generalnews
||Power News Asia||

आजको समाचार

उज्यालो नेपाल पार्टीको सचिवालय सदस्यमा इन्जिनियर किरण केसी

समाचार


काठमाडौँ । उज्यालो नेपाल पार्टीले इन्जिनियर किरण केसीलाई पार्टीको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी प्रदान गरेको छ। पार्टी अध्यक्ष कुलमान घिसिङ, पार्टी प्रवक्ता राजु थापा तथा वरिष्ठ नेता रमेश्वर श्रेष्ठको सिफारिसमा केसीलाई उक्त जिम्मेवारी दिइएको हो।

इन्जिनियर केसी पेशाले इन्जिनियर तथा उद्यमी हुन्। उनले भारतको भिस्वेश्वरैया प्राविधिक विश्वविद्यालयअन्तर्गत बेंगलोरस्थित VVIT बाट इन्जिनियरिङ अध्ययन पूरा गरेका छन् भने अस्ट्रेलियाको Federation University बाट व्यवसाय प्रशासन (MBA) मा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

सामाजिक अभियन्ताका रूपमा केसी मीटर ब्याज आन्दोलन, भ्रष्टाचारविरोधी अभियान तथा युवामुखी नागरिक अभियानहरूमा सक्रिय रहँदै आएका छन्। यसअघि उनी २०७९ सालको संघीय निर्वाचनमा स्वतन्त्र रूपमा सक्रिय राजनीतिक सहभागिता जनाइसकेका व्यक्ति हुन्।

उद्यमशीलता, परियोजना व्यवस्थापन, सार्वजनिक नीति, युवा सशक्तीकरण र सुशासनका क्षेत्रमा अनुभव बटुलेका केसीले चीन, थाइल्यान्ड, भियतनाम, भारत र अस्ट्रेलियालगायत मुलुकमा व्यावसायिक तथा सामाजिक क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभवसमेत हासिल गरेका छन्।

पार्टी सचिवालय सदस्यका रूपमा जिम्मेवारी पाएपछि केसीले पार्टीको नीति, सिद्धान्त र संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “नैतिक नेतृत्व, पारदर्शिता र प्रमाणमा आधारित नीतिनिर्माणमार्फत आधुनिक नेपालको निर्माणमा योगदान गर्ने मेरो लक्ष्य हो,” उनले बताएका छन्।

तेस्रो संस्करणको आदिवासी अवार्ड भव्य रुपमा सम्पन्न

समाचार


काठमाडौँ – तेस्रो संस्करणको राष्ट्रिय आदिवासी संगीत एवम् चलचित्र अवार्ड २०८२ चलचित्र र गीत संगीतको विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै काठमाडौँको चावहिल स्थित चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको पमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोहमा लिम्बु, तामाङ, गुरुङ समुदायका कलाकारहरूले आफ्नो लोक गीत संगीत एवम् नृत्य सो कार्यक्रममा प्रस्तुत गरेका थिए ।

उक्त समारोहमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, अभिनेता धिरेन शाक्य, लोक गायक कृष्ण गुरुङलाई विशेष सम्मान गरिएको थियाृ भने अभिनेता देवेन्द्र नेम्वाङ, सञ्चारकर्मी अनिल गुरुङ, संगीतकार विशाल योञ्जन, व्यवसायी टासी गुरुङ र ह्याङला ह्रिमठिम तामाङ डम्फु संघ नेपाललाई पनि कार्यक्रममा सम्मानित गरियो ।

उक्त अवार्ड कार्यक्रमको निर्णायकहरुमा चलचित्र निर्देशक दिनेश लिङदेन, संगीत संयोजक डिका गुरुङ, संगीतकार आरम्भ तामाङ, राज लिम्बु शुक्र थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अवार्ड संयोजक शनि लिम्बुले आदिवासीको गीत संगीत र चलचित्र जोड्न यो अवार्ड आयोजना गर्दै आएको बताइन । साथै अध्यक्ष उमेश गुरुङले आदिवासी जनजाति समुदायलाई राज्यले बेवास्ता गरेको बेला आफूहरूले अवार्ड र सम्मानबाट प्रोत्साहित गर्दै आएको जिकिर गरे ।

