generalnews
||Power News Asia||

आजको समाचार

एसईई पासआउट विद्यार्थीलाई ब्रेनल्याण्ड एकेडेमीले गर्यो सम्मान, ४ जीपीए ल्याएकी गरिमा चौलागाईं नगद २० हजारसहित पुरस्कृत

समाचार


काठमाडौं, श्रावण १८ | माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका ब्रेनल्याण्ड एकेडेमी, सुकेधारा निलोपुलका विद्यार्थीहरूलाई विशेष सम्मानसहित विदाई गरिएको छ। कार्यक्रमको मुख्य आकर्षण छात्रा गरिमा चौलागाईं रहिन्, जसले एसईई परीक्षामा ४।०० जीपीए प्राप्त गर्दै नगद २० हजारसहित विशेष सम्मान प्राप्त गरिन। उनलाई बुधानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, विद्यालयका प्रिन्सिपल पारसमणि दाहाल, संस्थापक शान्ता दाहाल, र शिक्षासेवी प्रमोद प्रभाकर रिजालले संयुक्त रूपमा सम्मान गरेका थिए।

उक्त कार्यक्रममा एसईई २०८१ ब्याचका अन्य २६ जना उत्कृष्ट विद्यार्थीहरूलाई समेत प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि एन–प्याब्सनकी अध्यक्ष गीता राणाले मेहनत गर्ने विद्यार्थीहरूको भविष्य सधैं उज्यालो हुने बताउँदै सबै विद्यार्थी र अभिभावकलाई निरन्तर परिश्रम र प्रेरणाको सन्देश दीन।

बुधानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले बालबालिकालाई ‘काँचो माटो’ जस्तै उल्लेख गर्दै, तिनीहरूलाई राम्रो मानिस बनाउन शिक्षक र अभिभावकको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताए। उनले यस वर्ष नगरका ६२ जना विद्यार्थीले ४ जीपीए ल्याएको उल्लेख गर्दै, यो देशकै उत्कृष्ट नतिजा भएको भन्दै गर्वको अनुभूति व्यक्त गरे।

विद्यालयका प्रिन्सिपल पारसमणि दाहालले विद्यार्थीहरूको सफलता विद्यालय, अभिभावक, र विद्यार्थीको साझा प्रयासको नतिजा भएको बताए। उनले भने, “हामी विद्यार्थीको आत्मविश्वास र नेतृत्व क्षमतामा अझ निखार ल्याउने प्रयासमा छौं। विद्यार्थीहरूले विद्यालयको नाम उच्च राखेर हामीलाई गौरवान्वित बनाएका छन।”

सहायक प्रिन्सिपल प्रशान्त दाहालले बधाई दिँदै भने, “हाम्रो उद्देश्य शिक्षा मात्र होइन, नैतिकता, व्यवहार र सामाजिक चेतनामा समेत सक्षम बनाउनु हो। विद्यार्थीहरूको यस सफलताले हाम्रो दृष्टिकोण सही रहेको पुष्टि गरेको छ।”

पत्रकार सरोज ओझाले बालबालिकालाई आफ्नो रुचिअनुसार विषय पढ्न दिनुपर्नेमा जोड दिँदै, अभिभावक वा शिक्षकले अनावश्यक दबाब नदिनुपर्ने बताए। उनले विद्यालयको सकारात्मक र प्रेरणादायी शैक्षिक वातावरणको प्रशंसा गरे।

विद्यार्थी तर्फबाट बोल्दै छात्रा उपासना गुरुङले विद्यालयमा पाएको माया, ममता र मार्गदर्शनप्रति आभार व्यक्त गरिन। उनले भविष्यमा पनि विद्यालयको नाम उच्च राख्ने गरी अघि बढ्ने दृढता व्यक्त गरिन।

पुरस्कृत छात्रा गरिमा चौलागाईंले आफ्नो सफलताको श्रेय आमाबुवा, शिक्षक र विद्यालय परिवारलाई दिँदै आभार प्रकट गरिन।

कार्यक्रममा एन–प्याब्सनका केन्द्रिय सदस्य तथा स्याट अध्यक्ष इ। विनय श्रेष्ठ, युरेका विद्यालयका प्रिन्सिपल प्रमोद प्रभाकर रिजाल लगायतका विशिष्ट व्यक्तित्वहरूले पनि प्रेरणादायी मन्तव्य राख्दै विद्यार्थीहरूलाई अझ मिहिनेत र समर्पणका साथ अघि बढ्न प्रेरित गरे।

