काठमाण्डौ- राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। राजेन्द्र बजगाईको अध्यक्षता एवं विशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् भने दीपक शर्मा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, सुजाता के.सी. उपाध्यक्षमा सहमतिमा चयन हुनु भएको छ भने सनम कठायत महासचिव पदमा निर्विरोध निर्वाचित हुनु भएको छ। रिता के.सी. सचिवमा सहमतिका आधारमा चयन हुनु भएको हो। बेनिश पौडेल महिला सचिव र प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। अन्य निर्वाचित सदस्यहरूमा मनोज परियार, वीरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गीता पाण्डे, सुभाष तिम्सिना, प्रमोद डि.जी. र प्रज्वल राज भट्ट रहेका छन्। १७ सदस्यीय कार्यसमितिमा बाँकी रहेका २ सदस्य नयाँ कार्यसमितिबाट चयन गरिनेछ।
कार्यक्रम अनामनगरस्थित किम्ची रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको थियो, जसमा संस्थाका संस्थापक सल्लाहकार राजु सिंह, डा.टिका भण्डारी, चलचित्र निर्देशक माधव राज खरेल, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गीतकार डा.ओमकृष्ण प्रसाईं, बी.बी. थापा, राजेन्द्र लुईटेल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नारायण थापाले गीत–संगीतमा देखिएको विकृति र विसङ्गतिलाई नियन्त्रण गर्न कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, महासचिव सनम कठायतले पछिल्लो समय कलाकर्मीहरूमा देखिएको नैराश्यताको अन्त्य गर्न केही रचनात्मक कार्यक्रमहरूको थालनी गर्ने, श्रष्टाहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखी सिङ्गो कलाकर्मी वर्गको हित हुने कार्यक्रमहरू सुरु गर्ने तथा स्वास्थ्य बीमा लगायतका सामाजिक कार्यहरूमा संस्था क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिष्ठानका संस्थापक तथा निवर्तमान अध्यक्ष राजेन्द्र बजगाईले नवनिर्वाचित कार्यसमितिले प्रतिष्ठानको गौरव बढाउने विविध प्रभावकारी तथा रचनात्मक कार्यहरू गर्नेमा पूर्ण आशावादी रहेको बताउनुभयो। साथै, सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूले आ–आफ्नो तहबाट समर्पित भएर श्रष्टामुखी कार्यहरू गर्दै जाने दृढ प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
काठमाण्डौ – चलचित्र “ढुङ्गे युग” मार्फत नेपाली संवाद विहिन तथा मूक चलचित्रको इतिहासमा आफ्नो नाम लेखाइसकेका निर्देशक माधव राज खरेल आफ्नो पछिल्लो गीत “दूरदेखी आएँ प्रिय” बोलको गीत मार्फत समाजका संवेदनशील पक्षमा चोटिलो प्रहार गरेका छन् । हालैसालै सार्वजनिक भएको गीत उक्त गीतमा खरेलले गीतकारका रूपमा शब्द संयोजन गरेका छन्, जसले आधुनिक शहरको विसंगति, सम्बन्धको संकुचन र आत्म–विरोधाभासको भावलाई गहिरो चित्रण गरका छन् ।
खरेलले लेखेका गीतका शब्दहरू भावनात्मक मात्र होइनन्, सामाजिक चेतनाले पनि भरिएका छन् ।
“दुरदेखि आएँ प्रिय, तिमी बस्ने शहरमा,
आत्माहरु बिक्दा रैछन्, सफल हुने रहरमा”