समारोहमा आदिवासी चलचित्र तर्फ उत्कृष्ट चलचित्रको अवार्ड लिम्बु चलचित्र नाम ओतीले र निर्देशकको अवार्ड चलचित्र टुहुरीबाट जनक गुरुङले तिजे । आदिवासी चलचित्र तर्फ उत्कृष्ट अभिनेताको अवार्ड नाम ओतीबाट पूर्ण बहादुर लिम्बुले उत्कृष्ट अभिनेत्रीको अवार्ड श्होङबाट रुपा एस घले हासिल गरे । यस्तै आदिवासी चलचित्र तर्फ नै गुरुङ चलचित्रबाट टुहुरीबाट चरित्र अभिनेताको अवार्ड कुमार साम्री घलेले, चरित्र अभिनेताको जुरी अवार्ड अच्युत गुरुङले र चरित्र अभिनेत्रीको अवार्ड पनि टुहुरीबाटै कमला राई (करु)ले हासिल गरे । यसै गरी लिम्बु चलचित्रतर्फ चरित्र अभिनेताको अवार्ड चलचित्र चेबाट तीर्थराज लिम्बुले र चरित्र अभिनेत्रीको अवार्ड नाम ओतीबाट ज्योति लिम्बुले हासिल गरे ।

समारोहमा तामाङ तर्फ तामाङ सेलो उत्कृष्ट गायकको अवार्ड सातै प्रदेशबाट देवलाल मोक्तानले, र जुरी अवार्ड आजको रमाइलोबाट हरिलाल तामाङले, तामाङ सेलो गीत उत्कृष्ट गायिकाको अवार्ड हुरहुर दौँतरीबाट ओङमु शेर्पाले र जुरी अवार्ड झेवा मैच्याङबाट लक्ष्मी घिसिङले प्राप्त गरे । तामाङ गीत उत्कृष्ट पुरुष मोडलको अवार्ड फनफनी घुम्नेबाट मंगले तामाङ (मनोज थीङ) र यही विधामा पब्लिक च्वाईस अवार्ड साइला नक्कले गीतबाट सुजन घलेले हासिल गरे । तामाङ सेलो उत्कृष्ट महिला मोडलको अवार्ड जाडो बढ्यो याङ्गी दोङले र महिला मोडल जुरी अवार्ड तुम्लिङटार गीतबाट सपना तामाङले प्राप्त गरिन् ।

यस्तै म्हेन्दोमाया उत्कृष्ट गायकको अवार्ड संकेन तोमौबाट सुमन घलेले म्हेन्दोमाया उत्कृष्ट गायिकाको अवार्ड हंगामा मच्चाइबाट सिता लामाले हासिल गरिन् भने यही विधामा मायालाई चिनो गीतबाट डोल्मा लोप्चनलाई जुरी अवार्ड प्रदान गरियो । यस्तै म्हेन्दोमाया महिला मोडलको अवार्ड तोला तोला गीतको भिडियोबाट सलिना तामाङले प्राप्त गरिन् ।

यस्तै मौलिक गुरुङ गीत उत्कृष्ट गायिकाको अवार्ड मारै ट झललबाट पवित्र गुरुङले, जुरी अवार्ड फूलको थुंगाबाट दुर्गा गुरुङ र पब्लिक च्वाईस अवार्ड तमु समाज युके गीतबाट अनिता गुरुङले हासिल गरे ।

लिम्बु गीत उत्कृष्ट गायकको अवार्ड पालाम आनिङबा - ५ बाट शम्भु फोम्बाले, जुरी अवार्ड मिघम्बबाट तानाम तान्छो लावतीले, लिम्बु गीत उत्कृष्ट गायिकाको अवार्ड अम्लेङसा के ओत्लबाट हेमुस्मृती चोङ्बाङले प्राप्त गरे । लिम्बु गीत भिडियो पुरुष मोडलको अवार्ड पालाम फुङहेक्के २ हर्क घिसिङ, महिला मोडलको अवार्ड सोमिप्पाबाट सुम्निमा खापुङ लिम्बुले प्राप्त गरे भने चिन्डो मा धान छ गीतको भिडियोबाट मिना लिम्बुले चरित्र अभिनेत्रीको अवार्ड चुमिन् ।

मौलिक गीत गायन तर्फ उत्कृष्ट गायकको अवार्ड तमु समाज युके गीतबाट आर के गुरुङले, पब्लिक च्वाईस अवार्ड ढोल झ्याम्टोबाट नन्दु राईले, मौलिक उत्कृष्ट गायिकाको अवार्ड उहिलेको मायाबाट शिला राईले, जुरी अवार्ड हौ लुंगाबाट रबिन लेछारले हासिल गरे ।

