Bangkok, Thailand | The UNIP UN Glory Award 2025 and Global Meet concluded grandly in Bangkok, the capital of Thailand. As part of the World Peace Tour, the program was jointly organized by United Nature International Peace (UNIP) and Glory Media Nepal at the Princeton Hotel on September 1.
On this occasion, 12 distinguished individuals from various countries and 2 organizations were honored with international awards. Among them are In Business Administration Mr. Brajesh Kumar Jha, Deputy Chief Executive Officer of Salt Trading Corporation Limited Nepal, in Tourism senior tourism entrepreneur Mr. Ram Prasad Sapkota- Nepal, in Social Service NRNA Global Leader Mr. Kumar Karki, Myanmar, in Hospitality Mr. Lal Singh Khadka-Cambodia, in Business entrepreneur and former President of Thai Nepali Society Ms. Bhawana Rai- Thailand, and institutionally, Salt Trading Corporation Limited in Corporate Category and UNIP Thailand Chapter in Social Category were honored.

Likewise, in Peace and Advocacy, UNIP International Coordinator and President of the Bangladesh Chapter Mr. Raju Shah, in International Relations, Dr. Srinivas Eluri-India, in Women Empowerment UNIP Worldwide Secretary General Dr. D. N. Jerina- Sri Lanka, in Environmental Engineering Environmental Engineer Mr. Hilol Ray- USA, in Health President of Chiropractic Medical Association Dr. Fusao Kitagawa - Japan, in Sports Management President of Libertas Avellino AssociationDr. Vincenzo Mancuso - Italy and in Literature Dr. Orlando Simiele- Italy, President of Global Writers AcademyMr. Bishwananda Sinha-India, poet Ms. Andrea Ensico Ruiz- Colombia and founder of zezabek Quotes and Poems Ms. Zezabek Marmark -Philippines were honored.
Similarly, in the Nepal category, Mr. Surendra Wagle in social Research, Ms. Suchita Kafle in Literature, Ms. Sumitra Thapa in Women Entrepreneurship, Ms. Sabitri Thapa Khanal in Social Service, Mr. Krishna Hari Aryal in Business Entrepreneurship, Mr. Ganga Bahadur Khadka in Business Leadership, Mr. Kumar Prasad Chaulagain in Media and Journalism, Mr. Suman Chimariya in Agro-based Industry, Mr. Dawa Gumbho Tamang in Politics and Local Governance, Mr. Chewang Dorje Tamang in Public Service, Mr. Hirakaji Maharjan in Multi-sector Contribution, Mr. Ashesh Kumar Budhathoki in Import-Export and Mr. Bibek Poudel in Employment were awarded.
Furthermore, 16 individuals who have been continuously contributing to peace and humanity were presented with International Peace Ambassador Certificates. They were declared International Peace Ambassadors with a one-year appointment. Among them are Ven. Dr. Raju Lama P. Kondan, Mr. Saroj Ojha, Mr. Ravi Raj Shahi, Ms. Dipika Rayamajhi, Mr. Deepak Chandra Gautam, Ms. Pabitra Bhandari, Mr. Hikmat Dahal, Mr. Bimal Kumar Bhattarai, Ms. Manju Shrestha, Mr. Harisharan Manandhar, Mr. Dip Prasad Dhamala, Mr. Moti Tamang, Mr. Bishnu Prasad Adhikari, Mr. Keshav Basnet, Ms. Nikita Shrestha, and Mr. Shivahari Khanal.
Speakers at the ceremony emphasized peace, unity, and cooperation. Deputy CEO of Salt Trading Corporation Mr. Brajesh Kumar Jha, Myanmar’s Mr. Kumar Karki, entrepreneur Ms. Bhawana Rai, tourism entrepreneur Mr. Ram Prasad Sapkota, chartered accountant Mr. Bibek Poudel, and people’s representative Mr. Dawa Gumbho Tamang stressed that the world must unite for peace.

Chairman of Glory Media, Mr. Saroj Ojha, remarked that art, culture, and media possess the power to transcend borders and play an important role in promoting world peace and prosperity.
Similarly, President of UNIP Bangladesh Chapter, Mr. Raju Shah, stated that this event see is a symbol of peace, unity, and international cooperation.
National President of UNIP Nepal Chapter, Ven. Dr. Raju Lama P. Kondan, said that social service and humanitarian work know no boundaries, and therefore peace practice must equally take place in all communities.

Likewise, President of UNIP Thailand, Prof. Dr. Sriwan Kingjun, praised Nepal’s important role in promoting world peace and extended her gratitude to the participants. Executive President of UNIP Nepal, Mr. Ravi Raj Shahi, delivered the welcome remarks, while Secretary General Mr. Deepak Chandra Gautam extended the vote of thanks.
