फोटोग्राफी भीमसेन श्रेष्ठ, अनिश श्रेष्ठ र समीर श्रेष्ठ ले गरेका थिए।
कार्यक्रमलाई सफल बनाउन न्यु रेडिसन होटल तथा कालिन्चोक भोजनालय एण्ड लाउञ्ज ले आतिथ्य साझेदारको भूमिका निर्वाह गरेका थिए। दुबार पार्टी प्यालेस, चरिकोट प्रशिक्षण स्थल साझेदारको रूपमा रहेको थियो। शैक्षिक साझेदारका रूपमा अल्पाइन पब्लिक स्कुल, द राइजिङ स्टार स्कुल, मोडर्न नेपाल स्कुल, त्रिपुरा ग्लोरियस एकेडेमी, केईबीएस स्कुल तथा मनास्लु वर्ल्ड कलेज काठमाडौं आबद्ध रहेका थिए। त्यस्तै एसएमएस (सुशिला मेकअप स्टुडियो) र आशिका एकेडेमी काठमाडौं मेकअप पार्टनरका रूपमा रहेका थिए भने समश्री अटायर आधिकारिक फेसन डिजाइनरका रूपमा सहभागी भएको थियो।
युवा प्रतिभालाई पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्दै शिक्षा, फेसन, मनोरञ्जन तथा व्यक्तित्व विकासको क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ एभरेष्ट इभेन्ट्सले आयोजना गरेको यो कार्यक्रमले दोलखाका युवायुवतीमा नयाँ उत्साह र आत्मविश्वास थपेको विश्वास आयोजकले व्यक्त गरेको छ।
पोखरा । Tiara Entertainment द्वारा आयोजित ‘टिन फेस अफ पोखरा २०२६’ को पहिलो अडिसन चरण सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरूमा रहेको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व विकास तथा नेतृत्व क्षमताको खोजी र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको अडिसनमा विभिन्न क्षेत्रबाट आएका उत्साही युवायुवतीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार अडिसनमा कुल २५ जना प्रतिस्पर्धी सहभागी भएका थिए। सहभागीहरूले आफ्नो परिचय, संवाद क्षमता, आत्मविश्वास, स्टेज प्रस्तुति, व्यक्तित्व तथा र्याम्प वाकमार्फत आफ्नो क्षमता प्रस्तुत गरेका थिए। प्रतिस्पर्धीहरूको समग्र प्रस्तुति, सम्भावना तथा भविष्यमा आफूलाई अझ विकसित गर्न सक्ने क्षमताका आधारमा निर्णायक मण्डलले ११ जना प्रतिस्पर्धीलाई प्रतियोगिताको अर्को चरणका लागि छनोट गरेको जनाएको छ।
छनोट भएका प्रतिस्पर्धीहरू अब आगामी एक महिनासम्म विभिन्न व्यक्तित्व विकास तथा मोडलिङसम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्। प्रशिक्षण अन्तर्गत र्याम्प वाक, स्टेज प्रेजेन्स, ग्रुमिङ, सार्वजनिक वक्तृत्व कला, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, फोटोसुट तथा क्यामेरा फेसिङ लगायतका विषयहरू समावेश गरिने आयोजकले जानकारी दिएको छ।
कार्यक्रमका संयोजकका अनुसार ‘टिन फेस अफ पोखरा’ केवल सौन्दर्य प्रतियोगिता मात्र नभई युवाहरूलाई आफ्नो क्षमता पहिचान गर्न, आत्मविश्वास बढाउन र भविष्यका अवसरहरूका लागि तयार पार्ने एक सशक्त प्लेटफर्म हो। प्रतियोगितामार्फत युवाहरूलाई समाजमा सकारात्मक प्रभाव पार्न सक्ने सक्षम र प्रेरणादायी व्यक्तित्वका रूपमा विकास गर्ने लक्ष्य राखिएको उनले बताए।
आयोजकले आगामी चरणहरू अझ प्रतिस्पर्धात्मक र आकर्षक हुने विश्वास व्यक्त गर्दै सहभागीहरूलाई आफ्नो प्रतिभा निखार्ने उत्कृष्ट अवसरका रूपमा प्रतियोगितालाई उपयोग गर्न आग्रह गरेको छ। प्रतियोगिताको ग्रान्ड फिनालेमा उत्कृष्ट प्रतिभाहरूबीच उपाधिका लागि प्रतिस्पर्धा हुने जनाइएको छ।
