काठमाडौं। सांस्कृतिक पहिचान, भाषा, लिपि र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको Newa Maicha Boucha Nepal Sambat 1146 को ग्राण्ड फिनाले शनिबार राजधानी काठमाडौंस्थित राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा वरिष्ठ कलाकार नारायदेवी प्रधान प्रमुख अतिथि रहनुभएको थियो। प्रतियोगितामा सहभागी बालबालिकाले आफ्नो सांस्कृतिक ज्ञान, व्यक्तित्व, अनुशासन, प्रतिभा र प्रस्तुतीकरणका आधारमा उत्कृष्ट प्रतिस्पर्धा गरेका थिए। मूल्याङ्कनका क्रममा प्राप्त अंकका आधारमा आयोजकले मुख्य तथा अन्य उपाधिका विजेताहरू घोषणा गरेको छ।
मुख्य उपाधितर्फ Newa Maicha (महिला समूह) को विजेता अनुसिया मानन्धर घोषित भइन् भने समाना महर्जन (मल्टिमिडिया) पहिलो रनर–अप र नेरिशा महर्जन दोस्रो रनर–अप बने। त्यसैगरी Newa Boucha (पुरुष समूह) मा निर्वेश श्रेष्ठ (पर्सनालिटी) विजेता बनेका छन्। यस समूहमा अथर्व प्रधान पहिलो रनर–अप तथा अनम दर्शी वज्राचार्य दोस्रो रनर–अप घोषित भए। अन्य उपाधितर्फ मेधावी तुलाधरले अनुशासन, उन्नति बज्राचार्यले एकतिभ, निभा महर्जनले शैक्षिक, जैज्बी येछु श्रेष्ठले बुद्धिमान, अकिला शाक्यले चित्रमय, सियोना मानन्धरले सह–पाठ्यक्रम, उत्सव श्रेष्ठले उत्कृष्ट पोशाक, समृद्धि महर्जनले शैली आइकन, पुवा उर्जा तुलाधरले उत्कृष्ट मुस्कान, अभिषेक श्रेष्ठले आकर्षक, युवानी महर्जनले उत्कृष्ट नेपाल लिपि, ऐशना महर्जनले नेतृत्व, अर्दिता महर्जनले उत्कृष्ट संस्कृति, प्रशन्न महर्जनले प्रतिभा, सदिच्छा महर्जनले उत्कृष्ट नेपाल भाषा तथा आराग्या तुलाधरले इनोसेन्ट उपाधि प्राप्त गरे।
कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावक, निर्णायक, प्रशिक्षक तथा सरोकारवालाप्रति आयोजक Kalash Events ले हार्दिक आभार व्यक्त गरेको छ। कार्यक्रमसम्बन्धी सम्पूर्ण जानकारी कार्यकारी अध्यक्ष सञ्जय महर्जन तथा प्रबन्ध निर्देशक वर्षा महर्जन ले उपलब्ध गराएका हुन्।
काठमाडौं, मंसिर ११ । अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम नेपाल डेरी एसोसिएसनको सभा हल, शंखमुलमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिकका गभर्नर प्रताप बहादुर थापा प्रमुख अतिथि तथा सचिव विजय सत्याल विशेष अतिथि रहेका थिए।
सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सअध्यक्ष प्रल्हाद दाहालले डेरी व्यवसाय तथा उद्यमशीलताको विकासका लागि क्लबले आयोजना गर्दै आएको कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार र सुदृढ बनाइने बताए। उनले डेरी क्षेत्रको समस्या समाधान, ज्ञान विस्तार, व्यवसायिक क्षमताको विकास तथा उद्यमीबीच सहकार्य सशक्त बनाउन क्लब सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष दाहालले नयाँ कार्यसमिति सक्षम, प्रतिबद्ध र परिणाममुखी हुने विश्वास व्यक्त गरे।

क्लबका सदस्य, सरोकारवाला तथा अतिथिहरूको उपस्थिति रहेको कार्यक्रममा नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो।
कार्यक्रममाझ चार्टर अध्यक्षमा रमेश सञ्जेल, उपाध्यक्षमा चेतनाथ दाहाल, सचिवमा सरोज ओझा, कोषाध्यक्षमा रामभक्त दाहाल , तथा सदस्यहरूमा टिका प्रसाद घिमिरे, दिनेश सञ्जेल, सुरेश तिमल्सिना, हुद्धराज तिमल्सिना, दीपक तिमल्सिना, दीपक सञ्जेल, चेतनाथ दाहाल, भीम प्रसाद दाहाल, दीप प्रसाद धमला, यंक प्रसाद घिमिरे, शिव घिमिरे, सुवास दुलाल, सन्दीप घिमिरे, पितम्बरी खतिवडा र माधव सिवाकोटीलाई औपचारिक रूपमा पदस्थापन गरिएको थियो।