At the program, classical dancer Engarat Shivammathevit performed a classical dance, and a documentary on Lord Buddha was also screened. The ceremony was attended by nearly one hundred peace leaders, human rights activists, diplomats, politicians, entrepreneurs, litterateurs, social leaders, and other distinguished guests.


काठमाण्डौ- भोली भाद्र २० गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र चिट्ठीको प्रदर्शन निर्माण कम्पनीले हाललाई स्थगन गरेको छ । चलचित्र चिट्ठीको प्रदर्शनका लागी उपयुक्त शो र समय प्रदान नगरेको भन्दै हाललाई शोहरु स्थगन गरिएको निर्माताहरुले जनाएका छन् । निर्देशक माधब राज खरेलले दर्शकहरुसँग क्षमा माग्दै भनेका छन् “हामीले वाचा गरे अनुरुप यहाँहरु सामु चलचित्रलाई प्रदर्शन गर्न असमर्थ भयौं । हामी अत्यन्तै दुःखी छौं र यहाँहरुको असुविधाका लागि हृदयदेखि क्षमा पनि चाहन्छौं ।”
कलाकार, निर्माण कम्पनी तथा बितरक शोहरु रोक्नु पर्दा दुःखी भएका छन् । पछिल्लो समय नेपाली चलचित्रहरुलाई शोहरु कमदिने गरेको पाईएको छ ।
निर्माण कम्पनीले निकालेको प्रेस बिज्ञप्ती यस प्रकार रहेको छ ।
मितिः २०८२ भाद्र १९
आदरणिय दर्शक महानुभावहरु,
चलचित्र प्रदर्शकज्यूहरु, शुभेच्छुक एवम् सञ्चारकर्मी साथीहरु ।
विषयः प्रदर्शन स्थगन गरिएको सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा, यस कम्पनीद्धारा निर्मित एवम् कुवेर सिने डिष्ट्रिव्युसनद्धारा बितरित मिति २०८२ भाद्र २० गते देखी प्रदर्शनमा आउन लागेको चलचित्र चिट्ठीको प्रदर्शन हाललाई स्थगन गरिएको ब्यहोरा जानकारी गराउन चाहान्छौ ।
हाम्रो अथक मेहनत र सपना बोकेको चलचित्र “चिट्ठी” को प्रदर्शन भोलि अर्थात् भाद्र २० गतेदेखि देशव्यापी रूपमा रिलिज गर्ने योजना हामीले बनाएका थियौ । तर, अत्यन्तै दुःखका साथ सूचित गर्न चाहन्छौं कि यस चलचित्रको निर्धारित शोहरू समयमा प्राप्त गर्न सकिएनन्, कतिपय हलहरूले शो नै नदिएको वा दिँदा पनि अफ–टाइम मात्र दिएको अवस्थाले गर्दा हामी बाध्य भएर चलचित्रको तत्कालीन प्रदर्शन स्थगित गर्ने निर्णय गर्नुपरेको छ । हामी सबै कलाकार, प्राविधिक, निर्माता–निर्देशकको टिम दिनरात खटेर यो चलचित्रलाई तपाईंहरूसम्म ल्याउने सपना बोकेका थियौं । तर, यथार्थपरक परिस्थितिले हाम्रो त्यो सपना केही समयका लागि रोकिएको मात्र हो ।
हामीलाई थाहा छ, धेरै दर्शकले ‘चिट्ठी’ हेर्ने उत्साह देखाउनुभएको थियो । तपाईंहरूको त्यही माया र साथले हामीलाई अझ बलियो बनाएको छ । आगामी दिनमा नयाँ मितिसहित अझ प्रभावकारी रूपमा प्रदर्शनमा ल्याउने छौं भन्ने दृढ विश्वास दिलाउन चाहन्छौ ।
हामीले अथक प्रयास गर्दा गर्दै पनि चलचित्र चिट्ठीको प्रदर्शनका लागी उपयुक्त शो र समय प्रदान नगर्नु शो स्थगन गर्नुको प्रमुख कारण रहेको छ । हामी आदरणिय दर्शकहरुसँग क्षमा चाहान्छौ कि हामीले वाचा गरे अनुरुप यहाँहरु सामु चलचित्रलाई प्रदर्शन गर्न असमर्थ भयौं । हामी अत्यन्तै दुःखी छौं र यहाँहरुको असुविधाका लागि हृदयदेखि क्षमा पनि चाहन्छौं ।
हाल सम्म तपाईंहरूले दिनुभएको साथ, माया र धैर्यको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
टिनएजरहरु सम्बन्धीत मोडलिङ प्रतियोगिता मिष्टर एण्ड मिस टिन सुपर मोडल २०२५ सम्पन्न भएको छ । प्रतियोगितामा १६ जना मिष्टर टिन सुपर मोडलका दावेदारहरु मध्ये रौनक सिंह ठकुरी र २९ जना मिस टिन सुपर मोडलका दावेदारहरु मध्येबाट एन्जेलिना महर्जन शीर्ष उपाधि विजेता चयन भएका थिए । प्रतियोगितामा अन्जील के.सी. र जेनिशा बस्नेत फस्ट रनर अप, जोनसाङ राई र वर्षा रायमाझी सकेन्ड रनर अप तथा अरित्र रोय र रानीश्री कार्की थर्ड रनर अपका रुपमा छानिएका थिए ।
