काठमाडौं- गीतकार टेक तामाङको पहिलो एकल साँझ हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा यही असार १४ गते शनिबार, दिनको ४ः०० बजेबाट प्रारम्भ हुने एकल साँझलाई गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो । उक्त एकल साँझ कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ-२०८२’ नाम दिइएको छ ।
गीतकार तामाङको सयौं गीतहरू रेकर्ड छन् । एकल साँझमा गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीत प्रस्तुत गरिने छ । एकल साँझका लागि चयन भएका गीतहरू ‘नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरूको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहुँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैं सैलुङ्ग’ लगायतलाई विभिन्न गायक गायिकाले प्रस्तुत प्रस्तुत गर्ने छन् ।
प्रत्यक्ष वाद्यवादनसहित अग्रज गायक गायिकादेखि अहिलेका लोकप्रिय गायक गायिकासम्मले गीत गाएर झुमाउने छन् । कार्यक्रममा दीप श्रेष्ठ, संगीता राना प्रधान, किरण प्रधान, शिव परियार, राजेशपायल राई, अन्जु पन्त, सत्यराज आचार्य, स्वरुपराज आचार्य, डेबिड शंकर, रुपक चौधरी, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिना लगायत उहाँका चर्चित गीतहरूमा गुञ्जिने छन् ।
कार्यक्रममा संगीत संयोजन अशोककुमार राईले गर्नुहुने छ । २२ जनाको बाद्यवादन समूह अन्तर्गत किबोर्डमा शिलाबहादुर मोक्तान, भ्वाईलिन सेक्सोफोनमा मनोहर सुनाम, भ्वाईलिनमा मोहनकृष्ण कार्की ढली, रविन कार्की ढली, किशोर कार्की ढली, नारायण कार्की ढली, केशवल सुनाम र विकाशनाथ योगी रहने जनाइएको छ । त्यस्तै, गोपाल देव घतानी र धनबहादुर गुरुङ- बाँसुरीमा रहनुहुने छ भने तवलामा कुमार महाराज र भरत बुढाथोकीले साथ दिनुहुने छ । ढोलकमा मेघराज लुङ्गेली रहनुहुने छ भने मादलमा अनिल थापा र पोषण धर्तीले साथ दिनुहुनेछ । यसैगरी बेश गीटारमा देव राई रहनुहुने छ भने लिड गिटारमा संजिव लिम्बु, रिदम गीतारमा दीपेश श्रेष्ठ, सीतारमा सीता मैया राहचल, सारङ्गीमा भरत नेपाली, प्याड ड्रममा भुपेन्द्र रसाइली रहेर गायक गायिकालाई साथ दिनुहुने छ ।
कार्यक्रमलाई सभ्य, भव्य र सुसंस्कृत रुपमा सम्पन्न गर्नका लागि कार्यक्रम व्यवस्थापन तथा समन्वय समिति पनि गठन गरिएको छ । गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा-अशोककुमार राई, सुमन पण्डित ‘बैरागी’ टिका राई (शिव), कन्काइष्ट राई, शशी लुमम्बु, सुशील केसी, अर्जुनबहादुर घलान र गोपालचन्द्र राई रहनुभएको छ ।
‘टेक तामाङ सांगीतिक साँझ-२०८२ ’ ले सामाजिक सशक्तीकरण, र सांस्कृतिक प्रवद्र्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने आयोजकको अपेक्षा छ । आयोजक संस्थाका अध्यक्ष एवम् कार्यक्रम व्यवस्थापन समितिका संयोजक थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिनुभयो । ‘नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् बिशिष्ट साहित्यकार बैरागी काइँलाको प्रमुख आतिथ्यता रहने कार्यक्रममा सांगीतिक क्षेत्रका लोकप्रिय एवम् विशिष्ट व्यक्तित्वहरूका बाक्लो उपस्थिती रहने छ । नेपाली संगीतको प्रवद्र्धनका लागि पनि यो कार्यक्रमको आयोजना गरिएकाले पनि गीत संगीतका सम्बन्धी संघसंस्था, व्यवसायी, समाजसेवी, पत्रकार र संगीतप्रेमी सबै सामु सहयोगको अपेक्षा र आग्रह गर्दछु,’ उहाँले भन्नुभयो । थापाका अनुसार कार्यक्रममा गीतसंगीतलाई माया गर्ने दर्शक तथा स्रोतालाई निःशुल्क रूपमा टिकटको व्यवस्था गरिएको छ ।
विसं. २०५० सालमा ‘छाल आउँदा सम्झनाको’ पहिलो गीत ल्याउनुभएका तामाङ नेपाली संगीत र साहित्यमा निरन्तर क्रियाशील हुनुहुनछ । उहाँका राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह-‘माटोको आवाज’, राष्ट्रिय भावधाराका गीतसंग्रह-‘स्वदेश’, आधुनिक गीतसंग्रह– ‘जीवनसाथी’, आधुनिक गीतसंग्रह- ‘आमा’, आधुनिक गीतसंग्रह-‘नाता’, भजनसंग्रह-‘भक्तिसागर’, राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह-‘नेपाल आमा’ जस्ता कृति सार्वजनिक भएका छन् भने थुप्रै पाण्डुलिपि आउने तयारीमा छन् । नेपाली सांगीतिक क्षेत्रमा योगदान पूर्याउँदै आउनुभएका तामाङ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) समेत हुनुहुन्छ । उहाँ हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख भएर राष्ट्रसेवामा समर्पित हुनुहुन्छ ।
