समाचार

आर्थिक

म​न्त्री अधिकारीस​हित​ ढ​काल​ र​ दाहाल​ले ग​रे "राजा द​हि" सार्व​ज​निक


काठमाडौँ, असार १२ -पाटन औद्योगिक क्षेत्रस्थित श्री नवप्रभात डेरी उद्योगले “राजा दही” नामक नयाँ दही ब्राण्ड नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपाल डेरी एसोसिएसनको आयोजनामा आज राजधानीको सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा सम्पन्न “दही चिउरा खाने विशेष कार्यक्रम -२०८२” को अवसरमा उक्त ब्राण्डको औपचारिक लञ्चिङ गरिएको हो।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले संयुक्त रूपमा “राजा दही” ब्राण्ड सार्वजनिक गर्नुभयो।

राजा दहीको सार्वजनिक समारोहमा डेरी क्षेत्रका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, सामाजिक अभियन्ता, युवा तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नवप्रभात डेरीका प्रतिनिधिहरूले राजा दहीलाई स्वास्थ्यवर्द्धक, स्वच्छ र पोषणयुक्त दहीको रूपमा बजारमा ल्याइएको जानकारी गराएका थिए।

नवप्रभात डेरी उद्योगले यसअघि नै “नवप्रभात मोही” ब्राण्डमार्फत मोही उत्पादन र वितरण गर्दै आइरहेको छ। उद्योगले विभिन्न प्रकारका दुग्धजन्य पदार्थहरू उत्पादन गर्दै आएकामा हाल “राजा दही” ब्राण्ड थपिएको हो।

कम्पनीले आफ्ना उत्पादनहरूमा गुणस्तर, पोषण र स्वच्छताको विशेष ध्यान दिँदै उपभोक्ताहरूको विश्वास जित्न सकिने विश्वास व्यक्त गरेको छ। नवप्रभात डेरीले भविष्यमा अझ आधुनिक प्रविधिबाट दुग्ध उत्पादन विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ।

मनोरञ्जन

मनु कुमार चौधरीको कला प्रदर्शनी सुरु


काठमाडौं । बौद्धस्थीत तारागाउँ नेक्स्टमा कलाकार मनु कुमार चौधरीकोे थारु संस्कृतिहरुलाई मूख्य केन्द्रविन्दु रहेको कला प्रदर्शनी सुरु भएको छ । चौधरीका चित्रहरुले थारु समुदायका मानिसहरुको दैनिक जीवन, रितिरिवाज र सांस्कृतिलाई झल्काउँछन् । थारुहरुको प्राचिन वंशबाट चित्रण गर्दै– जसको यात्रा भारतको थार मरुभूमिदेखि नेपाल र एशियाभरि पैmलिएको छ– उनको कला पूर्खाको स्मृति र साम्प्रदायिक पहिचानसँग प्रतिध्वनित हुन्छ ।

ग्यालरीमा, चौधरीले जीवन्त कलाहरुको श्रृजना गरेका छन्ः। खुल्ला आकाशमुनि पूरानो  तरिकाले. कृषि गरिरहेको दृश्यहरु, थारु समुदायको महिलाहरुको शान्त र निर्णायक भूमिका, पुस्तादेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको लोपोन्मुख समारोहहरु र मानव र तिनीहरुको वातावरण विचको सहजीवन सम्बन्धि प्रत्येक कलाकृतिहरु केवल कला मात्र होइनन्, यो एक जीवन्त कथा हो, जसले थारुहरुको सम्पदा र भूमिसँगको अन्तर्सम्बन्धको विषयमा कुराहरुको उठान गर्दछ । 

मनुले हालै काठमाडौँ विश्वविद्यालयबाट कला र प्रिन्टमेकिङमा स्नातक डिग्री हासिल गरेका छन् । प्रिन्टको चमत्कार प्रति धेरै नै आकर्षित भएकाले उनी प्रिन्ट सम्बन्धि विभिन्न प्रयोगहरुको पनि अन्वेषण गरिरहेका हुन्छन्–वुडकट, एचिङ, एक्वाटिन्ट जस्ता माध्यहरुमा उनका कामहरु देख्न सकिन्छ । उनले सन् २०२१ मा नेपाल ललितकला प्रज्ञा प्रतिस्ठानबाट प्रादेशिक पुरस्कार समेत पाएका थिए । यो सम्मानले उनलाई अझ रचनात्मक र सिर्जनशील हुन मद्दत गरेको कुरा उनी बताउँछन् ।