प्रस्तुत हरफहरू मार्फत निर्देशक खरेलले आजको दुनिँयाको उपभोक्तावादी समाजमा रहेका मानिसहरु विशेषतः माया प्रेमले परिपुर्ण आत्मा, कसरी व्यापारको वस्तु बन्न पुगेको छ भन्ने सन्देश दिएका छन् । उनको लेखनशैलीमा गहिरो भाव र प्रतीकात्मक बिम्ब रहेको छ, जसले दर्शक तथा श्रोताहरुको अन्तरमन छुनेमा निर्देशक तथा गीतकार खरेल विश्वस्थ रहेका छन् ।
गीतमा स्वर दिएका छन् गायक डेभिड शंकरले । डेभिड ंशंकर पछिल्लो पुस्ताका लोकप्रिय गायक हुन् । थुप्रै दर्शक तथा श्रोताहरुको मनमुटुमा बस्न सफल गायक डेभिडले शब्दको मर्मलाई आत्मीय गायनमार्फत जीवन्त पार्ने कोशिस छन् । यस गीतको संगीतको पक्षपनि अत्यन्तै उत्कृष्ट रहेको छ । गीतको संगीत र संगीत संयोजन राजेन्द्र बजगाईको रहेको छ, जसले सरल तर प्रभावशाली धुन सिर्जना गरेका छन्, संगीतको मिठास धुनले गीतलाई भावनाको लहरसँगै बाँधेर लैजान्छ । गीतको रेकर्डिङ, ध्वनी मिश्रण तथा सम्पादन मनोज परियारले गरेका हुन् ।
यस गीतको म्यूजिक भिडियोको पक्ष पनि उत्कृष्ट रहेको छ । गायक स्वयम्ले नै भिडियोमा अभिनय गरेका छन् भने निर्देशनमा रहेकी छिन् पुजा ठकुरी, जसले निर्देशक खरेलको शब्दलाई दृश्यमा जीवनन्तता दिएर गीतको सन्देशलाई अझ प्रभावशाली बनाएकी छन् । ठकुरी पछिल्लो पुस्तामा क्रियाशिल म्यूजिक भिडियो निर्देशकको रुपमा चिनिन्छिन् । भिडियोको छायांकन युदिन योञ्जन, सम्पादन तथा कलर संयोजन बिनोद बमले गरेका छन् । बम नेपाली म्युजिक भिडियो क्षेत्रमा सक्रिय र ख्यातीप्राप्त सम्पादक तथा कलरिस्ट हुन् ।
यसै गीतमार्फत खरेलले भन्न खोजेका छन् -“आजको समाजमा मान्छे ‘मान्छे’ रहन सकिरहेको छैन । प्रेम, मूल्य र संवेदनशीलता जस्ता भावनाहरू नाफाको बजारमा हराउँदै गएका छन् ।”
“राजा रंक एउटै भए, तिम्रो नगरमा
मायालुले माया भुल्ने, यो शहरमा”
यो गीत खरेलको सिर्जनात्मक यात्राको एउटा अर्को महत्वपूर्ण अध्याय पनि बनेको छ । शब्द, स्वर, संगीत र दृश्यको मिठासपूर्ण मिश्रणको रुपमा तैयार भएको “दुरदेखि आएँ प्रिय” केवल गीत मात्र होइन, यसलाई समाजको मनोविश्लेषणको रुपमा समेत लिन सकिने खरलले बताए ।
यो गीतले केवल मनोरञ्जनका लागी मात्र नभई आम रुपमा सम्बन्धहरुको सोच र संवेदनालाई पनि सँगै बोकेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्र अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष अमृता थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला नेतृ यशोदा सुबेदी , सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी (बिबेक),सम्पर्क समन्वय प्रदेश समितिका कोषाध्यक्ष,ठुलोबाबु श्रेष्ठ, सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिका ईन्चार्ज मेहेन्द्र घोरासैनी, सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष तोक बहादुर गधराज(तोकेन्द्र) सिन्धुपाल्चोककी महिला नेतृहरु अम्बिका नेपाल,जानुका पराजुली ,सुमित्रा बस्नेत, मिथिला सिग्देल,लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले गणतन्त्रले दिएको अधिकार प्रयोग गर्दै महिला शसक्तिकरणको अभियानमा लाग्न बलियो संगठन निर्माण पहिलो आधार भएको बताउनु भएको थियो ।
कार्यक्रम सन्चालन अधिवक्ता एवं महिला नेतृ सुष्मा गिरीले गर्नु भएको थियो