प्रमुख अतिथि गभर्नर प्रताप बहादुर थापाले डेरी उद्योग नेपालको कृषिआधारित अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उद्यमीहरूले आधुनिक प्रविधि, गुणस्तर सुधार र बजार विस्तारमा ध्यान दिनुपर्ने धारणा राखे। उनले अप्टिमिष्टि संरचनाले उद्यमीहरूमा नेतृत्व विकास, सेवा भाव र सकारात्मक परिवर्तनको संस्कार स्थापित गर्न गएको सकारात्मक भूमिकाको प्रशंसा गर्दै क्लबलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउने सुझाव दिए। साथै उनले अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिक नेपालकै नेतृत्वमा अघि बढेको भन्दै यो गौरवको विषय भएको चर्चा गरे ।
विशेष अतिथि विजय सत्यालले अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिकले समुदाय विकास, नेतृत्व प्रशिक्षण, सामाजिक उत्तरदायित्व र उद्यमशीलता प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। उनले डेरी ईन्टरप्रेनर्स क्लबले गठन भएको छोटो समयमै कार्यक्षमता प्रदर्शन गरेको भन्दै आगामी दिनमा डेरी क्षेत्रमैत्री परियोजना, गोष्ठी र दिगो उद्यम प्रवद्र्धनमा सक्रिय भूमिका निभाउने अपेक्षा व्यक्त गरे।
यसैबीच, नवनिर्वाचित चार्टर अध्यक्ष रमेश सञ्जेलले कार्यक्रममार्फत आफ्नो प्रतिबद्धता व्यक्त गर्दै डेरी उद्यमीहरूको वास्तविक आवश्यकतामा केन्द्रित कार्यक्रम, सीप विकास प्रशिक्षण, बजार प्रवद्र्धनमा सहकार्य र सदस्यहरूबीच एकता सुदृढ बनाउने दिशामा आफू विशेष सक्रिय रहने प्रतिज्ञा गरे। उनले नयाँ कार्यसमिति समन्वय, पारदर्शिता र परिणाममुखी कार्यशैलीमार्फत क्लबलाई प्रदेश तथा राष्ट्रिय तहमा उदाहरणीय संस्थाको रूपमा उभ्याइने बताए।


काठमाडौँ -अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित भएका छन् ।
मंगलबार राजधानीमा सम्पन्न शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ ।उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेत्री रेजिना उप्रेती र गायक युवराज चौलागाईं निर्वाचित भएका छन् ।फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डे महासचिव र राजिन पनेरु सचिव पदमा निर्वाचित भए । कोषाध्यक्षमा चलचित्र वितरक रत्न श्रेष्ठ चुनिए ।
सदस्यहरूमा खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाईँ, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्वाचित भएका छन् । इनासको ग्लोबल सञ्चार प्रतिनिधि (जीसीआर) पदमा सञ्चारकर्मी विष्णु शर्मा चयन भएका छन् ।
इनास नेपाल शाखाका निवर्तमान अध्यक्ष एवम् एसिया संयोजक समेत रहेका गीतकार दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्लेले गरेका थिए ।
अध्यक्ष काफ्लेले संस्थाले विश्वव्यापी फैलिएको संस्थाको सञ्जालमार्फत नेपाली कला प्रवर्धनमा भूमिका निर्वाह गर्ने बताए । कला, साहित्य, संस्कृति, भाषा, खेलकुदजस्ता विधालाई समेटेर तिनको विकास र प्रवर्धनमा आफ्नो कार्यकालले त्यसका लागि पहल गर्ने जानकारी उनले जानकारी दिए ।
काठमाडौं – चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९ औँ महाधिवेशनले सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा सुब्बाले प्रत्याशी सुनिलकुमार थापालाई पराजित गर्दै विजय भएका हुन् । सुब्बाले १५३ मत पाउँदा थापाले १२७ मत पाएका थिए ।
महाधिवेशनले महासचिवमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका छन् । कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए । ९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् ।
