२०८२ साउन ४, काठमाडौं | जलवायु परिवर्तनका असर न्यूनीकरण, वातावरणीय प्रदूषण नियन्त्रण तथा प्राकृतिक स्रोत संरक्षणमा सहकार्य गर्दै वेष्ट फाइनान्स कम्पनी लिमिटेडले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४’ अन्तर्गतको मार्गदर्शन कार्यान्वयनका क्रममा कम्पनीले यो नयाँ निक्षेप योजना सुरु गरेको हो।
ग्राहकमैत्री यो योजनाअन्तर्गत निक्षेपकर्ताको नाममा एउटा बिरुवा रोपिने व्यवस्था गरिएको छ। त्यसका लागि वेष्ट फाइनान्सले लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालसँग सहकार्य गरेको छ। उक्त वृक्षारोपण कार्यक्रमलाई स्थायित्व दिन बिरुवा रोप्ने, गोडमेल गर्ने, संरक्षण गर्ने र पाँच वर्षपछि स्थानीय निकायलाई हस्तान्तरण गरिने जनाएको छ।

साझेदारीको औपचारिक सहमतिपत्रमा वेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपाल (एरिया १ काठमाडौँ) का एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्यले हस्ताक्षर गरेका हुन्।
यसै सन्दर्भमा, वेष्ट फाइनान्स, लायन्स क्लब र गोदावरी नगरपालिका वडा नं. १ को संयुक्त आयोजनामा गोदामचौरस्थित खाली जग्गामा ५०० बिरुवाको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. १ का अध्यक्ष श्रीराज थापा, वेष्ट फाइनान्सका अध्यक्ष प्रा. डा. रामजी गौतम, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती, कम्पनीका कर्मचारीहरू, लायन्स डिष्ट्रिक्ट ३२५ एस नेपालका पदाधिकारीहरू – एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्य, एरिया एक्जुकेटिभ चिफ बालकुमार पाण्डे लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै लायन्स डिष्ट्रिक्ट ३२५ एस अन्तर्गतका ५० भन्दा बढी क्लबहरू सहभागी भएका थिए। यो अभियानले वातावरण संरक्षणमा वित्तीय संस्थाहरूको भूमिका महत्वपूर्ण रहन सक्ने सम्भावनाको संकेत गरेको छ।

काठमाडौं- छायाँछवि क्रियशनले विगत १२ वर्षदेखि गर्दै आएको सांस्कृतिक पर्व तीजमा आधारित रहेर आयोजना गरिने छायाँछवि तीज म्युजिक अवार्डको १२औँ संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रुपमा आव्हान गरेको छ । नेपाली खासगरी हिन्दू नारीहरूको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतमार्फत प्रस्तुत गर्ने चलन छ ।
पहिले पहिले खासगरी घरबाट पीडित बुहारीहरूको पीडा गीत मार्फत प्रस्तुत गर्ने गरेको भएपनि समयक्रममा त्यसमा आएको परिवर्तन सँगसँगै भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ ।
यही क्रमका गीतहरू गाउँघरका जमघटबाट अझै पर हटेर मूलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका अवसरमा सयौं गीत प्रकाशित हुने गरेका छन् । यही तीजका स्रष्टाहरू पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमका अभ्यक्ष शान्तिप्रियले बताउनुभएको छ ।
छायाँछविका अध्यक्ष शान्तिप्रियले १२औं तीज म्युजिक अवार्डमा तीजका विभिन्न २५ विधामा स्रष्टालाई पुरस्कृत गरिने बताउनुभयो । कार्यक्रममा बिभिन्न सम्मान एवम् पुरस्कार पनि प्रदान गरिने वताउनुभयो ।