कार्यक्रमको अन्त्यमा विद्यालयका विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरूले प्रस्तुत गरेको आकर्षक नृत्य, गायन र सांस्कृतिक प्रस्तुतीले माहोल उत्साहपूर्ण बनाएको थियो।

उक्त सम्मान तथा विदाई कार्यक्रम अप्टिमिस्ट क्लब अफ बुधानीलकण्ठ को आयोजनामा सम्पन्न भएको थियो।

नेपाली चलचित्रका महानायक हमाल सम्मानित, संघको मानार्थ सदस्य बने

समाचार


काठमाडौँ –  चलचित्र कलाकार संघले नेपाली चलचित्रका वरिष्ठ अभिनेता राजेश हमाललाई मानार्थ सदस्यता प्रदान गरेको छ। संघका अध्यक्ष मोहन निरौलाले एक विशेष समारोहमा हमाललाई सदस्यता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

यसअघि साधारण सदस्य रहेका हमाललाई नेपाली चलचित्रको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको योगदान, समर्पण र साधनाको कदरस्वरूप विशिष्ट मानार्थ सदस्यता प्रदान गरिएको अध्यक्ष निरौलाले जानकारी दिए।

सदस्यता हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी, महासचिव सविन श्रेष्ठ, तथा निर्देशक समाजका सचिव देवेन्द्र पाण्डेको उपस्थिति थियो।

सदस्यता ग्रहण गर्दै हमालले चलचित्र कलाकार संघलाई धन्यवाद व्यक्त गर्दै यसलाई आफ्नो लागि ठूलो सम्मानको रूपमा लिएका बताए। संघले अहिलेसम्म ४० जनालाई मानार्थ सदस्यता प्रदान गरिसकेको छ, जसमा अभिनेत्री मनिषा कोइराला पनि शामिल छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त, विशिष्ट र लब्धप्रतिष्ठित व्यक्तित्वलाई मानार्थ सदस्यता प्रदान गर्ने मापदण्ड रहेको संघले जनाएको छ। संघको स्थापना दिवसको अवसरमा भदौ २१ देखि २३ गतेसम्म विविध कार्यक्रम आयोजना गरिने पनि संघले जानकारी दिएको छ।

सरिता भारतीको स्वरमा र अभिनयमा तीज गीतनाच्न दे ... सार्वजनिक

समाचार


काठमाडौँ - अहिले बजारमा विभिन्न तीज भाकाहरु आईसकेका छन् । त्यसो त यो वर्षको तीज पनि नजिकिँदै छ । यही मेसोमा तीज गीत मौलिक हुनुपर्छ भनेर केही संघ संस्थाले दाबी गरिरहेको बेला लोकप्रिय गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीत नाच्न दे ... को भिडियो सार्वजनिक गरेकी छिन् । उनले यो गीतको भिडियो बिहीबार बेलुका सार्वजनिक गरेकी हुन् । यो गीतको लय पनि सरिताले नै गण्डकी प्रदेशबाट संकलन गरेर ल्याएकी हुन् ।

अढाई दर्जन गीत गाईसकेकी सरिताको तीजको लागि यो दोस्रो गीत हो । यस अघि पाँच वर्ष पहिला उनले तीज गीत रातो सारी लरक्कै.... आफ्नो स्वरमा बजारमा ल्याएकी थिईन् । यस पटक गण्डकी क्षेत्रमा निकै प्रचलित रत्यौली भाकालाई संकनल गरेर आफूले तीजको अवसर पारेर यो मौलिक भाका श्रोता दर्शकमाझ ल्याएको ल्याएको गायिका सरिताले बताईन् । यो गीतको शब्द पनि सरिताकै हो । यो गीतलाई जुगल डंगोलले रेकर्डिङ तथा नरेश बिबिसीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