निर्विरोध चुनिने सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन् ।
काठमाडौँ – सामाजिक रुपान्तरणका लागि नागरिक समाजको १९औँ वार्षिकोत्सव तथा पाँचौँ विशेष नागरिक अवार्ड एवं स्रष्टा सम्मान २०८२ प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले सामाजिक रुपान्तरणको क्षेत्रमा नागरिक समाजले १९ वर्षदेखि निरन्तर सक्रिय रहँदै सबै विधालाई समेटेर सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्दै आएको प्रशंसनीय भएको बताइन्। उनले सरकारले गर्नुपर्ने धेरै सामाजिक कुराहरू नागरिक समाजले प्रभावकारी रूपमा पूरा गर्न सकेको उल्लेख गर्दै संस्थाको योगदानको प्रशंसा गरिन्।
कार्यक्रम संस्थाका अध्यक्ष याम बहादुर जी.सी.को सभापतित्व र पनाह अधिकाऱीद्वारा सञ्चालन गरिएको थियो। कार्यक्रममा वरिष्ठ शिक्षाविद् प्रा. डा. चिरञ्जिवी शर्मा, माननीय सोमनाथ पाण्डे, वरिष्ठ व्यवसायी तथा समाजसेवी दीपक मलहोत्रा, वरिष्ठ चिकित्सक डा. सुभास घिमिरे, बीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. बद्री रिजाल, जनचेतना समाज परिवर्तन नेपालकी अध्यक्ष मुना निरौला त्रिपाठीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रमकै दौरान संस्थाका सल्लाहकार डा. सुन्दर थापा, आनी भिमसुवा गुरुङ, मनोहरी कँडेल, डा. मनोरदिन सैयद, रामहरी सिलवाल, बाबुकाजी थापा, भवानी पौडेल, लक्ष्मण भण्डारी, याम श्रेष्ठलगायतको उपस्थितिमा समाज डेन्टल अस्पताल र नागरिक समाजबीच स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी कार्यसम्झौता पनि सम्पन्न गरिएको थियो। यस अवसरमा वरिष्ठ चिकित्सक डा. सुभास घिमिरे, वरिष्ठ विमान चालक क्याप्टेन विजय लामा, वरिष्ठ व्यवसायी तथा समाजसेवी दीपक मलहोत्रा, सामाजिक अभियन्ता तथा कलाकार कलावती श्रेष्ठ, वरिष्ठ पर्यटन व्यवसायी डा. धनञ्जय रेग्मीलाई विशेष व्यक्तित्व सम्मान प्रदान गरिएको थियो।
सामाजिक, सांस्कृतिक, शिक्षाक्षेत्र, सौन्दर्यकला, स्वास्थ्य, सञ्चार तथा अन्य विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरू-सोहन चौधरी, अमिर अधिकारी, चलचित्र निर्मात्री तथा सामाजिक अभियन्ता कल्पना के.सी., विनोद श्रेष्ठ, पुरुषोत्तम पन्त, टिकाराम तिवारी, गायिका सिर्जना के.सी., होमनाथ शर्मा, राम पन्त, सौन्दर्यविशेषज्ञ रिता राई, विनयजङ्ग बस्नेत, बिक्रम घिसिङ, याम नारायण मौली, डा. बद्री रिजाल, राज बस्न्यात, रामचन्द्र खड्का, कलाकार बासु फुयाँल, राजु कार्की, राधिका खड्का, लिना सुबेदी, तिलबहादुर कार्की, सुमिना श्रेष्ठ, लक्ष्मी थापा मगर, मिना थपलिया तथा ‘धिप्री फिल्म्स’ (अनिल कटवाल) लाई सम्मान प्रदान गरिएको थियो।
त्यसैगरी राष्ट्रव्यापी प्रतिस्पर्धात्मक प्रतियोगिताका निर्णायक-मनोरदिन सैयद, अभिनेत्री तथा प्रिज्मा टेलिभिजनकी सञ्चालक पनाह अधिकारी, चलचित्र लेखक/निर्देशक रुशिल अमात्य, सञ्चारकर्मी शंकर रोक्का तथा टेलिचलचित्र निर्देशक दिवाकर भण्डारी “सापटे” लाई प्रशंसा–पत्र प्रदान गरियो।