एभरेष्ट इभेन्ट्सका लागि कृष्ण श्रेष्ठ रोबेन आयोजक रहेको सो प्रतियोगिताको कोरियोग्राफी कोरियोग्राफरद्वय आर्शु महर्जन र सुगन्धा अधिकारीले सम्हालेका थिए भने कार्यक्रमको संचालन फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा आभाष घिमिरे र लुना कार्कीलाई फेश अफ टिन सुपर मोडल चयन गरिएको थियो भने सार्थक श्रेष्ठ र निर्जला अधिकारी ब्राण्ड एम्बेसडरका रुपमा निक्र्यौल गरिएका थिए । यसैगरी प्रतियोगितामा सक्सेस खड्गी र रोजी रिजाल अर्गनाइजर च्वाइस, आशिका खत्री ब्युटी विथ ब्रेन, ईशा शर्मा पब्लिक च्वाइस अवार्ड, र कृतिका प्रधानलाई भ्युअर च्वाइस अवार्ड प्रदान गरिएको थियो । प्रतियोगितामा फरक रुपमा सक्षम सहभागि साधना घिमिरेलाई इन्सपिरेसनल रोल मोडलको अवार्ड प्रदान गरिएको थियो ।
काठमाण्डौ - नेपाल चलचित्र कलाकार संघ र नेपाल पत्रकार महासंघ बीच यहि भाद्र ६ गते एन्फाको खेल मैदानमा रमाइलो मैत्रीपूर्ण फुटबल खेल भब्य रुपमा सम्पन्न भएको थियो। साथी संस्थाले नेपाली महिलाहरुको महान पर्व तीजलाई महिला शशक्तिकरण र समानताको पर्वको रुपमा बिगत दश बर्ष देखि तीज संवाद लगायतका कार्यक्रमहरुकोको आयोजना गर्दै आईरहेको छ ।
साथी संस्थाले नेपाली महिलाहरुको महान पर्व तीजलाई महिला शशक्तिकरण र समानताको पर्वको रुपमा बिगत दश बर्षदेखी निरन्तर रुपमा तीज संवाद लगायतका कार्यक्रमहरुको आयोजना गर्दै आईरहेकोमा यस बर्ष तीज संबादमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला पत्रकार महासंघकी अश्यक्ष निर्मला शर्मा र नेपाली फुटबल जगतका हस्ती खेलाडी तथा प्रशीक्षक राजु काजी शाक्य सहभागी हुनु भएको थियो ्र संबादको सहजीकरण बन्दना राणाज्यूले गर्नु भएको थियो ।
उक्त संवाद कार्यक्रम संस्कार, धर्म र परम्परासँग जोडिएका विकृति र वीसंगतीका अभ्यासहरूका बारे चेतना जगाउने प्रयास भएको थियो विशेषगरी शो कार्यक्रममा सहभागी वक्ताहरूले छोरीको जन्मलाई मूल्यवान् ठान्दै हर्षोल्लासपूर्वक स्वागत गर्ने, महिलाको आर्थिक सशक्तिकरण , पुरुष र महिलाबीच घरायसी कामको बाँडफाँड, परिवर्तन आफैं र आफ्नै घरबाट सुरु गर्ने, रूढीवादी मान्यता तोड्दै नयाँ दृष्टिकोण निर्माण गर्ने लगायतका विषयहरुमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।
साथी संस्थाले यस बर्षको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघलाई सहभागीताका लागि निमन्त्रणा गरेकोमा संस्थाको तर्फबाट धन्यबाद दिन चाहन्छु संघका अध्यक्ष निरौलाले बताउनु भयो। अध्यक्ष निरौलाले विशेष गरेर बन्दना राणा प्रति आभार व्यक्त गर्दे उक्त कार्यक्रममा सहभागिता जनाऊनु हुने चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, चलचित्रकर्मीहरु,संघका सदस्यहरु, कार्यसमिति परिवार, संचारकर्मीहरु सवैलाई लाई आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको विशेष आकर्षण नेपाल पत्रकार महासंघ र नेपाल चलचित्र कलाकार संघबीचको भएको मैत्रीपूर्ण फुटबल खेल रह्यो – जसले तीज केवल संवाद र चेतना मात्र नभई सहकार्य, मित्रता र रमाइलोपनको उत्सव पनि हो भन्ने पनि सन्देश दिन सफल भएको देखिन्छ । एन्फा खेल मैदान सातदोबाटोमा सम्पन्न भएको उक्त खेलमा “हाम्रो सामुहिक गोलः महिला र बालबालिका हिंसाको अन्त्य” भन्ने सन्देश सहितको अभियानमा खेल भएको थियो । दुवै पक्षका महिला तथा पुरुष खेलाडीहरुले समान रुपमा खेलेका उक्त खेलको कमेन्ट्रि कलाकार तथा कलाकार संघका सदस्य गोपाल ढकाल छन्देले गर्नु भएको थियो । मैत्रीपूर्ण उक्त खेलमा कलाकार टिमलाई हराउदै पत्रकार टिमले पचास हजार रुपैंयाको नगद राशी सहित प्रथम भएको थियो भने पैतिस हजार रुपैंयाको नगद राशी सहित नेपाल चलचित्र कलाकार संघ द्धितिय भएको थियो ।