तारागाउँ नेक्स्टमा बसाइको अवधिभरि मनुले रातो रंग तथा छायाँहरुले भरिएको एउटा मात्र रंग प्रयोग भएको प्रिन्टहरुको श्रृंखला तयार पारे । यी कृतिहरुले थारुहरुको परम्परा र उनको समुदायले सम्मान गर्ने देवताहरुलाई प्रतिविम्बित गरि बनाएको चित्रहरुलाई प्र्रर्दशनीमा राखेका छन् । उनका प्रत्येक कामहरुले उनको समुदायको केहि न केहि कथाहरु बताइरहेका छन् । 

उनका अरु चित्रहरुमा जीवन्त रातो रंगका घोडाहरुलाई समावेश गरिएको छ जुन थारु समुदायमा शक्ति, जीवन र गतिलाई प्रतिविम्बित गर्दछ । यसले थारु सांस्कृतिक अभिव्यक्तिहरुलाई केन्द्रविन्दुमा राखि उनले चित्रहरु बनाएको छन् । 

उनको अर्काे उत्कृष्ट कलाले एक समयमा सजाइएको ढुङ्गे धारालाई समेट्छ । ती धाराहरुले पहिले पहिले पानीको पूर्ति गर्ने गरेका थिए भने पछिल्लो समयमा यस्ता धाराहरु लोपोन्मुख हुँदै गएको सन्दर्भमा यस कलाले कलाकारको मौन अभिव्यक्ति दिइरहेको छ । 

मनुका अरु कृतिहरुमा थारु महिलाहरुको दैनिक जीवनलाई कोमलतापूर्वक चित्रण गरिएको छ जसमा श्रम, हाँसो, गीत र कथा कथनका कुराहरुलाई समावेश गरिएको छ । यी दृश्यहरु शक्तिशाली तवरले मौखिक रुपमा एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण हुँदै आइरहेको पाउन सकिन्छ । 

प्रविधि र संस्कृतिको उत्कृष्ट मिश्रणले भरिएको मनुको कामहरुले उनको यो एकल तथा पहिलो कला प्रदर्शनिलाई अझ जिवन्त अभिलेखिकरण गरिएको कुरामा दुइमत छैन । उनले बनाएका प्रत्येक प्रिन्टहरु जीवन्त छन् जसले इतिहास, दैनिक जीवन र पहिचानका कुराहरुमा गहिरो छाप पार्नेछन् । 

तारागाउँ नेक्स्टले नयाँ नयाँ उदायमान कलाकारहरुलाई लामो समयदेखि यस्तै किसिमको आर्टिस्ट इन स्टुडियोमा राखेर प्रदर्शनी गर्ने गरेको छ । यसले गर्दा नयाँ कलाकारहरुलाई अझ थप उर्जा प्रदान गर्ने कुरा म्युजियमका डाइरेक्टर रोशन मिश्र बताउनुहुन्छ । यदि तपाइलाई पनि नेपाली कला अझ विशेषतः प्रिन्टमेकिङमा रुचि छ भने यो प्रदर्शनी तपाइको लागि छुटाउनै नहुने प्रदर्शनी हुन सक्तछ । प्रदर्शनी असार २८ गते सम्म चल्नेछ । 

विश्व

31 Poets all across the Globe Honored with Prestigious 'Poet of Nature Award'


 Kathmandu, 09 June | The Global Writers Academy India and The Daily Global Nation Bangladesh has awarded 31 poets from around the world with the prestigious "Poet of Nature Award." In recognition to the outstanding contributions on the occasion of World Environment Day 2024 the poets were gifted with this accolades.

The recipients of this esteemed award are Aura Barbosa, Pravin Singh Raghuvanshi, Pritha Lahiri, Saroja Krishnamurthy, Seema Sharma, DrTasneem Ustad, Anddrea Enciso Ruiz , Gordana Andonovska , Alicia M Garcia , ZeZabek MarhMark, Debashrita Basu , Amar Singh , Rita Boruah, Elmaya Cabbarova, Kumar Malay, Frieda Norma, Dela Cruz, Kasia Dominik, Yuly Gómez Vilchez, Poetess Deepti Shakya, DrPrafulla Kumar Panda, Birendu Kr Sinha, Saroj Ojha, Elpiola Lluka, Alekha Prasad Moharana, Rashidul Hassan Bachchu, Asha Kumari, Ann Marie, Debabrata Maji, Suman Malik, Manorama Sahoo Subudhi, Babawo Yakubu Aura Barbosa, Pravin Singh Raghuvanshi, Pritha Lahiri, Saroja Krishnamurthy, Seema Sharma, DrTasneem Ustad, Anddrea Enciso Ruiz , Gordana Andonovska , Alicia M Garcia , ZeZabek MarhMark, Debashrita Basu , Amar Singh , Rita Boruah, Elmaya Cabbarova, Kumar Malay, Frieda Norma, Dela Cruz, Kasia Dominik, Yuly Gómez Vilchez, Poetess Deepti Shakya, DrPrafulla Kumar Panda, Birendu Kr Sinha, Saroj Ojha, Elpiola Lluka, Alekha Prasad Moharana, Rashidul Hassan Bachchu, Asha Kumari, Ann Marie, Debabrata Maji, Suman Malik, Manorama Sahoo Subudhi, Babawo Yakubu.