काठमाडौं– पावर ईन्टरनेशन मिडिया नेपाल (पिम नेपाल) को आयोजना एवम् ईरा प्रोडक्सनको ब्यवस्थापनमा गत जेष्ठ ३१ गते राजधानी, काठमाडौंमा आयोजित एक समारोहको विच नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ भब्य रुपमा सम्पन्न भएको छ । उक्त समारोहमा नेपाली चलचित्र तथा गीत संगीतको क्षेत्रमा उल्लेखनिय योगदान दिएका कलाकार, सर्जक तथा श्रष्टाहरुलाई अवार्ड, सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । नेपाली कलाकारिता क्षेत्र तथा समाजिक क्षेत्रका लब्धप्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिति एवम् विशिष्ठ चलचित्र निर्देशक तथा पिम नेपालका सल्लाहकार मोहन निरौलाको सभापतित्व र चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डि.सी. को प्रमुख आतिथ्यतामा उक्त कायक्रम सम्पन्न भएको थियो । समारोहमा दिग्गज गायिका देविका बन्दना ‘रजत साधना सम्मान २०८२’ बाट सम्मानित भएकी छन् । नेपाली गायन क्षेत्रमा लामो समयदेखि क्रियाशिल गायिका बन्दना उक्त सम्मानद्धारा सम्मानित भएकी हुन् ।
कार्यक्रममा बरिष्ठ अभिनेत्रीत्रय बसुन्धरा भुषाल, भुवन चन्द, चैतदेवी, चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, दिग्गज कलाकार मोहन निरौला लगायतले बन्दनालाई फूलमाला, खादा र सम्मान पत्रले सम्मान गरे । सो समारोहमा बरिष्ठ गीतकार सुरेश घिमिरे ‘बिशिष्ट गीतकार सम्मान २०८२’, शिखर जंगम श्रेष्ठ ‘संगीत पत्रकारिता पुरस्कार २०८२’, कृष्णदेव रुपाखेती निर्देशक ‘दिग्दर्शन साधाना सम्मान २०८२’, महेश राज थापा ‘सामाजिक ब्यक्तित्व सम्मान २०८२’, विनोद देवकोटा ‘पत्रकारिता सम्मान २०८२’, छायांकार सालिकराम दुलाल ‘कला सम्मान २०८२’, दिपा थापा ‘पिम नेपाल शिक्षा सम्मान २०८२’, सचिन भट्टराई ‘युवा कलाकारिता सम्मान २०८२’, रणजित कुमार झा ‘पिम नेपाल संगीतकर्मी सम्मान २०८२’, सुनिता कुबँर ‘पिम नेपाल कला सम्मान २०८२’ बाट सम्मानित भएका थिए ।
माधवराज खरेल अध्यक्ष, कमला जोशी संयोजक रहेको कार्यक्रमको निर्देशक सनम कठायत थिए । अवार्डको जुरी सदस्यमा सन्तोष श्रेष्ठ, जुगल डंगोल, विजयरत्न तुलाधर, साहस शाक्य, प्रकाश मिश्र, रमेश दाहाल र आशा भुसाल थिए ।
विविध भाषाका गीतसंगीतलाई एउटै मञ्चमा सम्मान गर्ने उद्देश्यसहित आयोजना भएको ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६’ मा नेपाली भाषाका साथमा नेपालमा बोलिने भोजपुरी/मैथली, नेपाल भाषा, तामाङ, थारु, डेउडा लगायतका विविध भाषा तथा भाकाका गीत तथा भिडियोहरुलाई विभिन्न ३० विधासहित पपुलर, जुरी र ईनकरेजमेन्ट अवार्ड प्रदान गरिएकोे थियो ।

निम अवार्ड २०२६ का विजेताहरुः
सर्वोत्कृष्ट राष्ट्रिय भाव
पुरण क्षेत्रीः धर्तीको छानो
सर्वोत्कृष्ट गजल
डि.पी. खनालः बेकार
सर्वोत्कृष्ट पप गायन
अनन्त अजयः अनन्त दर्पण
सर्वोत्कृष्ट गीतकार पुरुष (सुगम संगीत)
डा. रुद्रनाथ अधिकारीः आमा
सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)
गीता अधिकारीः माटोको सुगन्ध
सर्वोत्कृष्ट संगीतकार (सुगम संगीत)
शंकर थापा“स्माईल”ः बेहाल
सर्वोत्कृष्ट गायक (सुगम संगीत)
ईन्द्र आरपिः गारो लाउन
सर्वोत्कृष्ट गायिका (सुगम संगीत)
बबिता मानन्धरः कलियुगकि राधा
सर्वोत्कृष्ट नवप्रतिभा गायन
विपना शाक्यः तिम्रो याद
सर्वोत्कृष्ट लोक दोहोरी शब्द
प्राजन बस्नेत ः परदेश
सर्वोत्कृष्ट लोक दोहोरी लय
ऋषि खड्काः परदेशी हुन मन छैन
सर्वोत्कृष्ट लोक दोहोरी गायक
सञ्जय थापा मगरः गलबन्दी र पच्छेउरी