आदिवासी गीत गायिकाको अवार्ड काफल पाक्दा बनैमाबाट जुनी खालिङ राईलाई, आदिवासी गीत गायकको अवार्ड लकु फोरीबाट मिस्टर एलोन सोनाम गुरुङलाई प्रदान गरियो ।

आदिवासी म्युजिक भिडियो निर्देशकको अवार्ड जोडी राम्रोबाट रमेश थापामगरले, नृत्य निर्देशकको अवार्ड तमु समाज युकेबाट तेन्याङ (सरु) गुरुङ रानाले, आदिवासी गीत उत्कृष्ट महिला मोडलको अवार्ड हङकङको चिनोबाट रिस्ता गुरुङले, महिला मोडल पब्लिक च्वाईस अवार्ड लकु फोरीबाट देचाङ अंगमा घलेले र आदिवासी म्युजिक भिडियो बाल कलाकारको अवार्ड लकु फोरीबाट तेन्जिङ जस्टिङ गुरुङले प्राप्त गरे ।

यस्तै आदिवासी उत्कृष्ट गीतकारको अवार्ड तमु समाज युकेगीतबाट सूर्य गुरुङले, आदिवासी गीत उत्कृष्ट संगीतकारको अवार्ड लकु फोरी गीतबाट मिस्टर एलोन सोनाम गुरुङले, आदिवासी म्युजिक भिडियो छायांकारको अवार्ड डोको चोयालेबाट सञ्जय बुढाथोकी मगरले प्राप्त गरे । आदिवासी गीत भिडियो मेकअप आर्टिष्टको अवार्ड आन्छी मिम आफाल्लाङ गीतको भिडियोबाट सोम मगरांतीले प्राप्त गरे । समारोहमा वर्षको सर्वोत्कृष्ट आदिवासी गीतको अवार्ड हङकङको चिनोले हासिल ग¥यो भने तमु समाज युकेलाई पब्लिक च्वाईस अवार्ड प्रदान गरियो । क्वालिटी फिल्मस् प्रा।लि।को आयोजनामा अवार्ड सम्पन्न भएको थियो ।

तस्बिरः बद्री थापा

सुमाम्साको नयाँ गीत सार्वजनिक

समाचार


काठमाण्डौ - नायक तथा मोडल पुश्पल खड्का द्धारा अभिनित “प्यारी छोरी” बोलको गीत हिजो सुमाम्सा बान्तवा युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । माङ्गमु फिल्मस सँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुती रहेको गीतका गीतकार तथा भिडियोका कथाकार मोहन बान्तवा हुन ।

महेन्द्र राईको संगीत, राजु कार्कीको संगीत संयोजन र दिनेश माङ्गमुको निर्देशन रहेको उक्त गीतको भिडियोमा बाबु र छोरी विचको प्रगाढ मायालाइ देखाईएको छ । यस गीतका गायक गायिकामा चर्चित गायक राजेश पायल राई र सुमाम्सा बान्तवा हनु । सुमाम्साले यस गीतमा स्वरमात्र दिएकी छैनन फिचर पनि भएकी छिन । यस गीतको मर्मस्पर्शी भिडियोमा पुश्पल खड्का र सुमाम्सा बान्तवा बाबु र छोरीको रुपमा फिचर भएका छन ।

६ मिनेट २६ सेकेण्ड लामो यस भिडियोमा संघर्षशिल एक परिवार जहाँ बाउ र सानी छोरी छन । त्यहाँ दुवैको सपना र विश्वासलाई बलियो रुपमा देखाइएको छ । अझ सुमाम्साको जिवन्त अभिनयले भिडियोलाई गहकिलो बनाएको छ । सुमाम्सा अष्ट्रेलियामा जन्मिएर उतै हुर्किए पनि उनको स्वरमा नेपाली लवज र अभिनयमा नेपालीपन आउनुले पनि उनीमा नेपाल, नेपाली भाषा संस्कृती र कला प्रतिको माया कति रहेछ भन्ने कुरा प्रष्ट हुन्छ ।