The distinguished recipients were recognized for their exceptional literary works that explore and celebrate the beauty and fragility of the natural world. The awards were presented in honor of their unwavering commitment to raising awareness about environmental conservation. The President of the Global Writers Academy and Managing Editor of The Daily Global Nation, Bishwananda Sinha, expressed his profound admiration for the poets. "I am deeply honored to acknowledge these individuals who have dedicated their voices to preserving the environment and inspiring us to appreciate its wonders," he said.

Sinha emphasized the importance of poetry as a powerful medium for environmental stewardship. "Through their evocative words, these poets awaken our senses to the intricate beauty of our planet and challenge us to protect it for future generations," he said.

After receiving the award poet from Nepal, Saroj Ojha expressed his gratitude for the recognition and pledged to continue using their art to inspire environmental awareness. He even urged people to embrace their role as guardians of the Earth and to act responsibly to preserve its marvels for generations to come.

Popular Posts

“दूरदेखी आएँ प्रिय” बोलको गीतको भिडियो सार्वजनिक

समाचार, मनोरञ्जन


काठमाण्डौ – चलचित्र “ढुङ्गे युग” मार्फत नेपाली संवाद विहिन तथा मूक चलचित्रको इतिहासमा आफ्नो नाम लेखाइसकेका निर्देशक माधव राज खरेल आफ्नो पछिल्लो गीत “दूरदेखी आएँ प्रिय” बोलको गीत मार्फत समाजका संवेदनशील पक्षमा चोटिलो प्रहार गरेका छन् । हालैसालै सार्वजनिक भएको गीत उक्त गीतमा खरेलले गीतकारका रूपमा शब्द संयोजन गरेका छन्, जसले आधुनिक शहरको विसंगति, सम्बन्धको संकुचन र आत्म–विरोधाभासको भावलाई गहिरो चित्रण गरका छन् ।

खरेलले लेखेका गीतका शब्दहरू भावनात्मक मात्र होइनन्, सामाजिक चेतनाले पनि भरिएका छन् ।
“दुरदेखि आएँ प्रिय, तिमी बस्ने शहरमा,
आत्माहरु बिक्दा रैछन्, सफल हुने रहरमा”

प्रस्तुत हरफहरू मार्फत निर्देशक खरेलले आजको दुनिँयाको उपभोक्तावादी समाजमा रहेका मानिसहरु विशेषतः माया प्रेमले परिपुर्ण आत्मा, कसरी व्यापारको वस्तु बन्न पुगेको छ भन्ने सन्देश दिएका छन् । उनको लेखनशैलीमा गहिरो भाव र प्रतीकात्मक बिम्ब रहेको छ, जसले दर्शक तथा श्रोताहरुको अन्तरमन छुनेमा निर्देशक तथा गीतकार खरेल विश्वस्थ रहेका छन् ।

गीतमा स्वर दिएका छन् गायक डेभिड शंकरले । डेभिड ंशंकर पछिल्लो पुस्ताका लोकप्रिय गायक हुन् । थुप्रै दर्शक तथा श्रोताहरुको मनमुटुमा बस्न सफल गायक डेभिडले शब्दको मर्मलाई आत्मीय गायनमार्फत जीवन्त पार्ने कोशिस छन् । यस गीतको संगीतको पक्षपनि अत्यन्तै उत्कृष्ट रहेको छ । गीतको संगीत र संगीत संयोजन राजेन्द्र बजगाईको रहेको छ, जसले सरल तर प्रभावशाली धुन सिर्जना गरेका छन्, संगीतको मिठास धुनले गीतलाई भावनाको लहरसँगै बाँधेर लैजान्छ । गीतको रेकर्डिङ, ध्वनी मिश्रण तथा सम्पादन मनोज परियारले गरेका हुन् ।