राष्ट्रव्यापी रूपमा आयोजना गरिएको प्रतियोगिताका विजेताहरूलाई पर्यटन व्यवसाय होलिडे ट्रिप नेपाल ट्राभल्स एण्ड टुर तथा गोर्खाली रग्बी क्लबको विशिष्ट आतिथ्यमा अवार्ड प्रदान गरिएको थियो। पुरस्कार प्राप्तकर्ताहरूमा-रोहित कार्की (पर्यटन सेवा), बेञ्चमार्क हेयर एण्ड स्टुडियो, बिद्या श्रेष्ठ (सौन्दर्यकला), बिमला कोईराला (सौन्दर्यविद्), सञ्जित भण्डारी (चलचित्रअभिनेता), प्रकाश घिसिङ (म्युजिक भिडियो मोडल), संगीतकार सूर्य कश्यप, जयन्द्र चिलुवाल (अभिनेता/संगीतकार), निर्देशक राजेन्द्र बजगाईं, मिक्सिङ–मास्टरिङ विशेषज्ञ प्रकाश के.सी., टेलिभिजन कार्यक्रम प्रस्तोता सागरिका श्रेष्ठ, गायक भुवन बहादुर नेपाली “भुवन प्यासी”, म्युजिक भिडियो निर्देशक सुनिल बि.के. लगायतलाई लाइफ–अवार्ड प्रदान गरिएको थियो।
काठमाण्डौ– राजधानीमा शनिवार राती सम्पन्न विवाहित महिलाहरुको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् ।
राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा चमक दमकका साथ भव्य रुपमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि चुमेकी हुन् । कार्यक्रमका प्रमूख निर्णायक नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले अन्तिम प्रतिस्पर्धामा सोधेको समाजमा विद्यमान विकृतिमध्ये तपाईं के हटाउन चाहनु हुन्छ भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिएर रक्षाले सो उपाधि हासिल गरेकी हुन्। केडी फोटोग्राफी मस्ट फोटोजेनिक उपउपाधि विजेतासमेत बनेकी उनले शिर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने मिसेस वल्र्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अबसर पनि प्राप्त गर्ने भएकी छन् ।
प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेशनल भइन्। उनले सेन्ट्रल फेशन स्कुल फेशन आइकनको उपउपाधिलाई पनि आफ्नो बनाइन् । त्यसै गरी दिपिका तामाङ एमएस नेपाल इन्टरनेशनलको उपाधि विजेता भइन् । मिसेस नेपाल वल्र्डमै विद्या चौहान फस्ट रनर्सअपका साथमा भ्युवर्स च्वाईस र फेसबुक च्वाइस, एलिना केसी सेकेन्ड रनर्सअपका साथमा क्युट केयर वेष्ट हेयर र निर्मला सुनुवार थर्ड रनर्सअपका साथमा सावित्री कञ्जनजंगा वेष्ट डान्सरको विजेता भए । उनीहरुले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
मिसेस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमै हुने एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् ।
सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई झण्डै साँढे ३ दशकदेखि नेपाली चलचित्रका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पु¥याए वापत मानार्थ मिसेस नेपाल वल्र्ड २०२५ बाट सम्मानित गरियो । सम्मानअघि अभिनेत्री चन्दलाई समर्पण गर्दै मोडलद्धय एसराज गराच र ऋचा थापाले कोरस कलाकारका साथमा उनका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
विभिन्न मनोरञ्जक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको प्रतियोगितामा विभिन्न शिर्षकमा उपाधि पनि प्रदान गरिएको छ । कार्यक्रममा नेपाल टेलिकम मल्टिमिडिया भ्वाइस उपाधि अरुणा लामाले प्राप्त गरिन् । त्यसै गरी मेहता कस्मेटिक्स हेल्दी स्किन तारा खनाल, मिशेलिन बेस्ट र्याम्प वाक सुम्निमा खापुङ, एआरएस डेन्टल बेस्ट स्माइल बिनिता अधिकारी, रिलायबल डायग्नोस्टिक ल्याबरोटोरी मस्ट डिसिप्लेन्ड विष्णु भण्डारी, क्याभिन्स मस्ट फ्रेन्डली कुसुम खड्का, भीनी मस्ट ट्यालेन्टेड कञ्चन झा, फ्लाइटेक इन्टरनेशनल मिसेस इको फ्रेन्डली कल्पना बिष्ट र मिलेनिया ग्लोबल ब्युटी विथ कम्प्यासन उप उपाधि शुभाना रोक्कालाई प्रदान गरिएको छ।

त्यसै गरी अयुथ वेदा बेस्ट पर्सनालिटी इमायुं राई, स्वास्थ्य श्री बेस्ट फिजिक सुमिना महर्जन, राजधानी राष्ट्रिय दैनिक इन्टलेक्चल व्युटी गंगा लामिछाने र रिबन इन्टरटेनमेन्ट मेनेजमेन्ट च्वाइस उपउपाधि सजनी जोशीले प्राप्त गरिन्।