सर्वोत्कृष्ट लोक दोहोरी गायिका
देवी घर्तीः खोली सलल
सर्वोत्कृष्ट युगल गायन
शर्मिला वर्देवा÷डेभिड शंकरः कश्मिेर गाम्चा
सर्वोत्कृष्ट मौलिक/भाषाभाषि गीत
निर्मला घिसिङः जानमाया (तमाङ)
सर्वोत्कृष्ट डायस्पोरा (सर्जक/स्रष्टा) संगीतकार
जीवन शर्माः माटोको सुगन्ध
सर्वोत्कृष्ट डायस्पोरा (सर्जक/स्रष्टा) गीतकार
सक्रिय श्रेष्ठः गारो लाउन
सर्वोत्कृष्ट डेउडा भाका गीत
महादेव भट्टः मेरी पुट्क्यौली
सर्वोत्कृष्ट नेपाल भाषा गीतकार
मचाकाजी महर्जनः वनेनु रे
सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार
गुजय मालाकारः झिगु नगदे
सर्वोत्कृष्ट नेपाल भाषा गायन
राज कुमार मानन्धरः कागती पाउँसे च्वङ
सर्वोत्कृष्ट मैथली/भोजपुरी गीत
रहमान खानः कैले बद्नाम पगली
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशन
राहुल शाहः ओ प्रियसी
सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार
रुपेश थापाः चाहिँदैन सम्पती
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल (पुरुष)
आर्यन सिग्देलः बानी
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल (महिला)
सृष्टि खड्काः परदेश
सर्वोत्कृष्ट म्यूजिक भिडियो नवमोडल (महिला)
उपाशना पाठकः नयन
सर्वोत्कृष्ट म्यूजिक भिडियो नवमोडल (महिला) डेउडा
सन्जिवनी खनालः पिरिमका खेल
सर्वोत्कृष्ट म्यूजिक भिडियो नवमोडल (पुरुष)
आरभ उप्रेतीः खेलौं खेलौं
सर्वोत्कृष्ट नेपाल भाषा भिडियो
रामकृष्ण खड्गीः ध्यवा
सर्वोत्कृष्ट मैथली÷ भोजपुरी भिडियो
बद्रि साहः गजब के रोग
सर्वोत्कृष्ट फेशन डिजाईनर
शम्भु पुरी : वारी बर पारी पिपलु
सर्वोत्कृष्ट संगीतकार (सुगम संगीत) पपुलर
राजेन्द्र बजागाईः पुतली
सर्वोत्कृष्ट लोक दोहोरी गायिका (पपुलर)
सुष्मा शाही ठकुरीः दर्याम दर्याम
सर्वोत्कृष्ट गीतकार पुरुष (सुगम संगीत) जुरी
भोलानाथ पाठकः राधिका
सर्वोत्कृष्ट गायक (सुगम संगीत) जुरी
राम भण्डारीः सपना देखाई कोही
सर्वोत्कृष्ट गायिका (सुगम संगीत) जुरी
मनमाया पंगेनीः सप्तरंगी फुल
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशन (जुरी)
पुजा ठकुरीः दुर देखी आएँ प्रिय
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल (पुरुष) जुरी
प्रज्वलराज भट्टः दिल आफ्नै थियो
सर्वोत्कृष्ट म्यूजिक भिडियो नवमोडल (महिला) जुरी
सपना क्षेत्रीः एकै पल पनि
सर्वोत्कृष्ट डेउडा भाका गीत गायन (ईन्करेजमेन्ट)
प्रमोद डि.जी.ः रुपस्या पातली सुवा
सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक (ईन्करेजमेन्ट)
आयुसा गौतमः चरित्र

काठमाडौं - चलचित्र "स्त्री" को निर्माण कार्य सम्पन्न भएसँगै यसको प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माता पक्षले गत बुधबार चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो।
समीर राई को निर्माण तथा जीवन शाही को निर्देशनमा तयार भएको चलचित्रको पोस्टर टौवा क्रियशनले निर्माण गरेको हो। सार्वजनिक पोस्टरमा अधिकांश कलाकारलाई फरक र आकर्षक अवतारमा प्रस्तुत गरिएको छ।
चलचित्रमा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत तथा दिनेश डीसी को मुख्य भूमिका रहेको छ। पोस्टरमा कलाकारहरूको फरक–फरक भाव र मनोविज्ञान झल्किने अभिव्यक्ति प्रस्तुत गरिएको छ।