नाच्न दे.....गीतमा संगीत सृजना ओम सुनारले गरेका हुन् । यो गीतको संगीत संयोजन पनि ओमकै हो । यस अघि ओमकै संगीतमा ओम र सरिताले युगल स्वरमा सुदुरपश्चिमेली लोक भाकाको गीत छोड सताउन दर्शकमाझ ल्याएका थिए । सो गीत रिलिज भएको आठ महिना पछि ओमको संगीतमा सरिताले नयाँ गीत नाच्न दे.......को भिडियो यतिबेला सार्वजनिक गरेकी हुन् ।

यो गीतको भिडियोमा शीर्ष भूमिका पनि सरिता आफैँले निर्वाह गरेकी छिन् । गीतको भिडियोमा सोनी कारंजित, सृजना श्रेष्ठ, करुणा श्रेष्ठ, श्वेता श्रेष्ठ काफ्ले, निशा थापा बस्नेत, अविरा रिसालसहित विभिन्न कलाकारहरूको अभिनय रहेको छ ।

मच्छेगाउँको आश्रय होमस्टेमा यसको छायांकन गरिएको यो गीतको भिडियोको छायांकार राजेन्द्र पाण्डे हुन् । भिडियोको सम्पादन पनि पाण्डेकै हो । एसबी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो गीतको भिडियोलाई ‘एसबी क्रियसन नेपाल’ युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

यो गीतको भिडियोलाई कृष्ण रसालले निर्देशन तथा कोरियाग्राफी गरेका हुन् । पछिल्लो समय म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशनमा व्यस्त कृष्णले सरितासँग यस अघि पनि दुई वटा गीतमा कोरियोग्राफी गरिसकेका थिए । यी दुईले तेस्रो पटकसँगै काम गरेका हुन् । यो गीतको भिडियो नृत्य प्रधान बनाइएको छ ।

 ‘चिट्ठी’को “सिन्दुरको रंग” बोलको गीत सार्वजनिक

समाचार


काठमाण्डौ– भदौ २० गते (सेप्टेम्बर ५, २०२५) देखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चिट्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ एक समारोहका बिच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, कलाकारहरूको उपस्थितिमा उक्त गीतको सार्वजानिक गरिएको थियो ।

एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई निर्देशक माधव राज खरेलले निर्देशन गरेका हुन् । कुवेर डिस्टिब्युटर्स प्रा.लि.ले वितरण गर्ने चलचित्र ‘चिट्ठी’ हरर र कमेडी जनरामा निर्माण गरिएको निर्माण पक्षले बताएको छ । सार्वजनिक गरिएको गीत ‘सिन्दुरको रंग’ चलचित्रको भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन संघर्ष तथा आफ्ना पति प्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ ।

उक्त गीतमा सञ्चारकर्मी कमला जोशीको शब्द, सरोज कोइरालाकोसंगीत र गायिका बेनिषा पौडेलको स्वर रहेको छ । निर्देशक खरेलका अनुसार, ‘सिन्दुरको रंग’ केवल गीत नभई महिलाको अन्तरआत्माको आवाज हो, जसले दर्शकको हृदय छुनेछ । गीतको भिडियोमा चलचित्रका अभिनेता संजीत भण्डारी र  कञ्चन चालिसेले अभिनय गरेका छन् भने गायिका पौडेल स्वयंम् पनि उक्त गीतमा गायिकाकै रुपमा देखिएकी छिन् ।

चलचित्रको युट्युब पत्रकार, भूमाफिया, मानसिक रोगी र अदृश्आत्माबीचको अन्तरद्धन्द्धमा आधारित रहेको बताइएको छ । सामाजिक यथार्थता, निकायगत विकृति, मानविय प्रवृत्ति र पारिवारिक भावना समेटिएको चलचित्र ‘चिट्ठी’ समसामयिक सन्देशसहित दर्शकमाझ फरक स्वाद ल्याउने उद्देश्यका साथ निर्माण गरिएको हो ।

चलचित्रमा अर्गानिक कमेडियन रुपमा चर्चा कमाएका खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रकी निर्माता सञ्चारकर्मी कमला जोशी हुन् । चलचित्रको छायांकन जीवन पराजुली र राजन खरेलले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् । भीएफएक्स समिर मियाँले गरेका छन् । ध्वनि सम्पादन मनोज परियारले र ५.१ ध्वनी सम्पादन अमित श्रेष्ठले गरेका हुन् । चलचित्रमा रहेको अर्को गीत ‘टुटेको तारा’ मा डा. कृष्णहरि बरालको शब्द, शिव परियार र सरोज कोइरालाको संगीत रहेको थियो भने  शिवताण्डवमा बसन्त अर्यालको स्वर समावेश गरिएको छ । शिवताण्डव गीतको संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका हुन् भने चलचित्रको द्वन्द्व निर्देशन किरण दाहालको रहेको छ । पृष्ठभूमि संगीत पुष्कर खत्रीले तयार गरेका छन् ।