यस गीतको म्यूजिक भिडियोको पक्ष पनि उत्कृष्ट रहेको छ । गायक स्वयम्ले नै भिडियोमा अभिनय गरेका छन् भने निर्देशनमा रहेकी छिन् पुजा ठकुरी, जसले निर्देशक खरेलको शब्दलाई दृश्यमा जीवनन्तता दिएर गीतको सन्देशलाई अझ प्रभावशाली बनाएकी छन् । ठकुरी पछिल्लो पुस्तामा क्रियाशिल म्यूजिक भिडियो निर्देशकको रुपमा चिनिन्छिन् । भिडियोको छायांकन युदिन योञ्जन, सम्पादन तथा कलर संयोजन बिनोद बमले गरेका छन् । बम नेपाली म्युजिक भिडियो क्षेत्रमा सक्रिय र ख्यातीप्राप्त सम्पादक तथा कलरिस्ट हुन् ।

यसै गीतमार्फत खरेलले भन्न खोजेका छन् -“आजको समाजमा मान्छे ‘मान्छे’ रहन सकिरहेको छैन । प्रेम, मूल्य र संवेदनशीलता जस्ता भावनाहरू नाफाको बजारमा हराउँदै गएका छन् ।”

“राजा रंक एउटै भए, तिम्रो नगरमा
मायालुले माया भुल्ने, यो शहरमा”

यो गीत खरेलको सिर्जनात्मक यात्राको एउटा अर्को महत्वपूर्ण अध्याय पनि बनेको छ । शब्द, स्वर, संगीत र दृश्यको मिठासपूर्ण मिश्रणको रुपमा तैयार भएको “दुरदेखि आएँ प्रिय” केवल गीत मात्र होइन, यसलाई समाजको मनोविश्लेषणको रुपमा समेत लिन सकिने खरलले बताए ।

यो गीतले केवल मनोरञ्जनका लागी मात्र नभई आम रुपमा सम्बन्धहरुको सोच र संवेदनालाई पनि सँगै बोकेको छ ।

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानमा नारायण थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

समाचार, मनोरञ्जन, सामाजिक


काठमाण्डौ- राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। राजेन्द्र बजगाईको अध्यक्षता एवं विशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् भने दीपक शर्मा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, सुजाता के.सी. उपाध्यक्षमा सहमतिमा चयन हुनु भएको छ भने सनम कठायत महासचिव पदमा निर्विरोध निर्वाचित हुनु भएको छ। रिता के.सी. सचिवमा सहमतिका आधारमा चयन हुनु भएको हो। बेनिश पौडेल महिला सचिव र प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। अन्य निर्वाचित सदस्यहरूमा मनोज परियार, वीरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गीता पाण्डे, सुभाष तिम्सिना, प्रमोद डि.जी. र प्रज्वल राज भट्ट रहेका छन्। १७ सदस्यीय कार्यसमितिमा बाँकी रहेका २ सदस्य नयाँ कार्यसमितिबाट चयन गरिनेछ।

कार्यक्रम अनामनगरस्थित किम्ची रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको थियो, जसमा संस्थाका संस्थापक सल्लाहकार राजु सिंह, डा.टिका भण्डारी, चलचित्र निर्देशक माधव राज खरेल, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गीतकार डा.ओमकृष्ण प्रसाईं, बी.बी. थापा, राजेन्द्र लुईटेल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नारायण थापाले गीत–संगीतमा देखिएको विकृति र विसङ्गतिलाई नियन्त्रण गर्न कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, महासचिव सनम कठायतले पछिल्लो समय कलाकर्मीहरूमा देखिएको नैराश्यताको अन्त्य गर्न केही रचनात्मक कार्यक्रमहरूको थालनी गर्ने, श्रष्टाहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखी सिङ्गो कलाकर्मी वर्गको हित हुने कार्यक्रमहरू सुरु गर्ने तथा स्वास्थ्य बीमा लगायतका सामाजिक कार्यहरूमा संस्था क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिष्ठानका संस्थापक तथा निवर्तमान अध्यक्ष राजेन्द्र बजगाईले नवनिर्वाचित कार्यसमितिले प्रतिष्ठानको गौरव बढाउने विविध प्रभावकारी तथा रचनात्मक कार्यहरू गर्नेमा पूर्ण आशावादी रहेको बताउनुभयो। साथै, सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूले आ–आफ्नो तहबाट समर्पित भएर श्रष्टामुखी कार्यहरू गर्दै जाने दृढ प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