सुमाम्सा अष्ट्रेलियाको एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन । १२ बर्षिय सुमाम्सा सानै उमेरदेखी नाचगान,गीत संगीतमा विशेश रुची राख्दथिन । त्यसैले उनी ७ बर्ष देखी गितार सिक्दै आएकी छिन । विगत एक बर्षदेखी स्वर संगीतको अध्ययन गरिरहेकी छिन भने ३ बर्ष देखी नाटक (ड्रामा) को प्रशिक्षण तथा नृत्य पशिक्षण कक्षा पनि लिइरहेकी छिन । उनी साँगितिक तथा कला क्षेत्रको मात्र नभइ पौडी र भलिबलको पनि प्रशिक्षणमा पनि विगत केही बर्षदेखी लिइरहेकी छिन । सुमाम्सा मेधाबी विद्यार्थी पनि हुन् उनी अध्ययनरत विद्यालयमा अष्ट्रेलियन र अन्य मुलुकका विद्यार्थीलाई समेत पछि पार्दै उनी बर्षका उत्कृष्ट ५ विद्यार्थीहरुमध्येमा चयन भएकी छिन ।

Newa Maicha Boucha Nepal Sambat 1146 – ग्राण्ड फिनाले सम्पन्न, विजेताहरूको घोषणा

समाचार


काठमाडौं। सांस्कृतिक पहिचान, भाषा, लिपि र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको Newa Maicha Boucha Nepal Sambat 1146 को ग्राण्ड फिनाले शनिबार राजधानी काठमाडौंस्थित राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा वरिष्ठ कलाकार नारायदेवी प्रधान प्रमुख अतिथि रहनुभएको थियो। प्रतियोगितामा सहभागी बालबालिकाले आफ्नो सांस्कृतिक ज्ञान, व्यक्तित्व, अनुशासन, प्रतिभा र प्रस्तुतीकरणका आधारमा उत्कृष्ट प्रतिस्पर्धा गरेका थिए। मूल्याङ्कनका क्रममा प्राप्त अंकका आधारमा आयोजकले मुख्य तथा अन्य उपाधिका विजेताहरू घोषणा गरेको छ।

मुख्य उपाधितर्फ Newa Maicha (महिला समूह) को विजेता अनुसिया मानन्धर घोषित भइन् भने समाना महर्जन (मल्टिमिडिया) पहिलो रनर–अप र नेरिशा महर्जन दोस्रो रनर–अप बने। त्यसैगरी Newa Boucha (पुरुष समूह) मा निर्वेश श्रेष्ठ (पर्सनालिटी) विजेता बनेका छन्। यस समूहमा अथर्व प्रधान पहिलो रनर–अप तथा अनम दर्शी वज्राचार्य दोस्रो रनर–अप घोषित भए। अन्य उपाधितर्फ मेधावी तुलाधरले अनुशासन, उन्नति बज्राचार्यले एकतिभ, निभा महर्जनले शैक्षिक, जैज्बी येछु श्रेष्ठले बुद्धिमान, अकिला शाक्यले चित्रमय, सियोना मानन्धरले सह–पाठ्यक्रम, उत्सव श्रेष्ठले उत्कृष्ट पोशाक, समृद्धि महर्जनले शैली आइकन, पुवा उर्जा तुलाधरले उत्कृष्ट मुस्कान, अभिषेक श्रेष्ठले आकर्षक, युवानी महर्जनले उत्कृष्ट नेपाल लिपि, ऐशना महर्जनले नेतृत्व, अर्दिता महर्जनले उत्कृष्ट संस्कृति, प्रशन्न महर्जनले प्रतिभा, सदिच्छा महर्जनले उत्कृष्ट नेपाल भाषा तथा आराग्या तुलाधरले इनोसेन्ट उपाधि प्राप्त गरे।

कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावक, निर्णायक, प्रशिक्षक तथा सरोकारवालाप्रति आयोजक Kalash Events ले हार्दिक आभार व्यक्त गरेको छ। कार्यक्रमसम्बन्धी सम्पूर्ण जानकारी कार्यकारी अध्यक्ष सञ्जय महर्जन तथा प्रबन्ध निर्देशक वर्षा महर्जन ले उपलब्ध गराएका हुन्।
 

सञ्जेलको अध्यक्षतामा अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको नयाँ कार्यसमिति गठन

समाचार


काठमाडौं, मंसिर ११ । अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम नेपाल डेरी एसोसिएसनको सभा हल, शंखमुलमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिकका गभर्नर प्रताप बहादुर थापा प्रमुख अतिथि तथा सचिव विजय सत्याल विशेष अतिथि रहेका थिए।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सअध्यक्ष प्रल्हाद दाहालले डेरी व्यवसाय तथा उद्यमशीलताको विकासका लागि क्लबले आयोजना गर्दै आएको कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार र सुदृढ बनाइने बताए। उनले डेरी क्षेत्रको समस्या समाधान, ज्ञान विस्तार, व्यवसायिक क्षमताको विकास तथा उद्यमीबीच सहकार्य सशक्त बनाउन क्लब सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष दाहालले नयाँ कार्यसमिति सक्षम, प्रतिबद्ध र परिणाममुखी हुने विश्वास व्यक्त गरे।