प्रतियोगितामा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता, रंगकर्मी तथा फिल्म निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, मिसेस नेपाल वल्र्ड २०२३ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, अभिनेता, कोरियोग्राफर, लेखक तथा फिल्म निर्माता गजित विष्ट र जनरल फिजिसियन डा। कर्ट निर्णायक रहेका थिए।
सेसेमी लिम्बुले सञ्चालन गरेको प्रतियोगितामा कोरियोग्राफी अश्विनीकान्त झा र डान्स कोरियोग्राफी सन्दीप भुजेलले गरेका थिए भने प्रतियोगिताको समयोजन सम्राट शाह, अञ्जन परियार र गंगा महर्जनले गरेका थिए।
तस्वीर : बद्री थापा
काठमाडौं- कन्हैया सिंह परियारको स्वरमा रहेको गीत ‘शरदको तिमी जुन हौ’ सार्वजनिक भएको छ । विपिन आचार्यको, शब्द, सङ्गीत र एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विपिनकै निर्देशन, विजय लामा रुम्बाको कोरियोग्राफी रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भिडियोमा कन्हैयासँगै सञ्चिता बोलखेलाई फिचरिङ गरिएको छ । विजयकै छायांकन रहेको गीतको भिडियोमा उहाँकै दृश्य सम्पादन छ ।
नेपाली आधुनिक सुगम सङ्गीतको क्षेत्रमा स्थापित लोकप्रिय गायक एवम् सङ्गीतकार कन्हैया सिंह परियार । पछिल्लो समय अमेरिकामा बस्दै आउनुभएका उहाँले करिब तीन सयको सङ्ख्यामा आधुनिक, चलचित्र, राष्ट्रिय, प्रगतिशील, लोक, पप, लोकपप तथा विभिन्न भाषा भाषीलगायतका गीत सङ्गीतमा गायन तथा सङ्गीत गर्नुभएको छ ।
उहाँको स्वरमा रहेका थुप्रै गीतहरूमध्ये ‘तिम्ले भुल्न सके पनि, मन हुनेको माया, मुटुमा पीडा भए पनि, म हुँ पश्चिमको छोरो, चढेर हेर हिमाल त्यो, धनगढीको बैँसालु सुन्दरी, आँसुको मूल्य सोध, अलिकति आवाज देऊ मैले गीत गाउँदा, नेपालगञ्ज बजारैमा घाम लाग्यो घमाइलो, ठ्याक्कै भेटौँला, नजर नजरको, अचानक, जुन गीत सुनेर मिठो आभास हुन्छ’ लगायतका गीत औधि मन पराइएका छन् ।
उहाँ हालै काठमाडौंमा सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको सहकोषाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
काठमाडौं- छैटौं संस्रकणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । नेपाली संगीत, कला र संस्कृतिको प्रवद्र्धनमा निरन्तर क्रियाशील जिनियस डिजिटल म्युजिक प्रा.लि.द्वारा आयोजित जिनियस म्युजिक अवार्ड-२०८१ एण्ड जिनियस अचिभमेन्ट अवार्ड-२०२५ तथा जिनियस लोक नृत्य प्रतियोगिता-२०८२ भव्य काठमाडौंमा एक विशेष कार्यक्रमबीच सम्पन्न भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको समारोहमा कार्यक्रममा अग्रज गायिका मीरा राणालाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियोे भने पत्रकार सम्मानअन्तर्गत रामजी बगाले, अक्कल कुँवर, तुलसी गिरी, चन्द्रमणि गौतम र सुरेन कुँवरलाई सम्मान गरिएको थियो । जिनियस अचिभमेन्ट अवार्ड-२०२५ का रूपमा समाजसेवी तथा अभियन्ता राममणि न्यौपाने, युवा व्यवसायी लोकनाथ भट्ट र वरिष्ठ गीतकार डा.कृष्णहरि बराललाई सम्मान गरिएको थियो ।
जिनियस अचिभमेन्ट सम्मान-२०२५ मार्फत देवेन्द्र शाही (समाजसेवी/व्यवसायी), वसन्त घिमिरे (कीर्तिमानी धावक), प्रदीप अर्याल (व्यवसायी), रोशनकुमार श्रेष्ठ (समाजसेवी/व्यवसायी), रुद्रबहादुर नेपाल (समाजसेवी/व्यवसायी), जुनु घिमिरे, प्रकाशकुमार श्रेष्ठ (समाजसेवी/व्यवसायी), जयराम तिमील्सिना साहित्यकार, दीपा श्रेष्ठ (समाजसेवी/व्यवसायी)लगायत व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
