काठमाडौँ - चैत्र १९।
नेतृत्व र व्यक्तित्व बिकास एवं आत्मविश्वास अभिवृद्धिलाई मध्यनजरमा राखेर उत्कृष्ट प्रतिस्पर्धालाई स्थापित गर्दै कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्ने उदेश्यले चाँदनी इन्टरटेन्मेन्ट एन्ड ट्रेनिङ प्रालिले “मिस एण्ड मिस्टर चन्द्रागिरी नेपाल” र "चन्द्रागिरी प्रीन्स एन्ड प्रीन्सेस् नेपाल" नाम दिईएको दुई सौन्दर्य प्रतियोगिता एकैसाथ आयोजना गर्ने भएको छ ।
“मिस चन्द्रागिरी नेपाल-२०१९" सौन्दर्य प्रतियोगिताको सफल आयोजना गरिसकेको आयोजक संस्थाले अब पुनः सौन्दर्य प्रतियोगितालाई निरन्तरता दिने उदेश्यले उक्त दुई कार्यक्रम आयोजना गर्न लागेको हो।
नेपालका सौन्दर्य क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्वहरुको निर्णायक टोलीले ईच्छुक सहभागीहरुको छनौट गर्नेछन । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २० दिनको विशेष प्रशिक्षण समेत प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा तथा नेतृत्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, मेकअप तथा फोटोग्राफी सम्बन्धि क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने छ । प्रतियोगीहरुले आफु भित्र रहेको प्रतीभालाई समेत खुलेर प्रस्तुत गर्न पाउनेछन्।
इच्छुक प्रतियोगीहरुले थानकोट क्याफे (थानकोट चोक), प्रधान फोटो स्टुडियो (सतुङल चोक), चन्द्रागिरी कम्प्लेक्स- जस्ट किक्स् (विष्णुदेबी स्कुल नजिक) र चाँदनी इन्टरटेन्मेन्ट प्रालीको फेसबुक पेज मार्फत तथा इमेल "chandragiriprincessnepal@gmail.com"
मार्फत फारम लिएर अडिसनमा सहभागीता हुन सकिने छ ।
काठमाडौँ - चैत्र १९।
अनिश बु्ढाथोकी र सुष्मा खत्रीले यो वर्षको ‘मिस्टर एण्ड मिस आईकन अफ भक्तपुर –२०२१’ को ताज पहिरिन सफल भएका छन् ।
रोयल मेजेन्टाको आयोजनामा भक्तपुरको सुर्यविनायकस्थित ईम्पेरियल बैंक्वेटमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै ‘मिस्टर आईकन अफ भक्तपुर –२०२१’ को उपाधी अनिश बु्ढाथोकी ले हात पारे । ‘मिस आईकन अफ भक्तपुर –२०२१’ को ताज भने सुष्मा खत्रीले पहिरिईन।

प्रतियोगितामा मिस्टर तर्फबाट सौरभ राज गिरि फर्स्ट रनर अप भए भने मिस तर्फबाट अस्मिता कार्की फर्स्ट रनर अप घोषित भईन। त्यसैगरी रियनुज तण्डुकार र अल्विना श्रेष्ठ क्रमशः मिस्टर र मिस तर्फबाट सेकेण्ड रनर अप घोषित भएका थिए ।
कोरियोग्राफर आशिष नापितको करिव एक महिना लामो प्रशिक्षण पश्चात प्रतियोगीहरुलाई स्टेजमा उतारिएको थियो । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई शारारिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । ‘पछिल्लो समय सौन्दर्य प्रतियोगिताले प्रतिस्पर्धीको अन्तर्निहित क्षमता उजागर गर्नेतर्फभन्दा आयोजक संस्थाको मनोपोलीको कारण यस क्षेत्रलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बन्दै आएको अवस्थामा हाम्रो उदेश्य व्यवस्थित एवं गुणस्तरिय मोडल उत्पादन गर्नु र यसतर्फ आफ्नो करियर सुनिश्चित गर्न चाहनेहरुलाई मञ्च दिनु पनि हो’,आयोजक रविन देउजाले बताए ।
काठमाडौँ - चैत्र १८।
