काठमाडौं, असार २१। नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरले युवा उद्यमशीलता विकास सम्बन्धी अन्तर्कृयासहित सदस्यहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड दिईएको छ । कार्यक्रममा सहभागी व्यवसायी नेता तथा युवा उद्यमीहरूले मुलुकको आर्थिक पुनरुत्थान, लगानी विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलताको विकासका विविध पक्षमा छलफल गर्दै आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बारे चर्चा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले युवाहरूले सकारात्मक सोच, समन्वय र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए । हरित अर्थतन्त्रको नयाँ अवधारणाले विश्वव्यापी रूपमा गति लिइरहेको उल्लेख गर्दै उनले नयाँ विश्वको नेतृत्व लिन सक्षम युवाशक्ति तयार हुनुपर्नेमा जोड दिए । विश्वव्यापी सञ्जाल विस्तार, लगानी आकर्षण तथा रोजगारी सिर्जनामा युवाले अग्रसर रहि भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष अग्रवालले नेपाल चेम्बर अफ कमर्सले युवामा गरिएको लगानीले दीर्घकालीन रूपमा देशको अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
चेम्बरको हिरक जयन्ती मुल समारोह समितिका संयोजक तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले युवाले नवीन सोच र नयाँ व्यवसायिक क्षेत्रको पहिचान गरी उद्यमशीलतामा अघि बढ्नुपर्नेमा जोड दिए । विदेशका युथ चेम्बरहरूसँग सम्बन्ध विस्तार गरी नयाँ प्रविधि, ज्ञान र व्यवसायिक अभ्यास आदानप्रदान गर्न सके व्यापार विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो । नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रको पहिलो संस्था भएकाले यसको ७५ वर्षे गौरवशाली यात्रासँग जोडिनु आफैंमा गर्वको विषय भएको उनले उल्लेख गरे । व्यापारमा जोखिम रहे पनि त्यसले सिर्जना गर्ने रोजगारी, उत्पादन र अर्थतन्त्रमा पु¥याउने योगदान अत्यन्त महत्वपूर्ण रहेको उनले बताए ।
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले मुलुकका लागि सम्भावना भएका नयाँ क्षेत्रहरूको पहिचान गरी युवाले अर्थतन्त्रमा नवीनता भित्र्याउन सक्ने बताए । नवप्रवर्तनसम्बन्धी नीतिगत अवसरहरूको अधिकतम उपयोग गर्दै सिर्जनशील सोचका साथ उद्यममा अघि बढ्न उनले युवाहरूलाई आग्रह गरे ।
नेपाल युथ चेम्बरका अध्यक्ष दिपेश रत्न तुलाधरले सफल उद्यमको यात्रा एउटा सशक्त विचार, सक्षम टोली र जिम्मेवार नेतृत्वबाट सुरु हुने बताउनुभयो। युवाका विचार, ऊर्जा, लगाव र दूरदृष्टिलाई समाजले विश्वास र सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले युवा उद्यमीहरूको क्षमता अभिवृद्धि, नेटवर्क विस्तार तथा व्यवसायिक अवसर सिर्जनाका लागि नेपाल युथ चेम्बर निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा युथ चेम्बर उपाध्यक्ष कश्यप शाक्य, महासचिव नेहा श्रेष्ठ अमात्य, कोषाध्यक्ष स्कन्द अमात्य लगायतले वक्ताको रुपमा आफनो धारणा राखेका थिए भने सहभागी युवा उद्यमीहरूले मुलुकमा देखिएको आर्थिक मन्दी, तरलता, लगानीको संकुचन, स्टार्टअप प्रवद्र्धन, सहुलियतपूर्ण कर्जा, व्यवसायमैत्री वातावरण तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धिसम्बन्धी विषय उठाएका थिए । उनीहरूले सरकारले उद्यमशीलतालाई प्रोत्साहन गर्ने स्पष्ट नीति, सहज वित्तीय पहुँच र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा युवा उद्यमी, उद्योगी, व्यवसायी तथा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA), अमेरिकाको दोस्रो बार्षिक अधिवेशन यही मार्च २९, २०२६ का दिन पेन्सिलभेनिया राज्यको ल्यान्कास्टरमा हुने भएको छ।
INLA का अध्यक्ष हरि उप्रेतीका अनुसार, संघको आयोजनामा सम्पन्न हुने उक्त अधिवेशन समारोहको संयोजन तथा व्यवस्थापन स्थानीय नेपाली साहित्यिक संस्था 'साहित्य कला संगम' ले गर्ने तयारी गरिएको छ ।