१२औ छायाँछवि तीज म्युजिक अवार्डको लागि साउन महिनाभर छायाँछविको कार्यालय डिल्लीबजार अथवा इमेलमार्फत पनि गीत दर्ता गर्न सकिनेछ ।
काठमाडौं – स्टारकास्टले भरिपूर्ण चलचित्र ‘विजयपथ’बाट नेपाली रजतपटमा पाइला चालेकी अभिनेत्री हुन् पवित्रा आचार्य । डेब्यू फिल्ममा नै निखिल उप्रेती, सुशील क्षेत्री, सञ्चिता लुइँटेलजस्ता स्टारकास्टसँग सहकार्य गर्ने अबसर पाएकी आचार्य त्यसयता अभिनयसँगसँगै अन्य विधामा पनि निरन्तर सकृय छिन् ।
आचार्यले पहिलो चलचित्रको सफलतापछि महानायकको उपाधि पाएका राजेश हमालसँग ‘राजनीति’ नामको चलचित्रमा काम गरिन् । यो चलचित्रमा नेपाली संगीत दुनियाँकी चर्चीत गायिका कोमल वलीले पहिलोपटक ठुलोपर्दामा अभिनय गरेकी थिइन् । त्यसपछि आचार्यले तत्कालिन समयका चल्तिका अभिनेता आर्यन सिग्देलले लिड गरेको ‘आवेग’ चलचित्रमा काम गरिन् ।
हरेकपटक अनुभवी टिमसँग काम गर्ने अबसर पाएकी आचार्य बालापनदेखि नै नृत्यमा पोख्त थिइन् । अभिनयसँग आफ्नो रुचीको विधा नृत्यलाई निरन्तरता दिने उद्देश्यले उनले ७० को दशकको सुरूवाती समयबाट नै कोरियोग्राफीमा आफुलाई अघि सारिन् ।
उनै कोमल वलीको तीज गीतबाट नृत्य निर्देशक बनेकी आचार्यले त्यसयता थुप्रै म्युजिक भिडियोमा कोरियोग्राफी गरेकी छिन् । उनको निर्देशनमा वलीसँगै चर्चित कलाकारहरू करिश्मा मानन्धर, अनुपबिक्रम शाही, आँचल शर्मा, सलोन बस्नेत, अनु शाह, नीता ढुङ्गाना लगायतले कम्मर मर्काइसकेका छन् ।
यो बीचमा ‘कमाण्डर’ र ‘मेला’ दुई चलचित्रमा समेत आचार्यले कोरियोग्राफी गरेकी छिन् । कोरियोग्राफीसँगै मोडलिङमा पनि आफुलाई अघि सार्दै आएकी आचार्य यतिबेला मोडलिङ र कोरियोग्राफी वृत्तमा ‘पावला’ नामले परिचित छिन् । एक अन्तर्राष्ट्रिय फ्लेभरको म्युजिक भिडियोको आफै निर्देशन र कोरियोग्राफीपछि उनले ‘पावला’ नामलाई ब्राण्ड बनाउन अघि सरेकी हुन् । आचार्यको उक्त भिडियो ‘पावला’ नाममै सार्वजनिक भएको थियो ।
अभिनेत्री, मोडल र कोरियोग्राफरको रूपमा परिचय बनाएकी आचार्य उर्फ ‘पावला’ले अब आफ्नो परिचयलाई थप फराकिलो बनाउँदै कास्टिङ निर्देशकसम्म पुर्याएकी छिन् । निर्माणाधिन चलचित्र ‘कश्यप’ टिमले बिहिबार मात्रै आचार्यलाई कास्टिङ निर्देशकको रूपमा अनुबन्ध गरेको छ ।
सपना र संघर्षको पथ औंल्याउने बताउने आचार्यको नयाँ यात्राले कुन गति लिन्छ त्यो भने समयले बताउनेछ । एकपछि अर्को विधामा हात हाल्दै त्यसको सफलता चाखेकी उनि निरन्तरको मेहनत नै सफलताको सुत्र ठान्छिन् ।
आचार्य हाल कलाकारहरूको हक हितको लागि स्थापीत संस्था नेपाल चलचित्र कलाकार संघको केन्द्रीय सह(कोषाध्यक्ष समेत छिन् । विभिन्न सामाजिक कार्यहरूमा पनि उनको यात्रा निरन्तर छ । काठमाडौंका विभिन्न वृद्धाश्रम र वाल आश्रमहरूमा उनले निरन्तर सहयोग गर्दै आएकी छिन् ।