सम्मेलन बाट रिना घिमिरेको अध्यक्षतामा ३३ सदस्सीय जिल्ला समिति सर्वसहमत निर्वाचित भएको छ ।
जसमा
अध्यक्ष— रिना घिमिरे
उपाध्यक्ष— सरस्वती घोरासैनि
उपाध्यक्ष — आशा तमाङ
उपाध्यक्ष— राधिका खतिवडा
उपाध्यक्ष — लक्ष्मी पुरी
उपाध्यक्ष— सुन्तली थापा
उपाध्यक्ष — गिता तामाङ
सचिब — सुष्मा गिरी
सहसचिब — कमला तामाङ
सह(सचिब — अप्सरा न्यौपाने
कोषाध्यक्ष — सुमित्रा कार्की
सदस्यहरु
दुर्गा न्यौपाने,रश्मि नेपाल, सरला थापा,आशा सापकोटा,रुपा थापा,उर्मिला रायमाझी ,गिता चालिसे, इन्द्रमाया सुनुवार, कुमारी बराइली,देवकी भट्टराई ,शर्मिला दुलाल, गिता श्रेष्ठ,कविता वाइबा,रामप्यारी दनुवार,तारा घतानी,प्रीयान्का गहतराज,सीता तामाङ,सीता भण्डारी,रेस्मा सुनुवार,राममाइ तामाङ,लक्ष्मि तामाङ,लक्ष्मि थामी रहेका छन् ।
निर्वाचित कार्यसमितिलाई माओवादीका बिभिन्न तहका नेताहरुले बधाई तथा शुभकामना समेत दिनु भएको छ ।
काठमाडौ – नेपाली गीतसंगीत प्रेमी दर्शक श्रोताको लागि शंकर बिसी नाम नै सांगीतिक बजार र क्षेत्रको पर्यावाची जस्तै भैसकेको छ । नेपाली लोक गीतसंगीत प्रेमी बच्चा देखि वृद्धसम्म सबैको मनमा बसेका बिसिले सांगीतिक बजारमा दशकौ आफ्नो अभिनय, निर्देशन र कोरियोग्राफी गर्दै बितायका छन् । उनि पछिल्लो समय एक सर्जकको रूपमा पनि देखिन र चिनिन थालेका छन् ।
भर्खरै मात्रै सांगीतिक बजारमा गायिका देबिका केसी र रामकुमार नेपालीले आवाज दिएको तिज गीत ‘साइली छोरी’मा पनि शंकर आफैले शब्द लेखेका हुन । रामकुमार नेपालीको लय रहेको यश गीतमा शंकर बिसिकै निर्देशन र कोरिग्राफी रहेको छ भने गीतलाई दुर्गा पौडेलले खिचेका छन् । नवीन घर्ति मगरको सम्पादनमा तयार भएको यस गीतको भिडियोमा शंकर बिसि र जुना बिश्वकर्मा लगायतको उत्कृष्ट नृत्य देख्न सकिन्छ ।
काठमाडौँ, बुढानीलकण्ठ | बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा अवस्थित पिक प्वाईन्ट एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका ६ जना विद्यार्थीले सर्वोत्कृष्ट जिपिए ४.० ल्याउँदै पिक प्वाईन्टको गौरवलाई नयाँ उचाइमा पुर्याएका छन्।
निर्जला दाहाल, मोहम्मद कलिम्सा, बरदान ढकाल, दिया घिमिरे, सन्दिप राजभण्डारी र विष्णु कुमारी खुलाल मगरले ४.० जिपिए ल्याउँदै विद्यालयको शैक्षिक क्षमता प्रमाणित गरेका हुन्।
वि.सं. २०६० सालमा स्थापना भएको यो विद्यालयले २०७० सालदेखि एसएलसी (हाल एसईई) परीक्षा दिन थालेको हो। सुरु देखिनै 'अनुत्तीर्ण शून्य' को गौरव बोकेको यस विद्यालयमा हालसम्म एकजना पनि विद्यार्थी अनुत्तीर्ण भएको छैन, जुन आफैँमा एक प्रेरणादायी उपलब्धि हो।
यसपटक ६५ जना परीक्षार्थी सहभागी रहेका मध्ये ५३ जनाले ३.६ देखि ४.० जिपिएसम्म प्राप्त गरेका छन् भने बाँकी १२ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन्। प्रधानाध्यापक बिनय श्रेष्ठका अनुसार, ३.३६ भन्दा कम जिपिए ल्याउने विद्यार्थी कोही पनि छैनन्। “४ जना विद्यार्थीले ३.९६ जिपिए प्राप्त गरेका छन्,” उहाँले जानकारी दिनुभयो।"पिक प्वाईन्टको यो उपलब्धिले बुढानीलकण्ठ नगरको मात्र होइन, समग्र नेपाली शिक्षा क्षेत्रको गर्व बढाएको छ" उहाँले भन्नुभयो ।