अधिवेशनमा संघको बार्षिक गतिबिधि र आर्थिक गतिबिधि माथि छलफल गरिनुका साथै भावी कार्यायोजना प्रस्तुत गरिनेछ । स्थानीय कार्यक्रम संयोजक 'साहित्य कला संगम' द्वारा तयार पारिएको विभिन्न साहित्यिक एवं सांस्कृतिक कार्यक्रम सहित संस्थाको बारेमा अन्तरक्रिया गरिने कार्यक्रम पनि रहनेछ।
संघले यसको प्रथम अधिवेशनदेखि नै गीत रचनामा उत्कृष्ठ योगदान पुर्याउने एकजना विशिष्ट गीतकारलाई १०००.०० अमेरिकी डलर नगद पुरस्कार सहित "INLA-ज्ञानेन्द्र गदाल गीत सम्मान" द्वारा सम्मानित गर्दै आएको छ।
यस वर्षदेखि उक्त सम्मान लगायत नेपाल र नेपाली डायस्पोराका गीत, संगीत र गायन विधाका ६ जना उत्कृष्ठ श्रष्टालाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिने भएको छ । संघद्वारा हरेक वर्ष अर्पण गरिने "INLA-ज्ञानेन्द्र गदाल गीत सम्मान-२०२४" पहिलो पटक गत वर्ष विशिष्ट गीतकार नीर शाह लाई अर्पण गरिएको थियो।
INLA प्रवासमा रहेर नेपाली गीत लेखनमा सक्रिय रहने गीतकारहरूको एकमात्र अन्तर्राष्ट्रिय गैर नाफामूलक संस्था हो। यसले सम्पूर्ण गीतकारहरूको लेखकीय हकहितको संरक्षण गर्नुका साथै सर्जक र सिर्जनाको उचित मूल्याङ्कन एवं कदर गर्ने काम गर्दछ। नेपाली गीत र गीतकारको उन्नयन र विकास नै यस संघको मूल लक्ष्य रहेको छ जानकारी अध्यक्ष हरि उप्रेतीले दिनुभयो ।
Kathmandu, 09 June | The Global Writers Academy India and The Daily Global Nation Bangladesh has awarded 31 poets from around the world with the prestigious "Poet of Nature Award." In recognition to the outstanding contributions on the occasion of World Environment Day 2024 the poets were gifted with this accolades.
The recipients of this esteemed award are Aura Barbosa, Pravin Singh Raghuvanshi, Pritha Lahiri, Saroja Krishnamurthy, Seema Sharma, DrTasneem Ustad, Anddrea Enciso Ruiz , Gordana Andonovska , Alicia M Garcia , ZeZabek MarhMark, Debashrita Basu , Amar Singh , Rita Boruah, Elmaya Cabbarova, Kumar Malay, Frieda Norma, Dela Cruz, Kasia Dominik, Yuly Gómez Vilchez, Poetess Deepti Shakya, DrPrafulla Kumar Panda, Birendu Kr Sinha, Saroj Ojha, Elpiola Lluka, Alekha Prasad Moharana, Rashidul Hassan Bachchu, Asha Kumari, Ann Marie, Debabrata Maji, Suman Malik, Manorama Sahoo Subudhi, Babawo Yakubu Aura Barbosa, Pravin Singh Raghuvanshi, Pritha Lahiri, Saroja Krishnamurthy, Seema Sharma, DrTasneem Ustad, Anddrea Enciso Ruiz , Gordana Andonovska , Alicia M Garcia , ZeZabek MarhMark, Debashrita Basu , Amar Singh , Rita Boruah, Elmaya Cabbarova, Kumar Malay, Frieda Norma, Dela Cruz, Kasia Dominik, Yuly Gómez Vilchez, Poetess Deepti Shakya, DrPrafulla Kumar Panda, Birendu Kr Sinha, Saroj Ojha, Elpiola Lluka, Alekha Prasad Moharana, Rashidul Hassan Bachchu, Asha Kumari, Ann Marie, Debabrata Maji, Suman Malik, Manorama Sahoo Subudhi, Babawo Yakubu.
The distinguished recipients were recognized for their exceptional literary works that explore and celebrate the beauty and fragility of the natural world. The awards were presented in honor of their unwavering commitment to raising awareness about environmental conservation. The President of the Global Writers Academy and Managing Editor of The Daily Global Nation, Bishwananda Sinha, expressed his profound admiration for the poets. "I am deeply honored to acknowledge these individuals who have dedicated their voices to preserving the environment and inspiring us to appreciate its wonders," he said.