काठमाडौं |थाइल्यान्डस्थित नेपाली राजदूतावासको आयोजना र थाई नेपाली संघ तथा एनआरएनए एनसीसी थाइल्यान्डको सहकार्यमा बैंककमा २१२ औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न भएको छ। नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा संरक्षणका उद्देश्यले आयोजित कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओली प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै कविता वाचन, भानु संवाद, रामायण पाठ र शुभकामना मन्तव्यहरू प्रस्तुत गरिएका थिए। कार्यक्रमको विशेष आकर्षणको रूपमा दुई चरणमा कविता वाचन प्रतियोगिता आयोजना गरिएको थियो, जहाँ ७-१२ वर्ष उमेर समूह र १३-१८ वर्ष समूहका बालबालिकाहरूले उत्साहपूर्वक सहभागिता जनाए। विजयी प्रतिभाहरूलाई पुरस्कारसहित सम्मान गरिएको थियो।
यस अवसरमा थाई नेपाली समुदायबीच भाषिक र सांस्कृतिक चेतना अभिव्यक्त हुनुका साथै एकताको भावना अझ बलियो बनाइएको थियो। कार्यक्रमले विशेषतः नयाँ पुस्तामा मातृभाषा र संस्कारप्रतिको अभिरुचि जगाउने भूमिका खेलेको आयोजकहरूको भनाइ छ।
थाई नेपाली संघका संरक्षक कुमार कार्कीले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिंदै भने, “विदेशमा बसेर पनि यस्ता कार्यक्रममार्फत आफ्नो भाषा र संस्कृतिप्रति श्रद्धा प्रकट गर्नु गौरवको विषय हो। यसले नयाँ पुस्तालाई पनि पहिचानप्रतिको चेतना जगाउँछ भन्ने हाम्रो विश्वास छ।”
कार्यक्रममा साहित्यिक व्यक्तित्व, कलाकार, सामाजिक अगुवा र स्थानीय नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अघिल्लो वर्ष झैं यसपालिको कार्यक्रमले पनि नेपाली एकता र संस्कृतिक महत्वलाई प्रवर्द्धन गर्न सफल भएको आयोजकले जनाएको छ।
काठमाडौं, असार २८ | पिक पोइन्ट एजुकेशन नेटवर्कले एसईई २०८१ ब्याचका ६५ जना विद्यार्थीलाई भव्य समारोहका बीच नगदसहित सम्मान गरेको छ। शनिबार काठमाडौंको गोल्फुटार स्थित ताज प्यालेस होटलमा आयोजित 'एसईई फेलिसिटेसन कार्यक्रम' मा शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, खादा, मायाको चिनोसहित नगद पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रमको अध्यक्षता संस्थापक तथा प्रधानाध्यापक इन्जिनियर विनय श्रेष्ठले गरेका थिए भने उप–प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए।
सम्मान समारोहमा ४.० जिपिए ल्याउने विद्यार्थीहरूलाई जनही ५०,००० रुपैयाँ नगद पुरस्कार दिईएको थियो। त्यस्तै अन्य उत्कृष्ट विद्यार्थीहरूलाई पनि शैक्षिक प्रदर्शनको आधारमा नगद पुरस्कार वितरण गरियो । कुल ७ लाख ५० हजार रुपैयाँ बराबरको नगद पुरस्कार यसपटकको ब्याचका लागि प्रदान गरिएको हो।
कार्यक्रममा विद्यालयका संस्थापक सदस्य थमिन्द्र खतीवडाले स्वागत मन्तव्य राखेका थिए । त्यसपछि ४ जीपीए ल्याएकी दिया घिमिरेले मन्तव्यसहित गीत प्रस्तुत गरिन।

मोहमद कालिम्सा, सन्दीप राजभण्डारी, बिष्णु कुमारी खुलाल मगर, निर्जला दाहाल र वर्दन ढकालजस्ता ४.० जीपीए ल्याउने विद्यार्थीहरूले आफ्नो अनुभव सुनाए।
अभिभावक प्रतिनिधिका रूपमा बेद ढकाल ( बरदान ढकालका बुबा) र सारदा ढकाल(निर्जला ढकालकी आमा) ले शुभकामना मन्तव्य दिएका थिए। बुढानीलकण्ठ १३का अध्यक्ष टिका नारायण श्रेष्ठले संस्थाको शैक्षिक नेतृत्वको प्रशंसा गरे।
कार्यक्रममा ब्याच २०८१ का छात्राहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरे भने पिक पोइन्ट सिङिङ आइडल २०८१ की विजेता त्रिप्तिका थापा मगरले साङ्गीतिक प्रस्तुति दिईन्।