भक्तपुर निस्ट स्कूल भक्तपुरसंगको सहकार्यमा इनोभेसन इभेन्ट मेनेजमेन्टद्वारा आयोजित “लिटिल प्रिन्स एण्ड प्रिन्सेस, २०२१” को शिर्ष उपाधी श्रीनिका श्रेष्ठ र श्रीतु रिजालले जितेका छन।
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको अन्तिम प्रतिस्पर्धामा ग्रुप 'ए' तर्फबाट श्रीनिका श्रेष्ठले विजेताको ताज पहिरिदा बिलक्षना लुईटेल फर्स्ट रनर अप भईन । साथै तविसि राणा सेकेण्ड रनर अप, सेरेना गौतम थर्ड रनर अप र अबिन्ता सिवाकोटी फोर्थ रनर अप घोषित भए।
त्यसैगरी ग्रुप 'बी' तर्फबाट श्रीतु रिजालले विजेताको ताज पहिरिदा हर्षन कार्की फर्स्ट रनर अप भए । साथै सान्वी भट्टराई सेकेण्ड रनर अप, सुदेश्ना नेपाल थर्ड रनर अप र परधी फुयाँल फोर्थ रनर अप घोषित भए।
प्रतियोगितामा लिटिल स्टार प्रिन्सको अवार्ड साईमन बरुवालले हार पारे भने लिटिल स्टार प्रिन्सेसको अवार्ड एन्जल पोखरेलले हात पारिन।
निशा पाठकले संचालन गरेको अन्तिम प्रतिस्पर्धामा तेन्जु योन्जनको कोरियोग्राफी रहेको थियो। कार्यक्रमको निर्णायक मण्डलमा ग्रुप अफ इभेन्ट एन्टरटेन्टरका संस्थापक सीईओ, नेशनल डिरेक्टर (म्यानहन्ट इन्टरनेशनल नेपाल र मिस एशिया प्यासिफिक इन्टरनेशनल नेपाल) अनुप सक्सेना, मिस एवरेस्ट नेपाल,२०१६ की विजेता आकांक्षा भट्टराई, वरिष्ठ सौन्दर्यविद तथा रुश्का रुश्का मेक अप स्टुडियोकी डिरेक्टर रुश्का बैध, अभ्यनी प्रोडक्सनका सिईओ अभिविन्द खनिया, मिस्टर नेपाल २०१९ का विजेता डा सन्तोष उपाध्याय, ईभेन्ट कन्सेप्ट डिजाईनर तथा भोग लस्टकी संस्थापक तथा सिईओ सोन्या गुरुङ, म्यान हन्ट नेपाल २०१९ को विजेता बिबेश श्रेष्ठ, प्रोफेशनल बाईक राईडर, नेचुरल मेन्स फिजिक एथलेट तथा फिटनेस मोडल सुवर्ण खड्का, शास्त्रीय गायिका, ललित कला केन्द्रीय विभाग एचओड, त्रिभुवन विश्वविद्यालय सह प्राध्यापक संगीता प्रधान रहेका थिए। कार्यक्रम को अर्डिनेटरको रुपमा राज रिशाल रहेका थिए।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई नृत्य, गायन, शारीरिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास, र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको निस्ट स्कुलका प्रिन्सिपल दिलीप राणाले जनाए। सौन्दर्य प्रतियोगिता मार्फत बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक महेश केसीले बताए ।
काठमाडौँ — चैत्र १७, २०७७।
पछिल्लो समय मोफसलमा निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको पि प्रोडक्सनले “मिस्टर एण्ड मिस प्यासिफिक काठमाडौं,२०२१” को पहिलो संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ ।
उपत्यका लगायत मोफसलका विभिन्न स्थानबा्ट १६ वर्ष देखि २४ वर्ष सम्मका छात्र छात्राहरुलाई मध्यनजर राखि “मिस्टर एण्ड मिस प्यासिफिक काठमाडौं, २०२१” को आयोजना गर्न लागिएको पि प्रोडक्सनका कार्यकारी प्रमुख प्रशान्त शाहले जनाए ।
कलेज स्तरका युवा - युवतीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा समाजमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो ।