संघका तर्फबाट कार्यक्रमका संयोजक रहनु भएका रबिन्द्र खडका, सह संयोजक सुनिल कटुवाल तथा संघको तर्फबाट फुटबल खेलको क्याप्टेनको जिम्बेवारी लिनु भएका शंकर बि सी, संघको तर्फबाट खेलाडीको रुपमा सहभागी सम्पुर्ण कलाकारहरुलाई कलाकार संघले आभार प्रकट गरेको छ ।
कलाकार संघका तर्फवाट मोहन निरौला, रविन्द्र खड्का, सुनिल कटुवाल, शंकर बिसी, दुर्गेश थापा, सविन श्रेष्ठ, सागर लम्साल, रोशन श्रेष्ठ, अँक्रिष्ट प्रधान, गजित बिष्ट, सौगात बिष्ट, गोपाल ढकाल छन्दे, रोहित रुम्बा, आकाश बाबु खवास, सुवास मेचे, अस्मिता रनपाल, यस राज, कबिर खड्का, समिर लामा, डि. बि. आले, राजेन्द्र के. सी. पवित्रा आचार्य, नम्रता खरेल, सरिता राजोपाध्याय, अस्मिता जुरेली, बिना राउत, लोसिना लामिछाने, एलिना रायमाझी, अमृत मान महर्जन, युवस ज्ञवाली लगायतका कलाकारहरुले खेल्नु भएको थियो । खेलको क्रममा खेलाडी तथा कलाकार रोशन श्रेष्ठ सामान्य घाईते हुनु भएको थियो ।


काठमाण्डौ – छायाँछवि क्रियशनको आयोजनामा हरेक वर्ष गरिने छायाँछवि तीज म्यूजिक अवार्डको १२ औं संस्करण सम्पन्न भएको छ । लोकसंस्कृति तथा संगीतको पर्वका रुपमा चिनिने एवं महिलाहरुको महान चाँड हरितालिका तीजका अवसरमा प्रकाशित गीतहरुलाई लिएर आयोजना गरिने छायाँछवि तीज म्युजिक अवार्डमा १८ अवार्ड तथा ६ सम्मान एवं १ पुरस्कार प्रदान गरी सम्पन्न भएको छ ।
सुकेधारा स्थित लेभीज गार्डेनमा सम्पन्न भएको छायाँछवि तीज म्युजिक अवार्डमा गत वर्ष स्थापना गरिएको छायाँछवि दिपाशा स्मृति पुरस्कार यस वर्ष मोडल कलाकार सञ्चिता शाहिलाई प्रदान गरिएको छ । रु ११०००÷– राशि सहितको यो पुरस्कार गत वर्ष भने मोडेल कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो ।
यस्तै तीजका अवसरमा आयोजना गरिदै आएको छायाँछवि तीज म्युजिक अवार्डमा ६ जना नारी कलाकारहरुलाई सम्मान समेत गरीएको छ । गायिका गीता भट्टराई, गायिका तथा अभिनेत्री सारीका घिमिरे, गायिका अञ्जु श्रेष्ठ, सौन्दर्यकर्मीद्वय संगीता राना मगर र अप्सना नेवा हायु लाई तीज म्युजिक अवार्डका अवसरमा सम्मान गरिएको छ । साथै तीज नारी सम्मान अन्तर्गत नै वोस्टर्न अमेरीका निवासी गायिका शुशीला वस्नेत तिमील्सीनालाई डायस्पोरा सम्मान प्रदान गरिएको छ । सम्मान बिशिष्ट अतिथी चलचित्र बिकाश बोर्ड अध्यक्ष दिनेश डीसी, वरिष्ठ गायिका देविका बन्दना, अवार्डका अध्यक्ष शान्तिप्रिय, अवार्ड संयोजक कृष्णा आचार्य रोशनीले प्रदान गरेका थिए ।
अवार्ड कार्यक्रममा केहि नृत्य तथा गायन प्रस्तुति समेटीएको थियो । आर्या कोइराला एवंं डिम्पल नगरकोटीले कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा गायिकाहरु अञ्जु श्रेष्ठ र रेखा शाहले गायन प्रस्तुति दिएका थिए । कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा चलचित्र बिकाश बोर्ड अध्यक्ष दिनेश डीसी, वरिष्ठ गायिका देविका बन्दना एवं अतिथीका रुपमा साहित्यकार राधेश्याम नेपाली, संस्कृतिकर्मी आर सी कोइराला, गायिका मञ्जु थापा, गीतकार कस्तुप पन्त, लगायत चलचित्रकर्मी एवं संगीतकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा छायाँछविका अध्यक्ष शान्तिप्रियले अवार्डको उद्येश्यमाथी प्रकाश पारेका थिए । कार्यक्रम संञ्चालन दीपज्योति थापाले सञ्चालन गरेकी थिइन् ।