क्लबका सदस्य, सरोकारवाला तथा अतिथिहरूको उपस्थिति रहेको कार्यक्रममा नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो।

कार्यक्रममाझ चार्टर अध्यक्षमा रमेश सञ्जेल, उपाध्यक्षमा चेतनाथ दाहाल, सचिवमा सरोज ओझा, कोषाध्यक्षमा रामभक्त दाहाल , तथा सदस्यहरूमा टिका प्रसाद घिमिरे, दिनेश सञ्जेल, सुरेश तिमल्सिना, हुद्धराज तिमल्सिना, दीपक तिमल्सिना, दीपक सञ्जेल, चेतनाथ दाहाल, भीम प्रसाद दाहाल, दीप प्रसाद धमला, यंक प्रसाद घिमिरे, शिव घिमिरे, सुवास दुलाल, सन्दीप घिमिरे, पितम्बरी खतिवडा र माधव सिवाकोटीलाई औपचारिक रूपमा पदस्थापन गरिएको थियो।

प्रमुख अतिथि गभर्नर प्रताप बहादुर थापाले डेरी उद्योग नेपालको कृषिआधारित अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उद्यमीहरूले आधुनिक प्रविधि, गुणस्तर सुधार र बजार विस्तारमा ध्यान दिनुपर्ने धारणा राखे। उनले अप्टिमिष्टि संरचनाले उद्यमीहरूमा नेतृत्व विकास, सेवा भाव र सकारात्मक परिवर्तनको संस्कार स्थापित गर्न गएको सकारात्मक भूमिकाको प्रशंसा गर्दै क्लबलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउने सुझाव दिए। साथै उनले अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिक नेपालकै नेतृत्वमा अघि बढेको भन्दै यो गौरवको विषय भएको चर्चा गरे ।

विशेष अतिथि विजय सत्यालले अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिकले समुदाय विकास, नेतृत्व प्रशिक्षण, सामाजिक उत्तरदायित्व र उद्यमशीलता प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। उनले डेरी ईन्टरप्रेनर्स क्लबले गठन भएको छोटो समयमै कार्यक्षमता प्रदर्शन गरेको भन्दै आगामी दिनमा डेरी क्षेत्रमैत्री परियोजना, गोष्ठी र दिगो उद्यम प्रवद्र्धनमा सक्रिय भूमिका निभाउने अपेक्षा व्यक्त गरे।

यसैबीच, नवनिर्वाचित चार्टर अध्यक्ष रमेश सञ्जेलले कार्यक्रममार्फत आफ्नो प्रतिबद्धता व्यक्त गर्दै डेरी उद्यमीहरूको वास्तविक आवश्यकतामा केन्द्रित कार्यक्रम, सीप विकास प्रशिक्षण, बजार प्रवद्र्धनमा सहकार्य र सदस्यहरूबीच एकता सुदृढ बनाउने दिशामा आफू विशेष सक्रिय रहने प्रतिज्ञा गरे। उनले नयाँ कार्यसमिति समन्वय, पारदर्शिता र परिणाममुखी कार्यशैलीमार्फत क्लबलाई प्रदेश तथा राष्ट्रिय तहमा उदाहरणीय संस्थाको रूपमा उभ्याइने बताए।

इनास नेपालको अध्यक्षमा लामिछाने

समाचार


काठमाडौँ -अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित भएका छन् ।

मंगलबार राजधानीमा सम्पन्न शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ ।उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेत्री रेजिना उप्रेती र गायक युवराज चौलागाईं निर्वाचित भएका छन् ।फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डे महासचिव र राजिन पनेरु सचिव पदमा निर्वाचित भए । कोषाध्यक्षमा चलचित्र वितरक रत्न श्रेष्ठ चुनिए ।

सदस्यहरूमा खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाईँ, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्वाचित भएका छन् । इनासको ग्लोबल सञ्चार प्रतिनिधि (जीसीआर) पदमा सञ्चारकर्मी विष्णु शर्मा चयन भएका छन् ।