त्यसैगरी स्रष्टा सम्मान र विशेष सम्मान अन्तर्गत सोनाम पाख्रिन (निर्देशक), शोभा त्रिपाठी (गायिका), प्रोसेस पाण्डे (प्रतिभा सम्मान), अश्विनी कान्त झा (इभेन्ट डाइरेक्टर), दिपिका बलामी (प्रतिभा सम्मान), सन्दीप भुजेल (नृत्य निर्देशक), टेकराज पाण्डे र अप्सना नेवा हायु (शृंगार), जितेन तामाङ (संगीतकार/समाजसेवी), ईश्वर गुरुङ (संगीत व्यवसायी), जितेन्द्र महर्जन, सुरज पौडेल (गायक), विजेता परियार (नव कलाकार) लगायतका व्यक्तिहरू सम्मानित हुनुभएको थियो । समारोहमा सारिका घिमिरे, चेतन राई, विनोद ढकाललगायतको गायन प्रस्तुति र विभिन्न विद्यालयका विद्यार्थीले प्रस्तुत गरेको समुहिक लोक नृत्यले दर्शकलाई मन्त्रमुग्ध गरेको थियो ।
जिनियस म्युजिक अवार्ड-२०८१ का निर्णायक मण्डलमा वरिष्ठ संगीतकार राजु सिंह, गायक तथा संगीतकार भानुभक्त ढकाल, गीतकार तथा साहित्यकार पुरु लम्साल, संगीतकार गैरे सुरेश, संगीतकार दीपक शर्मा, गायक रमेश पाठक, निर्देशक माधव खरेल, कोरियोग्राफर केशव कोइराला, गायिका मञ्जु लावती, संगीतकार बिनोद पछ्याई र गीतकार गोबिन्द भट्ट रहनुभएको थियो । त्यस्तै जिनियस लोक नृत्य प्रतियोगिता-२०८२ का निर्णायकमा वरिष्ठ नृत्य निर्देशक कमल राई, नृत्य निर्देशक जोगेन्द्र केसी र आर.सी.कोइराला रहनुभएको थियो ।
जिनियस म्युजिक अवार्ड-२०८१ अन्तर्गत विभिन्न विधाका स्रष्टा सर्जकलाई सम्मान गरिएको थियो । सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीततर्फ ‘बुद्धको देश नेपाल’- खेमनाथ दाहाल, चलचित्र श्रेणीमा सर्वोत्कृष्ट गीत ‘यो मन त मेरो नेपाली हो’, सर्वोत्कृष्ट गीतकार (चलचित्र) श्रवण मुकारुङ, सर्वोत्कृष्ट संगीतकार (चलचित्र) अर्जुन पोखरेल, सर्वोत्कृष्ट गायिका (चलचित्र) इन्द्रकला राई, सर्वोत्कृष्ट गीतकार (आधुनिक) रोशनी तारा बज्राचार्य, सर्वोत्कृष्ट गीतकार (डायस्पोरा) दीपेन्द्र खड्का, सर्वोत्कृष्ट संगीतकार (लोक/पप) प्रमोद पन्त, सर्वोत्कृष्ट संगीतकार (आधुनिक) जीवन शर्मा, सर्वोत्कृष्ट गायक (आधुनिक) महेश शिल्पाकार, सर्वोत्कृष्ट संगीत संयोजन रिकेश गुरुङ किज, सर्वोत्कृष्ट ध्वनि मिश्रण साजन शाह, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (पप/आधुनिक) देवेन्द्र पाण्डे, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (आधुनिक) सन्तोष लामा, सर्वोत्कृष्ट महिला मोडल (पप/आधुनिक) बिना राउत, सर्वोत्कृष्ट पुरुष मोडल (पप/आधुनिक) रमेश विश्वकर्मालाई अवार्ड प्रदान गरिएको थियो ।
यस्तै सर्वोत्कृष्ट संगीतकार (पप/आधुनिक) योगेश काजी शाह, सर्वोत्कृष्ट गायक राज सिग्देल, सर्वोत्कृष्ट गायिका रचना रिमाल, सर्वोत्कृष्ट गायक (लोक पप) शिव कैलाश, सर्वोत्कृष्ट गायिका (लोक) सरिता भारती, सर्वोत्कृष्ट नवमोडल (पप) मुकेश गुरुङ, सर्वोत्कृष्ट पुरुष मोडल दुर्गेश थापा, सर्वोत्कृष्ट महिला मोडल प्रियंका कार्की, सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकन हरि हुमागाई, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन पवन सुस्लिङ, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक माधव शर्मा, सर्वोत्कृष्ट लय संकलक (लोक/दोहोरी) वसन्त थापा, सर्वोत्कृष्ट गायक (लोक/दोहोरी) अर्जुन सापकोटा, सर्वोत्कृष्ट गायिका (लोक/दोहोरी) पूर्णकला बीसी, सर्वोत्कृष्ट नवगायक (लोक/दोहोरी) श्रीराम