पोस्टरको पृष्ठभूमिमा प्रयोग गरिएको रातो रंग र कलाकारहरूको रहस्यमय प्रस्तुतिले चलचित्रको कथा रहस्य, सस्पेन्स र कौतुहलतर्फ केन्द्रित रहेको संकेत गर्छ। चलचित्रको वितरण एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन्।
चलचित्रमा रामशरण उप्रेती को छायांकन, बाबुल गिरी को संगीत, देव महर्जन र शंकर महर्जन को एक्सन निर्देशन, बन्दे प्रसाद को सम्पादन तथा एलिस कार्की को पाश्र्वध्वनि रहेको छ।
काठमाडौं - नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा को नयाँ गीत ‘सानो मन नगर दिल फुकाउ’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, विश्वास, आत्मीयता र मानवीय सम्बन्धका भावहरूलाई समेटिएको उक्त गीत हाल कुलेन्द्र विश्वकर्मा अफिसियल युट्युब च्यानलमार्फत दर्शक तथा श्रोतामाझ ल्याइएको हो।
गीतमा लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र चर्चित गायिका मेलिना राई को सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द नवराज पन्त ले सिर्जना गरेका हुन् भने संगीत बसन्त थापा को रहेको छ। शब्द, संगीत र स्वरको सुन्दर संयोजनले गीतलाई थप श्रवणीय र मन छुने बनाएको छ।
गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ एचबीएन किस्मत ले गरेका छन् भने रेकर्डिङ राज खड्का ले गरेका हुन्। गीत वान डिबी एचडी स्टुडियो (1DB HD Studio) मा रेकर्ड गरिएको हो। अडियो तथा भिडियो निर्माण कुलेन्द्र विश्वकर्मा अफिसियल मार्फत गरिएको छ।
म्युजिक भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा स्वयं र जुना सुन्दास को आकर्षक अभिनय देख्न सकिन्छ। गीतको भाव र कथावस्तुलाई जीवन्त रूपमा प्रस्तुत गरिएको भिडियोले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। भिडियोको छायाङ्कन बिवेक बि.के. ले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन अमृत चापागाईं ले गरेका छन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन एकेन्द्र सरशंकर ले गरेका छन्।
कुलेन्द्र विश्वकर्मा र बसन्त थापाको सहकार्य नेपाली सांगीतिक क्षेत्रमा सफल र चर्चित मानिन्छ। यसअघि उनीहरूको सहकार्यमा सार्वजनिक भएको ‘सालको पात टपरी हुने’ बोलको गीतले अपार सफलता हासिल गरेको थियो। सोही सफल जोडी लामो अन्तरालपछि पुनः ‘सानो मन नगर दिल फुकाउ’ मार्फत एकसाथ आएका हुन्। यस कारण पनि गीतप्रति दर्शक तथा श्रोताको विशेष चासो देखिएको छ।
प्रेम र आत्मीय सम्बन्धको भावनालाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरिएको ‘सानो मन नगर दिल फुकाउ’ केवल मनोरञ्जनका लागि मात्र नभई सकारात्मक सन्देश बोकेको सांगीतिक कृति बनेको छ। अनुभवी सर्जक, लोकप्रिय गायक–गायिका तथा प्राविधिक टोलीको उत्कृष्ट समन्वयले गीतलाई थप सशक्त बनाएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने आगामी दिनमा अझ व्यापक लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं - नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय गायक तथा संगीतकार सुरज कालाखेतीको नयाँ रोमान्टिक गीत ‘यसरी यसरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। चलचित्र तथा म्युजिक भिडियोका सफल छायाँकार जीवन पराजुलीले निर्देशन गरेको उक्त भिडियो विनु अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