काठमाडौँ – चौथो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को ग्रान्ड फिनाले समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द ‘दीर्घ साधना सम्मान–२०८१’ (लाइफ टाइम एचिभमेन्ट अवार्ड)बाट सम्मानित भएकी छिन् । सोमबार बेलुका काठमाडौँको चाबहिल स्थित चलचित्र विकाश बोर्डमा आयोजित सो समारोहमा १० हजार १० रुपैयाँ सहित प्रथम अभिनेत्री चन्दलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो सम्मान प्रदान गरे । सोही समारोहमा ५ हजार ५५५ रुपैयाँ सहित अग्रज पत्रकार सानुकाजी श्रेष्ठ ‘क्वालिटी कला पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भए ।
समारोहमा नाट्यकर्मी वीरेन्द्र हमाल, गायिका सत्यकला राई, चलचित्र निर्देशक दिवाकर भट्टराई, साउन्ड रेकर्डिस्ट संजय श्रेष्ठ, चलचित्र निर्माता बिनोद गुरुङ, चरित्र अभिनेत्री मञ्जु श्रेष्ठ, समाजसेवी डिल्ली माया गुरुङ, नृत्य निर्देशक शँकर बिसी, शिब बिक, समाजसेवी शान्ति सुनार (राज शान्ति), मनु थुक्लुङ पनि कार्यक्रममा सम्मानित भए । यस्तै रमेश श्रेष्ठ, देवेन्द्र नेम्वाङ, पूर्ण सेलिङ लिम्बु, समाजसेवी शनी लिम्बु, चलचित्र निर्माता धु्रव न्यौपाने, कलाकार मनु थुक्लुङ, गायकहरू हिमाल श्रेष्ठ, नेत्रजी पन्त, हुम गैरे, कमल विरही थापा पनि सम्मानित भए ।
समारोहमा आधुनिक विधामा सर्वोत्कृष्ट गायकको अवार्ड तिम्रो माया बम गोलाबाट हेमन्त शिशिरले, डायरस्पोरा गायकको अवार्ड मायाको सिमानाबाट धन किरण गुरुङले, गीतकारको अवार्ड ब्याथाबाट विदुरराज गिरीले, संगीतकार ओ मायाबाट पल घलेले प्राप्त गरे ।
यस्तै आधुनिक गीतमै म्युजिक भिडियो निर्देशकको अवार्ड नुवाकोटे यो झिल्केबाट मिलन श्रेष्ठ, पुरुष मोडलको अवार्ड चुपचापबाट दिक्पाल कार्कीले, महिला मोडलको अवार्ड जुनेलीबाट रिना गुरुङले प्राप्त गरे । यस्तै गाउँ प्रवर्धन गीतको अवार्ड लकु फोरी गीतले, यही विधाको जुरी अवार्ड भुमलीचोक गाउँ गीतले पायो ।
– सर्वोत्कृष्ट लोकगीत गायिकाको अवार्ड नगर दोमनबाट सरिता भारतीले र लोक–पप गायकको अवार्ड के होला भोलीबाट रुद्र शर्माले हासिल गरे । यस्तै चलचित्र तर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड लिम्बु चलचित्र सेमेवाबाट दिलीप फुरुम्बोले, अभिनेताको अवार्ड सेमेवा चलचित्रबाट रुद्र पाहिमले, अभिनेत्रीको अवार्ड गुरुङ चलचित्र ह्रोसै ङ्होबाट आकृति गुरुङले, चरित्र अभिनेत्री अवार्ड सुगुपबाट पवित्र तेम्बेले, टेली चलचित्र चरित्र अभिनेत्रीको अवार्ड सक्किगोनीबाट रश्मी पाण्डेले हासिल गरे ।
यसै गरी लोक दोहोरीतर्फ गीतकारको अवार्ड दमौलीमा झरबाट ओम छिनालले, दोहोरी गीत गायकको अवार्ड दमौलीमा झरबाटै मौसम गुरुङले गायिकाको अवार्ड पुरानो दौतारीबाट पूजा पेरियारले, गायिकाको जुरी अवार्ड देउरलिमा फूलपातीबाट कालिका रोकाले, नव गायिकाको अवार्ड गण्डकीको तीरबाट बिमा सारू मगरले प्राप्त गरे । लोक दोहोरी तर्फ नै म्युजिक भिडियो महिला मोडलको अवार्ड समयबाट कमला बिसीले, पुरुष मोडेलको अवार्ड गोर्खे खुकुरीबाट लोमश शर्माले, कौडा तथा मौलिक गीत गायकको अवार्ड सानकान्छीबाट शुक्र तामाङले हासिल गरे । समारोहमा संगीत संयोजकको अवार्ड पुरानो दौतारीबाट सुनिल परियारले, संगीत संयोजकको अवार्ड मायाको सिमानाबाट सुरत प्रधानले पाए ।
आदिवासी गीत विधामा म्युजिक भिडियो आदिवासी महिला मोडेलको अवार्ड मिम्जिरे मिक्टोकबाट मिरा फियाकले, लिम्बु गीतकारको अवार्ड मेन्छायम पालमबाट सञ्च माया लिम्बुले, लिम्बु गीत गायकको अवार्ड मिम्जिरे तराङ २ बाट अमर योङहाङ लिम्बुले, गायकको जुरी अवार्ड मिम्जिरे मिक्टोकबाट विवश नेम्वाङले हासिल गरे । समारोहमा लिम्बु गीत गायिकाको अवार्ड चौबेस्मा मेछिनबाट दुर्गा कुमारी लिम्बुले, आदिवासी गीत गायिकको जुरी अवार्ड तुखेसो पन्हाबाट कर्मिला शेर्माले, लिम्बु गीत गायिकाको पब्लिक च्वाइस अवार्ड तमके हाकपारेबाट पदम कुमारी फियाकले प्राप्त गरे ।