विद्यालयका सह-प्रधानाध्यापक महेश केसीले यो नतिजा बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेल क्षेत्र मात्र नभई सम्पूर्ण नगर र देशमै प्रेरणादायी रहेको बताउनुभयो । “यो नतिजाले हाम्रो शैक्षिक प्रतिबद्धता र गुणस्तरको प्रमाण दिएको छ,” उहाँको भनाइ छ ।
पिक प्वाईन्ट एकेडेमी पिक प्वाईन्ट एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित तीन संस्थामध्ये प्रमुख एक हो। हाल यस नेटवर्क अन्तर्गत पिक प्वाईन्ट एकेडेमी, पिक प्वाईन्ट पब्लिक स्कुल र हार्मोनी प्रोग्रेसिभ स्कुक गरी तीनवटा शाखा छन्, जसले काठमाडौँ उपत्यकामा नै फराकिलो शैक्षिक प्रभाव जमाउँदै गएको छ।
शैक्षिक संयोजक चिरञ्जीवी नेपालका अनुसार, विद्यालयले प्रविधिमैत्री, संस्कारयुक्त र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिएको छ। “हामी केवल परीक्षाकेन्द्रित होइन, मूल्य, व्यवहार र नेतृत्वक्षमता विकास गर्ने शिक्षामा विश्वास गर्छौँ,” उहाँले स्पष्ट पार्नुभयो।
विद्यालयका संस्थापक सदस्य ठमिन्द्र खतिवडाले विद्यार्थी, अभिभावक र शिक्षकलगायत सबैको मिहिनेतले यो सफलता हात परेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

काठमाडौं, असार १३ | ब्रेनल्याण्ड एकेडेमी, सुकेधारा निलोपुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत सफलता प्राप्त गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले असार १३ गते सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयबाट सहभागी भएका २५ जना सम्पूर्ण विद्यार्थीले ४.०० जिपिएसहित उत्तीर्ण भएका छन्।
विद्यालयका सहायक प्रिन्सिपल प्रशान्त दाहालले उक्त नतिजाप्रति गर्व व्यक्त गर्दै भने, “हामीले यस वर्ष २५ जना विद्यार्थी एसईईमा सहभागी गराएका थियौं, जसमध्ये सबैले उत्कृष्ट नतिजासहित ४.०० जिपिए ल्याएका छन्। यस्तो ऐतिहासिक सफलता प्राप्त गर्नु विद्यालय परिवार, विद्यार्थी, शिक्षक, अभिभावक र स्टाफहरूको सामूहिक प्रयासको परिणाम हो। यस उपलब्धिमा हामी अत्यन्त गौरवान्वित छौं।”
विद्यालयका संस्थापक प्रिन्सिपल तथा वरिष्ठ बालसाहित्यकार एवम् शिक्षासेवी पारसमणि दाहालले समेत विद्यालयको निरन्तर सफलताको मूल कारण बालमैत्री र नवप्रवर्तनशील शिक्षण पद्धति भएको उल्लेख गर्दै भने, “शिक्षा केवल अंक प्राप्तिको माध्यम होइन, व्यक्तित्व विकासको आधार हो भन्ने विश्वासका साथ हामीले शिक्षण पद्धति विकास गरेका छौं। यस नतिजाले ब्रेनल्याण्ड एकेडेमीको गुणस्तरीय शिक्षा र प्रतिबद्धतालाई पुष्टि गरेको छ।”
ब्रेनल्याण्ड एकेडेमीले विद्यार्थीको समग्र विकासमा केन्द्रित हुँदै, रचनात्मकता, नैतिकता र व्यवहारिक ज्ञानमा आधारित शिक्षण प्रविधि प्रयोग गर्दै आएको छ। विद्यालयको यो सफलताले उदाहरणीय उपलब्धि हासिल गरेको छ।