सञ्चारकर्मीहरुसँगको भेटघाटमामा चलचित्रसँग आवद्ध कलाकार, निर्माता, संगीतकर्मी लगायतले गीत र चलचित्रको सन्दर्भमा धारणा व्यक्त गरेका थिए । चलचित्र ‘चिट्ठी’ यही भदौ २० गते (सेप्टेम्बर ५, २०२५) बाट देशभर प्रदर्शनमा आउँदैछ ।   कार्यक्रमको सहजीकरण सञ्चारकर्मी विष्णु सुवेदीले गरेका थिए ।

 


सेफ्स एसोसिएसन अफ नेपालको आयोजनामा खीर प्रबर्द्धन तथा भेटघाट कार्यक्रम सम्पन्न

समाचार


काठमाडौ । सेफ्स एसोसिएसन अफ नेपालको आयोजनामा खीर प्रबर्द्धन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार साउन १५ अर्थात खीर खाने पर्वको पावन अवसरमा रानीबारी–३ स्थित संस्थाको केन्द्रीय कार्यालयमा उक्त कार्यक्रम आयोजना गरेको हो।

खीर खाने कार्यक्रमलाई सम्बोधन गर्दै
एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले नेपालमा मनाईने सबै मेला पर्व तथा रितिरिवाज र संस्कृतिको आफ्नै विशेषता र महत्व रहेको बताए ।

साउन १५ अर्थात खीर खाने मौलिक चाडपर्व मनाउन पर्नेमा जोड दिदै किसान संस्कृतिका रुपमा रहेको खीर खाने कार्यक्रमले आपसी भेटघाट र सद्भाव बढाएको बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष पुष्प थापा पूर्व अध्यक्ष गोविन्द नरसिंह केसी, सुर्य किरण श्रेष्ठ लगायतले खीर खाने हाम्रो पुरानो संस्कृती भएकोले हाम्रा चाडपर्वहरू सांस्कृतिका खानी भएकाले त्यस्ता पर्वका नकारात्मक कुरालाई छोड्दै सकारात्मक पक्षलाई मनन गर्नुपर्नेमा जोड दिनुभयो ।

एसोसियसनका महासचिव पदम बहादुर आले मगरले साउन १५ को सांस्कृतिक र कृषिपरक महत्वलाई उजागर गर्ने खीर खाने पर्वले पवित्र र उत्सवले उत्साहित बनाउने भएकोले कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

कार्यक्रममा उपस्थितहरूले सामुहिक खीर,सेलरोटी लगाएतको परिकार खाएर कार्यक्रमको समापन गरिएकाे थियो।

सोबिक लिम्बु र नितु बम कल्चर एम्बेस्डर नेपाल २०२५ घाेषित

समाचार


काठमाडौं, साउन ६ – राजधानीमा सम्पन्न “कल्चर एम्बेस्डर नेपाल २०२५” को उपाधि सोबिक लिम्बु र नितु बमले जितेका छन्। शनिबार आयोजना गरिएको यो कार्यक्रम नेपाली कला, संस्कृति र प्रतिभालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

कार्यक्रममा ‘मिस डिभा’ को उपाधि मनिषा थापाले हात पारिन् भने ‘पब्लिक चोइस अवार्ड’ सुस्मिता रावलले जितिन्। ‘मिस टिन आइकन’ को रुपमा सुसिला थापा मगर चयन भइन्। यस्तै, फर्स्ट रनर अपको उपाधि सिरिसा बमले प्राप्त गरिन् भने ‘मस्ट ट्यालेन्ट’को उपाधि सीता घर्ति मगरले जितेकी हुन्।

प्रतियोगिताका विजेता सोबिक लिम्बुलाई ‘मस्ट ह्यान्डसम’ तथा ‘मस्ट फोटोजेनिक’ उपाधि पनि प्रदान गरिएको थियो। नितु बम ‘मस्ट कन्फिडेन्ट’ को रुपमा घोषित भइन्।

प्रतियोगितामा निर्णायकको भूमिका भने लविन अन्सारि, सिमा ढकाल, रशिला लामा, अनिता खड्का र सन्दिपा बाटा ले गर्नु भएको थियो! 