लिम्बु् गीत पुरुष मोडलको अवार्ड नारागेन चैतबाट सुरेन सिसिर केरुङले, लिम्बु गीत पुरुष मोडेलको जुरी अवार्ड मेन्छायम पालम महेन्द्र कुमार लिम्बुले हासिल गरे । यसै गरी म्युजिक भिडियो चरित्र अभिनेताको अवार्ड ओ मायाबाट टसी गुरुङले, चरित्र अभिनेत्रीको अवार्ड हङकङ चाईन –३ बाट विमला इवारमले र नेपाल भाषा गीत गायिकाको अवार्ड कटनमारिया रुप छांगुबाट गंगादेवी महर्जन हासिल गरे ।
यो अवार्डको निर्णायकमा चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गायक डेभिड शंकर, गायिका जुनु रिजाल काफ्ले, संगीतकार हर्कुलेस बस्नेत, हास्य अभिनेता शेरबहादुर गुरुङ, बीजेन्द्र नौबागे रहेका छन् ।
विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुतिसहितको यो अवार्डको आयोजक एवम् चलचित्र निर्देशक उमेश गुरुङले नेपाली चलचित्र र गीत संगीतको प्रवर्धनको लागि क्वालिटी फिल्मस्ले चार वर्षदेखि यो अवार्ड गर्दै आएको कार्यक्रममा बताए ।
काठमाण्डौ । साँगे सभ्यता संरक्षण तथा विकास अभियानले तनहुँ सदरमुकाम दमौलीमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ । अभियान बारे जानकारी गराउने उदेश्यले आगामी असार ३ गते मंगलवार अभियानले अन्तर संवाद कार्यक्रम आयोजना गर्न लागेको हो । “यहि असार ३ गते मंगलवार अभियानले व्यास नगरपालिकाको हलमा अन्तर संवाद कार्यक्रम आयोजना गर्ने तय गरेको छ, व्यास नगरपालिकाका मेयर ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने भन्ने अनुसार हामीले उहाँलाई आमन्त्रण गरेका छौँ, ४ बजेबाट कार्यक्रम सुरु गर्ने हाम्रो योजना छ, यद्यपि केही औपचारिकता भने अझै बाँकी छ, हामी तयारी साथ बसेका छौँ” कार्यक्रम आयोजना बारे जानकारी दिनुहुँदै अभियानका संयोजक सुरेन्द्र वाग्लेले बताउनुभयो । अभियानले साँगे क्षेत्र अन्तर्गत पर्ने वडाका जनप्रतिनिधिहरुसहित स्थानीय एवम् सरोकारवालाहरु समेतलाई आमन्त्रण गरिने संयोजक वाग्लेले जनाउनुभयो ।
त्यसो त अभियानले अम्रेनी, नेपालटार र पतेनी स्थित विद्यालयका बालबालिकासहित बुद्धिजीवि, समाजसेवी, अगुवा, जेष्ठ नागरिक, व्यवसायी लगायतका स्थानीयहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको अभियानका महासचिव सरोज ओझाले जानकारी दिनुभयो । त्यसैगरी, पर्यटन प्रबर्धनमा सघाउ पुर्याउने उदेश्यसहित डाडागाउँ - हर्षपुर होमस्टेको अवलोकन गर्ने कार्यक्रम तय गरिएको र म्याग्दे ७ पयेंरदेखि पश्चिम नागरङ्ग कुना स्थित ठूलो पहरामा रहेको निलकण्ठेश्वर महादेव सिद्ध गुफाको पर्यटन सम्भावना बारे खोजबिन गर्न त्यहाँको स्थलगत भ्रमण गर्ने कार्यक्रम समेत रहेको ओझाले बताउनुभयो ।
उक्त भ्रमण दलमा संयोजक वाग्ले र महासचिव ओझासहित सदस्यहरु पूर्व वरिष्ठ प्रहरी उपरिक्षक हरिराज वाग्ले, वरिष्ठ इन्जिनियर ठाकुरप्रसाद पण्डित र पूर्व शिक्षिका बालवती शर्मा (बाला) रहनुभएको संस्थाका सदस्य गंगाधर भट्टराईले जानकारी दिनुभयो ।
काठमाडौं - नेपालमा मात्र नभएर विदेशी भुमिमा समेत आफ्नो शान, मान र प्रतिष्ठाको उजागर गर्दे नेपाली चलचित्र तथा कलाकारिता क्षेत्रको बृहत्तर हितका लागी अनवरत रुपमा कार्यरत नेपाली चलचित्र क्षेत्रमा दर्शकहरुवाट एक्सन किङ नायकको उपाधि पाएका एवम् पाकिस्तानका दर्शकहरुका प्रिय नायक शिवा अर्थात विशिष्ट कलाकार तथा अभिनेता शिव श्रेष्ठको अध्यक्षतामा “शिव श्रेष्ठ फाउण्डेशन” को आधिकारिक रुपमा स्थापना भएको छ । फाउण्डेशनको शुभारम्भसँगै आफ्नो पहिलो कार्यक्रम स्वरूप जेष्ट ३० गते शुक्रवार ललितपुरको सातदोवाटो स्थित महेन्द्र आदर्श विद्या आश्रममा “फ्री हेल्थ क्याम्प फर स्टुडेन्ट“ आयोजना गरेको छ ।