अवार्ड विजेताहरु :
उत्कृष्ट तीज गीत एरेन्जर
विपिन आचार्य : आइपुग्यो तीज
उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
मनोज परियार : तीजका गीत कस्ता
उत्कृष्ट तीज गीत छायांकार
मुकेश हुमागाई : बारुले कम्मरको ठुम्का
उत्कृष्ट तीज गीत सम्पादक
सुजन कोइराला : चोली फाटेको
उत्कृष्ट तीज गीत मोडल (पुरुष)
भुवन के पोखरेल : माईत बरीलै
उत्कृष्ट तीज गीत मोडल (महिला)
स्मारिका ढकाल : काली पसम कि –२
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
श्रीजन बराल ऋषि : कट्टि कट्टि
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
जेरी भण्डारी : काली पसम कि –२
उत्कृष्ट तीज गीत शब्द
जनक रावल : तीज आयो साथी संगी
उत्कृष्ट मौलिक तीज गीत शब्द
याम प्रसाद निउरे : चोली फाटेको
उत्कृष्ट तीज गीत लय
भावना आचार्य : सोच सोच
उत्कृष्ट मौलिक तीज गीत लय
योगेश काजी : मलाई हेरी हेरी
उत्कृष्ट तीज दोहोरी गीत गायक
रामचन्द्र काफ्ले : सोच सोच
उत्कृष्ट तीज दोहोरी गीत गायिका
सुजाता के.सी : सासुको तीज
उत्कृष्ट तीज गीत युगल गायन
नम्रता तामाङ÷बवी नेम्वाङ लिम्बु÷निलम रोक्का कार्की : किन्दिने हो कल्ले
उत्कृष्ट तीज गीत गायिका
जुनु गौतम : आइपुग्यो तीज
उत्कृष्ट मौलिक तीज गीत गायिका
रेखा शाह : मलाई क्या माया
इनकरेजमेन्ट अवार्ड गायिका
पुजन काफ्ले : छड्के तिलहरी
काठमाडौं - राजधानीको द प्लाजा मा आयोजित ‘ग्ल्यामर रनवे मोडेल्स २०२५’ को ग्रान्ड फिनाले भव्यताका साथ सम्पन्न भएको छ। नेपाली मोडलिङ क्षेत्रमा प्रतिष्ठित मानिने यस प्रतियोगितामा महिला विजेताको ताज कञ्चन नेपालीले जित्न सफल भइन् भने फर्स्ट रनर–अप रितु तामाङ र सेकेन्ड रनर–अप मानसी केसी बने। यस्तै, अर्गनाइजर’स च्वाइसको उपाधि हिरा आचार्यले हात पारे। पुरुषतर्फ बिभेद पौडेल विजेता घोषित भए भने भ्यूअर्स च्वाइसको अवार्ड आर्य भट्टचनले जिते।
कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन रहेका थिए भने चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा गायक अनन्द कार्की, चलचित्र निर्देशक माधव राज खरेल, अभिनेता प्रमोद अग्रहरी, मोडल मुस्कान ढकाल, कलाकार बिमल अधिकारी, डा. नविन शाह, बिनोद ढकाल लगायत नेपाली कला, संस्कृति र मोडलिङ क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय थियो।
विजेताहरूप्रति आयोजकहरूले हार्दिक बधाई व्यक्त गर्दै सम्पूर्ण सहभागी, प्रायोजक, सहयोगी तथा उपस्थित अतिथिहरूप्रति विशेष धन्यवाद दिएका छन्।
काठमाडौँ – एरा प्रोडक्सनको व्यानरमा संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’ को आधिकारिक ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । कमेडी, हरर र सस्पेन्सको मिश्रणमा बनेको यो चलचित्र आउँदो भाद्र २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई कुबेर डिष्ट्रिब्युसन बितरण गर्ने भएको छ ।
निर्देशक माधव राज खरेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रमा अर्गानिक कमेडियन रुपमा चर्चा कमाएका खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिने निर्माता पक्षको दाबी छ ।
कमेडी–हरर र सस्पेन्ससहित प्रस्तुत गरिएको यस चलचित्रमा सामाजिक सन्देशलाई मनोरञ्जनसँगै पस्कने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।