सौन्दर्य र संस्कृतिको संगम: मिस एण्ड मिसेस गुरुङ २०८२ को अडिसन असार २६ मा

समाचार, मनोरञ्जन


काठमाडौं- गुरुङ समुदायका महिला तथा विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘मिस एण्ड मिसेस गुरुङ’को चौथो संस्करण (मिस एण्ड मिसेस गुरुङ २०८२) सुरू भएको छ । आयोजकले प्रतियोगिताको आवेदन खुल्ला गर्दै असार २६ गते काठमाडौंको सामाखुसीस्थित विशाल फूटसलमा पहिलो चरणको अडिसन राखेको एक बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
कार्यक्रमको आयोजना गर्दै आएको संस्था ‘एस के इन्टरटेन्मेन्ट’का अनुसार, यो प्रतियोगिता विगतका संस्करणहरूमा प्राप्त सफलता र सकारात्मक प्रतिक्रियालाई ध्यानमा राखी यसपटक अझ व्यापक र समावेशी रूपमा आयोजना हुन लागेको छ ।

‘एस के इन्टरटेन्मेन्ट’की अध्यक्ष शान्ता लामा तामाङका अनुसार, प्रतियोगितामा सहभागी हुने महिला तथा विवाहित महिलाहरूका लागि फारम शुल्कदेखि सम्पूर्ण प्रशिक्षण निःशुल्क राखिएको छ । उनले कार्यक्रमलाई कुनै आर्थिक भारबिना प्रतिभा उजागर गर्ने एक प्लेटफर्म बनाएको बताइन् । ‘गुरुङ महिलाहरूमा लुकेका कला, आत्मबल र संस्कृतिक मूल्यलाई मञ्च प्रदान गर्ने हाम्रो उद्देश्य हो’ उनले भनिन् ।

प्रतियोगिताको अडिसनमा सहभागी भएर छनोटमा परेका प्रतियोगीहरूले ३०–३५ दिनसम्म विभिन्न प्रशिक्षणहरू प्राप्त गर्नेछन् । तिनीहरूलाई व्यक्तित्व विकास, फेसन प्रशिक्षण, आत्मविश्वास निर्माण, गुरुङ सांस्कृतिक प्रस्तुति, स्टेज उपस्थिति, फोटोशुट, पब्लिक स्पिकिङ लगायतका क्षेत्रमा दक्ष बनाइनेछ ।
सम्पूर्ण तालिमपश्चात एउटा भव्य ग्रान्ड फिनाले कार्यक्रम आयोजना गरिनेछ, जहाँ निर्णायक मण्डलद्वारा विजेता घोषणा गरिनेछ। विजेताहरूलाई उपाधि, ट्रफी, प्रमाणपत्र, आकर्षक पुरस्कार तथा विभिन्न ब्रान्डहरूसँग आबद्ध हुने अवसर प्राप्त हुनेछ।

यस प्रतियोगिताले गुरुङ जातिको भेषभूषा, परम्परा र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्त्वपूर्ण अभियान बोकिरहेको आयोजक संस्था ‘एस के इन्टरटेन्मेन्ट’को भनाइ छ । इच्छुक सहभागीहरूलाई समयमै सम्पर्क गरी अडिसनमा भाग लिन आयोजकले विशेष आग्रह गरेको छ । थप जानकारी तथा फारमका लागि ‘एस के इन्टरटेन्मेन्ट’को आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ । प्रतियोगीताको डिजिटल पार्टनरको रुपमा जीनोपे जोडिएको छ ।

डिबी खड्का र सुनिता कार्कीको सहकार्यमा सार्वजनिक भयो ‘म त गाउँले ठिटो’

समाचार, मनोरञ्जन


काठमाडौँ – गीतकार, गायक तथा संगीतकार डिबी खड्का र गायिका सुनिता कार्कीको सहकार्य रहेको गीत ‘म त गाउँले ठिटो’ सार्वजनिक भएको छ । रोमान्टिक लोकलयमा तयार गीतमा शब्द गायक खड्का र होम न्यौपानेको रहेको छ ।
गायक खड्काकै संगीत रहेको गीतको एरेन्ज बिकल खड्काले गरेका हुन् । मा गीतमा संगीत पनि ले नै दिएका हुन् । दयपुर ताप्ली गाउँपालिका बासी गायक तथा संगीतकार खड्का लामो समयदेखि गीतसंगीतमा सक्रिय छन् ।
गीतको भिडियो तामझाम सहित आकर्षक बनाइएको छ । जसमा एआरके, सादिक थापा, राजकुमार लामा बल, सुशिला खड्का, विकास ग्याबा तामाङ, नारायण के.सी, रामजी अधिकारी, तुलसी पौडेललगायतको अभिनय छ ।
भिडियोमा टंक केसी एण्ड टिमको छायांकन, रोशन पौडेलको सम्पादन, सादिक थापा र दिपक श्रेष्ठको कोरियोग्राफी छ भने निर्देशन एआरकेले गरेका हुन् । भिडियो रियासा इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।