सिभिल सर्भिस हस्पिटल (सिभिल अस्पताल) को प्राविधिक सहकार्यमा सम्पन्न भएको स्वास्थ्य शिविरमा महेन्द्र आदर्श विद्या आश्रमका विद्यार्थीहरूका लागि नाक, कान, घाँटी, दाँत, स्त्रीरोग सेवा लगायत सम्पूर्ण जनरल हेल्थ एक्जामिनेशन सेवा निःशुल्क प्रदान गरिएको थियो । उक्त स्वास्थ्य शिविर बिहान १०ः३० बजेबाट सुरु भई दिउँसो ३ः०० बजेसम्म सञ्चालन भएको थियो ।
अध्यक्ष शिव श्रेष्ठले नेपाली कला, संस्कृति, चलचित्र, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्यका साथ फाउण्डेशन स्थापना गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रममा महेन्द्र आदर्श विद्या आश्रमका सञ्चालक समितिका तथा व्यवस्थापन समितिका पम्फा भुसाल विशेष अतिथि रूपमा सहभागी हुन भएको थियो । साथै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कोषाध्यक्ष सुनिल कटुवालसहित नेपाली फिल्म क्षेत्रका अन्य कलाकारहरूको समेत उल्लेखनीय रुपमा उपस्थिति रहेको थियो ।
फाउण्डेशनद्धारा आयोजित उक्त स्वास्थ्य शिविरबाट सयौं विद्यार्थीहरु लाभान्वित भएका छन् । स्वास्थ्य शिविरमा सहभागीहरूले यस्तो सामाजिक कार्यले नेपाली कलाकारहरूको सामाजिक उत्तरदायित्वप्रति सचेतता झल्काएको प्रतिक्रिया दिएका छन् ।
काठमाण्डौ – ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती उनकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा मंगलवार भव्यताका साथ मनाइएको छ। गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा ४ संगीतकर्मीलाई नगदसहित सम्मान गरीएको थियो। सो अवसरमा नगद १ लाख १ रुपि“यासहित प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ बाट गायिका मीरा राणालाई सम्मानित गरिएको थियो। गायिका राणाकी पतिको प्रतिकुल स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसकेपछि सो सम्मान उनको भाई विजेन्द्र मिश्रले ग्रहण गरेका थिए। प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मानबाट वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई नगद ५० हजार रुपिया“सहित सम्मानित गरीएको छ।
त्यस्तै प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार २०८२ बाट गायक सुरजकुमार थापालाई नगद ५० हजार रुपि“यासहित सम्मानित गरियो भने प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत सम्मान सिन्धुपाल्चोकका गायक चन्द्र सिं घलेलाई नगद २५ हजार रुपिया“सहित प्रदान गरिएको छ। सम्मान र पुरस्कार कार्यक्रमकी सभापती, प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानको पत्नी किरण प्रधान, प्रमूख अतिथि चौतारा सांगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा तथा अतिथीहरु सो नगरपालिकाकी उपप्रमूख सिता थापा, गीतकार तथा कवि दिनेश अधिकारी, गायिका तीर्थकुमारी थापालगायतले प्रदान गरेका थिए।
कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष तथा प्रेमध्वजकी भाञ्जी भुवन मास्केले चौतारावासीको तर्पmबाट गरिएको सम्मान ग्रहण गरेकै हलमा आएर कार्यक्रम गरिएको जनाउ“दै त्यसप्रति खुशी व्यक्त गरिन्। गीतकार तथा दिनेश अधिकारीले प्रेमध्वजको व्यक्तिगत तथा सागितीक जीवनबारे चर्चा गर्दै प्रधान व्यक्तिको रुपमा पनि निकै सरल र असल स्वभावको रहेको बताए। उनले सिन्धुपाल्चोकका विद्यार्थी प्रेमध्वजको बारेमा विद्यावारिधी गर्नुपर्ने चर्चा गर्दै चौताराको कुनै स्थल प्रेमध्वजको नाममा नामाकरण गर्न, प्रेमध्वजको नाममा छात्रवृत्ती र पुरस्कार स्थापना गर्नसमेत स्थानिय सरकारलाई सुझाए। नगर प्रमूख सापकोटाले प्रेमध्वज राष्ट्रिय विभूतीका साथै सिन्धुका नीधि भएको चर्चा गर्दै उनको नाममा चोक चौतारा निर्माण गर्न वा उनको योगदानको कदर गर्न कन्जुस्याई नगर्ने बताए।
कार्यक्रममा गायक सुरजकुमार थापा, चन्द्रसिह घले र रोशन श्रेष्ठले प्रेमध्वजका गीतहरु प्रस्तुत गरेका थिए भने स्थानिय वनदेवी माविका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए।
