काठमाडौं - चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्रमा मुख्य नायकको भुमिकामा नायक संजित भण्डारीलाई अनुबन्धीत गरेका छन् भाद्र पहिलो सातावाट छायांकन हुनलागेको चलचित्रको नाम भने केही दिनमा सार्वजानिक गर्ने बताए । यस अघि कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कंचन चालिसे, लगायतका कलाकारहरु अनुबन्धित भईसकेका छन् ।
पिम नेपालको प्रस्तुति रहने फिल्मका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, डेविड सिंह राजपुत समेत कलाकारको रुपमा छानिएको र थप कलाकारहरु छनौट प्रकृयामा रहेको निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए ।
यस अगाडि मौन फिल्म ‘ढुङ्गे युग’, ‘विरानो माया’, ‘कुइनेटो’, ‘ढुङ्गे युग–२’ निर्देशन गरेका खरेलले गतवर्ष ‘द हिमालयन गोल्ड रस’ सिनेमा निर्माणको तयारी गरेका थिए । तर कोरोनाको कारण उक्त फिल्म निर्माण हुन सकेन ।
चलचित्रको छायाँकन बैशाखको पहिलो सााताबाटै गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेल्लिएको निर्देशक खरेलले बताए । चलचित्रमा कलाकारहरु छनौट प्रकृया पनि लगभग अन्तिम चरणमा पुगेको र वाँकी कलाकारहरुलाई केही दिन भित्रै छनौट वर्कसप संचालन गर्ने खरेलले बताएका छन् । शान्ति प्रिय काष्टिङ निर्देशक रहेको फिल्ममा साहिल चौधरीको छायाँकन, किरण दाहालको द्धन्द्ध रहनेछ । कमला जोशी निर्माता रहने फिल्मको भदौ पहिलो साताबाट छायाँकन सुरु हुँदैछ ।
काठमाडौं - दश वर्षीया सफलता श्रेष्ठ ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीत लिएर दर्शकमाझ आएकी छन् ।उनको स्वर र अभिनय रहेको गीतको भिडियो बिहीबार गोल्डेन क्रियशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतलाई सन्तोषले नै लेखेका हुन् भने दवेन्द्र नेवाःको संगीत संयोजन छ । हेम प्रभास अधिकारीको निर्देशन र समीर थकोरको कोरियोग्राफी रहेको गीतको भिडियोमा सफलतालाई नै फिचरिङ गरिएको छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ ।
अनामनगरको नेपाल मेघा स्कुलमा कक्षा ६ मा अध्ययनरत सफलता गीतसंगीत र अभिनय भनेपछि हुरुक्क हुनुहुन्छ । यो सार्वजनिक गीत उहाँको पहिलो गीत हो । उहाँका बुबा सन्तोष श्रेष्ठ नेपालका ख्यातिप्राप्त संगीतकार हुन ।
सन्तोषले थुप्रै गीतमा स्वर समेत दिएका छन् भने उनले संगीत गरेका गीतले विश्व रेकर्ड समेत राख्न सफल भएका छन् । सफलताले बाबुकै पदचाप पछ्याउने छनक यो सार्वजनिक गीतले दिएको छ । बाल गायिका सफलतालाई हाम्रो पनि यस कार्यका लागि शुभकामना ।
काठमाडौँ — असार २७, २०७८।
विगत केही समयदेखी सौन्दर्य जगतमा विभिन्न कार्यक्रमहरुको निरन्तरतासंगै ओन कृयसन प्रा.लि.ले सर्लाही जिल्लामा रहेका युवा युवतीहरु लक्षित “मिस्टर एण्ड मिस सर्लाही, २०२१" नामक सौन्दर्य कार्यक्रमको आवेदन फारम खुल्ला गरेको छ ।
यो प्रतियोगितामा १६ देखी २८ वर्ष उमेर समूहका युवायुवतीहरुले सहभागिता जनाउन पाउनेछन । उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर , नेतृत्वदायी क्षमताको विकास उच्च शिक्षा अध्ययनमा सहयोगि र मनोरन्जन तथा मोडलिङयात्राको लागि पनि सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएकोे आयोजक संस्थाका सिईओ बिशाल महरले जनाएका छन ।
प्रतियागिताको ग्राण्ड अडिसन २०७८ श्रावण १६ गते सर्लाहीको बरहथवास्थित सर्लाही होटलमा हुने आयोजक राहुल जयसवालले जनाएका छन । उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई २०७८ साल श्रावण तेस्रो सातावाट प्रशिक्षण प्रदान गरिने छ ।