यसअघि पनि ‘टुटेको तारा’ र ‘सिन्दुरको रङ’ गीतहरु सार्वजनिक भईसकेका छन् भने ट्रेलरले दर्शकमाझ थप उत्सुकता जगाएको छ । निर्माण पक्षको विश्वास छ “चिट्ठी’ मा कलाकारहरूको दमदार अभिनय, मौलिक कथा र आकर्षक प्रस्तुति रहेको छ ।”
काठमाडौं,जनसवाल पब्लिकेशन प्रालिद्वारा प्रकाशित ‘जनसवाल राष्ट्रिय दैनिक’को १९ औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जनसवालका शभेच्छुकहरुको सहभागितामा विहीवार राजधानीको भिनोलिभा रेस्टुरेन्टमा एक कार्यक्रमका बीच वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको हो । वार्षिकोत्सव कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्य, मिडिया एलाईन्स एबम एभिन्युज टेलिभिजनका अध्यक्ष भास्कर राज कर्णिकार, एनआरएनएका कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, एनआरएनए युवा संयोजक भिमसेन थापा, एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङ, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलाबहादुर भण्डारी, पुर्व लेखा समितिका संयोजक लेखनाथ न्यौपानेको उपस्थिति थियो ।
यसैगरी कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे,बिज्ञापन एशोसियसन नेपाल आनका महासचिव कृष्ण घिमिरे, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्ष टेनिस रोका, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष सोभा अर्याल,पुर्व अध्यक्ष सूर्य सुवेदी,नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरी कार्की, वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष उद्धव भट्टराई, व्यवसायी दिनेश पौडेल,श्रवण दाहाल,मित्रबाबु पौडेल,ईश्वर सापकोटा, सन्तोष कोइराला,विनोद सापकोटा, जीवनकुमार केसी,मुकुन्द भट्टराई, पत्रकारहरू सरोज ओझा, राजकुमार सिग्देल, अनिल अधिकारी,आशिष ज्ञवाली, दीपक पुडासैनी,सन्जीव शुभचिन्तक लगायतको सहभागिता रहेको थियो ।
जनसवाल पब्लिकेसनका अध्यक्ष तथा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगालेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरूले वर्तमान अवस्थामा प्रिन्ट मिडिया संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला जनसवालले निरन्तर १९ वर्ष पार गर्नु महत्वपूर्ण भएको बताउँदै आगामी दिनमा थप प्रगतिको कामना गरे ।
यस्तै जनपक्षीय पत्रकारिताका साथै एनआरएनए र विदेशमा रहेका नेपालीको विषयलाई महत्वका साथ जनसवालले उठाइरहेको उल्लेख गर्दै उनीहरूले आगामी दिनमा थप सशक्त भएर जान शुभकामना दिए । यसैगरी एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनएको हरेक अभियानमा जनसवालले अग्रस्थानमा रहेर समाचार सम्प्रेषण गरेको भन्दै यसका सम्पादक बगाले प्रवासका नेपालीहरूको सुख दुखको सारथी बनेको उल्लेख गरे । उनले प्रवासका विषयमा थप उजागर गर्दै अघि बढ्न समेत शुभकामना दिए ।
मिडिया एलाईन्सका अध्यक्ष भास्करराज कर्णिकारले पत्रकारिताको माध्यमबाट आर्थिक क्षेत्रको समग्र विषय जनसवालले उठान गरिरहेको भन्दै अर्थतन्त्रलाई सकारात्मक दिशामा डोहोरयाउन पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताए । उनले १९ वर्षसम्म प्रिन्ट मिडिया सञ्चालन गर्न सफल भएकोमा शुभकामना दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिए । यस्तै पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारीले विदेशमा बस्ने साथीहरूको समाचारलाई जनसवालले जसरी प्राथमिकता दिएको छ, यस कामलाई निरन्तर अघि बढाउन सुझाव दिँदै थप सफलताको शुभकामना दिए ।