गायक प्रधानको ४ वर्षअघि २०७८ सालमा निधन भएको थियो। प्रधानको नाममा उनको परिवारले २०७९ सालमा गोल्डेन भ्वाइस प्रेमध्वज स्मृती प्रतिष्ठानको स्थापना गरेको हो। जसले प्रेमध्वजको जन्मजयन्तीको अवसर पारेर प्रत्येक दुई वर्षमा नेपाली सुगम संगीतमा साधनारत संगीतकर्मीलाई सम्मान गर्दै आएको छ।
काठमाडौं, २९ जेठ । जनसवाल दैनिकका प्रकाशक तथा सम्पादक रामजी बगालेले आफु माथी लागेको आरोपको स्पस्टीकरण दिएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फेक बिज्ञापन गरेको भन्दै बिशेष अदालतमा मुद्दा दर्ता गरे पछि आफू र आफ्ना कर्मचारीबाट त्यस्तो काम नै नभएको उनले बताएका हुन् । बुधवार एक प्रेस बिज्ञप्ति जारी गर्दै सम्पादक बगालेले हरेक दिन प्रेस काउन्सिल नेपालमा बुझाउने हार्ड कपि पत्रिका र पिडिएफ फाइलमा सो बिज्ञापन नभएको, सो बिज्ञापन कहिल्यै नछापिएको र हाल स्थानिय तहको कारोबार बैंकिङ प्रक्रियाबाट हुने गरेको स्मरण गर्दै उनले कुनै पनि प्रकियाबाट रकम पनि आफ्नो कम्पनीमा नआएको बताएका हुन ।
जनसवाल राष्ट्रिय दैनिक पत्रिकामा फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन आजको मितिसम्म कहिल्यै छापिएको छैन्, यससम्बन्धमा प्रेस काउन्सिल नेपालको अभिलेखलाई हेर्दा पनि स्पष्ट हुन्छ किनकि हाम्रो प्रकाशनबाट प्रकाशित सबै अंक पत्रिका पहिलेदेखि नै त्यहाँको रेकर्डमा हार्डकपि र डिजिटल कपि रहने गरेको छ । उनले बिज्ञप्ति जारी गर्दै भनेका छन, अख्तियारको आरोप पत्र हेर्दा कसैले हाम्रो जानकारी विना नै अनधिकृत तरिकाले जनसवाल राष्ट्रिय दैनिकको नक्कली पत्रिका छपाई गरेर या फोटोकपी गरेर भुक्तानी लिई हाम्रो बदनाम गर्ने तथा अनियमितता गरेको देखिन्छ ।
उनले जनसवालले उक्त नगरपालिकाबाट कुनै पनि रकम नलिएको जनाएका छन । फतुवा बिजयपुर नगरपालिकाबाट जनसवाल पब्लिकेसन्स र जनसवाल राष्ट्रिय दैनिकका नाममा आजको मितिसम्म एक रुपैयाँ पनि रकम नआएको जानकारी गराउँदछु । जुन हाम्रो पत्रिकाको प्रभु बैंकमा रहेको खातामा चेक गर्न पनि म सरोकारवाला निकायलाई आग्रह गर्न चाहन्छु । उनले भनेका छन, अहिले सरकारी कार्यालयको भुक्तानी बैंकमार्फत मात्रै हुने गर्छ, नगरपालिका, गाउँपालिका र सरकारी कार्यालय या कुनै एजेन्सी र व्यक्तिबाटसमेत हाम्रो पत्रिकाको खातामा रकम आएको छैन, सो सम्बन्धमा हामीले पनि आवश्यक छानबिनसमेत गरिरहेका छौं र सो कार्यमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन सरोकार निकायलाई आग्रहसमेत गर्दछौ । यो विषयमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवाला निकायको पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।
उनले अगाडी प्रेस बिज्ञप्तिमा भनेका छन, हाल हुँदै नभएको र गर्दै नगरेको बिषयमा नियोजित ढङ्गले हामीलाइ फसाउन खोजेको देखिन्छ, आफ्नो कुनै पनि संलग्नता र जानकारी नै नभएको बिषयमा हाम्रो बदनाम गराउने तवरबाट गरिएको उक्त कार्यको निन्दा गर्दै छिट्टै कानुनी उपचारमा जाने पनि जानकारी गराउन चाहन्छु।
उक्त बिज्ञप्ती जस्ताको तस्तै स्
प्रेस विज्ञप्ति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन प्रकाशन नगरि रकम लिएर भ्रष्टाचारजन्य कार्यमा मतियार गरेको भन्दै २०८२ जेठ २६ गते विशेष अदालत, काठमाडौंमा दायर गरेको आरोपपत्रमा जनसवाल राष्ट्रिय दैनिकको नामसमेत जोडेर यस जनसवाल दैनिकका सम्पादक रामजी बगालेलाई प्रतिवादी बनाइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
हाम्रो पत्रिका जनसवाल दैनिक देशको संविधान, ऐन कानुनको परिधिमा रही पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै भ्रष्टाचार, अनियमितता लगायतविरुद्ध निरन्तर कलम चलाउँदै सुशासन प्रवद्र्धनमा योगदान गर्दै आएको सबैमा सर्वविदितै छ । यसरी देशको चौथो अंगको भूमिकामा रहेर सुशासनको पक्षमा कलम चलाउँदै आएको सन्चार माध्यम हामी आफैं यस्तो कार्यमा संलग्न हुने कुरा सोच्नसमेत नसक्ने प्रस्ट पार्न चाहन्छौं ।