प्रशिक्षणको क्रममा मोडलिङ ,फेशन सो , र्याम्प सो , शारारिक फिटनेश ,फोटो सेसन, टेवल म्यानर, फोटोग्राफी शिक्षा सासेसल मिडिया प्रयोग कसरी गर्ने लगायत विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरु ,वाल आश्रम, वृद्धा आश्रम साथै मिडिया सम्वन्धी जानकारी तथा अन्तरक्रिया कार्यक्रम गरिने आयोजक जयसवालले जनाए ।
प्रतियोगिताका विजेताले “मिस्टर एण्ड मिस सर्लाही, २०२१" को ताज उपाधि सहित म्यूजिक भिडियो खेल्ने अवसरका साथै अन्य गिफ्टहयाम्पर प्रदान गरिने छ । साथै फस्ट रनर अप र सेकेण्ड रनर अपले विभिन्न उपहारहरु पाउनेछन र त्यसैगरि मोडलिङ करियरमा प्रवेश गर्नेहरुको लागि पनि सहयोग गरिने जनाईएको छ ।
काठमाडौ-कोरोना महामारीबाट विस्तारै पार पाउन लागेका बेला तिजको रमझम सुरु हुन लागेको छ । नेपाली महिलाहरुको महान पर्व तिज नजिकिँदै जाँदा दिन–दिनै नयाँ तिजगीतहरु सार्वजनिक भइरहेका छन् ।यही सिलसिलामा ए डि इन्टरमेन्टको प्रस्तुतिमा रीना मेचेको नयाँ गीत ल्याङ फ्याङ तीज सार्वजनिक भएको छ।
अनिश दवाडी अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको भिडियोमा अनिश दवाडिको संगीत,रमेश परियार को शब्द,सम्पादन विकाश ज्ञवाली,एजेन्ज कृष्ण केसी,रेकर्डिङ बिनोद परियार,उत्पादन माधव राउत,डाइरेक्टर मौसम हिमाली र स्वर कार्यक्रमसंचालिका,मोडल तथा गायिका बिष्णु माया पौडेल र गायक हरि गीरि बिमर्शी को रहेको छ।
सार्वजनिक गीतमा अनीश दवाडी ,पुरुषोत्तम गीरि,सबिता परियार,बिमा शरू मगत,लोमाश शर्मा,निक्स शर्मा,शिशिर पौडेल,सुमन परियार ,मायलु दिनेश,मदन केसी,नेना बुढाथोकी,रुपा लामा प्रियंका नेपाली को अभिनय रहेको छ।
काठमाडौं -लोक प्रिय गायक प्रविन बेडवालको आवाज श्रीदेव भट्टराई र नग्मा श्रेष्ठको अभिनयमा ‘तिम्रो मुहारमा’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
गीतमा प्रमोद भट्टराई प्रतीकको शब्द,कृति न्यौपानेको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक प्रविन बेडवालको स्वर रहेको छ। प्रग्यस्वरी स्टुडियोमा रेकर्ड गरेको गीतलाई शम्भु तनडुकरले मिक्सिङ / मास्टरिङ र राजु कार्कीले संगीत संयोजन गरेका हुन्।
हेमप्रभास अधिकारीको निर्देशन अन्जु सुनारको कोरीयोग्राफर रहेको उक्त भिडियोमा श्रीदेव भट्टराई र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ। अजय रेग्मीले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन,कलर गरेका हुन् । ‘तिम्रो मुहारमा’ म्यूजिक भिडियो ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । ‘तिम्रो मुहारमा’ म्यूजिक भिडियो प्रमोद भट्टराई प्रतीकद्वारा निर्माण भएको हो। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
काठमाडौ -२१ वर्षअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गोली हान्न तयार छु भन्ने अभिव्यक्ति दिएपछि बरिस्ठ कलाकार तथा निर्देशक मोहन निरौला पक्राउ परेका थिए ।
ठीक २१ वर्षपछि वागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोली हान्छु त भनेनन् तर गोड्से बन्न तयार छु भनेर हत्या गर्न तयार रहेको अभिव्यक्ति दिए ।
आजकालका धेरै मान्छेले मोहन निरौलालाई बिर्सिसकेका छन् । नरोत्तम वैद्यको विवादस्पद अभिव्यक्तिले फेरि कलाकार, निर्देशक निरौलालाई सम्झाइदिएको छ ।
निरौला पुरानो दिनलाई सम्झँदै भन्छन "वैद्य नेता भएकाले उनलाई राजनीतिक दबाबमा माफी मगाएपछि छाडिहाले, हामी जनतालाई सजाय गर्ने त हुन् । त्यसबेला म १५ दिन भूभिगत भएँ,अन्तिममा पक्राउ गरेर जेल हालेका थिए अदालतबाट छुटेँ ।"
के थियो त्यो घटना, जसले निरौलालाई भुमिगत बनायो ?