Sinha emphasized the importance of poetry as a powerful medium for environmental stewardship. "Through their evocative words, these poets awaken our senses to the intricate beauty of our planet and challenge us to protect it for future generations," he said.
After receiving the award poet from Nepal, Saroj Ojha expressed his gratitude for the recognition and pledged to continue using their art to inspire environmental awareness. He even urged people to embrace their role as guardians of the Earth and to act responsibly to preserve its marvels for generations to come.
काठमाडौं - कला र सिर्जनाको यात्रा केवल पर्दामा देखिने दृश्यहरूको कथा होइन, त्यसको पछाडि दशकौँसम्म निरन्तर बगेको साधना, संघर्ष र समर्पणको इतिहास पनि हुन्छ। यही इतिहासलाई सम्झने र नेपाली कला तथा चलचित्र क्षेत्रमा योगदान पुर्याएका स्रष्टालाई सम्मान गर्ने उद्देश्यसहित परिवर्तन नेपालले २०८२ सालको विशेष सम्मान तथा पुरस्कार समारोह आयोजना गरेको छ।
काठमाडौंमा आइतबार आयोजित समारोहमा नेपाली चलचित्र, रंगमञ्च, टेलिफिल्म, पत्रकारिता तथा ललितकलाका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तित्वलाई दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार तथा परिवर्तन सम्मान प्रदान गरियो।
समारोहमा कलाकार शारदा गिरी, निर्देशक–कलाकार विश्वदीप घिमिरे, सञ्चारकर्मी कृष्ण भट्टराई, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली, ललितकलाकार देवेन्द्र थुम्केली, छायाँकार वीरेन्द्रप्रसाद भट्ट, सञ्चारकर्मी सविता पोखरेल तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दिनेश डिसीलगायत सम्मानित भए।
नेपाली चलचित्र तथा टेलिफिल्ममा करिब चार दशकदेखि निरन्तर सक्रिय कलाकार शारदा गिरीका लागि यो सम्मान उनको लामो कलाकारिता यात्राको कदर मात्र होइन, नेपाली पर्दामा उनले छोडेको पहिचानको सम्मान पनि हो। त्यस्तै, नेपाली रंगमञ्च, चलचित्र तथा टेलिफिल्ममा विगत अढाई दशकभन्दा बढी समयदेखि निर्देशन र अभिनय गर्दै आएका विश्वदीप घिमिरे पनि दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार–२०८२ बाट सम्मानित भए। वि.सं. २०७३ सालमा स्थापना गरिएको यस पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ।
परिवर्तन नेपालले आफ्ना दिवंगत माता–पिता दुर्गादेवी तथा पुण्य निरौलाको स्मृतिमा स्थापना गरेको यो पुरस्कार नेपाली कला क्षेत्रमा निरन्तर योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको छ।
नेपाली चलचित्र पत्रकारितामा तीन दशकभन्दा लामो समयदेखि सक्रिय कृष्ण भट्टराईलाई यस वर्षको चेतन कार्की स्मृति पुरस्कार प्रदान गरियो। चलचित्र क्षेत्रको विकास, विस्तार तथा चलचित्रकर्मीको पेशागत उत्थानका विषयलाई पत्रकारितामार्फत निरन्तर उठाउँदै आएका भट्टराई हाल कलाकर्मी डटकमका प्रधान सम्पादक तथा प्रकाशकका रूपमा कार्यरत छन्।
वि.सं. २०७९ सालमा स्थापना गरिएको यो पुरस्कार वरिष्ठ चलचित्रकर्मी तथा संस्कृतिविद् चेतन कार्कीको स्मृतिमा प्रदान गरिँदै आएको छ। चलचित्र पत्रकारितालाई केवल समाचार लेखनमा सीमित नराखी नेपाली चलचित्र क्षेत्रको विकास र पेशाकर्मीका सवाललाई निरन्तर सार्वजनिक बहसमा ल्याउने योगदानको कदरस्वरूप भट्टराईलाई सम्मान गरिएको हो।
परिवर्तन नेपालको सम्मान सूचीमा यसपटक नेपाली चलचित्रका लोकप्रिय कलाकारहरूको नाम पनि विशेष रूपमा जोडियो। आफ्नो कलाकारिता यात्राको प्रारम्भिक चरणमा परिवर्तन नेपालसँग आबद्ध रहेका अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली तथा ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई ‘परिवर्तनकर्मी विशेष सम्मान’ प्रदान गरियो। यी कलाकारहरूको प्रारम्भिक सिर्जनात्मक यात्रासँग परिवर्तन नेपालको सम्बन्ध रहेको स्मरण गर्दै संस्थाले उनीहरूको योगदानलाई विशेष रूपमा सम्मान गरेको हो।