पछिल्लो समय मोफसलमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको पि प्रोडक्सनले काठमाडौंमा गर्न लागेको पहिलो चरणको यस प्रतियोगिताका लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त कार्यक्रममा विभिन्न कलेज तथा शहरहरुबाट करिव ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने छ ।
उक्त कार्यक्रमको लागि सहभागीताको लागि चैत्र अन्तिम साता सम्म आवेदन फारम भर्न सकिनेछ ।प्रतियोगिताका विजेताले “मिस्टर एण्ड मिस प्यासिफिक काठमाडौं, २०२१” कोे ताज उपाधि सहित आकर्षक गिफ्ट ह्याम्परहरुको साथै विभिन्न मोडलिङ/म्युजिक भिडियो कन्ट्र्याक्ट प्रदान गरिनेछ। साथै यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिनेछ ।
काठमाण्डौं- पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय सर्जक एवम् गायक दामोदर भण्डारीको उत्कृष्ट सृर्जनामा ‘फुल राम्रो रातै हो’ गितको अफिसियल म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ । गितमा लोकप्रिय चर्चित गायक गायिका दमोदर भण्डारी र तुलसि धर्ति मगरको निकै सुमधुर आवाज सजिएको छ । सर्जक एवम् गायक दामोदर भण्डारीको उत्कृष्ट लय शब्द सृर्जना रहेको गितमा डोल राजले संगित संयोजन रहेको छ । फुल राम्रो रातै हो पैसाबाल देखेसी टासिने केटी जातै हो , फुल राम्रो रातै हो, राम्री केटी देखेसी टासिने केटाको जातै हो केटा केटी विचको यस्तै यस्तै रमाईला कुराहरु गितमा निकै उत्कृष्ट शैलिमा दर्शाईएको छ । सर्जक एवम् गायक दामोदर भण्डारी अत्यन्तै सहयोगी , मिलनसार साथै उत्कृष्ट गित सगित सृर्जना एवम् रचना गर्ने सर्जक पनि हुन् ।
निकै मिठो सुमधुर आवाजमा धनि भण्डारीको केही समय अघि वजारमा आएको गित ‘छुर्पि चौरी गाईको’ टिकटक देखी युटुवमा निकै भाईरल भएको थियो भने भण्डारीको चर्चा निकै चुलिएको थियो । ‘फुल राम्रो रातै हो’ गित सार्वजनिक भए लगतै कान्तिपुर पाटीसंग कुरा गर्दै निकै मिहिनेतका साथ फरक प्रसंगको साथमा नया सृर्जना लिएर आएको छु, विगतमा जस्तै ‘छुर्पि चौरी गाईको’ गितलाई जसरि माया गर्नु भयो, यो गितलाई पनि त्यस्तै माया गर्दिनुहुन्छ भने आशा अनि अपेक्षा गरेको बताए । गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , चर्चित म्युजिक भिडियो निर्देशक एवम् कोरियोग्राफर काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा निकै चर्चित कलाकारहरु अभिनय एवम् डान्सिंग फिचर रहेको छ । लोकप्रिय कलाकार विमल अधिकारी, करिष्मा ढकाल, वविन सिंह ठकुरी, अस्मिता पुरी, भरत श्रेष्ठ, सृर्जना किराती, रोशन गैरे, सपना रावत लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ। समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ, गितको म्युजिक भिडियोमा राजेश घिमिरेको छांयकन तथा दिपक विष्टको सम्पादन रहेको छ । उक्त गितको म्युजिक भिडियो दामोदर भण्डारीको अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो : https://youtu.be/3invmiMj418