जनसवाल राष्ट्रिय दैनिक पत्रिकामा फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन आजको मितिसम्म कहिल्यै छापिएको छैन । यससम्बन्धमा प्रेस काउन्सिल नेपालको अभिलेखलाई हेर्दा पनि स्पष्ट हुन्छ । किनकि हाम्रो प्रकाशनबाट प्रकाशित प्रत्यक अंक पत्रिका पहिलेदेखि नै त्यहाँको रेकर्डमा हार्डकपि र डिजिटल कपि रहने गरेको छ । अख्तियारको आरोपपत्र हेर्दा कसैले हाम्रो जानकारी विना नै अनधिकृत तरिकाले जनसवाल राष्ट्रिय दैनिकको नक्कली पत्रिका छपाई गरेर या फोटोकपी गरेर भुक्तानी लिई हाम्रो बदनाम गर्ने तथा अनियमितता गरेको देखिन्छ । फतुवा बिजयपुर नगरपालिकाबाट जनसवाल पब्लिकेसन्स र जनसवाल राष्ट्रिय दैनिकका नाममा आजको मितिसम्म एक रुपैयाँ पनि रकम नआएको जानकारी गराउदछु । जुन हाम्रो पत्रिकाको प्रभु बैंकमा रहेको खातामा चेक गर्न पनि म सरोकारवाला निकायलाई आग्रह गर्न चाहन्छु । अहिले सरकारी कार्यालयको भुक्तानी बैंकमार्फत मात्रै हुने गर्छ । नगरपालिका, गाउँपालिका र सरकारी कार्यालय या कुनै एजेन्सी र व्यक्तिबाटसमेत हाम्रो पत्रिकाको खातामा रकम आएको छैन । सोसम्बन्धमा हामीले पनि आवश्यक अनुसन्धानसमेत गरिरहेका छौं र सो कार्यमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन सरोकार निकायलाई आग्रहसमेत गर्दछौ । यो विषयमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवाला निकायको पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।
स्वदेश तथा बिदेशमा एउटा छुट्टै पहिचान स्थापित गरेको हाम्रो लोकप्रिय पत्रिकामाथि यसरी अन्यायपूर्ण ढङ्गले झुटा आरोप लगाउनु निन्दनीय छ । हाल हुँदै नभएको र गर्दै नगरेको बिषयमा नियोजित ढङ्गले हामीलाइ फसाउन खोजेको देखिन्छ । यसतर्फ सरोकारवाला संघ संस्थाहरुको पनि म ध्यानाकर्षण गराउन चाहन्छु । अहिले घटनाले मलाई मात्रै होइन सम्पुर्ण प्रेस जगतलाई चुनौती दिएको मैले महसुस गरेको छु । यस्ता घटना फेरि नदोहोरिएलान भन्न सकिन्न । त्यसैले यसतर्फ सचेत र सजग रहँदै निष्पक्ष न्यायिक छानविनको लागि दबाब सिर्जना गर्न म सरोकारवाला संघरसंस्था,सम्पुर्ण सञ्चार माध्यम, श्रमजीवी पत्रकार, सञ्चार उद्यमी र सञ्चारगृहलाई हार्दिक अनुरोध समेत गर्दछु ।
यो व्यक्ति र जनसवाल केन्द्रित प्रहार हो । कुनै व्यक्ति वा समूहले बिना प्रमाण कसैलाई आरोप लगाउँदा आरोप पुष्टि नहुँदै यसरि चरित्र हत्या गरिनु नेपालको ऐन नियम र संविधानविपरित छ । यो विषयमा हामीमाथि पूर्ण अन्याय भएको छ ।
आफ्नो कुनै पनि संलग्नता र जानकारी नै नभएको बिषयमा हाम्रो बदनाम गराउने तवरबाट गरिएको उक्त कार्यको निन्दा गर्दै छिट्टै कानुनी उपचारमा जाने पनि जानकारी गराउन चाहन्छु । हुनत सम्मानित अदालतमा पुगिसकेको उक्त केसका बारेमा धेरै बोल्न जरुरी छैन । अदालतबाट
हामीमाथि लागेको आरोप खारेज हुन्छ भन्नेमा हामी ढुक्क छौ ।
यो विषयमा जनसवाल राष्ट्रिय दैनिकको कुनै संलग्नता नरहेको पुन स्पष्ट पार्न चाहन्छौं र यससम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न हाम्रा सम्पूर्ण पाठकवर्ग, शुभचिन्तक, विज्ञापनदाता र सरोकारवाला सबैमा अपिल गर्दछौं ।
म जनताको पक्षमा कलम चलाउने कलमजिवी सधै तपाईहरुकै साथमा रहने र आफ्नो कलम थप तिखार्दै जाने जानकारी समेत गराउँदछु ।
सम्पादक
रामजी बगाले
जनसवाल राष्ट्रिय दैनिक
काठमाण्डौं । बाल श्रम विरुद्धको विश्व दिवस २०२५ को अवसरमा बाल श्रमसम्बन्धी विषयमा सञ्चारकर्मीसँग विशेष छलफल कार्यक्रम बुधबार काठमाडौँमा सम्पन्न भयो। कार्यक्रम समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका ९सिविस० को सहयोगमा मिडिया बालबालिका तथा मिडिया समूहद्वारा आयोजना गरिएको थियो।
कार्यक्रममा सिविसका एडभोकेसी एडभाइजर तथा बाल अधिकारकर्मी युवराज घिमिरेले ‘बाल श्रम – खोसिएको बालपनको यथार्थ कथा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै नेपालमा हाल करिब ११ लाख बालबालिका श्रममा संलग्न रहेको र त्यसमा करिब २ लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको तथ्य प्रस्तुत गर्नुभयो। उहाँले बाल श्रम अन्त्यका लागि तथ्यांकहरूको अद्यावधिक, सकारात्मक अभिभावक शिक्षा, जनचेतनाको अभिवृद्धि, निजी क्षेत्र, सञ्चार क्षेत्र, नागरिक अभियान तथा राज्य तीनै तहसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, बाल श्रम अन्त्यलाई राजनीतिक एजेन्डा र गौरवको योजना बनाइनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो।