क्यानाडाका विभिन्न रमणीय तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरूमा छायांकन गरिएको भिडियोले प्रेम, भावना र सम्बन्धका मधुर पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। आकर्षक दृश्य संयोजन र रोमान्टिक कथावस्तुले भिडियोलाई थप प्रभावशाली बनाएको निर्माण पक्षको विश्वास छ।
गीतमा चर्चित गीतकार डीपी खनालको शब्द, सुरज कालाखेतीको संगीत तथा सुरज कालाखेती र विनु अधिकारीको सुमधुर स्वर रहेको छ। गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रोमन बज्राचार्यले गरेका हुन् भने रेकर्डिङ राज रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको हो।
म्युजिक भिडियोमा विनु अधिकारी, रमन पराजुली, सुरज कालाखेती र नविना श्रेष्ठको अभिनय रहेको छ। कलाकारहरूको स्वाभाविक अभिनय, रोमान्टिक प्रस्तुतिकरण तथा क्यानाडाको मनमोहक प्राकृतिक दृश्यले भिडियोको सौन्दर्यलाई अझ उचाइ दिएको छ।
भिडियोका छायाँकार उत्तम अर्याल हुन्। अनिता ओलीको मेकअप, मनोज बीकेको कोरियोग्राफी तथा राजेश कुमारको सम्पादन एवं कलर ग्रेडिङ रहेको भिडियोको निर्देशन जीवन पराजुलीले गरेका छन्।
लामो समयदेखि नेपाली चलचित्र तथा दर्जनौं म्युजिक भिडियोमा छायांकनको जिम्मेवारी सम्हाल्दै आएका पराजुलीले यसै भिडियोमार्फत निर्देशन क्षेत्रमा औपचारिक रूपमा प्रवेश गरेका हुन्। उनको निर्देशन यात्राको सुरुआती प्रयासका रूपमा सार्वजनिक भएको ‘यसरी यसरी’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण टिमले जनाएको छ।
प्रेम र संवेदनाले भरिएको यो गीत तथा भिडियोले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ।
काठमाण्डौ - छाँयाछवी क्रियशनको आयोजनामा निरन्तर आयोजना हुँदै आइरहेको डी सिने अवार्डको १७ औं संस्करण सम्पन्न भएको छ । चलचित्र बिकास बोर्डको प्रेक्षालयमा आयोजित समारोहले चलचित्रत्र एवं चलचित्रकर्मीहरुलाई प्रोत्साहित गरेको छ । नेपाली चलचित्र उद्योगलाई प्रोत्साहन, प्रवद्र्धन एवं सम्वद्र्धन गर्न आयोजना गरिएको यस किसिमको अवार्डले सम्पुर्ण चलचित्र, चलचित्र उद्योग, चलचित्रकर्मीलाई प्रोत्साहित गरिरहेको विश्लेशण चलचित्रकर्मीहरुले गरेका छन् ।
१७ औं सस्करणको डी सिने अवार्डमा चलचित्रकर्मी रजत सम्मान पनि प्रदान गरियो । यस संस्करणमा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह सम्मानित भए । यस्तै रेखा फिल्म्स छाँयाछवी चलचित्र पत्रकारिता पुरस्कारबाट रंग पत्रकार सचित खड्का पुरस्कृत भए । कार्यक्रममा विभिन्न कलाकर्मीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कलाकर्मी हाँस्य कलाकार गोपाल ढकाल छन्दे अभिनेत्री तेजुला खतिवडा, कलाकार गीता नेपाल, गायिका मिना नेपाली सम्मानित भइन भने कार्यक्रममा व्यवसायी एवं समाजसेवी विश्वराम माकजु सम्मानित भए ।
कार्यक्रममा सेलेक्सन कमिटि जुरीलाई पनि सम्मान प्रदान गरिएको थियो । सेलेक्सन कमितिका जुरीका रुपमा पत्रकार नुमा कान्त पौडैल, निर्देशक अमर वली एवं संयोजकका रुपमा निर्देशक कमल एक्चै मगर सम्मानित भए ।
अवार्ड समारोहमा बोल्दै प्रमुख अतिथिका रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अवार्डको औचित्य एवं यसले पार्ने प्रभावको बारेमा प्रष्ट पारे । सोही अवसरमा कार्यक्रमका अध्यक्ष शान्तिप्रियले १७ औं संस्करण सम्म आइपुग्दा डी सिने अवार्डको आरोह अवरोहको बारेमा प्रकाश पारे । अवार्ड समारोहमा चलचित्र क्षेत्रका विभिन्न संघ संस्थाका अध्यक्ष एवं पदाधिकारीहरु उपस्थित थिए भने चलचित्रकर्मी एवं चलचित्र पत्रकारहरुको पनि उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा मोडेल कलाकार अस्मिता पुरीले नृत्य प्रस्तुत गरिन भने कार्यक्रमको उद्घोषण निराजन भण्डारीले गरेका थिए ।