उक्त कार्यक्रम मा इभेन्ट कोर्डिनेट मिलन खड्का र कोरियोग्राफि नबराज देउबा र सिर्जना थापा मगर ले गर्नु भएको थियो!

अब आउने सेप्टेम्बर महिनामा विजेता सोबिक र मनिसा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने तयारी भइरहेको आयोजकले जानकारी दिएका छन्।

यस प्रकारका कार्यक्रमले युवा पुस्तामा आत्मविश्वास, प्रतिभा र सांस्कृतिक चेतनाको विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

चलचित्र शिवांशको छायाँकन सम्पन्न

समाचार


काठमाण्डौ- नायक तेज गिरी र नायिका बिमला लिम्बुको अभिनय रहेको गित “उकुस मुकुस”को छायाँकन संगै नेपाली कथानक चलचित्र “शिवांशःच्यापटर १” को सम्पूर्ण छायाँकन सम्पन्न भएको छ । पोखराको पामेबाट ३६ औं दिनमा छायाँकन सम्पन्न भएको हो । चलचित्रको १ गितको छायाँकन मात्र काठमाण्डौमा भएको थियो भने अन्य सम्पूर्ण छायाँकन पोखराकै पेरिफेरिमा भएको थियो ।

गितको कोरियोग्राफी बिक्रम चौहानले गरेका हुन । अन्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरबाट निमार्ण भएको चलचित्रका निर्माता अन्जन केसी हुन र कथा पनि उनैले लेखेका हुन् भने सह निर्माता शोभा केसी र अनिशा केसी बोगटी हुन । चलचित्रलाई निर्देशक सन्तोष आत्रेयले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । यस चलचित्रमा तेज र बिमला सहित प्रबिण खतिवडा,रुशा न्यौपाने,विकास जोशी को मुख्य मुमिका रहेको छ । चलचित्रमा न्ह्यु बज्राचार्य र राजनराज शिवाकोटीको संगित रहनेछ ।

गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतिक छन् । स्वर राजनराज शिवाकोटी,मिलन नेवार र समिक्षा अधिकारीको रहनेछ । चलचित्रमा द्धन्द निर्देशन मिलन श्रेष्ठले गरेका हुन भने सिनेमाटोग्रफी सरद महतोले गरेका हुन् । चलचित्र आउँदो असोज २४ मा देशभर प्रदर्शनमा आउनेछ । यस अघि लभर ब्वईका रुपमा देखिएका तेज यो चलचित्रबाट एक्सन अबतारमा देखिएका छन् ।

हाँस्य प्रधान तीज गीत ‘भाँडा बजाउने’ को भिडियो सार्वजनिक

समाचार


काठमाण्डौ- नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिंदै गर्दा तीज सँग सम्बन्धित गीतका भिडियोहरु पनि सार्वजनिक भईरहेका छन् । कतिपय तीज गीत द्विअर्थी, अमर्यादित र छाडा भएको, त्यस्ता गीतले विकृति फैलाएको र समाजलाई अश्लिलतातर्फ धकेलिरहेको भन्ने आवाज संस्थागत एवं व्यक्तिगत रुपमा समेत उठिरहेको बेला विशुद्ध मनोरञ्जनात्मक, पारिवारिक, सामाजिक तथा हाँस्य प्रधान तीज गीत ‘भाँडा बजाउने’ को भिडियो बजारमा आएको छ ।

लोकप्रिय सङ्गीतकार गायक नरहरि प्रेमी र पछिल्लो समयकी चर्चित गायिका दिपिका बयम्बूको स्वर रहेको यो गीत पुष्पा पौडेलले रचना गरेकी हुन् । सङ्गीत उदियमान सङ्गीतकार अनिल श्रेष्ठको र सङ्गीत संयोजन तथा मिक्सिङ तथा माष्टरिङ कृष्ण बाजुरालीको रहेको छ । गीतको रेकर्डिङ कार्य ‘म्युजिक एरा’ स्टुडियोमा भएको हो ।