शिक्षकहरूलाई समेत खादा र प्रशंसा-पत्रसहित सम्मान गरिएको उक्त कार्यक्रममा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, जनसंख्या, लेखाशास्त्र र कम्प्युटर विषयका शिक्षकहरू समावेश थिए।
भाईस प्रिन्सिपल महेश केसीले विद्यालयको समग्र शैक्षिक यात्रा र दृष्टिकोणबारे जानकारी दिँदै विद्यार्थीकै हितका लागि निरन्तर क्रियाशील रहेको बताए।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उप–मेयर अनिता लामा, तथा वडा नं। २, १०, ११, १२, र १३ का अध्यक्षहरू विशेष अतिथिका रूपमा उपस्थित थिए।

समापन मन्तव्य दिंदै संस्थापक/ प्रिन्सिपलइन्जिनियर विनय श्रेष्ठले सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै शिक्षा, अनुशासन र नैतिकताको मूल्यमान्यता लिएर अघि बढ्ने” प्रतिबद्धता दोहोर्याए। “विद्यार्थीहरूको निरन्तर मिहिनेत, शिक्षकहरूको समर्पण र अभिभावकको विश्वासकै कारण आज हामी यस सम्मानित स्थानमा पुग्न सफल भएका हौं ”उनले भने ।
भाईस प्रिन्सिपल महेश केसीका अनुसार, यो सम्मान कार्यक्रमले “विद्यार्थीहरूलाई अझ उत्साहित तुल्याउँदै पीक पोइन्ट एजुकेशन नेटवर्कलाई देशको एक अग्रणी शिक्षण संस्थाका रूपमा सुदृढ गरेको” छ।
हालै प्रकाशित एसईई २०८१ को नतिजामा पिक पोइन्ट एकेडेमी, बुढानीलकण्ठले उल्लेखनीय सफलता हासिल गर्दै GPA को आधारमा बुढानीलकण्ठ क्षेत्रका टप–४ उत्कृष्ट विद्यालयमध्ये चौथो स्थान ओगट्न सफल भएको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ अन्तर्गत सञ्चालनमा रहेको पिक पोइन्ट एकेडेमी यस पटकको एसईई परीक्षामा सर्वोत्कृष्ट विद्यालयको रूपमा उभिएको छ। उत्कृष्ट शैक्षिक उपलब्धिको मान्यतास्वरूप वडाले एसईईमा ४.० जिपिए ल्याउने विद्यार्थीलाई रु. १,००,००० (एक लाख) नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

काठमाडौं, असार २६ | वातावरणीय अभियानप्रति प्रतिबद्धता प्रस्तुत गर्दै नेपालकै पहिलो हरित विद्यालय बज्र एकेडेमीका विद्यार्थीहरूद्वारा सञ्चालित “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट प्रतिष्ठित 'वातावरण संरक्षण पुरस्कार' प्रदान गरिएको छ। क्लबलाई नगद रु. १०,००० (दश हजार रुपैयाँ) सहितको उक्त पुरस्कार काठमाडौंमा शुक्रबार आयोजित विशेष सम्मान समारोहका बीच प्रदान गरिएको हो।
उक्त पुरस्कार पुरस्कार छनोट समितिका सदस्यद्व्य लेखक तथा पत्रकार सरोज ओझा र पत्रकार सुकृत नेपालले बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्रविक्रम थापालाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए। पुरस्कारको कोष अष्ट्रेलियाको मेलबर्नमा पुनः प्रयोगयोग्य वस्तुहरूको सङ्कलन तथा बिक्रीबाट संचित गरी त्यहाँका परोपकारी लेखक तथा वातावरणीय अभियन्ता शिव न्यौपानेले स्थापना गरेका हुन्। उक्त अभियानले विश्वव्यापी रूपमा वातावरणीय चेतना फैलाउने र नेपालमा जमीनी तहका वातावरणीय प्रयासहरूलाई सहयोग गर्ने उद्देश्य लिएको छ।