उनले प्रिन्ट मिडियाको पनि भविष्य रहेको भन्ने उदाहरण जनसवालले पेस गरिरहेको समेत बताए ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जनसवालको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिए । सो अवसरमा सम्पादक बगालेले जनसवाललाई अहिलेको अवस्थामा ल्याइपुर्याउन सहयोग गर्ने शुभेच्छुक, विज्ञापनदाता, गैर आवासीय नेपाली र सबै पाठकप्रति हार्दिक आभार प्रकट गरे । उनले आगामी दिनमा पत्रिका थप सशक्त ढंगले आउने पनि उनले बताए । कार्यक्रममा जनसवालका पत्रकार , कर्मचारी र ठूलो संख्यामा शुभेच्छुकको उपस्थिति रहेको थियो । सो अवसरमा वार्षिकोत्सवको खुसीयालीमा केक काटिएको थियो ।

काठमाण्डौ – छायाँछबि क्रियशनद्धारा आयोजित १२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८२ को अवसरमा गत वर्ष नै चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा स्थापना गरिएको दिपाशा स्मृति पुरस्कार यस वर्षका लागी पनि घोषणा गरिएको छ । एघार हजार एक रुपैयाको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार सञ्चिता शाहिलाई प्रदान गरिने भएको हो । यो पुरस्कार गत वर्ष चर्चित मोडल तथा कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो ।
त्यसैगरी १२ औं छायाँछबि तीज म्युजिक अवार्ड २०८१ मा गायिका गीता भट्टराई, गायिका तथा अभिनेत्री सारीका घिमिरे, गायिका अञ्जु श्रेष्ठ, सौन्दयकर्मी संगीता राना मगर एवं अप्सना नेवा हायुलाई छायाँछबि तीज नारी सम्मान प्रदान गरनिने भएको छ । साथै यसै पटक तीज नारी डायस्पोरा सम्मान समेत प्रदान गरीने भएको छ । यस पटक यो सम्मान बाट अमेरीका बोस्टर्न निवासी गायिका शुशीला वस्नेत तिमिल्सीनालाई प्रदान गरीने भएको छ । यस किसिमका सम्मानहरु आ–आफ्नो क्षेत्रलाई विशिष्ठ योगदान दिए बापत सम्मानित गर्न लागिएकोे आयोजक छायाँछबि क्रियशन अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
नेपाली चलचित्र तथा गीत संगीतको प्रबद्र्धनमा बिगत लामो समयदेखी सक्रिय रहेको छाँयाछवि क्रियशनले नेपाली कलाकारिता क्षेत्रमा कार्य गर्दै आएका नयाँ तथा पुराना कलाकारहरुलाई सम्मान, प्रोत्साहन तथा हौशला प्रदान गर्दै आईरहेको छ । कार्यक्रम यहि भाद्र ६ गते काठमाण्डौ स्थित लेभीस गार्डेनमा सम्पन्न हुन गैरहेको छ ।
काठमाडौं–‘भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा संवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ चौथो मिलाप तीज उत्सव काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा बुधबार काठमाडौंमा विशेष समारोहबीच सम्पन्न उक्त उत्सवमा नेपाली नारीको महान् पर्व तीजलाई साहित्य, कला, नृत्य र संगितमार्फत उत्सवमय बनाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालको पहिलो नायिका भुवन चन्द रहनुभएको थियो भने काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल विशेष अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथि चन्दले तीजलाई नेपाली महिलाको आत्मीयता, संस्कृति र एकताको प्रतीकका रूपमा रहेको धारणा राख्नुभयो । ‘तीज केवल रमाइलोको पर्व मात्र होइन, यो हाम्रो संस्कृति र पहिचानसँग जोडिएको अमूल्य धरोहर हो । यदि हामी नयाँ पुस्तामा यसको महत्व र मौलिकता प्रवाह गर्न सक्यौं भने हाम्रो परम्परा अझ उज्ज्वल र बलियो बन्छ’, उहाँले भन्नुभयो ।
त्यसैगरी, उपमेयर डंगोलले तीज महिलाहरूलाई सशक्त बनाउन सक्ने पर्वका रूपमा व्याख्या गर्नुभयो । ‘यस्ता उत्सवले हाम्रो संस्कृति र परम्परालाई जोगाउने मात्र होइन, समुदायमा सहकार्य र एकताको भावना पनि बढाउँछ’, उहाँको भनाइ थियो ।