काठमाडौ । सेफ्स एसोसिएसन अफ नेपालले दही चिउरा प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।एसोसिएसनले धान दिवस तथा असार पन्ध्रको अवसरमा रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आइतबार उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले नेपालमा मनाईने सबै मेला पर्व तथा रितिरिवाज र संस्कृतिको आफ्नै विशेषता र महत्व रहेको बताए । उनले दही चिउरा खाने दिनको पनि आफ्नै विशेषता र महत्व रहेको बताउँदै दही चिउराले शरीरलाई सितलता र शक्ति प्रदान गर्ने भएकाले यसको महत्व भिन्नै रहेको उल्लेख गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष पुष्प थापा पूर्व अध्यक्षहरू गोविन्द नरसिंह केसी, सेफ रत्न बहादुर थापा, जेत लामा पाख्रिन, निवर्तमान अध्यक्ष श्याम कुमार तामाङ ,नाथमका प्रिन्सिपल राम कैलाश बिक्षा प्रमुख प्रशिक्षक मनराज खत्री लगायतले दही चिउरा खाने हाम्रो पुरानो संस्कृती भएकोले यो कार्यक्रमले हाम्रो संस्कृतीको जगेर्ना हुने गर्दछ । स्वदेशी उत्पादनको खपत हुनुको साथै नेपाली उत्पादन दही चिउराले स्वास्थ्यलाई समेत राम्रो हुने र नेपाली उद्योगबाट उत्पादित बस्तुको प्रबर्द्धन हुने कुरा बताउनुभयो।
आगामी दिनमा संस्थालाई थप सशक्त बनाउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर नेपाली खानाको अन्तर्राष्ट्रिय यात्रालाई अझ व्यापक बनाइने विश्वास व्यक्त गर्नुभयो।
एसोसियसनका महासचिव पदम बहादुर आले मगरले असार १५ को सांस्कृतिक र कृषिपरक महत्वलाई उजागर गर्ने उद्देश्यले दही चिउरा खाने कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
तनहुँ, असार ५ । साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तरसंवाद कामर्यक्रम असार ३ गते, मंगलवार, तनहुँको दमौलीस्थित व्यास नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो । साँगे क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाहरूको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विषयमा केन्द्रित सो कार्यक्रम व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठनाथ न्यौपानेको प्रमुख आतिथ्यता र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा राजनीतिक अगुवा राजेन्द्रकेशरी न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न भयो।
सो अवसरमा नगर प्रमुख न्यौपानेले अभियानले छोटो समयमै गरेका उल्लेखनीय कामको प्रशंसा गर्दै भन्नुभयो,”साँगे सभ्यताको संरक्षणका लागि यस्तो अभियान अत्यन्तै आवश्यक र समयसापेक्ष छ। स्थानीय तहमा चेतना अभिवृद्धि गर्न अभियानले पुर्याएको योगदान सराहनीय छ।”
त्यस्तै, केन्द्रीय सदस्य राजेन्द्र केशरी न्यौपानेले अभियानप्रति आभार प्रकट गर्दै भन्नुभयो,”साँगे सभ्यताको जगेर्नाका लागि यो अभियानले अनुसन्धान, मिहिनेत र गुणस्तरीय कार्यलाई जोड दिँदै अघि बढिरहेको देखिन्छ, जुन अत्यन्त प्रेरणादायक र अनुकरणीय छ।”
कार्यक्रममा शिक्षासेवीद्वय नवराज वाग्ले र बलराम वाग्लेले समेत अभियानप्रति आफ्नो समर्थन जनाउँदै शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमका संयोजक सुरेन्द्र वाग्लेले अभियानको उद्देश्य प्रष्ट पार्दै अम्रेनी, नेपालटार र पतेनीका विद्यालयमा अध्ययनरत बालबालिकासँग अन्तरक्रिया कार्यक्रम, बाह्रविसे, नेपालटार, पयेंर क्षेत्रका समाजसेवी, बुद्धिजीवी, व्यवसायी तथा जेष्ठ नागरिकहरूसँग वैचारिक छलफल सम्पन्न भएको जानकारी दिनुभयो।