बज्र इको क्लबले वातावरण संरक्षण र चेतनाका क्षेत्रमा निरन्तर, प्रभावकारी र नविन प्रयासहरू गर्दै आएको मूल्याङ्कन गर्दै यस वर्षको पुरस्कार प्रदान गरिएको हो। क्लबले फोहोर व्यवस्थापन, वृक्षारोपण कार्यक्रम, पुनः प्रयोग तथा पुनःचक्रण अभियान, र सिर्जनात्मक कला तथा सांस्कृतिक कार्यक्रमहरूमार्फत वातावरणीय सन्देश प्रवाह गर्दै आएको छ। शिक्षालाई वातावरणसँग जोडेर प्रस्तुत गर्ने यस क्लबको प्रयासले देशभरका अन्य विद्यालयहरूलाई समेत प्रेरणा दिएको छ।
हालै क्लबले नेपाल सरकारद्वारा आयोजित पहिलो 'सगरमाथा संवाद'मा रामायणमा आधारित वातावरणीय नाटक प्रस्तुत गर्दै वातावरणीय चेतना अभिव्यक्त गरेको थियो, जसले मिथकीय आख्यानलाई वातावरणीय सन्देशसँग जोडेर निकै प्रशंसा पाएको थियो।
पुरस्कार छनोट समितिका अनुसार यस सम्मानले विद्यार्थी नेतृत्वमा आधारित अभियानहरूले जलवायु परिवर्तन, प्रदूषण, र वातावरणीय संकटजस्ता विश्वव्यापी चुनौतीहरूको समाधानमा कस्तो महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने कुरा उजागर गर्ने उद्देश्य राखेको छ। हरित मान्यताप्राप्त नेपालकै पहिलो विद्यालय बज्र एकेडेमीले शिक्षण, संस्कार र समुदायसँगको सहकार्यमा वातावरणीय सतत अभ्यासलाई संस्थागत गर्दै आएको छ।
पुरस्कार प्राप्त गरेपछि बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्रविक्रम थापाले धन्यवाद व्यक्त गर्दै भने, "यो पुरस्कारले बज्र इको क्लबका सदस्यहरूको समर्पणलाई मात्र होइन, भावी पुस्तालाई वातावरणप्रति जिम्मेवार बनाउने महत्त्वलाई पनि उजागर गरेको छ, जुन स्थानीय र अन्तर्राष्ट्रिय सन्दर्भमा अत्यन्तै सान्दर्भिक छ।"
काठमाण्डौ । Insight Vision Secondary School & College, धुम्बराहीमा ‘TIVSIAN MEET’ भव्य तथा प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ। “National Glory, Our Students’ Story” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विद्यालयमा अध्ययन गरेका तथा हाल नेपाली राष्ट्रिय टिममा आबद्ध रहेका खेलाडीहरूलाई विशेष सम्मान गरिएको हो।
कार्यक्रममा प्रमुख आकर्षणका रूपमा नेपाली राष्ट्रिय महिला फुटबल टिम की सदस्य तथा विद्यालयकी गौरवशाली पूर्व विद्यार्थीहरूलाई ‘Honouring Heroes’ शीर्षकमा सम्मान गरियो।

सम्मानित खेलाडीहरूमा राष्ट्रिय टिमको कप्तान सबित्रा भण्डारी, अनिता बस्नेत, सबिता राना, पुजा राना, हिरा कुमारी भुजेल, र रेखा पौडेल रहेका थिए।
यी सबै खेलाडीहरूले Insight Vision S.S./College बाट प्लस टु (कक्षा १२) पास गरेका हुन् र अहिले स्नातक (Bachelor) तेस्रो वर्षमा अध्ययनरत छन्।
कार्यक्रममा नेपाली राष्ट्रिय महिला टिमकी पूर्व कप्तान अनु लामा विशेष अतिथि रूपमा सहभागी भइन्।त्यस्तै, काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जन र अखिल नेपाल फुटबल संघ (ANFA) का उपमहासचिव बद्री भट्टराईको उपस्थिति कार्यक्रमको थप विशेष पक्ष बनेको थियो।
लोकप्रिय लोकगायक बाद्री पंगेनीको पनि विशेष उपस्थितिले माहोललाई उत्साहपूर्ण बनाएको थियो।

विद्यालयले सबै खेलाडीहरूलाई सम्मानपत्रसहित नगद सम्मान गरेको थियो।सबित्रा भण्डारीलाई २० हजार रुपैयाँ, र अन्य पाँच खेलाडीलाई जनही १०/१० हजार रुपैयाँ नगद प्रदान गरिएको हो ।