नेपालमा बहुदलीय व्यवस्था स्थापना भएको १० वर्षमै व्यवस्था बदनाम भइसकेको थियो । अहिले जस्तै दलहरुभित्र विकृतीले सरकार बन्ने र ढल्ने सांसद किनबेचका खेल भइरहेका थिए ।
एकातिर माओवादीले सशस्त्र युद्ध चलाइरहेको थियो भने अर्कोतिर वहुदलीय व्यवस्थाको विकृतिका कारण उत्पन्न जनताको असन्तुष्टीलाई दरबारले उपयोग गरिरहेको थियो ।
‘राजा आऊ देश बचाऊ’ अभियान चलाइरहेका एकजना अभियन्ता थिए मोहन निरौला । त्यसबेला चर्चित टेलिसिरियल र फिचर फिल्ममा समेत नाम कमाएका निर्देशक निरौला दरबार नजिकका मानिन्थे ।
तत्काली राजा वीरेन्द्रका भाइ पूर्व अधिराजकुमार धिरेन्द्र शाहसँग भित्रभित्रै माओवादीका नेताहरु पनि वार्तामा थिए । अधिराजकुमार पदवी खोसिए पनि दाजुको पक्षमा सक्रिय थिए ।
५७ सालमा राजावादी कलाकार मोहन निरौलाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आफैं गोली हान्न तयार भएको भनी भाषण गरेवापत उनी गिरफ्तार भएका थिए । उनी त्यसबेला परिवर्तन नेपाल नामक संस्थामार्फत राजालाई सक्रिय बनाउने गतिविधिमा संलग्न थिए । पर्यटन बोर्डको हलमा अधिराजकुमार धीरेन्द्र शाहको उपस्थिति रहेको कार्यक्रममा उनले त्यस्तो बोलेका थिए ।
निरौलाले भनेका थिए– गिरिजा भ्रष्टाचारी हो । यस्ता भ्रष्टलाई छानीछानी गोली हानुपर्छ । यसका लागि म तयार छु ।
प्रहरीले खोजेपछि उनी केही दिन भूमिगत भए । आइजिपी खरेलका दाइ तथा वरिष्ठ चलचित्रकर्मी यादव खरेलमार्फत गिरफ्तार नगर्ने कुरा मिलाएर उनी भूमिगत जीवनबाट निस्किए । तर, गृहमन्त्री खुमबहादुर खड्काको निर्देशनमा पुतलीसडक स्थित परिवर्तन नेपालको कार्यालयबाटै गिरफ्तार भएका थिए।
गिरिजाप्रसाद कोइराला अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली जस्तै थिए । कि त उनका समर्थकमात्र थिए कि त उनका विरोधीमात्र । एमालेले गिरिजा प्रसादलाई लाउडा विमान भ्रष्टाचार काण्डमा संलग्न भएको भन्दै ५७ दिन संसद अवरोध गरेको थियो भने सडक आन्दोलनमा केही एमाले कार्यकर्ताको ज्यान समेत गएको थियो ।
निरौलाले प्रधानमन्त्रीको हत्या गर्छु भनेपछि उनलाई प्रहरीले पक्राउ गर्न खोज्यो । उनी १५ दिनसम्म भूमिगत बसे । कोइराला समर्थकले उनलाई दरवारले लुकाएको आरोप समेत लगाएका थिए ।
त्यसबेला आइजीपी थिए अच्युतकृष्ण खरेल, जसको दरवारसँग खटपट थियो । अन्ततः उनलाई वडा प्रहरी कार्यालय सिंहदरवाारले पक्राउ ग¥यो । तर जिल्ला अदालत काठमाडौंले छाड्ने आदेश दिएपछि आफू छुटेको त्यो समयलाई निरौला सम्झिन्छन् ।
निरौलालाई जिम्मा लिन कलाकार रविन्द्र खड्का गएका थिए, जो पछि राजा ज्ञानेन्द्रको शासनकालमा पनौतीको मेयर बने । अझ रोचक संयोग त के भने नरोत्तम वैद्यको अभिव्यक्तिलाई एमालेकै माधव नेपाल पक्षका नेता मेटमणी चौधरीले समर्थन जनाए जस्तै त्यसबेला पनि निरौलाको अभिव्यक्तिको समर्थन गर्दै तत्काली विद्रोही माओवादीका नेता डा.बाबुराम भट्टराईले कान्तिपुर दैनिकमा लेख लेखेका थिए ।