त्यसैगरी, बालबालिका तथा मिडिया समूहका संयोजक गोविन्द खड्काले ‘मिडिया र बालबालिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारमाध्यममा बालबालिकासम्बन्धी विषयहरू पर्याप्त प्राथमिकता नपाएको र कतिपय अवस्थामा लापरवाहीपूर्ण ढंगमा प्रस्तुत हुने गरेकोतर्फ ध्यानाकर्षण गराउनुभयो। उहाँले बालमैत्री पत्रकारिता आवश्यक रहेको उल्लेख गर्दै पत्रकारहरूलाई नियमित तालिम, आचारसंहिता तथा कार्यदिशा आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सिविसकी अध्यक्ष विमला ज्ञवाली र महासचिव अनिता पाण्डेले सञ्चारमाध्यमले बाल श्रम तथा बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले बालबालिकासम्बन्धी विषयहरूलाई प्राथमिकतामा राखी अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै, सञ्चारकर्मीहरूले बाल अधिकारका सवालमा थप जिम्मेवार, संवेदनशील र सक्रिय भूमिका खेल्नुपर्ने आग्रह गर्नुभयो।
सिविसका परियोजना संयोजक उमङ्ग मैनालीले सञ्चालकको भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा बालबालिका तथा मिडिया समूहका सहसंयोजक रमेश गिरी, सदस्य सरोज ओझा लगायतका महानुभावहरुले धारणा राख्नुहुँदै बालश्रम संबन्धी समस्या समाधानमा संचार माध्यम र नागरिक समाज बिचको समन्वयले महत्वपूर्ण भूमिका खेल्ने आशय व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, बाल अधिकारकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले बाल श्रम अन्त्यका लागि सामाजिक चेतना अभिवृद्धि, सञ्चारको सशक्त प्रयोग र नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा सहभागी पत्रकार तथा सरोकारवालाहरूले यस अभियानमा सञ्चार क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेका थिए।
काठमाडौं – नागार्जुन–६, डाँडापैवा, सितापाईलामा जारी कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२ मा चर्चित मोडल तथा कलाकार प्रतिक्षा काफ्लेले आफ्नो झ्याप्प नृत्यमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेकी छन्।
जेठ १२ गतेदेखि सुरु भएको महोत्सवमा प्रतिकूल मौसमका बाबजुद उल्लेख्य दर्शकहरूको उपस्थिति देखिएको छ। राष्ट्रियस्तरका विभिन्न कलाकारहरूको प्रस्तुति पश्चात स्टेजमा पुगेकी काफ्लेले लोकप्रिय गीतहरूमा दमदार नृत्य प्रस्तुत गर्दै दर्शकलाई ताली, हुटिङ र नाच्न बाध्य बनाइन्। उनका प्रस्तुतिले महोत्सवको माहोल साँच्चिकै उत्सवमय बनेको थियो।
मेलामहोत्सवको पर्याय बन्दै गएकी काफ्ले, पछिल्ला केही महिनायता देशभरका सांस्कृतिक कार्यक्रमहरूमा व्यस्त देखिएकी छन्। ‘बरपिपल’, ‘मायाले’ लगायत आधा दर्जन नयाँ गीतहरूका भिडियोमार्फत चाँडै दर्शकसामु आउने तयारीमा रहेकी उनी दर्शकको माया जित्नेमा पूर्ण आशावादी छिन्।
सानैदेखि नाच र अभिनयमा रुचि राख्ने प्रतिक्षा हाल सामाजिक विषयमा आधारित टेलिचलचित्र “गाउँ फर्क” र केही जनचेतनामूलक वृत्तचित्रमा अनुबन्धित भइसकेकी छन्। अभिनय र नृत्य दुवै क्षेत्रमा अगाडि बढिरहेकी उनी नयाँ पुस्ताकी उदीयमान कलाकारका रूपमा चर्चित बन्दै गएकी छन्।
काठमाडौं, जेठ २६ । युनाइटेड नेचर इन्टरनेशनल पिस (युनिप)ले भिक्षु डा. राजु लामा पी. कोंन्दनलाई अन्तर्राष्ट्रिय शैक्षिक निर्देशकको रूपमा नियुक्त गरेको छ। शिक्षामार्फत दिगो विकास लक्ष्य प्राप्ति साथै वैश्विक विकासमा योगदान पुगोस् भन्ने हेतुले युनिपका प्रेसिडेन्ट जेनरल र डाइरेक्टर जेनरलले डा. लामालाई उक्त पदमा नियुक्ति गर्नुभएको संस्थाले जनाएको छ । उहाँको कार्यकाल जुन २०२६ जुन ९ सम्मका लागि तोकिएको छ । सन् १९७३ सेप्टेम्बर १८ मा जन्मिनुभएका डा. लामाले शिक्षा, अन्तरधार्मिक संवाद र शान्ति निर्माणका क्षेत्रमा दशकौं लामो अनुभव सँगसँगै योगदान पुर्याउँदै आउनुभएको छ। उहाँको नेतृत्वमा युनिपले शैक्षिक पहुँच विस्तार र क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।