काठमाडौं –क्रियटिभ इनसाईट मिडियाले आयोजनामा नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१ काठमाडौंमा बिहिबार सम्पन्न भएको छ । राजधानीको कमलपोखरी स्थित रसियन कल्चरल सेन्टरमा आयोजना गरिएको अवार्ड समारोहमा चलचित्र, सङ्गीत, फेशन, पर्यटन एवम् संस्कृति, सौन्दकला जस्ता विधामा अवार्ड प्रदान गरिएको थियो ।
नेपाली संगीत क्षेत्रमा साढे चार दशक लामो समयदेखि योगदान दिएको भन्दै वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई संगीत साधक सम्मानबाट काठमाडौंमा बिहीबार सम्मानित गरिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका निवर्तमान अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, आयोजक सूर्यचन्द, अभिनेत्री निर्देशक दीपाश्री निरौलालगायतले बासकोटालाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरेका हुन् ।
कार्यक्रममा आधुनिक गायिकाको अवार्ड अन्जु पन्त र गायकको अवार्ड सम्राट चौलागाईले जिते । यस्तै, आधुनिकतर्फ नै गीतकारको अवार्ड दधी अधिकारी, म्युजिक भिडियो निर्देशक अवार्ड हिराकाजी थापा, मोडल पुरुष अवार्ड समिर खान, मोडल महिला अवार्ड समीक्षा पोखरेलले हासिल गरे । यस्तै युगल गायन अवार्डल गुणराज श्रेष्ठ र अनिता कुँवर, युगल संगीतकार अवार्ड हेमराज श्रेष्ठ, डायस्पोरा गायिका अवार्ड इशा श्रेष्ठ, नवगायिका अवार्ड देवकुमारी थापा, नव मोडल अवार्ड प्रविण डिसी, नव गीतकार अवार्ड सन्तोष कटुवाल, लोक आधुनिक गायक अवार्ड अशोक अर्याल, संगीतकार अवार्ड राजु अवार्डले, गायिका अवार्ड मन्जु थापा र म्युजिक भिडियो निर्देशक अवार्ड विधान कार्कीले, हासिल गरे ।
यस्तै, राष्ट्रिय भागको उत्कृष्ट गीतकार अवार्ड सुष्मा देवकोटा, आधुनिक गायक जुरी अवार्ड नारायण कोइराला, पपुलर गायिका अवार्ड रानी शाक्य र आधुनिकमै पब्लिक च्वाइस अवार्ड रेजिना रिमालले प्राप्त गरे ।
पप गीततर्फ उत्कृष्ट पप गायकको अवार्ड सचिन रौनियार, नवगायकको अवार्ड भीमबहादुर थापा, गीतकार अवार्ड विष्णुविक्रम निरौला र नेपाल भाषा मोडल अवार्ड रञ्जना सितिखुले हासिल गरे ।
यस्तै, अवार्ड समारोहमा विभिन्न व्यक्तिलाई सम्मान एवं अवार्ड प्रदान गरियो । फेसनतर्फ सर्वोत्कृष्ट फेसन मोडल अवार्ड पुरुषतर्फ रणधीर शाह, महिला अवार्ड दुर्गा बिसुराल, ब्युटी पेजेन्ट मोडल अवार्ड छिरिङ डोल्मा शेर्पा, पेजेन्ट डिरेक्टर अवार्ड निसुकान्त झाले, पपुलर फेसन मोडल अवार्ड शिलास्मा हमाल, फेसन डिजाइनर अवार्ड इन्ता श्रेष्ठ, फेसन डिजाइनर पपुलर अवार्ड काजल शर्मा, पेजेन्ट तथा फेशन कोरियोग्राफर अवार्ड अश्विनी कान्त झा, योङ इभेन्ट इन्टरपेनियर अवार्ड बालकृष्ण पोखरेल र एकेडेमी अवार्ड नाजिर हुसेनले हासिल गरे ।
यस्तै ब्युटीतर्फ ब्युटी सलुन अवार्ड रश्मिलाज फेसियल हाउस, हेयर टेक्निल अवार्ड रिना अवाल, उत्कृष्ट ब्युटी एकेडेमीे अवार्ड रोज ब्युटी पर्लर एन्ड टे«निङ सेन्टर, माइक्रोब्लाडिङको अवार्ड प्रतिभा शाही, ब्राइडल मेकअप अवार्ड सिर्जना माया कँडेल, मेकअप आर्टिस्ट अवार्ड शान्ति डंगोल र ब्युटिसियनको अवार्ड सुष्मिता बमजनले प्राप्त गरे ।