काठमाडौ - नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिवलले तेस्रो संस्करण आयोजना गर्ने जनाउँदै फिल्मकर्मीलाई सहभागिताका लागि फिल्म बुझाउन आग्रह गरेको छ । फेस्टिवलका संस्थापक सन्तोष सुवेदीले स्वदेशी र विदेशी फिल्म समावेश फेस्टिवलमा सहभागिता जनाउनका लागि जुलाई १ सम्मको समय सीमा तोकिएको जानकारी गराएका छन् ।
इच्छुक फिल्मकर्मीले फिल्म फ्रिवेमार्फत् फेस्टिभलमा बुझाउन सक्नेछन् । सुवेदीले पहिलो र दोश्रो संस्करणको सफलतासँगै तेस्रो संस्करणको आयोजना लागि तयारीमा लागेको बताएका छन् । ‘पहिलो र दोश्रो संस्करणको सफलतासँगै तेश्रो संस्करणको आयोजना गर्ने तयारी थालेका हौं । यसका लागि जुरीहरू छान्ने काम पनि सुरु भइसकेको छ । फेस्टिवल भने डिसेम्बरमा गर्ने योजना रहेको सन्तोषले बताए ।
उनले भर्खरै खुलेको आवेदनमा पनि २७ देशका ७२ वटा फिल्म आइसकेको बताए । उनले अझै दुई महिना बढी फिल्म पठाउने समय सीमा रहेकाले प्रशस्त फिल्म सहभागी हुने अपेक्षा रहेको बताए ।
फेस्टिभलमा ७ नेपाली र ७ विदेशी गरी १४ फिल्मलाई पुरस्कृत गरिनेछ । फेस्टिभलमा विदेशतर्फ उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट सर्ट फिल्म, उत्कृष्ट डकुमेन्ट्री फिल्म, उत्कृष्ट ह्युमन राइट्स फिल्म, उत्कृष्ट चिल्ड्रेन फिल्म, उत्कृष्ट वुमन फिल्म र उत्कृष्ट एनिमेटेड फिल्म गरी ७ विधामा अवार्ड बाँडिनेछ । यसमा उत्कृष्ट हुने फिचर फिल्मले ट्रफीसँग ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् भने बाँकी सबै विधाका विजेताले २ सय ५० डलर प्राप्त गर्नेछन् ।
काठमाण्डौ - कोरोना संक्रमण नियन्त्रणका लागि रंगकर्मीहरुले नाटक प्रस्तुत गरेका छन । जनचेतना नेपालले कोभिड १९ सम्बन्धि जनचेतना मूलक नाटक प्रस्तुत गरेका हो । कोरोना संक्रमण तिब्र रुपमा फैलिए पछि नाटक मार्फत सचेतना जगाउन शुरु गरिएको जनचेतना नेपालका केन्द्रीय अध्यक्ष बालकृष्ण निरौला बताउनु भयो ।रङ्गकर्मी आशान्त शर्मा निर्देशनमा कोरना भाइरस (कोभिड–१९) बिरुद्धको सचेतना मूलक सडक नाटक ‘हाम्रै गाउँघरमा’ मञ्चन गरिएको छ । गोकणेश्वर नगरपालिकाको आयोजनमा जनचेतना नेपालको प्रस्तुति सामुदायिक सडक नाटक भेनस कलेजको सभा हलमा प्रथम प्रर्दशन गरिएको हो ।
कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले नगरबासीमा चेतना जगाउन सो नाटक मञ्चनको आयोजना गरेको नाटकका कलाकार मुना निरौला त्रिपाठीले जानकारी गराउनु भयो । ३० मिनेट लामो नाटकमा ब्यक्तिगत सरसफाई तथा कोरोना रोग र रोकथाम बारे समसामयिक बिषयलाई नाटकमा उठान गरेको अर्का कलाकार यम बहादुर जीसीले बताउनुभयो । नाटकमा मुख्य कलाकारको रुपमा कमल बोहरा, मुना निरौला त्रिपाठी, कबिन्द्र त्रिपाठी, याम बहादुर जिसी, सोमा न्यौपाने लगायतको भूमिका रहेको छ भने अन्य कलाकारमा शरला पराजुली, प्रनिस थापा मगर, कृष्ण केसी रेशम मल्ल, बिनोद प्रकाश धामीको अभिनय हेर्न सकिन्छ ।