इनास नेपाल शाखाका निवर्तमान अध्यक्ष एवम् एसिया संयोजक समेत रहेका गीतकार दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्लेले गरेका थिए ।

अध्यक्ष काफ्लेले संस्थाले विश्वव्यापी फैलिएको संस्थाको सञ्जालमार्फत नेपाली कला प्रवर्धनमा भूमिका निर्वाह गर्ने बताए । कला, साहित्य, संस्कृति, भाषा, खेलकुदजस्ता विधालाई समेटेर तिनको विकास र प्रवर्धनमा आफ्नो कार्यकालले त्यसका लागि पहल गर्ने जानकारी उनले जानकारी दिए ।

निर्माता संघको अध्यक्षमा उदय

समाचार


काठमाडौं – चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९ औँ महाधिवेशनले सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा सुब्बाले प्रत्याशी सुनिलकुमार थापालाई पराजित गर्दै विजय भएका हुन् । सुब्बाले १५३ मत पाउँदा थापाले १२७ मत पाएका थिए ।

महाधिवेशनले महासचिवमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका छन् । कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए । ९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् ।

निर्विरोध चुनिने सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन् ।

राष्ट्रव्यापी योगदानकर्तालाई नागरिक समाजद्वारा विशेष नागरिक अवार्ड प्रदान

समाचार


काठमाडौँ – सामाजिक रुपान्तरणका लागि नागरिक समाजको १९औँ वार्षिकोत्सव तथा पाँचौँ विशेष नागरिक अवार्ड एवं स्रष्टा सम्मान २०८२ प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले सामाजिक रुपान्तरणको क्षेत्रमा नागरिक समाजले १९ वर्षदेखि निरन्तर सक्रिय रहँदै सबै विधालाई समेटेर सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्दै आएको प्रशंसनीय भएको बताइन्। उनले सरकारले गर्नुपर्ने धेरै सामाजिक कुराहरू नागरिक समाजले प्रभावकारी रूपमा पूरा गर्न सकेको उल्लेख गर्दै संस्थाको योगदानको प्रशंसा गरिन्।

कार्यक्रम संस्थाका अध्यक्ष याम बहादुर जी.सी.को सभापतित्व र पनाह अधिकाऱीद्वारा सञ्चालन गरिएको थियो। कार्यक्रममा वरिष्ठ शिक्षाविद् प्रा. डा. चिरञ्जिवी शर्मा, माननीय सोमनाथ पाण्डे, वरिष्ठ व्यवसायी तथा समाजसेवी दीपक मलहोत्रा, वरिष्ठ चिकित्सक डा. सुभास घिमिरे, बीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. बद्री रिजाल, जनचेतना समाज परिवर्तन नेपालकी अध्यक्ष मुना निरौला त्रिपाठीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रमकै दौरान संस्थाका सल्लाहकार डा. सुन्दर थापा, आनी भिमसुवा गुरुङ, मनोहरी कँडेल, डा. मनोरदिन सैयद, रामहरी सिलवाल, बाबुकाजी थापा, भवानी पौडेल, लक्ष्मण भण्डारी, याम श्रेष्ठलगायतको उपस्थितिमा समाज डेन्टल अस्पताल र नागरिक समाजबीच स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी कार्यसम्झौता पनि सम्पन्न गरिएको थियो। यस अवसरमा वरिष्ठ चिकित्सक डा. सुभास घिमिरे, वरिष्ठ विमान चालक क्याप्टेन विजय लामा, वरिष्ठ व्यवसायी तथा समाजसेवी दीपक मलहोत्रा, सामाजिक अभियन्ता तथा कलाकार कलावती श्रेष्ठ, वरिष्ठ पर्यटन व्यवसायी डा. धनञ्जय रेग्मीलाई विशेष व्यक्तित्व सम्मान प्रदान गरिएको थियो।

सामाजिक, सांस्कृतिक, शिक्षाक्षेत्र, सौन्दर्यकला, स्वास्थ्य, सञ्चार तथा अन्य विधामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरू-सोहन चौधरी, अमिर अधिकारी, चलचित्र निर्मात्री तथा सामाजिक अभियन्ता कल्पना के.सी., विनोद श्रेष्ठ, पुरुषोत्तम पन्त, टिकाराम तिवारी, गायिका सिर्जना के.सी., होमनाथ शर्मा, राम पन्त, सौन्दर्यविशेषज्ञ रिता राई, विनयजङ्ग बस्नेत, बिक्रम घिसिङ, याम नारायण मौली, डा. बद्री रिजाल, राज बस्न्यात, रामचन्द्र खड्का, कलाकार बासु फुयाँल, राजु कार्की, राधिका खड्का, लिना सुबेदी, तिलबहादुर कार्की, सुमिना श्रेष्ठ, लक्ष्मी थापा मगर, मिना थपलिया तथा ‘धिप्री फिल्म्स’ (अनिल कटवाल) लाई सम्मान प्रदान गरिएको थियो।