कार्यक्रममा संगीत पत्रकारिताबाट पत्रकार विदुर गिरी, कृष्ण भट्टराईलाई विशेष सम्मान गरियो । यस्तै, माधव अधिकारी र अरबिन्द गौतमलाई पनि सम्मान गरियो । सौन्दर्य कला योगदान सम्मानबाट वरिष्ठ ब्युटिसियन सोनीका रञ्जित, राष्टिय समाजसेवी सम्मानबाट प्रकाशकुमार श्रेष्ठ, राजु खड्का, राजेश विशुराल, मनोज श्रेष्ठ गोर्खाली, अमुल श्रेष्ठ, अन्जु बुढाथोकी र हाङ चेम्जोङलाई सम्मानित गरियो । यस्तै, ब्युटिसियन समनबाट अनिता गुरुङ, रेणु रानामगर, मेनुका शिवाकोटी, उषा गुरुङलाई सम्मानित गरियो ।
यस्तै, लोक दोहोरी संगीत पूर्वेली संगीतकार अवार्ड डीआर अटुले, काठे लोकदोहोरी संगीतकार अवार्ड दिनेश श्रेष्ठ, काठे दोहोरी गायक अवार्ड रामशरण आलेमगर, पूर्वेली गायक अवार्ड गंगाप्रसाद घिमिरे, शालैजो गीतकार अवार्ड नीरप्रसाद गुरुङ, लोकदोहोरी भाका अवार्ड उमेश थापामगर, लोकगायिका अवार्ड प्रतिक्षा केसी, लोकदोहोरी गायिका अवार्ड सन्जु न्यौपाने, लोक दोहोरी जुरी अवार्ड मन्जु पौडेल, क्रिटिक्स अवार्ड यमुना अर्याल र गीतकार अवार्ड महेश आचार्यले हासिल गरे ।
यस्तै, चलचित्रतर्फ सर्ट फिल्मबाट निर्देशक अवार्ड जनकराज खकुरेल, निर्देशक पब्लिक च्वाइस अवार्ड दूर्गामान्डुबाट माधवराज खरेल, चलचित्र नायिका अवार्ड शुभेच्छा थापा, नायक अवार्ड विनोद श्रेष्ठ र नायिका क्रिटिक्स अवार्ड अनु शाहले हासिल गरे ।
काठमाडौँ — चैत्र ८, २०७७।
सामाजिक, साँस्कृतिक र सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील सिजन मिडियाले समाजका विभिन्न क्षेत्रमा योगदान पुुर्याउने व्यक्तित्वलाई सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अपाङ्गता, एकल महिला, शिक्षालगायत क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सम्मान गर्नुभयो ।
सोसल वेयलफेयर अवार्ड पाउनु हुनेहरुमा संयुक्त अपाङ्गता एकता आवाज केन्द्रका संस्थापक तोलाबहादुर कार्की, सामाजिक अभियान्ता केपी खनाल र रन्जु राई, जातीय विभेदको क्षेत्रमा क्रियाशील बेला फाउण्डेशनका अध्यक्ष आरती लम्साल, महिला अधिकारकर्मी तथा पत्रकार रुपा सर्मा नेहा,महिला अधिकारकर्मी रेखा तामाङ लोप्चन, वुटवलका युवा व्यापारी तथा समाजसेवी सिद्धार्थ गुरुङ, रामनारायण घिमिरे, समाजसेवी विमल पन्त, निता राउत, राधा मताङ्गी, स्नेहा श्रेष्ठ, इन्दिरा राना मगर, उत्तम सञ्जेल र लिली थापा लगायत हुनुुहुन्छ ।
त्यसै शिक्षा तथा समाजिक क्षेत्रमा न्यू क्रियटिम इगलिस वोडीङ स्कुल नार्गाजुन , श्रम तथा रोजगार विषयमा कलम चलाउने राससका पत्रकार असोक घिमिर, वैङकीङ तथम इन्सुरेन्स कम्पनी साथै समाजसेवीे लक्ष्मी रिजाल , सिसेज व्यूटी क्वीन तथा समाजसेवी राजनैतिक स न्तोषी शाही ठकुरी , व्यवसायी तथा समाजसेवी रोटरीयन रसुमिला श्रेष्ठ, इटहरीका वरिष्ठ पत्रकार तथा समाजसेवी गणेश निरौला, टेक्सटायल व्यापारी तथा राजनैतिक तथा समाजसेवी जाकिर हुसेन , इटहरीका वरिष्ठ पत्रकार कृष्ण अधिकारी अन्तराष्ट्रिय खेलाडी रेफ्री तथा समाजसेवी पर्खिधन राई, वेलायति सेनाका मेजर तथा समाजसेवी योगेश कोयी राई साउथ वोस्टन स्टेट कलेजका भाइस प्रिन्सीपल हरिसिंह केसी , पूर्व ट्राफिक प्रहरी तथा ललितपुर महानगरपालीका प्रहरी प्रमुख सिताराम हाछेथु , समाजसेवी तथा राजनितिक व्यक्तित्व देवेन्द्र प्रधान र