क्रितिमा र क्रिस्टीना त्रिपाठीले बाल कलाकारको रुपमा अभिनय गर्नुभएको छ । नाटकको लेखन कबिन्द्र त्रिपाठी रहनुभएको छ । नाटकमा समसामयिक राजनीतिक ब्यवस्था, पारिवारीक पिडालगायत कोरोना संक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने बिषयलाई सडक नाटकमार्फत आम नागरिकले बुझने भाषा शैलिमा प्रस्तुत गरिएको छ । नाटकमार्फत कोरोना संक्रमणबारे कसरी बच्ने भन्ने बारे सचेतना फैलाउने उद्देश्य भएकोले नगरपालिकाले सहयोग गरेको गोकुणेश्वर नगरपालिकाले जनाएको छ ।
नाटकमा जाँड रक्सीको कुलतले समाजमा निम्त्याउन सक्ने विभिन्न विकृति विरुद्ध सचेत गराएको छ । सडक नाटकमा १२ जना कलाकारले अभिनय प्रस्तुती दिएका छन । सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर नाटक प्रस्तुत गरीने नाटकका कलाकार समेत रहनु भएका जनचेतना नेपालका अध्यक्ष निरौलाले जानकारी दिनु भयो । अध्यक्ष निरौलाले सातै प्रदेशमा सामाजिक रुपान्तरणका साथै जनजनमा कोभिड १९ बिरुद्ध जनचेतना जगाउने काममा निरन्तरता दिने बताउनु भएको छ ।
जनचेतना नेपालको हाल केन्द्रीय कार्यालयसहित १ नम्बर प्रदेश र बाग्मती प्रदेशमा प्रादेशिक संरचना रहेको र अन्य प्रदेशमा पनि संस्थालाई विस्तार गरिने यसअघि पनि जनचेतना नेपालले झापा, काभ्रे ,नुवाकोट, काठमाडौँ, चितवन लगायतका विभिन्न जिल्ला को ग्रामीण भेगमा न्यानो कपडा, खाद्यान्य, अभिमुखीकरण, स्वयंसेवी, निःशुल्क खाना वितरण लगायतका जनचेतना जगाउने काम गरिसकेको छ ।
काठमाण्डौ – फरक धार र गहकिला भावका गीतबाट सङ्गीत क्षेत्रमा विशिष्ट पहिचान स्थापित गरेका भर्सटायल सङ्गीतकार / गायक शिशिर योगीले रोमाण्टिक भावको गीत माया छेउमै नआउने को भिडिओ सार्वजनिक गरेका छन् l
गत शुक्रबार ४ बजे युट्युब प्रिमियरसँगै टेकू स्थित WONDE Kitchen मा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी गीतका सङ्गीतकार तथा गायक योगीले रिलिज भएको गीत तथा भिडिओको बारेमा जानकारी गराएका थिए l हरिहर तिमिल्सिनाको शब्दरचना, सुरेश शाहीको सङ्गीत संयोजन र कुमार रानाको मिक्सिङ / माष्टरिङ रहेको यो गीत केहीदिन अघि मात्र उत्तरढोका स्थित मारुनी डिजिटलमा रेकर्ड भएको थियो l
लामो समयदेखि म्युजिक भिडिओ, वृत्तचित्र आदिको सिनेम्याटोग्राफी र सम्पादनमा क्रियाशील रही केहीवर्ष यता निर्देशन समेत गर्दै आएका वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सिनेम्याटोग्राफी र सम्पादनमा निर्मित यस भिडिओका कोरियोग्राफर सुरेन्द्र बसेल हुन् l
भिडिओमा सुधीर श्रेष्ठ र याङ्शु श्रेष्ठले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l भिडिओ योगीकै अफिसियल युट्युब च्यानल Shishir Yogi मा अपलोड गरिएको छ l सारङ्गी त रेटेपनि, यो देशमा म एउटा मानिस खोजिरहेछु, आमाले घाँस काट्दै गर्दा, यता खोज्छु छैनौ आमा, बोल्ने कोही छैन जस्ता कालजयी गीतका गायक शिशिर योगी अब्बल दर्जाका सङ्गीतकार समेत हुन् |