कार्यक्रममा विद्यालयका संस्थापक, शिक्षकगण, अभिभावक, हाल अध्ययनरत तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले आफ्ना विद्यार्थीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन पाएकोमा गहिरो गर्व व्यक्त गर्दै, यस्ता अनुकरणीय सफलताले नयाँ पुस्तालाई अझ प्रेरणा दिने विश्वास व्यक्त गर्यो।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, खेलाडीहरूको अनुभव आदान–प्रदान, फोटो सेसन, तथा विशिष्ट अतिथिहरूको प्रेरणादायी सम्बोधन लगायत विविध आकर्षक कार्यक्रमहरू समावेश गरिएका थिए।
विद्यालयले यस्ता प्रेरणादायी गतिविधिहरू भविष्यमा पनि निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौं - चलचित्र लेखक तथा निर्देशक माधब राज खरेलद्धारा निर्देशित चलचित्र “चिट्ठी” भदौ २० गतेवाट प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको संचारकर्मी कमला जोशी निर्माता रहेको यस चलचित्रको वितरणको जिम्मेवारी कुवेर सिने डिस्ट्रीब्युशनले लिएको छ ।
केही समय अघि काठमाण्डौमा विशेष प्रदर्शनी गरिएको यस चलचित्रप्रति दर्शकहरुले देखाएको माया र दिएको प्रतिक्रियाले निर्माण पक्ष उत्साहित भएको छ । दुई घण्टा लामो चलचित्र “चिट्ठी” पुर्णतया हरर कमेडी तथा स्पेन्स र थ्रिलर शैलीमा तयार भएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रलाई पिजी सर्टिफिकेट दिएको छ, जसअनुसार १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा चलचित्र हेर्न पाउने भएका छन् ।
चलचित्रमा खड्गबहादुर पुन मगर ‘खवपु’, सञ्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, नम्रता खरेलका प्रमुख भुमिका रहेको छ । त्यसैगरी मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरु समेत विशेष भुमिकामा देखिएका छन् ।
संचारकर्मी सरोज कोईरालाको संगीत एवम् डा. कृष्णहरि बराल र कमला जोशीको शब्द रहेको चलचित्रका गीतहरुको लागी शिव परियार, बेनिशा पौडेल र बसन्त अर्यालको स्वर दिएका छन् । चलचित्रको कथा वस्तु अनुरुप तैयार भएको शिव ताण्डव गीतको संगीत संयोजन भने संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् । चलचित्रमा समावेश गरिएको शिव ताण्डवले पनि चलचित्रलाई एक अलग आकर्षण थप्ने विश्वास निर्देशक खरेलको रहेको छ ।
‘चिट्ठी’ लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन, समिर मियाँको ग्राफिक्स तथा भिएफ एक्स, किरण दाहालको द्वन्द्व, पुष्कर खत्रीको पाश्र्व संगीत, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ प्वाईन्ट वान साउण्ड डिजाईन रहेको छ ।
चलचित्रको गीत, ट्रेलर र पोष्टर छिट्टै सार्वजानिक गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रको प्रचार प्रसार सामाग्री भने अमृत चापागाईँ र साहिल खानको तैयार गरका छन् । चलचित्रको प्रचार प्रसार सामाग्री भने अमृत चापागाईँ र साहिल खानको तैयार गरका छन् ।