त्यसैगरी राष्ट्रव्यापी प्रतिस्पर्धात्मक प्रतियोगिताका निर्णायक-मनोरदिन सैयद, अभिनेत्री तथा प्रिज्मा टेलिभिजनकी सञ्चालक पनाह अधिकारी, चलचित्र लेखक/निर्देशक रुशिल अमात्य, सञ्चारकर्मी शंकर रोक्का तथा टेलिचलचित्र निर्देशक दिवाकर भण्डारी “सापटे” लाई प्रशंसा–पत्र प्रदान गरियो।

राष्ट्रव्यापी रूपमा आयोजना गरिएको प्रतियोगिताका विजेताहरूलाई पर्यटन व्यवसाय होलिडे ट्रिप नेपाल ट्राभल्स एण्ड टुर तथा गोर्खाली रग्बी क्लबको विशिष्ट आतिथ्यमा अवार्ड प्रदान गरिएको थियो। पुरस्कार प्राप्तकर्ताहरूमा-रोहित कार्की (पर्यटन सेवा), बेञ्चमार्क हेयर एण्ड स्टुडियो, बिद्या श्रेष्ठ (सौन्दर्यकला), बिमला कोईराला (सौन्दर्यविद्), सञ्जित भण्डारी (चलचित्रअभिनेता), प्रकाश घिसिङ (म्युजिक भिडियो मोडल), संगीतकार सूर्य कश्यप, जयन्द्र चिलुवाल (अभिनेता/संगीतकार), निर्देशक राजेन्द्र बजगाईं, मिक्सिङ–मास्टरिङ विशेषज्ञ प्रकाश के.सी., टेलिभिजन कार्यक्रम प्रस्तोता सागरिका श्रेष्ठ, गायक भुवन बहादुर नेपाली “भुवन प्यासी”, म्युजिक भिडियो निर्देशक सुनिल बि.के. लगायतलाई लाइफ–अवार्ड प्रदान गरिएको थियो।

रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि

समाचार


काठमाण्डौ– राजधानीमा शनिवार राती सम्पन्न विवाहित महिलाहरुको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् ।

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा चमक दमकका साथ भव्य रुपमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि चुमेकी हुन् । कार्यक्रमका प्रमूख निर्णायक नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले अन्तिम प्रतिस्पर्धामा सोधेको समाजमा विद्यमान विकृतिमध्ये तपाईं के हटाउन चाहनु हुन्छ भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिएर रक्षाले सो उपाधि हासिल गरेकी हुन्। केडी फोटोग्राफी मस्ट फोटोजेनिक उपउपाधि विजेतासमेत बनेकी उनले शिर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने मिसेस वल्र्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अबसर पनि प्राप्त गर्ने भएकी छन् ।

प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेशनल भइन्। उनले सेन्ट्रल फेशन स्कुल फेशन आइकनको उपउपाधिलाई पनि आफ्नो बनाइन् । त्यसै गरी दिपिका तामाङ एमएस नेपाल इन्टरनेशनलको उपाधि विजेता भइन् । मिसेस नेपाल वल्र्डमै विद्या चौहान फस्ट रनर्सअपका साथमा भ्युवर्स च्वाईस र फेसबुक च्वाइस, एलिना केसी सेकेन्ड रनर्सअपका साथमा क्युट केयर वेष्ट हेयर र निर्मला सुनुवार थर्ड रनर्सअपका साथमा सावित्री कञ्जनजंगा वेष्ट डान्सरको विजेता भए । उनीहरुले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

मिसेस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमै हुने एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् ।

सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई झण्डै साँढे ३ दशकदेखि नेपाली चलचित्रका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पु¥याए वापत मानार्थ मिसेस नेपाल वल्र्ड २०२५ बाट सम्मानित गरियो । सम्मानअघि अभिनेत्री चन्दलाई समर्पण गर्दै मोडलद्धय एसराज गराच र ऋचा थापाले कोरस कलाकारका साथमा उनका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
विभिन्न मनोरञ्जक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको प्रतियोगितामा विभिन्न शिर्षकमा उपाधि पनि प्रदान गरिएको छ । कार्यक्रममा नेपाल टेलिकम मल्टिमिडिया भ्वाइस उपाधि अरुणा लामाले प्राप्त गरिन् । त्यसै गरी मेहता कस्मेटिक्स हेल्दी स्किन तारा खनाल, मिशेलिन बेस्ट र्याम्प वाक सुम्निमा खापुङ, एआरएस डेन्टल बेस्ट स्माइल बिनिता अधिकारी, रिलायबल डायग्नोस्टिक ल्याबरोटोरी मस्ट डिसिप्लेन्ड विष्णु भण्डारी, क्याभिन्स मस्ट फ्रेन्डली कुसुम खड्का, भीनी मस्ट ट्यालेन्टेड कञ्चन झा, फ्लाइटेक इन्टरनेशनल मिसेस इको फ्रेन्डली कल्पना बिष्ट र मिलेनिया ग्लोबल ब्युटी विथ कम्प्यासन उप उपाधि शुभाना रोक्कालाई प्रदान गरिएको छ।

त्यसै गरी अयुथ वेदा बेस्ट पर्सनालिटी इमायुं राई, स्वास्थ्य श्री बेस्ट फिजिक सुमिना महर्जन, राजधानी राष्ट्रिय दैनिक इन्टलेक्चल व्युटी गंगा लामिछाने र रिबन इन्टरटेनमेन्ट मेनेजमेन्ट च्वाइस उपउपाधि सजनी जोशीले प्राप्त गरिन्।

प्रतियोगितामा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता, रंगकर्मी तथा फिल्म निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, मिसेस नेपाल वल्र्ड २०२३ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, अभिनेता, कोरियोग्राफर, लेखक तथा फिल्म निर्माता गजित विष्ट र जनरल फिजिसियन डा। कर्ट निर्णायक रहेका थिए।

सेसेमी लिम्बुले सञ्चालन गरेको प्रतियोगितामा कोरियोग्राफी अश्विनीकान्त झा र डान्स कोरियोग्राफी सन्दीप भुजेलले गरेका थिए भने प्रतियोगिताको समयोजन सम्राट शाह, अञ्जन परियार र गंगा महर्जनले गरेका थिए।

तस्वीर : बद्री थापा

कन्हैया सिंहको ‘शरदको तिमी जुन हौ’ सार्वजनिक

समाचार


काठमाडौं- कन्हैया सिंह परियारको स्वरमा रहेको गीत ‘शरदको तिमी जुन हौ’ सार्वजनिक भएको छ । विपिन आचार्यको, शब्द, सङ्गीत र एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विपिनकै निर्देशन, विजय लामा रुम्बाको कोरियोग्राफी रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भिडियोमा कन्हैयासँगै सञ्चिता बोलखेलाई फिचरिङ गरिएको छ । विजयकै छायांकन रहेको गीतको भिडियोमा उहाँकै दृश्य सम्पादन छ ।

नेपाली आधुनिक सुगम सङ्गीतको क्षेत्रमा स्थापित लोकप्रिय गायक एवम् सङ्गीतकार कन्हैया सिंह परियार । पछिल्लो समय अमेरिकामा बस्दै आउनुभएका उहाँले करिब तीन सयको सङ्ख्यामा आधुनिक, चलचित्र, राष्ट्रिय, प्रगतिशील, लोक, पप, लोकपप तथा विभिन्न भाषा भाषीलगायतका गीत सङ्गीतमा गायन तथा सङ्गीत गर्नुभएको छ ।

उहाँको स्वरमा रहेका थुप्रै गीतहरूमध्ये ‘तिम्ले भुल्न सके पनि, मन हुनेको माया, मुटुमा पीडा भए पनि, म हुँ पश्चिमको छोरो, चढेर हेर हिमाल त्यो, धनगढीको बैँसालु सुन्दरी, आँसुको मूल्य सोध, अलिकति आवाज देऊ मैले गीत गाउँदा, नेपालगञ्ज बजारैमा घाम लाग्यो घमाइलो, ठ्याक्कै भेटौँला, नजर नजरको, अचानक, जुन गीत सुनेर मिठो आभास हुन्छ’ लगायतका गीत औधि मन पराइएका छन् ।

उहाँ हालै काठमाडौंमा सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको सहकोषाध्यक्षमा निर्वाचित हुनुभएको छ ।