चलचित्र पर्दामा देखिने कलाकार मात्र होइन, पर्दापछाडि बसेर चलचित्रलाई जीवन्त बनाउने प्राविधिक तथा सञ्चारकर्मीलाई समेत समारोहले सम्झिएको छ। चलचित्रमा छायाँकारका रूपमा लामो समयदेखि सक्रिय रहँदै प्राविधिकहरूको पेशागत हकहितका लागि प्रतिबद्ध वीरेन्द्रप्रसाद भट्टलाई परिवर्तन पत्रकारिता सम्मान प्रदान गरियो।
त्यस्तै, गीत–संगीत पत्रकारिता तथा संगीत क्षेत्रको प्रवर्द्धनका लागि पत्रकारिता र अवार्ड कार्यक्रममार्फत सक्रिय रहँदै आएकी सविता पोखरेल पनि सोही सम्मानबाट सम्मानित भइन्। चलचित्र क्षेत्रको संस्थागत विकासमा योगदान पुर्याएका चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दिनेश डिसीलाई पनि परिवर्तन विशेष सम्मान प्रदान गरिएको थियो।
नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दको सभापतित्वमा सम्पन्न समारोहमा वरिष्ठ कलाकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। समारोहमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, टीका पहारी, भुवन चन्द, चैत्यदेवी, शिव श्रेष्ठ, धिरेन शाक्य, नेपाल सरकारका सचिव मुकुन्दप्रसाद निरौला, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष माननीय विपिनराज निरौला, परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला तथा उपाध्यक्ष एवं संगीतकार सन्तोष श्रेष्ठलगायतले सम्मानित व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मान अर्पण गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले पितृपक्षको समय पारेर आफ्ना दिवंगत माता–पिता दुर्गादेवी तथा पुण्य निरौला र वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको स्मृतिमा कार्यक्रम आयोजना गरिएको बताए।
वरिष्ठ कलाकार टीका पहारीले नेपाली कलाकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने संस्कारले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्ने धारणा व्यक्त गरे। त्यस्तै, सचिव मुकुन्दप्रसाद निरौलाले चलचित्रले नेपालको कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै यस क्षेत्रमा सक्रिय व्यक्तित्वलाई सम्मान गर्ने कार्यलाई महत्वपूर्ण पहलका रूपमा व्याख्या गरे।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले पूर्व प्रशासक तथा साहित्यकार पुण्य निरौला र संस्कृतिविद् तथा चलचित्रकर्मी चेतन कार्कीको योगदानबारे चर्चा गर्दै उनीहरूको सिर्जनात्मक तथा सामाजिक यात्रालाई स्मरण गरे।
सम्मानित व्यक्तित्वहरूको तर्फबाट धारणा राख्दै ललितकला कलाकार देवेन्द्र थुम्केलीले परिवर्तन नेपालप्रति आभार व्यक्त गरे। कलाकारलाई सम्मान गर्नु भनेको एउटा व्यक्तिको उपलब्धिलाई मात्र सम्मान गर्नु नभई नेपाली कला क्षेत्रको यात्रामा योगदान दिएका पुस्ताहरूलाई सम्झनु पनि हो भन्ने भाव समारोहमा देखिन्थ्यो। परिवर्तन नेपालका उपाध्यक्ष तथा संगीतकार सन्तोष श्रेष्ठले नेपाली कलाकार तथा स्रष्टालाई सम्मान र पुरस्कृत गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।
वि.सं. २०५३ सालमा स्थापना भएको परिवर्तन नेपालले आफ्नो स्थापनाकालदेखि नै नेपाली कला, चलचित्र, साहित्य तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ। संस्थाको यो अभियान पुरस्कार वितरणमा मात्र सीमित नभई नेपाली कला क्षेत्रको इतिहास, अग्रजको योगदान र नयाँ पुस्ताबीचको सम्बन्धलाई जोड्ने प्रयासका रूपमा पनि स्थापित हुँदै आएको छ।
यसपटकको समारोहले पनि यही परम्परालाई निरन्तरता दिएको छ-पछाडि फर्केर आफ्ना अग्रजलाई सम्झने र अगाडि बढिरहेका पुस्तालाई सिर्जनाको बाटोमा थप ऊर्जा दिने।
कार्यक्रमको सञ्चालन चलचित्र निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेलले गरेका थिए।
समारोहमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, अभिनेता कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, अभिनेत्री चैत्यदेवी, चलचित्र संघका कार्यवाहक अध्यक्ष गोपालकाजी कायस्थ, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, उपाध्यक्ष रघुनाथ, साहित्यकार राधेश्याम लेकाली, मुरारी सिग्देल, कलाकार काली सेढाई, दिनेश कार्की, मनिष श्रेष्ठ, भीमा मैनाली, जेबी डिसी, रोहित कार्की, लक्ष्मण चौलागाईं, पुकार भट्टराईलगायत चलचित्र तथा कला क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो।
काठमाडौं - नेपाली माटोको सुगन्ध, गाउँघरको जीवनशैली, प्रेम-विरहका कथा र पुस्तौँदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको मौलिक लोकसंस्कृतिको एउटा महत्वपूर्ण पहिचान हो-लोकदोहोरी। यही मौलिक सांगीतिक परम्परालाई नयाँ पुस्ताको आवाजसँग जोड्दै नेपाली लोकदोहोरी क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यसहित बहुप्रतीक्षित पारिवारिक रियालिटी शो ‘लोक दोहोरी च्याम्पियन’ प्रसारणमा आएको छ।
रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको ‘लोक दोहोरी च्याम्पियन’ इमेज टेलिभिजनबाट यही असोज १७ गतेदेखि राति ९ बजे प्रसारणमा आएको हो। हरेक शनिबार र आइतबार राति ९ बजे देखी १०: ३० बजेसम्म प्रसारण हुने कार्यक्रमले नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणसँगै देशका विभिन्न भूगोलमा लुकेर रहेका प्रतिभालाई ठूलो मञ्च प्रदान गर्ने लक्ष्य लिएको छ।
‘लोक दोहोरी च्याम्पियन’लाई केवल प्रतिस्पर्धात्मक सांगीतिक कार्यक्रमका रूपमा मात्र हेरिएको छैन। यो नेपाली मौलिक लोकदोहोरीको वर्तमान अवस्थालाई नयाँ पुस्तासँग जोड्ने र प्रतिभालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने उद्देश्यले अघि बढाइएको सांगीतिक अभियानका रूपमा निर्माण गरिएको आयोजकको भनाइ छ।
गाउँका चौतारीदेखि शहरका रंगमञ्चसम्म फैलिएको लोकदोहोरीको मौलिक स्वादलाई आधुनिक पुस्ताको प्रस्तुति र ऊर्जासँग जोड्दै कार्यक्रमले नयाँ पुस्ताका गायक–गायिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनेछ।
लोकदोहोरीका स्थापित कलाकार तथा सर्जकहरूबाट नयाँ प्रतिभाले सिक्ने र प्रतिस्पर्धामार्फत आफ्नो क्षमता प्रमाणित गर्ने वातावरण तयार पार्नु कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष हो।
‘लोक दोहोरी च्याम्पियन’को निर्देशन माधवराज खरेलले गरेका छन्। नेपाली चलचित्र, टेलिभिजन तथा मनोरञ्जन क्षेत्रमा आफ्नो सिर्जनात्मक शैलीका लागि परिचित खरेलले कार्यक्रमलाई मनोरञ्जनसँगै नेपाली मौलिकताको भावनासँग जोड्ने प्रयास गरेका छन्। कार्यक्रमको निर्णायक मण्डलमा नेपाली लोकदोहोरीका स्थापित नामहरू पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन्।
लोकदोहोरीको सिर्जना, गायन तथा प्रस्तुति क्षेत्रमा लामो अनुभव बोकेका यी निर्णायकको उपस्थितिले प्रतियोगिताको मूल्यांकनलाई थप विश्वसनीय र कलात्मक बनाउने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन दिनेश काफ्ले र इप्सल सञ्ज्यालले गरिरहेका छन्।
‘लोक दोहोरी च्याम्पियन’को मूल उद्देश्य प्रतिभालाई केवल प्रतिस्पर्धामा उतार्नु मात्र नभई उनीहरूको मौलिक क्षमता पहिचान गर्नु पनि रहेको आयोजकले जनाएको छ।
लोकदोहोरी नेपाली समाजको जीवन, संस्कार, भावना र भोगाइसँग जोडिएको सांगीतिक विधा भएकाले यसको संरक्षण केवल पुराना सिर्जनालाई जोगाएर सम्भव नहुने आयोजकको बुझाइ छ। त्यसका लागि नयाँ पुस्ताको आवाज, नयाँ पुस्ताको प्रस्तुति र नयाँ पुस्ताको सिर्जनात्मक ऊर्जालाई लोकदोहोरीसँग जोड्न आवश्यक रहेको कार्यक्रमको अवधारणाले जोड दिएको छ।
त्यसैले ‘लोक दोहोरी च्याम्पियन’ले मौलिक लोकदोहोरीको जरा जोगाउँदै नयाँ पुस्ताका प्रतिभालाई राष्ट्रिय मञ्चमा स्थापित गर्ने लक्ष्य बोकेको छ।