पौडेल, सर्वोत्कृष्ट नव गायिका (लोक/दोहोरी) रिया खत्री, सर्वोत्कृष्ट गायक (पप) सिडी विजय अधिकारी, सर्वोत्कृष्ट गायिका (पप) ममता गुरुङ, सर्वोत्कृष्ट महिला मोडल (लोक/दोहोरी) अस्मिता रनपाल, सर्वोत्कृष्ट म्युजिक भिडियो नृत्य निर्देशक सन्तोष राजवाहक, सर्वोत्कृष्ट गायक (नेवारी गीत) ईश्वर मागिया, सर्वोत्कृष्ट तीज गीत ‘ढल्काएर छड्के तिलहरी’, सर्वोत्कृष्ट नवगायक (लोक/दोहोरी) (जुरी) सञ्जय देवकोटा, सर्वोत्कृष्ट गायिका (तीज गीत) मञ्जु थापा, पब्लिक च्वाइस अवार्ड ‘दुश्मन हेरेको हेरै’ का लागि दुर्गेश थापा, पब्लिक फेस अवार्ड उमर खान, सर्वोत्कृष्ट गायक (तामाङ सेलो) हवल लामा, सर्वोत्कृष्ट नवमोडल (पप/आधुनिक) ध्रुव जिसी, सर्वोत्कृष्ट नवगायिका (पप/आधुनिक) स्मिता बोहोरा र पब्लिक च्वाइस अवार्ड (जुरी) ‘गुन भुल्यौ’-सारिका घिमिरेले प्राप्त गर्नुभयोे ।
त्यसैगरी जिनियस लोक नृत्य प्रतियोगिताअन्तर्गत विभिन्न विद्यालयका समूहले आकर्षक प्रस्तुति दिएका थिए । प्रतियोगितामा रिलायन्स इन्टरनेशनल एकेडेमी पहिलो, तिरुपति इङ्लिस स्कूल दोस्रो, मानसिधार्थ इंग्लिस स्कुल तेस्रो र टाइमलाइन स्कुल चौथो स्थानमा रहेका थिए । कार्यक्रमको सञ्चालन गोपाल ढकाल ‘छन्दे’ले गर्नुभएको थियो । विविध सांस्कृतिक लोक नृत्यका प्रस्तुतिहरूले कार्यक्रमलाई अझ रंगीन र मनोरञ्जनपूर्ण बनाएको थियो । कार्यक्रममा उपस्थित कलाकार, विद्यार्थी, अभिभावक र दर्शकहरूले जिनियस म्युजिक अवार्डलाई नेपाली संगीत, नृत्य र प्रतिभा प्रदर्शनको उत्कृष्ट मञ्चका रूपमा प्रशंसा गरेका थिए ।
कार्यक्रममा संगीत, नृत्य र सम्मानको समिश्रणले नेपाली सांगीतिक क्षेत्रको विविधता, सिर्जनशीलता र मौलिक पहिचानलाई उजागर गरेको आयोजकले जनाएको छ । जिनियस म्युजिक अवार्ड नेपाली कला, संस्कृति र मौलिक संगीतको संरक्षण, प्रवद्र्धन र प्रोत्साहनका लागि निरन्तर आयोजित हुँदै आएको प्रतिष्ठित मञ्च हो । आयोजक संस्थाका अध्यक्ष रमेश पाठकले आगामी वर्षहरूमा अझ व्यापक रूपमा अन्तर्राष्ट्रियस्तरमा नेपाली कलाकार र सिर्जनाको पहिचान स्थापित गर्ने लक्ष्य राखेको बताउनुभयो ।
काठमाडौं — नेपाली लोक तथा दोहोरी गीतसंगीत क्षेत्रमा अर्को एउटा महत्वपूर्ण अध्याय थप्दै, एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच बहुप्रतिक्षित टेलिभिजन रियालिटी शो “लोक दोहोरी स्टार” का लागि आधिकारिक म्युजिक पार्टनर सम्झौता सम्पन्न भएको छ। म्युजिक नेपालका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत उत्तम थापा र एभेन्टोज डिजिटलका तर्फबाट शोका निर्माता डेभिल सिंह राजपुतले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता कार्यक्रममा म्युजिक नेपालका तर्फबाट निराजन महर्जन उपस्थित थिए भने एभेन्टोज डिजिटलका तर्फबाट शोका सह–निर्माता तथा प्रशासन प्रमुख यादब बहादुर थापा सहभागी थिए। साथै, शो निर्देशक माधव राज खरेल, र शोका निर्णायक चन्द्र शर्माजस्ता व्यक्तित्वहरूको उपस्थिती रहेको थियो।
दुबै पक्षले कार्यक्रममा “लोक दोहोरी स्टार” लाई नेपाली संगीत इतिहासकै भव्य र फरक शोका रूपमा प्रस्तुत गर्ने साझा प्रतिबद्धता व्यक्त गरे। उनीहरूको भनाइ अनुसार, यो सहकार्यले शोका मौलिक गीत, दोहोरी र सिर्जनात्मक प्रस्तुतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा म्युजिक नेपालको डिजिटल प्लेटफर्ममार्फत प्रचार–प्रसार गर्न सहयोग पु¥याउनेछ।