बहुआयामिक छवि बनाएका सङ्गीतकार गायक नरहरि प्रेमीले गायनका साथै अभिनय पनि आफैंले गर्न भ्याएका छन् । यस गीतको भिडियोमा जसमा उनलाई गीतकार पुष्पा पौडेलले साथ दिएकी छिन् । हाँस्य रसको मिठासले भरिपूर्ण यो म्युजिक भिडियो निकै मनोरञ्जक पनि छ । गायक तथा संगीतकार नरहरि प्रेमीको अभिनय दक्षतासंग धेरैजसो दर्शक परिचित नै छन् , तथापि यो ‘भाँडा बजाउने’ गीतको भिडियो हेरिरहँदा नरहरि कुनै चलचित्रमा हाँस्य पात्रको रुपमा अभिनय गरिरहेको जस्तो लाग्छ । त्यसो त पुष्पा पौडेलको अभिनय पनि कम छैन । दुबै कलकारहरुको अभिनय सशक्त र सन्तुलित रहको छ । म्युजिक भिडियोको निर्देशक राजकुमार हुन् । उनको निर्देशकीय भूमिकाको विशेष र अहम् महत्व रहेको कुरा सहजै अड्कल काट्न सकिन्छ । निर्देशन संगसंगै सम्पादनमा पनि खरो उत्रिएका छन् राजकुमार ।

तीज आउन अझै केही समय बाँकी भएता पनि यो ‘भाँडा बजाउने’ गीत सुन्दा र हेर्दा तीज हाम्रो घर दैलोमै आईपुगेको हो कि जस्तै छनक पाइन्छ । भिडियो सुन्दर देखिनुमा क्यामेरा पर्सन खेम थापाको र मेकअप आर्टिष्ट बिमला सापकोटाको कला कौशलको महत्वलाई पनि नजरअन्दाज गर्न मिल्दैन । यो तीज गीत र भिडियो श्रुति सङ्गीत विद्यालयको प्रस्तुति रहेको छ ।

चलचित्र ‘चिट्ठी’को पोस्टर सार्वजनिक

समाचार


काठमाडौँ — भदौ २० गते अर्थात सेप्टेम्बर ५, २०२५ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको माधब राज खरेल निर्देशित बहुप्रतिक्षित चलचित्र ‘चिट्ठी’ को पोष्टर सार्वजानिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिष्टिव्युटर्स प्रा.लि.ले वितरण गर्न लागेको कमेडी तथा हरर जनराको चलचित्रको स्थिर पोटरको साथै मोसन पोस्टरपनि निर्माण पक्षले सार्वजनिक गरेको छ ।
चलचित्र ‘चिट्ठी’ यथार्थपरक हाँस्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सपूर्ण घटनाक्रमको संगम रुपमा चित्रण गरिएको निर्माण पक्षले बताएको छ । चलचित्रले आजको डिजिटल समाज, सामाजिक सम्बन्धहरू र सूचनाको दुरुपयोग जस्ता मुद्दाहरूलाई रोचक तरिकाले उठान गरेको छ ।
“हामीले दर्शकलाई हसाउँदै सोच्न बाध्य पार्ने कथा ल्याएका छौं,” खरेल भन्छन् ।

सार्वजनिक मोसन पोस्टरमा चलचित्रको रहस्य, डर र हाँस्यको फ्युजन स्पष्ट झल्किन्छ । डार्करंग संयोजन, रहस्यमयी अभिव्यक्ति र पात्रहरूको सशक्त उपस्थिति देखिएको पोस्टरले दर्शकमाझ उत्सुकता थप बढाउने निश्चय छ ।

 

चलचित्रमा अर्गानिक कमेडियन खड्ग बहादुर पुन मगर खबपु, संजीत भण्डारी, गोपाल ढकाल छन्दे, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की, रज्जु गुरुङ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन तथा समिर मिँयाको भिएफ्एक्स रहेको छ । चलचित्रमा डा. कृष्णहरि बराल र कमला जोशीको गीत रहेको छ भने शिव परियार, बनिषा पौडेल र बसन्त अर्यालको स्वर रहेको उक्त चलचित्रमा सरोज कोईरालाको संगीत रहेको छ साथमा चलचित्रमा रहेको शिवताण्डव गीतको संयोजन भने राजेन्द्र बजगाईले गरेका छन् । त्यसै गरी किरण दाहालको दन्द्ध निर्देशन रहेको उक्त चलचित्रको ब्याकराउण्ड म्यूजिक पुस्कर खत्रीको रहेको छ भने ध्वनी सम्पादन र मिश्रण क्रमशः मनोज परियार र अमित श्रेष्ठले गरेका हुन् ।