२०८१ मा रिलिज भएका चलचित्रहरुमा आधारित १७ औं संस्करणको डी सिने अवार्डमा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड क्रमश पुर्ण बहादुरको सारङ्गीका लागि विजय बराल एवं बेहुली फ्रम मेघौलीका लागि स्वस्तिमा खड्काले पाउन सफल भइन भने सोही अवसरमा उत्कृष्ट चलचित्र अञ्जिला बन्न सफल भयो । निर्देशकका रुपमा अञ्जिलाबाटै मिलन चाम्स पुरस्कृत भए । १७ औं डी सिने अवार्डमा विजेताहरु यस प्रकार रहेका छन् ।
उत्कृष्ट चलचित्र : अञ्जीला (मुन लभ इन्टरटेनमेन्ट प्रा. लि)
उत्कृष्ट निर्देशक : मिलन चाम्स (अञ्जीला)
उत्कृष्ट अभिनेता : विजय बराल (पूर्ण बहादुरको सारङ्गी)
उत्कृष्ट अभिनेत्री : स्वास्तिमा खड्का (बेहुली फ्रम मेघौली)
उत्कृष्ट सह-अभिनेता : जीतु नेपाल (कार्साङ)
उत्कृष्ट सह-अभिनेत्री : ऋचा घिमिरे (तेल भिसा)
उत्कृष्ट चरित्र अभिनय : राजबल्लभ कोइराला (एक्टर टेक वान)
उत्कृष्ट नवनिर्देशक : चन्द्र पन्त (ह्रस्व दीर्घ)
उत्कृष्ट लेखन : लक्ष्मण सुवेदी (सतिदेवी)
उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान (पिताम्बर)
उत्कृष्ट सम्पादक : वन्दे प्रसाद (पिताम्बर)
उत्कृष्ट गीतकार : सुरेन्द्र राना (रुकुम मैकोट – खुश्मा)
उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल (कसम बत्तिको – ज्वाइँ साब)
उत्कृष्ट गायक : सविन सुवेदी (बिहे भाको छैन -छक्का पञ्जा ५)
उत्कृष्ट गायिका : बेनीशा पौडेल (बिहे भाको छैन -छक्का पञ्जा ५)
उत्कृष्ट द्वन्द्व निर्देशक : अष्ट महर्जन (एक्टर टेक वान)
उत्कृष्ट नृत्य निर्देशक : रामजी लामीछाने (जुनिजुनि भरिलाई -दुखी आत्मा)
उत्कृष्ट जुरी अवार्ड : कृषा चौलागाई (पिताम्बर)
उत्कृष्ट डायोस्पोरा चलचित्र : शंकर घिमिरे (तेलभिसा)
काठमाडौं - संगीतलाई विश्व शान्ति, मानवता, सहअस्तित्व र सकारात्मक चेतनाको सशक्त माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा शुभारम्भ गरिएको छ। एभरेस्ट ग्यालरीको संयोजन तथा नेपाल टेलिकमको विशेष सहयोग र सहकार्यमा आयोजित एक समारोहबीच हुलाक सेवा विभागकी महानिर्देशक तथा सर्जक मनमाया पंगेनी भट्टराईको नयाँ गीत ‘लैजाचरी–शान्तिको धुन’ को म्युजिक भिडियो सार्वजनिक गर्दै अभियानको उद्घाटन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा साहित्यकार एसपी कोइरालाले संगीत र साहित्य समाज रूपान्तरणका प्रभावकारी माध्यम भएको उल्लेख गर्दै शान्ति, सद्भाव र मानवताको सन्देश फैलाउन कला क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले निजामती सेवामा कार्यरत व्यक्तिहरूलाई प्रशासनिक भूमिकामा मात्र सीमित गरेर हेर्ने प्रवृत्तिको आलोचना गर्दै सोही सेवाभित्रबाट थुप्रै प्रतिभाशाली साहित्यकार, कवि तथा गीतकारहरू उदाएको स्मरण गर्नुभयो।
‘मैले मनमाया पंगेनीका सिर्जनाहरू सर्जक को हुन् भन्ने थाहा नपाई सुनेको थिएँ, ती गीतहरूले मलाई गहिरो प्रभाव पारेका थिए,’ उहाँले भन्नुभयो, ‘पछि खोज्दा ती सिर्जना मनमाया पंगेनीकै रहेछन् भन्ने थाहा पाएँ। उहाँ निजामती सेवाभित्रको सिर्जनशील चेतनाको सशक्त प्रतिनिधित्व गर्नुहुन्छ।’