एनआरएन आइसिसि केन्द्रिय उपाध्यक्ष समाजसेवी अजुन कुमार श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले समाजसेवामा तल्लीन व्यक्ति तथा संस्थालाई सामाजिक रुपान्तरणका लागि सिजन मिडियाले गरेको सहयोग सरहानीय रहेको बताउनुुभयो । समाजसेवामार्फत नेपाल र नेपालीको सेवामा खट्ने सहयोगी हातलाई सधैँ सबैले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो । वर्तमान सरकार ‘समृद्ध नेपाल, सुुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई मूर्तरुप दिन लागि परेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले मुुलुुकलाई सम्पूर्ण नेपाली जनता खुसी हुने अवस्थामा पुुर्याउनुपर्ने बताउनुुभयो ।
सम्मानित व्यक्तित्व तथा एकल महिला नेपालको संस्थापक अध्यक्ष लिली थापाले समाजसेवामा जस्तो आत्मसन्तुष्टि अन्य क्षेत्रमा नपाइने अनुुभव सुनाउनुुभएको थियो । सम्मानले आफूलाई सामाजिक सेवामा तल्लीन हुन थप हौसला मिलेको उहाँको भनाइ थियो ।
अर्का अवार्ड प्राप्त गर्ने व्यक्तित्व एवं सफाइ अभियान्ता केपी खनालले मुलुकको समृद्धिका लागि सरकारको मात्र मुख ताक्न नहुुने बताउनुुभयो । यातायात विज्ञ देवेन्द्र प्रधानले सम्मानबाट सामाजिक क्षेत्रमा लाग्न उत्प्रेरणा थपेको बताउनुुभयो । सिजन मिडियाका संस्थापक प्रदीपराज वन्तले स्वदेश तथा विदेशमा रही मातृभूमिको सेवामा समर्पित समाजसेवीलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताउनुुभयो । कार्यक्रममा कलाकारहरुले सांस्कृति प्रस्तुति देखाएका थिए ।
काठमाडौँ — चैत्र ८, २०७७।
मगर युवा युवतीहरुलाई लक्षित गर्दै सौन्दर्य प्रतियोगिता “मिस्टर एण्ड मिस मगर” आयोजना हुने भएको छ ।
कृयटिभ नेरो नेपालको आयोजनामा आगामी चैत्र २० गते कुमारीपाटीस्थित स्टेप अप लन्जमा “मिस्टर एण्ड मिस मगर, २०२१” को पहिलो अडिसन हुने भएको छ।
मगर समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न प्रतियोगिता आयोजना गर्न लागेको साथै प्रतियोगीताले मगर समुदायमा एकता कायम गर्नुका साथै संस्कार र संस्कृतिको संरक्षणमा जागरण पैदा गर्ने आयोजक जनक मगरले बताए। यस संस्थाले मगर युवा युवतीहरुको आफुभित्र भएका क्षमतालाई बाहिर ल्याई मगर जातिको कला, सँस्कृति, भेषभुषा, बाजा, रीतिरीवाज तथा धर्मको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले तयारी थालिएको मगरले जनाए ।
अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरुलाई नेपालका ख्यातिप्राप्त कोरियोग्राफरबाट करिव एक महिना लामो मोडलिङसम्बन्धी विशेष ज्ञान तथा प्रशिक्षण दिइने छ ।
प्रतियोगिताको विजेतालाई उपाधीसंगै पेरु भ्रमण प्याकेज, आकर्षक छात्रवृत्ती र बिभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिने छ। साथै विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन स्युप्रा ग्रान्ड ईन्टरनेशनल, २०२२’ र ‘मिस्टर टिन एसिया,२०२२’ मा सहभागी हुन पाउने छन।
“मिस्टर एण्ड मिस टिन मगर” लाई भव्य साँस्कृतिक उत्सवको रुपमा विकास गर्नेगरी तयारी थालिएको आयोजक मगरको भनाई छ ।