काठमाडौं-शुक्रबारदेखि काठमाडौंको जमल स्थित संस्कृतिक संस्थानमा जारी नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१ उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आईतबारबाट सकिएको छ । महोत्सबमा यो वर्ष बृत्तचित्र तर्फ गणेश पाण्डे निर्देशित तथा सारदा गैरे निर्मित बहुपति प्रथामा आधारित बृत्तचित्र ‘सहायक श्रीमान’ ९को हजबेन्ड० उत्कृष्ट भएको छ । यो बृत्तचित्र हिमाली भेकमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलाहरुमा जारी बहुपति प्रथामा केन्द्रित थियो ।
यस्तै महोत्सबमा कथानक चलचित्र तर्फ हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित चलचित्र ‘आमा’ उत्कृष्ट भएको छ । आमा बृद्धा आमा बुबालाई बृद्धाश्रममा राख्नेहरुको कथामा यो चलचित्र आधारित थियो ।
यस्तै यो वर्ष डक्युड्रामा तर्फ माधवराज खरेल निर्मित एवम् निर्देशित बृत्त चलचित्र ‘दुर्गामाण्डु’ उत्कृष्ट भएको छ । यो बृत्त चलचित्रमा सुदुरपश्चिममा अझै कुप्रथाको रुपमा रहेको छाउपडी समस्यामा आधारित थियो ।
यी तीन वटै उत्कृष्ट चलचित्रलाई जनही ५ हजार रुपैयाँ सहित आदिम पुरस्कार प्रदान गरिएको छ । अभिनेता प्रदीप बास्तोला, सञ्चारर्मी जीवन पराजुली, गायिका सरिता भारतीसहित पाँच जनाको निर्णायक टिमले उत्कृष्ट चलचित्रको चयन गरेको थियो ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनद्धारा आयोजित नवौं संस्करणको महोत्सब समापन समारोहमा नेपालका निमित्त अफ्रिकी मुलुक इथोपियाका कन्सुलेट राजेन्द्र गिरीले उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए । यो महोत्सबले नेपालमा अफ्रिकालाई सिनेमाबाट चिनाउन ठुलो सहयोग पु¥याएको उनले बताए ।
चलचित्र निर्देशक तथा सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले समापन समारोहमा पुरसकार प्रदान गर्दै नेपाली भन्दा अफ्रिकन फिल्महरु धेरै माथि भएकाले हामीले उनीहरुको फिल्मबाट धेरै सिक्ने अबसर पाएको बताए ।
आईतबार नै महोत्सबमा नेपाली र अफ्रिकन चलचित्रका चुनौतीबारे बहस भएको थियो । सो बहसमा राजेश थापाले नेपाली चलचित्रको बिगत देखि अहिलेसम्मको अबस्था चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस्तै अर्का निर्देशक मनोज पण्डितले अफ्रिकनको तुलनामा नेपाली चलचित्र र नेपाली चलचित्रका समस्याबारे कार्यपत्र प्रस्तुत गरे ।
सो अन्तरक्रियामा गणेश खनियाँले अफ्रिकाको जीवनशैली, सिनेमा, नेपाल र अफ्रिकाको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरेका थिए । महोत्सबबाट आफुहरुले निरन्तर नौ वर्षदेखि नेपाल अफ्रिकालाई जोड्ने कार्य गरेको आयोजक संस्था कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी अध्यक्ष डा। मञ्जु मिश्रले समापन समारोहमा बताईन् ।
महोत्सब निर्देशक डब्बु क्षत्रीले कोरोनाको महामारी बीच पनि सामाजिक दुरी कायम गरेर आफुहरु महोत्सब सम्पन्न गर्न सफल भएको बताए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार उद्घाटन गरेको यो महोत्सबमा नेपालमा ७ वटा र अफ्रिकामा ८ वटा चलचित्र प्रदर्शन गरियो ।