कोइरालाले नेपाल टेलिकमले संगीत क्षेत्रसँग सहकार्य गरेकोमा प्रशंसा व्यक्त गर्दै सरकारी तथा सार्वजनिक संस्थाहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले ‘लैजाचरी–शान्तिको धुन’लाई सन्देशमूलक तथा समयसापेक्ष सिर्जना भएको बताउँदै यस्ता कृतिले समाजमा सकारात्मक ऊर्जा, सहिष्णुता र सद्भाव फैलाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रिना डंगोलले विश्व शान्तिको सन्देश बोकेको सिर्जनामा सहकार्य गर्न पाएकोमा गर्व महसुस भएको बताउँदै सामाजिक उत्तरदायित्वका यस्ता अभियानमा नेपाल टेलिकमको निरन्तर साथ रहने प्रतिबद्धता जनाउनुभयो।
गीतकी सर्जक मनमाया पंगेनी भट्टराईले आफ्नो सिर्जनात्मक यात्रामा साथ, सहयोग र प्रेरणा प्रदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै समाज, राष्ट्र र मानवताको पक्षमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आफूले निरन्तर सिर्जना गर्दै आएको बताउनुभयो। उहाँले संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजलाई सकारात्मक दिशातर्फ डोर्याउने शक्तिशाली साधन भएको उल्लेख गर्नुभयो।
सामाजिक चेतना, सांस्कृतिक मूल्य र मानवीय संवेदनालाई गीतमार्फत अभिव्यक्त गर्ने सर्जकका रूपमा परिचित मनमाया पंगेनीका ‘सप्तरंगी फूल हौ तिमी’, ‘नारी शक्ति’ र ‘स्वर्ग जस्तो यो धर्तीलाई’ लगायतका गीतहरू लोकप्रिय छन्। उहाँले निजामती सेवामा उत्कृष्ट योगदान पुर्याएबापत सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारसमेत प्राप्त गर्नुभएको छ।

गीतमा मनमाया पंगेनी र कमल सौरागको स्वर रहेको छ भने शब्द तथा संगीत पनि मनमाया पंगेनीकै रहेको छ। कमल सौरागले संगीत संयोजन गर्नुभएको हो भने राजकुमार बगरले मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ।
कार्यक्रम संयोजक तथा एभरेस्ट ग्यालरीका संस्थापक अध्यक्ष सनम कठायतले संगीतमार्फत विश्वलाई जोड्ने अभियानलाई संस्थागत रूपमा अघि बढाइएको जानकारी दिँदै दुई वर्षअघि सुरु गरिएको ‘दृश्यमा नेपाल’ अभियानको सफलतापछि त्यसैको निरन्तरताका रूपमा ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ सुरु गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘हामीले नेपालका हिमाल, पहाड र तराईका अनुपम प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक सम्पदालाई संगीतसँग जोडेर विश्वसामु प्रस्तुत गर्यौं। अब संगीतलाई विश्व शान्ति र मानव एकताको सन्देशवाहक बनाउने लक्ष्यसहित नयाँ अभियान प्रारम्भ गरेका छौं।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ, लगानी बोर्डका सहसचिव हेमराज तामाङ, नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रिना डंगोल, प्रबन्धक डा। शालिग्राम पराजुली, नेपाल आयल निगमकी उपनिर्देशक इन्दु शर्मा, रेडियो नेपालका पूर्व प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने, हुलाक सेवा विभागकी निर्देशक सपना कुमारी भट्टराई, पूर्व एआईजी टेक तामाङ, पूर्व एआईजी माधवप्रसाद नेपाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ गीतकार–संगीतकार राजकुमार बगर तथा शिव भट्टराईलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