‘लोक दोहोरी च्याम्पियन’लाई दर्शकमाझ पुर्याउन विभिन्न क्षेत्रका प्रतिष्ठित संस्थाहरूले सहकार्य गरेका छन्। कार्यक्रमको डिजिटल पार्टनर म्युजिक नेपाल रहेको छ भने भोटिङ पार्टनर खल्ती बाइ आईएमई रहेको छ। त्यस्तै, हस्पिटालिटी पार्टनर प्यासिफिक हस्पिटालिटी र ओपल ग्लोबल, फर्निचर पार्टनर गुण फर्निचर, स्कुल पार्टनर नेरिक एकेडेमी, स्टुडियो पार्टनर जिनो स्टुडियो तथा ब्यान्ड पार्टनर हाम्रो मौलिक ब्याण्ड रहेका छन्। यी सहकार्यले कार्यक्रमलाई उत्पादनदेखि डिजिटल पहुँच र दर्शक सहभागितासम्म विभिन्न आयाममा बलियो बनाउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार ‘लोक दोहोरी च्याम्पियन’ नयाँ प्रतिभा, मौलिक लोकदोहोरी र नेपालको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण प्रयास हो। आयोजकको भनाइमा, “यो केवल एउटा कार्यक्रम होइन, मुटु र माटोको सुगन्ध बोकेको लोकदोहोरीलाई नयाँ पुस्ताको आवाजसँग जोड्ने हाम्रो सपना हो।”
यही भावनालाई आत्मसात् गर्दै कार्यक्रमले देशका विभिन्न क्षेत्र र समुदायमा रहेका लोकदोहोरी प्रतिभालाई खोज्ने, उनीहरूलाई ठूलो मञ्च दिने र नेपाली लोकसंगीतको मूलधारमा स्थापित गराउने लक्ष्य लिएको छ। लोकदोहोरीको परम्परागत स्वादलाई जोगाउँदै नयाँ पुस्ताको सिर्जनशीलता र प्रविधिसँग जोड्ने प्रयासका रूपमा ‘लोक दोहोरी च्याम्पियन’को यात्रालाई हेरिएको छ।
‘लोक दोहोरी च्याम्पियन’को इमेज टेलिभिजनमा हरेक शनिबार र आइतबार राति ९ बजे देखी १०: ३० बजेसम्म भैरहेको छ। नेपालका विभिन्न भूगोल, समुदाय र सांगीतिक पृष्ठभूमिबाट आएका प्रतिभाहरूलाई एउटै मञ्चमा उभ्याउँदै अघि बढ्ने यो यात्राले आगामी दिनमा नेपाली लोकदोहोरी क्षेत्रलाई नयाँ प्रतिभा र नयाँ आवाज दिने अपेक्षा गरिएको छ।
माटोको कथा, मुटुको भावना र नेपालीपनको संगीत बोकेको लोकदोहोरीलाई नयाँ पुस्ताको आवाजसँग जोड्ने अभियान-‘लोक दोहोरी च्याम्पियन’ अब टेलिभिजनको पर्दामा सुरु भएको छ।
यो यात्रा एउटा रियालिटी शोको यात्रा मात्र होइन, नेपाली लोकदोहोरीको मौलिकता, प्रतिभा र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने साझा सांगीतिक अभियान बन्ने लक्ष्यसहित अघि बढेको छ।

काठमाडौं — कला, सिर्जना, सामाजिक योगदान र विभिन्न पेशागत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूको सम्मानमा काठमाडौंमा आयोजित तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आईकन अवार्ड २०२६ तथा दोस्रो संस्करणको गान्धी पिस अन्तर्राष्ट्रिय मोटिभेशनल अवार्ड २०२६ एवं शान्ति समिट सम्पन्न भएको छ।
असोज २० गते मंगलबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित भव्य समारोहमा नेपालसहित विभिन्न क्षेत्र र देशबाट प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। ए.बि.एम. भारतको आयोजनामा सम्पन्न समारोहमा सामरी इन्टरनेशनल प्रा.लि., आभा फाउन्डेशन नेपाल, एस्. राज प्रोडक्सन, कमला माई इन्टरटेनमेन्ट प्रा.लि. तथा मानवसेवा फाउन्डेशन ट्रस्टको सहकार्य रहेको थियो।
अमोल आर. भगतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टीका अध्यक्ष तथा वैज्ञानिक डा. सी.के. राउत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। समारोहमा संगीत, कला, चलचित्र, खेलकुद, फेसन, चिकित्सा, इन्जिनियरिङ, सामाजिक सेवा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।
नेपालकी चर्चित ट्याटु आर्टिस्ट सुनिता कुँवरलाई प्रदान गरिएको ‘पपुलर ट्याटु आर्टिस्ट’ सम्मान।
कुँवरलाई तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आईकन अवार्ड २०२६ अन्तर्गत ‘पपुलर ट्याटु आर्टिस्ट’ अवार्ड प्रदान गरिएको हो। नेपालमा ट्याटु कलाको विकास, प्रवर्द्धन र व्यावसायिक यात्रामा पुर्याएको योगदानको कदरस्वरूप उनलाई यो सम्मान प्रदान गरिएको आयोजक पक्षले जनाएको छ।