उत्सवमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै ‘तीज मिलाप सम्मान’ प्रदान गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरूमा डा. तारादेवी कार्की (तारु), गायिका रीता बुढाथोकी, सारिका घिमिरे, शोभा पाण्डे, नीता आचार्य, तृप्ति खड्का, मञ्जु थापा, उर्मिला खत्री (रिया), साहित्यकार सानु शर्मा, निर्देशक सावित्री खत्री, व्यवसायी राधिका खतिवडालगायत हुनुहुन्थ्यो ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतीमा नृत्य, गीत र साहित्यिक अभिव्यक्तिहरू प्रस्तुत गरिएका थिए । यसले कार्यक्रमलाई झनै रंगीन बनाएको थियो । दिदीबहिनीहरूले तीजको परम्परागत भेषभूषामा रमाइलो गर्दै गीतमा नाच्दा वातावरण उल्लासपूर्ण बनेको थियो ।
कार्यक्रमकी सभापति गीता अधिकारीले विगत १५ वर्षदेखि निरन्तर मिलाप मासिक प्रकाशन हुँदै आएको जानकारी गराउँदै नेपाली नारीको महान् पर्व तीजलाई पनि विगत चार वषदेखि निरन्तर उत्सवका रूपमा मनाउँदै आएको बताउनुभयो । ‘यस किसिमको आयोजनाको मुख्य उद्देश्य नेपाली संस्कृतिको मौलिकता जोगाउँदै महिला सशक्तिकरण, सामाजिक एकता र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्नु हो’, उहाँले भन्नुभयो । अधिकारीले कार्यक्रममा सहकार्य र सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ व्यापक कार्यक्रम गर्ने योजना रहेको जानकारी दिनुभयो ।
यस वर्षको उत्सवलाई अभियान्ता फाउण्डेशनको प्रमुख कार्यक्रम ‘टेक लिडहर्स फेलोशिप’ अन्तर्गत सञ्चालित ‘सचेत नारी अभियान’ले समेत साथ दिएको थियो । काठमाडौं महानगरपालिकाको वडा महिला सञ्जालसँग सहकार्यमा चार महिनासम्म चलेको अभियानका कम्युनिटी एम्बास्डरहरू कार्यक्रममा सहभागी थिए । उनीहरूले डिजिटल वकालत, सञ्चार र सामुदायिक सचेतनासम्बन्धी तालिम लिएर समुदायमा लैगिंक हिंसाबारे जागरण फैलाएका छन् । अभियानमार्फत चार हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष रूपमा जानकारी दिइएको आयोजकहरूले जनाएका छन् । फाउण्डेशनले यसपटक मिलापको तीज उत्सवलाई प्रायोजनसमेत गरेको थियो, जसले मनोरञ्जन क्षेत्रका दर्शकमाझ पनि अभियानलाई जोड्ने प्रयास गरेको हो ।
सो अवसरमा विभिन्न वक्ताहरूले पछिल्लो समय तीज अत्यधिक भडकिलो बन्दै गएको भन्दै यसको मौलिकता जोगाउनुपर्नेमा जोड दिएका थिए । सहभागीहरूले मिलापका निरन्तरका कार्यहरूको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा बरिष्ठ गायिका देविका बन्दना, बरिष्ठ कलाकार शारदा गिरी, नेपाल पत्रकार महासंघ अध्यक्ष नितु पण्डित लगायतले आ-आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रम सञ्चारकर्मी रिना श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने गायिका सारिका घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि तथा अन्य अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा डा. बुनु दाहाल, हास्य कलाकार निरु खडका, सरिता राजोपाध्याय, रानु निरौला, सुनिता कुँवर, गीता सिंह, वसन्ती लामा, गीता नेपाल, बबिना भट्टराई, शिला गजुरेल, भूमी पौडेललगायत समाजमा विशेष योगदान दिनुभएका एक सय जति महिलाहरूको उपस्थिति थियो ।
कार्यक्रममा स्वस्तीका गिरी र उर्मिला खत्री (रिया) ले नृत्य प्रस्तुत गर्नुभएको थियो भने मञ्जु थापा, शोभा पाण्डे र सारिका घिमिरेले गीत प्रस्तुत गर्नुभएको थियो ।
उत्सवमा तीजको दरसहितको भोज र रमाइलो नृत्य प्रस्तृत गरिएका थिए । दिदीबहनीहरूले तीजका गीतमा छमछमी नाचेका थिए । तस्वीर : सुरेन्द्र थापा