भिडियोमा कलाकार सनम कठायत, अस्मिता खनाल तथा बालकलाकार अनुश्री भट्टराई र श्रीनिधि कठायतले अभिनय गरेका छन्। कार्यक्रममा बालकलाकार श्रीनिधि कठायतले प्रस्तुत गरेको बालगीतले समारोहलाई थप संगीतमय बनाएको थियो।
पूर्व डीआईजी तथा साहित्यकार महेशसिंह कठायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गीत तथा भिडियो निर्माणसँग आबद्ध कलाकार, प्राविधिक तथा सहयोगीहरूलाई कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै चलचित्र निर्देशक तथा एभरेस्ट ग्यालरीका सल्लाहकार माधब राज खरेलले कला तथा सिर्जनाको क्षेत्रमा एभरेस्ट ग्यालरी र सर्जक मनमाया पंगेनीको योगदानको प्रशंसा गर्दै संगीतलाई समाज परिवर्तनको माध्यमका रूपमा स्थापित गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताउनुभयो।
सञ्चारकर्मी एवम् गीतकार डिबी खड्काले ‘सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा संगीत, साहित्य, प्रशासन तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा रहेको थियो । कला र संगीतलाई विश्व शान्तिको साझा भाषाका रूपमा स्थापित गर्ने प्रयासलाई नयाँ आयाम दिएको सहभागीहरूले बताएका छन्।



काठमाडौं - नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय गायक सञ्जय थापामगर को नयाँ लोक तथा दोहोरी गीत “हिँड लाहुरे” सार्वजनिक भएको छ।
रोजगारको सिलसिलामा लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली मौलिक कला, संस्कृति र लोकभाकालाई संगीतमार्फत दर्शक तथा श्रोतामाझ पस्कँदै आएका सञ्जय थापामगरले यसपटक पञ्चेबाजामा आधारित रमाइलो शैलीको गीत ल्याएका हुन्। गीत उनको आफ्नै सञ्जय थापा मगर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गीतमा सञ्जय थापामगरलाई स्वरमा गायिका दिपिका बयम्बु मगर ले साथ दिएकी छन्। गीतको शब्द तथा संगीत स्वयं सञ्जय थापामगरकै रहेको छ भने संगीत संयोजन याम थापा मगर ले गरेका छन्।
गीतको कथावस्तु विवाह समारोहको परिवेशमा आधारित छ, जहाँ दुलाहा पक्षका युवक र दुलही पक्षका युवतीबीचको रमाइलो घम्साघम्सीलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। विशेषगरी, युरोपबाट आएको लाहुरेले युवतीलाई आफूसँग लैजान फकाउने प्रयास र युवतीले लाहुरेप्रति गर्ने शंकाबीचको दोहोरीले गीतलाई अझ मनोरञ्जनात्मक बनाएको छ।
गीतको भिडियो निर्देशन तथा छायांकन मुकेश नेपाली ले गरेका छन् भने कोरियोग्राफी बुद्ध थापा को रहेको छ। भिडियो सम्पादन नविन घर्तीमगर ले गरेका हुन्। भिडियोमा कलाकार सरोज प्रजा र बिना राउत लाई फिचर्ड गरिएको छ।
काठमाडौं - नेपाली लोकदोहोरी संगीत क्षेत्रमा सक्रिय रहेको आरिया डिजिटल ले नयाँ लोकदोहोरी गीत “गुन भुल्ने मायालाई” सार्वजनिक गरेको छ। गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ यसको चर्चा सुरु भएको छ।
गीतमा चर्चित गायक नेत्र भण्डारी र गायिका अस्मिता डल्लाकोटी को स्वर रहेको छ। गीतका शब्द तथा संगीत कृष्ण लामिछाने ले तयार गरेका हुन्। गीतको भिडियो निर्देशन मुकेश नेपाली ले गरेका छन्। भिडियोमा कलाकार दिपेन्द्र खड्का र रचना न्यौपाने को अभिनय देख्न सकिन्छ, जसले गीतप्रति दर्शकको उत्सुकता थप बढाएको निर्माण टिमले जनाएको छ।
त्यस्तै, गीतको एरेन्ज महेन्द्र भण्डारी, रेकर्डिस्ट सागर बजुराली, मिक्सिङ तथा मास्टरिङ खडक बजुरालीले गरेका छन् भने छायांकन करण चैसिरले गरेका हुन्। भिडियो सम्पादन बिनोद बमले गरेका छन्।