ट्याटुलाई केवल शरीरमा बनाइने चित्र वा डिजाइनका रूपमा मात्र नभई कला, अभिव्यक्ति, पहिचान र स्मृतिसँग जोडिएको सिर्जनात्मक माध्यमका रूपमा स्थापित गर्ने यात्रामा कुँवरले निरन्तर काम गर्दै आएकी छन्। नवीन सोच, सिर्जनात्मकता र निरन्तर मेहनतमार्फत उनले ट्याटु कलामा आफ्नै पहिचान निर्माण गरेकी छन्।
नेपालमा पछिल्लो समय ट्याटु कलाप्रति बढ्दो आकर्षणसँगै यसलाई व्यावसायिक तथा कलात्मक क्षेत्रका रूपमा स्थापित गर्ने कलाकारहरूको योगदान पनि महत्वपूर्ण बन्दै गएको छ। यही यात्रामा कुँवरको सक्रियता र सिर्जनात्मक कामलाई अवार्डमार्फत अन्तर्राष्ट्रिय मञ्चमा समेत सम्मान गरिएको हो।
कला र चलचित्र क्षेत्रका हस्तीहरू पनि सम्मानित
अवार्ड समारोहमा ट्याटु आर्टिस्ट सुनिता कुँवरसँगै नेपाली कला तथा मनोरञ्जन क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा वरिष्ठ कलाकार रश्मी भट्ट, नेपालकी पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, चलचित्र निर्देशक माधव राज खरेल, वरिष्ठ फेसन डिजाइनर तथा सुटमालाका सञ्चालक राज कार्की, सुमन श्रेष्ठलाई चलचित्रकर्मी लगायतका व्यक्तित्वहरू सम्मानित भएका थिए।
विभिन्न पेशा र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका व्यक्तित्वहरूको उपस्थितिले समारोहलाई थप विशेष बनाएको थियो। कला र मनोरञ्जनसँगै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई एउटै मञ्चमा सम्मान गरिनुले कार्यक्रमको दायरा पनि फराकिलो देखिएको थियो।
समारोहमा संगीतकार सन्तोष राज सहनी, पूर्व माननीय विनोद पहाडी तथा पूर्व माननीय छिरिङ ल्हाम्मु गुरुङ लगायतका विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
अन्तर्राष्ट्रिय आईकन अवार्डबाट सम्मानित भएपछि सुनिता कुँवरका लागि यो उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित छैन। नेपालमा ट्याटु कलालाई सिर्जनात्मक र व्यावसायिक पहिचान दिलाउने कलाकारहरूको यात्रामा यस्ता सम्मानले थप उत्साह र जिम्मेवारीसमेत थप्ने देखिन्छ।
कुँवरले ट्याटु कलामार्फत आफ्नो सिर्जनात्मक यात्रा अघि बढाउँदै आएकी छन्। उनको काम र शैलीले ट्याटुलाई शरीरमा कोरिने आकृतिभन्दा माथि उठाएर व्यक्तिको भावना, सम्झना र व्यक्तिगत कथासँग जोडिने कलाको माध्यमका रूपमा बुझ्न सकिने आधारसमेत प्रस्तुत गर्दै आएको छ।
राष्ट्रिय नाचघरको मञ्चमा प्राप्त यो सम्मानले उनको निरन्तर कलायात्रालाई थप अन्तर्राष्ट्रिय परिचय दिएको छ। साथै, नेपाली ट्याटु कलाकारिता पनि अन्तर्राष्ट्रिय सम्मान र पहिचानको यात्रामा अघि बढिरहेको सन्देशसमेत दिएको छ।
यसरी अन्तर्राष्ट्रिय आईकन अवार्ड २०२६को मञ्चमा सुनिता कुँवरलाई प्रदान गरिएको ‘पपुलर ट्याटु आर्टिस्ट’ सम्मान केवल एउटा अवार्डमा सीमित नरही नेपाली ट्याटु कलाको सम्भावना, सिर्जनशीलता र विस्तारतर्फको एउटा महत्वपूर्ण संकेतका रूपमा समेत देखिएको छ।

Kathmandu — What was once viewed primarily as body decoration has gradually evolved into a powerful form of art, identity, memory and personal expression. In Nepal, tattoo artist Sunita Kunwar has been part of that evolving artistic journey, carving out a distinctive identity through creativity, dedication and innovation.
That journey received international recognition at the Third Edition of the International Icon Award 2026 and the Second Edition of the Gandhi Peace International Motivational Award 2026 & Peace Summit, held at the historic Rastriya Nachghar, Jamal, Kathmandu, on Tuesday, Ashoj 20.
The grand ceremony brought together prominent personalities from Nepal and abroad, representing diverse fields including art, cinema, music, sports, fashion, medicine, engineering and social service.