काठमाडौँ – गीतकार, गायक तथा संगीतकार डिबी खड्का र गायिका सुनिता कार्कीको सहकार्य रहेको गीत ‘म त गाउँले ठिटो’ सार्वजनिक भएको छ । रोमान्टिक लोकलयमा तयार गीतमा शब्द गायक खड्का र होम न्यौपानेको रहेको छ ।
गायक खड्काकै संगीत रहेको गीतको एरेन्ज बिकल खड्काले गरेका हुन् । मा गीतमा संगीत पनि ले नै दिएका हुन् । दयपुर ताप्ली गाउँपालिका बासी गायक तथा संगीतकार खड्का लामो समयदेखि गीतसंगीतमा सक्रिय छन् ।
गीतको भिडियो तामझाम सहित आकर्षक बनाइएको छ । जसमा एआरके, सादिक थापा, राजकुमार लामा बल, सुशिला खड्का, विकास ग्याबा तामाङ, नारायण के.सी, रामजी अधिकारी, तुलसी पौडेललगायतको अभिनय छ ।
भिडियोमा टंक केसी एण्ड टिमको छायांकन, रोशन पौडेलको सम्पादन, सादिक थापा र दिपक श्रेष्ठको कोरियोग्राफी छ भने निर्देशन एआरकेले गरेका हुन् । भिडियो रियासा इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
काठमाडौं- गुरुङ समुदायका महिला तथा विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘मिस एण्ड मिसेस गुरुङ’को चौथो संस्करण (मिस एण्ड मिसेस गुरुङ २०८२) सुरू भएको छ । आयोजकले प्रतियोगिताको आवेदन खुल्ला गर्दै असार २६ गते काठमाडौंको सामाखुसीस्थित विशाल फूटसलमा पहिलो चरणको अडिसन राखेको एक बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
कार्यक्रमको आयोजना गर्दै आएको संस्था ‘एस के इन्टरटेन्मेन्ट’का अनुसार, यो प्रतियोगिता विगतका संस्करणहरूमा प्राप्त सफलता र सकारात्मक प्रतिक्रियालाई ध्यानमा राखी यसपटक अझ व्यापक र समावेशी रूपमा आयोजना हुन लागेको छ ।
‘एस के इन्टरटेन्मेन्ट’की अध्यक्ष शान्ता लामा तामाङका अनुसार, प्रतियोगितामा सहभागी हुने महिला तथा विवाहित महिलाहरूका लागि फारम शुल्कदेखि सम्पूर्ण प्रशिक्षण निःशुल्क राखिएको छ । उनले कार्यक्रमलाई कुनै आर्थिक भारबिना प्रतिभा उजागर गर्ने एक प्लेटफर्म बनाएको बताइन् । ‘गुरुङ महिलाहरूमा लुकेका कला, आत्मबल र संस्कृतिक मूल्यलाई मञ्च प्रदान गर्ने हाम्रो उद्देश्य हो’ उनले भनिन् ।
प्रतियोगिताको अडिसनमा सहभागी भएर छनोटमा परेका प्रतियोगीहरूले ३०–३५ दिनसम्म विभिन्न प्रशिक्षणहरू प्राप्त गर्नेछन् । तिनीहरूलाई व्यक्तित्व विकास, फेसन प्रशिक्षण, आत्मविश्वास निर्माण, गुरुङ सांस्कृतिक प्रस्तुति, स्टेज उपस्थिति, फोटोशुट, पब्लिक स्पिकिङ लगायतका क्षेत्रमा दक्ष बनाइनेछ ।
सम्पूर्ण तालिमपश्चात एउटा भव्य ग्रान्ड फिनाले कार्यक्रम आयोजना गरिनेछ, जहाँ निर्णायक मण्डलद्वारा विजेता घोषणा गरिनेछ। विजेताहरूलाई उपाधि, ट्रफी, प्रमाणपत्र, आकर्षक पुरस्कार तथा विभिन्न ब्रान्डहरूसँग आबद्ध हुने अवसर प्राप्त हुनेछ।
यस प्रतियोगिताले गुरुङ जातिको भेषभूषा, परम्परा र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्त्वपूर्ण अभियान बोकिरहेको आयोजक संस्था ‘एस के इन्टरटेन्मेन्ट’को भनाइ छ । इच्छुक सहभागीहरूलाई समयमै सम्पर्क गरी अडिसनमा भाग लिन आयोजकले विशेष आग्रह गरेको छ । थप जानकारी तथा फारमका लागि ‘एस के इन्टरटेन्मेन्ट’को आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ । प्रतियोगीताको डिजिटल पार्टनरको रुपमा जीनोपे जोडिएको छ ।