प्रचारप्रसारमा विशेष सक्रियता देखाउँदै निर्माण पक्षले ‘चिट्ठी’ लाई दर्शकमाझ फरक स्वादको चलचित्रको रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।

बनेपामा ‘मार्वल प्यालेस’को भव्य उद्घाटन: स्थानीय निर्माण बजारमा नयाँ युगको शुरुआत

समाचार


बनेपा — काभ्रेको निर्माण व्यवसायमा एक नयाँ आयाम थपिएको छ। बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित पेट्रोल पम्पको पछाडि रहेको बनेपा मार्वल प्यालेस प्रा.लि. आजबाट औपचारिक रूपमा सेवा प्रारम्भ गरेको छ। नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा रिबन काट्दै शुभारम्भ गरिएको हो। नगर प्रमुख शाक्यले कार्यक्रममा शुभकामना व्यक्त गर्दै भने, "गुणस्तरीय सामाग्री स्थानीय बजारमै सहज रूपमा उपलब्ध हुने यो प्रतिष्ठानले निर्माण क्षेत्रमा नयाँ सम्भावना र विश्वासको जग बसाउनेछ।

निजी क्षेत्रको यस्ता लगानीले रोजगारी र आर्थिक प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास लिएको छु।" उद्घाटन समारोहमा स्थानीय व्यवसायी, इन्जिनियर, निर्माण व्यवसाय संलग्नहरू, र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। झण्डै ३० वर्षको व्यवसायिक अनुभव र ४ करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा ल्याइएको यो प्रतिष्ठानबारे सञ्चालक सन्दिप अग्रवालले भने, "हामीले देश-विदेशका उत्कृष्ट ब्राण्डका सामाग्रीहरू अब बनेपामै उपलब्ध गराउने प्रण गरेका छौं। सेवा, गुणस्तर र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय अघि बढाउनेछौं।" अंकित अग्रवालले प्रतिष्ठानमा उपलब्ध वस्तुहरूको विवरण दिँदै भने, "यहाँ टायल्स, मार्वल, ग्रेनाइट, बाथरुम फिटिङ्स, सेनेटरी सामान, पाइप फिटिङ्सलगायत निर्माण सामग्रीहरू थोक मूल्यमा उपलब्ध छन्।

सम्पूर्ण वस्तुहरू गुणस्तरीय र ब्राण्डेड छन्।" पङ्कज अग्रवालले ढुवानी सुविधाको उल्लेख गर्दै भने, "हामी काभ्रे जिल्लाभर निःशुल्क ढुवानी सेवा दिनेछौं। ग्राहकलाई समय, पैसा र झन्झटबाट बचाउन यो सेवा प्रभावकारी हुनेछ। हामी ‘मंगलम पाइप फिटिङ्स’को आधिकारिक डिस्टिब्युटर पनि हौं, जसले गर्दा उपभोक्तालाई भरपर्दो सेवा दिन सक्नेछौं।" विशेष रूपमा, बनेपा मार्वल प्यालेसमा कजारिया, लेमिनार, प्राइम, एटीएस, साउथ ग्रेनाइट, राजस्थानी मार्वल, ज्याक वार, केरोभिट बाथ वेर जस्ता अन्तर्राष्ट्रिय स्तरका ब्राण्डका सामाग्रीहरू सजिलै पाइनुका साथै सम्पूर्ण सामग्रीमा वारेन्टीसहितको सेवा प्रदान गरिने छ। स्थानीय इन्जिनियरले भने, "हामीजस्ता निर्माण व्यवसायीका लागि यस्ता प्रतिष्ठान स्वर्ग समान हुन्। पहिले काठमाडौँसम्म जानुपर्ने वस्तुहरू अब बनेपामै पाइने हुँदा समय र लागत दुवै बच्नेछ।"