एभेन्टोज डिजिटलद्वारा निर्माण भइरहेको “लोक दोहोरी स्टार” ले देशभरका प्रतिभाशाली लोक दोहोरी गायक–गायिकाहरूलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्य लिएको छ। निर्णायक मण्डलमा र्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, गायिका रीता थापा मगर, गायक तथा संगीतकार चन्द्र शर्मा, र गायक तथा संगीतकार अमृत खाती रहेका छन्। शोको एक्सक्लुसिभ टेलिभिजन पार्टनर स्पेस टेलिभिजन रहेको छ भने अफिसियल युट्युब च्यानल एभेन्टोज डिजिटलमार्फत कार्यक्रम प्रसारण गरिनेछ। यस अघि यस सिजनको “लोक दोहोरी स्टार” को मेघा अडिशनको कार्य सम्पन्न भैसकेको छ ।
सम्झौतापछि दुवै संस्थाका प्रतिनिधिहरूले यो सहकार्य नेपाली लोकसंगीतको उत्थान र संरक्षणका लागि माइलस्टोन सावित हुने विश्वास व्यक्त गरे। शोले परम्परागत लोकसंगीतलाई आधुनिक प्रविधि र आकर्षक प्रस्तुतीको माध्यमबाट नयाँ पुस्ताका दर्शकमा पुनः जीवन्त बनाउने लक्ष्य लिएको छ। कार्यक्रम मंसीरको दोश्रो साताबाट प्रशारणमा आउने भएको छ ।
उर्लाबारी, मोरङ – उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा शनिबार एक भव्य समारोहका बीच “जुनियर मिस्टर एण्ड मिस उर्लाबारी २०८२, सिजन–२” को ग्राण्ड फाइनल सम्पन्न भएको छ। आकर्षक नृत्य, सांगीतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण उक्त ग्राण्ड फाइनलमा कुल ४३ जना प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा भएको थियो।
जुनियर मिस्टर उर्लाबारीतर्फ उर्लाबारी–८ का आदित्य बराल विजेता बनेका छन्। उनी लालिगुरास सेकेन्डरी बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थी हुन्। सोही शीर्षकअन्तर्गत फर्स्ट रनर अपको उपाधि पशुपति आवासीय माविका मिङ्सो हाङ लिम्बुले हात पारे भने ब्रिलियन्ट बोर्डिङ स्कूलका समिप दाहाल सेकेण्ड रनर अप घोषित भएका छन्।
त्यसैगरी, जुनियर मिस उर्लाबारीको ताज उर्लाबारी–३ की सायुरी दाहालले जितेकी छन्, जो सप्तकोशी आवासीय माविमा अध्ययनरत छिन्। उनलाई सिजन–१ की विजेता मेट्रिना सुवेदीले ताज पहिराइदिएकी थिइन्। मिस उर्लाबारीतर्फ फर्स्ट रनर अपको उपाधि पशुपति आवासीय माविकी सेविका थापाले प्राप्त गरिन् भने लालिगुरास अंग्रेजी माविकी गृषिका कार्की सेकेण्ड रनर अप बनेकी छन्।
विजेताहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। इटहरीस्थित ड्रिम मोडलिङ एजेन्सी प्रा.लि. र क्रिएटर आर्ट फाउण्डेसन उर्लाबारीको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा प्रतिभा, व्यक्तित्व र प्रस्तुतीका आधारमा विजेताहरू छनोट गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।
निर्णायक मण्डलीमा शान्ति पाख्रिन, रोनक अग्रवाल, संगिना चौधरी, अस्मिता ओली श्रेष्ठ र नवित प्रधान रहेका थिए। कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बु, ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रञ्जन बराल, वडा सदस्य सुमन कार्की, समाजसेवी नितम चौहान, पत्रकार घनश्याम भण्डारी र सरोज बस्नेत लगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक विकी ठकुरीका अनुसार, “जुनियर मिस्टर एण्ड मिस उर्लाबारी” प्रतियोगिता बालबालिकाको आत्मविश्वास, नेतृत्व क्षमता र सृजनशीलता विकासका लागि उत्कृष्ट मञ्चका रूपमा स्थापित भएको छ।
यसैगरी, विशेष उपाधिहरूमा भोटिङ स्टार उपाधि एञ्जेल चौधरी र सोधुहाङ लिम्बुले प्राप्त गरेका छन् भने पब्लिक च्वाइस उपाधि सायुरी दाहाल र निस्साम श्रेष्ठले जितेका छन्।