महासचिव सरोज ओझाले अभियानले परम्परागत सांस्कृतिक अभ्यासहरूलाई संरक्षण गर्दै आधुनिक पर्यटन प्रवर्द्धनतर्फ समेत ध्यान दिएको उल्लेख गर्नुभयो। उहाँले असार २ गते डाँडागाउँ–हर्षपुर क्षेत्रको होमस्टे अवलोकन भ्रमण सोही प्रयोजनअनुसार भएको बताउनुभयो।
कार्यक्रममा अभियानकी सदस्य बालवती शर्मा (बाला) ले स्वागत मन्तव्य व्यक्त गर्दै अभियानका हालसम्मका कार्यहरूको बारेमा प्रकाश पार्नुभयो।
सो अवसरमा अभियानका आजीवन सदस्य, साधारण सदस्य तथा सहयोगी लेखकहरूलाई प्रशंसा पत्र र प्रमाणपत्र प्रदान गरिएको थियो।
भ्रमण टोलीमा संयोजक सुरेन्द्र वाग्ले, महासचिव सरोज ओझा पूर्व वरिष्ठ प्रहरी उपरीक्षक हरिराज वाग्ले, वरिष्ठ इन्जिनियर ठाकुरप्रसाद पण्डित तथा पूर्व शिक्षिका बालवती शर्मा बाला सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरू, बुद्धिजीवी, सामाजिक अगुवा, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
साँगे सभ्यता संरक्षण तथा विकास अभियानले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय जनसहभागिता बढाउने, सांस्कृतिक चेतना विस्तार गर्ने र साँगे क्षेत्रको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।










काठमाडौ- एसएण्डएस प्रोडक्सनको व्यानरमा निर्माणमा फिल्म ‘किन लाग्छ माया’ बन्ने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्मको छायांकन असारको पहिलो साताबाट सुरु हुनेछ ।
फिल्ममा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायतका कलाकारहरुको अभिनय रहने पक्का भएको छ ।
यो फिल्मको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन् । मेघले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । स्याडो रियरको कथा रहने फिल्ममा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ ।
अर्जुन प्रसाद पोखरेल निर्माण नियन्त्रक रहेको फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्त प्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ ।फिल्मको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुनेछ । यो फिल्मले दाजु भाइको सम्बन्ध, एक अर्का प्रतिको जिम्मेवारी र त्यागको कथा भन्नेछ । साथै फिल्मले सामाजिक विषयवस्तुलाई पनि मुख्य रुपमा प्रस्तुत गर्नेछ ।
काठमाडौं- गायिका मञ्जु थापाले ‘सौम्या कलेक्सन’को उद्घाटन गर्नुभएको छ । डिल्लीबजार पिपलबोट घट्टेकुलो मार्गमा रहेको ‘सौम्या कलेक्सन’को गायिका थापाले सोमबार एक विशेष कार्यक्रमबीच रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
सञ्चारकर्मीद्वय गीता अधिकारी र रिना श्रेष्ठले सञ्चालनमा ल्याएको यो कलेक्सन सेन्टरमा महिलाहरूका लागि गुणस्तरीय फेन्सी सामान सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ ।
सञ्चारक्षेत्रमा ख्याति कमाएका व्यक्तिले सञ्चालनमा ल्याएको कलेक्सन सेन्टरको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउँदै गायिका थापाले व्यावसायिक सफलताको शुभकामना दिनुभएको थियो ।
सो अवसरमा सञ्चार क्षेत्रका साथै गीतसंगीत र कला क्षेत्रका धेरै व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो । मीठो स्वरकी धनी गायिका मञ्जुका थुप्रै गीत लोकप्रिय छन् ।