काठमाडौ-एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र‘ सम्हालिन्छ कहिले मनको रिलिज मिति सार्वजनिक गरिएको छ। छायांकन सकिएसंगै निर्माण कम्पनीले २०७८ भदौ १८ गते तिजको अवसर पारेर चलचित्र प्रदर्शन गर्ने भएको छ।
पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन निर्माणको लामो समयसम्म कोरोना भाइरसका कारण रिलिज हुन नसकेको सिनेमा २०७८ भदौ १८ मा कन्फर्म रिलिज हुने अजित कुमार थापा जानकारी दिएका छन्।
सुदर्शन थापाको निर्देशनमा बनेको सिनेमामा पूजा, आकाश र सोनमसँगै सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय रहेको छ।
लण्डन, स्कटल्याण्ड र वेल्स,दुबई लगाएत ठाँउमा छायांकन गरिएको यो चलचित्रमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ । निर्मातामा अजितकुमारसँगै अमित बस्नेत छन् । अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेको सिनेमामा परि राना सहनिर्माता छन् ।
सिनेमामा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।
यस चलचित्रको निर्माण एबी इन्टरनेशनल ब्यानरमा भएको हो । एबी इन्टरनेशनले केही बर्ष अगाडि पासवर्ड नामक चलचित्र निर्माण गरेको थियो। चलचित्र समालिन्छ कहिले मन नेपाली सिनेमा इतिहासमा अहिलेसम्म कै महँगो र फरक चलचित्र भएको निर्माण पक्षको दाबी छ ।
काठमाण्डौ – हार जितको खेल होईन यो,श्रष्टा संमानको मेला हो सोच सकारात्मक परिवर्तनको आधार ,स्रष्टाले खोजेर भन्दा स्रष्टालाई खोजेर गरिने संमान भन्ने मुल नाराका साथ शुरु गरिएको योङ माइन्ड म्युजिक अवार्ड २०७७ को तेस्रो संस्करणको उत्कृष्ट पाँचभित्र परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र आइतबार प्रदान गरिएको छ । योङ माइन्ड म्युजिक अवार्ड समितिका अध्यक्ष मुनाल शिशिर कोइरालाको अध्यक्षतामा प्रमाणपत्र प्रदान गरिएको हो ।
विभिन्न ५७ विधामा आयोजना भएको उक्त अवार्डमा आधुनिक, लोक, लोकपप चलचित्र लगायतका विधाका स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रिय,कलाकार निर्देशक माधब राज खरेल ,पुर्व प्राज्ञ तथा संगीतकार ज्योति प्रकाश ,पत्रकार नेशनल पावर मासिकका सम्पादक कमला जोशी,संचारकर्मि गीतकार किस्ना आचार्य रोशनी ,गीतकार लोकराज अधिकारी, मोडल तथा अभिनेता श्रीदेव भट्टराई गीतकार रमेश दाहाल लगायतको आतिथ्यता थियो ।
यहीँ आगामी चैत २३ गते जमलको नाचघरमा सम्पन्न हुने अवार्ड कार्यक्रमको अवसरमा नेपाली सांगीतिक क्षेत्रमा ३ दशक लामो सक्रियता साधना र यस क्षेत्रलाई पुर्याएको योगदानको उच्च संमान गर्दै वरिष्ठ लोक गायिका बिमा कुमारी दुरा लाई नगद रु २५५०० सहित लाइफ टाइम अचिभमेन्ट संमान गरिने र नेपाली पत्रकारिता जगतमा सक्रिय रहि कलम चलाइरहेका ४ संचारकर्मी पत्रकार कमला जोशी (सम्पादक पावर न्युज राष्ट्रिय मासिक, जीवन पराजुली (ठुलोपर्दा डट कम), दिपज्योती थापा र किस्ना आचार्य रोशनी (सम्पादक ताजा खबर डट कम, खबर वर्षा डट कम) लाई नगद रु ५५५५ सहित पत्रकारिता संमान प्रदान गरिने अवार्ड आयोजक समितिका अध्यक्ष कोइरालाले जानकारी दिएका थिए । कार्यक्रमलाई सञ्चारकर्मी दीपज्योति थापाले सञ्चालन गरेकी थिइन् ।