Organized by ABM India, the event was held in collaboration with Samari International Pvt. Ltd., Aabha Foundation Nepal, S. Raj Productions, Kamala Mai Entertainment Pvt. Ltd., and Manavsewa Foundation Trust.
The program was chaired by Amol R. Bhagat, while Dr. C. K. Raut, Chairman of the Janamat Party and a scientist, attended the event as the chief guest.

One of the notable highlights of the ceremony was the recognition of Nepalese tattoo artist Sunita Kunwar, who was honored with the ‘Popular Tattoo Artist’ Award under the Third Edition of the International Icon Award 2026.
According to the organizers, Kunwar was recognized for her contribution to the development, promotion and professional advancement of tattoo art in Nepal.
For Kunwar, tattooing is more than simply creating an image on the skin. It represents a creative language through which art, identity, emotion and memory can be expressed.
Through her innovative approach, creativity and years of continuous dedication, Kunwar has established a distinctive presence in Nepal’s growing tattoo-art scene.
As tattoo culture continues to gain popularity in Nepal, artists such as Kunwar are contributing to its recognition not merely as a trend, but as a professional and creative art form. Her recognition at an international award platform further highlights the growing visibility of Nepalese tattoo artistry.

The award ceremony also recognized several prominent personalities from Nepal’s entertainment and creative industries.
Among those honored were veteran artist Rashmi Bhatta, Nepal’s first female film director Suchitra Shrestha, film director Madhab Raj Kharel, and veteran fashion designer and Suitmala entrepreneur Raj Karki, among other distinguished personalities.
The participation and recognition of individuals from different professional backgrounds added diversity and significance to the ceremony. Bringing together personalities from the arts, entertainment and social sectors, the event provided a common platform to acknowledge their respective contributions.
The ceremony was also attended by notable personalities including music composer Santosh Raj Sahani, former Member of Parliament Binod Pahadi, and former Member of Parliament Chhiring Lhamu Gurung.

For Sunita Kunwar, the International Icon Award represents more than a personal achievement. It also marks another significant milestone in her continuing journey to establish tattoo art as a creative and professional discipline in Nepal.
Her work demonstrates how tattooing can go beyond a visual design on the body and become a medium connected to personal stories, emotions, memories and identity.
The recognition at Rastriya Nachghar has added another dimension to Kunwar’s artistic journey, giving her work greater visibility on an international platform while drawing attention to the growing potential of Nepal’s tattoo-art community.
The ‘Popular Tattoo Artist’ Award presented to Sunita Kunwar at the International Icon Award 2026 therefore stands not only as a recognition of an individual artist, but also as a reflection of the creativity, evolving identity and international potential of tattoo art in Nepal.