यसै क्रममा, बङ्गलादेशका राजु शाहलाई अन्तर्राष्ट्रिय समन्वयक नियुक्त गरिएको छ। उहाँको भूमिकाले युनिपका विभिन्न देशीय शाखाहरूबीच समन्वय सुदृढ गर्न तथा दक्षिण एसिया लगायत विश्वभर शान्ति प्रवर्द्धनका साझा पहलहरूलाई प्रवाह गर्न योगदान पुर्याउने विश्वास लिईएको छ ।

युनिप वैश्विक एकता, वातावरणीय समन्वय र मानवतावादी सहकार्य प्रवर्द्धनमा समर्पित संस्था हो ।“युनिटि अफ नेशन” भन्ने मार्गदर्शक दर्शन अन्तर्गत यसले प्रकृति संरक्षण, शिक्षा, शान्ति र मानवतावादी क्रियाकलापका क्षेत्रमा क्रियाशील समान सोच भएका संस्थाहरूसँग साझेदारी बलियो पार्दै विश्वव्यापी उपस्थिति थप विस्तार गर्दै लगेको छ।
काठमाण्डौ – राष्ट्र्र्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न भएको छ । संघिय राजधानीको चलचित्र विकाश बोर्डमा आयोजना भएको रिवार्डमा २२ विधामा अवार्ड प्रदान गरिको छ । कार्यक्रममा प्रमुख अतिथीका रुपमा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत रहेका थिए भने कार्यक्रमको सभापतित्व आयोजक संस्था सामना म्युजिक क्रियशनकी अध्यक्ष सामना शाहले गरेकी थिईन ।
समारोहमा बिशिष्ट गायिका एवम् गीतकार चन्द्रकला शाहलाई दिर्घ साधना कलाकारिता सम्मान प्रदान गरिएयो । त्यस्तै नेपालकै पहिलो चलचित्र आमाका तिन अभिनेत्रीहरु भुवन चन्द, चैत्यदेवी एवम् बसुन्धरा भुषाललाई चलचित्रकर्मी त्रीदेवी सम्मानद्धारा सम्मानित गरियो । यसै अवसरमा समारोहमा संगीतकार चेतन राई, सञ्चारकर्मी सोनित राज ढुङ्गेल, गायिका अनिता कुँवर, संचारकर्मी तुल सिंह रनपछाई, मिसेज नेपाल रेश्मा घिमिरे, गीतकार/ यक सुवास कार्की , संगीतकार मदन नेपाली, गायक धनराज चुनारा, बालकलाकार आरिया शाही, गोकर्णेश्वर नगरपालिका प्रशासकिय अधिकृत याम नारायण गौली सम्मानित भए ।
पाँचौ राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) कार्यक्रममा लोकदोहोरी शब्दमा ज्यानै फाल्दिन्छु बाट सागर रेग्मी अवार्ड विजेता घोषित भए । यसै गीतबाट मोडल पुरुष अभिनय तर्फ अशोक पौडेल र महिला तर्फ निरुता साही तथा दोहोरी निर्देशकमा श्रृजन बराल गरी ४ विधामा यो गीतले अवार्ड विजेता गराउन सफल भयो ।
कार्यक्रमा वेसारे माया बोलको गीतमा लोकदोहोरी उत्कृष्ट लयको लागी शान्त शिशिर र महिला मोडल नृत्यको लागी सञ्चिता साहीले जुरी अवार्ड पाईन । लोक दोहोरी विधा तर्फ नै गायकमा राम प्रशाद अवस्थीले तिम्रो खाँचो गीतबाट, गायिकामा सिामा थापाले दमौलीमा गेट गीतबाट, मोडल पुरुष नृत्य तर्फ विमल अधिकारी म बाँचेकी तिम्रो लागी गीतबाट, महिला तर्फको मोडलमा अस्मीता पुरी फुलमाया गीतबाट अवार्ड विजेता घोषित भए ।
पाँचौ राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) ०८१ मा आधुनिक गीत तर्फबाट शब्दमा डा. ओम कृष्ण प्रसाई पिता गीतबाट, संगीतमा केशव सापकोटा झेलीमाया गीतबाट गायकमा डेविट शंकर जुनकिरी गीतबाट, गायिकामा प्रतिमा के.सी. खाली खुट्टा गीतबाट, मोडल पुरुष तर्फ श्रीदेव भट्टराई जहिले देखी नजर जुध्यो गीतबाट, महिला मोडलमा दिपा शाही कस्ती थिए कस्ती भए गीतकाट, महिला मोडलकै जुरी अवार्ड बाट सपना जनक मेरो मान्छे गीतबाट, पुरुष मोडलको जुरी अवार्ड विजेन्द्र नौवागे म तिमिलाई मन पराउछु गीतबाट एवम् आधुनिक गीत निर्देशकमा सियोन श्रेष्ठ सत्य राम कसम गीतबाट उत्कृष्ट अवार्ड विजेता घोषित भए ।
उत्कृष्ट छायाँकारमा मेरी बाठी मायाले गीतबाट अजय रेग्मी, सम्पादनमा राजेश कुमार बाँच्दीन म गीतबाट, एरेन्जरमा विष्णु तामाङ पालेदाई गीतबाट अवार्ड विजेता घोषित भएका थिए कार्यक्रममा प्रमुख अतिथी पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य कार्यक्रमका निर्देशक शान्तिप्रियले राखेका थिए । कार्यक्रमको संचालन दिपज्योती थापाले गरकी थिइन ।